bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
2 Kings 9
2 Kings 9
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 8
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 10 →
1
एक जना युवा अगमवक्तालाई बोलाएर एलीशा अगमवक्ताले भने, “तिमी तयार होऊ र रामोत-गिलादमा जाऊ। यो जैतुनको तेलको भुँडुल्को लैजाऊ।
2
त्यहाँ पुगेर निम्शीको नाति र यहोशापातको छोरो येहूलाई खोज। उनलाई आफ्ना साथीहरूबाट अलग गरेर एकान्त कोठामा लैजाऊ
3
र उनको टाउकोमा यो तेल खन्याएर यसो भन, ‘परमप्रभु भन्नुहुन्छ, म तँलाई इस्राएलका राजा अभिषेक गर्दछु।’ त्यसपछि तुरुन्तै त्यहाँबाट निस्केर भाग।”
4
ती अगमवक्ता रामोत-गिलादमा गए।
5
त्यहाँ उनले सेनाका अधिकृतहरूलाई एकसाथ एउटा सभामा बसेका भेटे। उनले भने, “हजुर, मेरो तपाईंसित एउटा कुरा गर्नुछ।” येहूले सोधे, “कोसित तिम्रो कुरा गर्नुछ?” “तपाईंसित हजुर,” उनले उत्तर दिए।
6
तब ती दुई एउटा भित्री कोठामा गए र ती युवा अगमवक्ताले येहूको टाउकोमा जैतुनको तेल खन्याएर उनलाई भने, “परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ, ‘म तँलाई मेरा प्रजा इस्राएलका राजा अभिषेक गर्दछु।
7
तैँले आहाबका छोराहरू तेरा मालिकहरूलाई मार्नेछस् र ईजेबेलले मेरा अगमवक्ता र अरू सेवकहरूको हत्या गरेको निम्ति म त्यसलाई दण्ड दिनेछु।
8
आहाबका सम्पूर्ण घराना र सन्तान मारिनुपर्नेछ। म त्यसका परिवारका कमाराहरूसमेत सबै पुरुषहरू नाश गर्नेछु।
9
इस्राएलका राजा यारोबाम र बाशाका परिवारलाई जसो गरेथें, त्यसका परिवारलाई म त्यसै गर्नेछु।
10
ईजेबेल गाडिनेछैन, त्यसको लाशलाई यिजरेलको सिमानाभित्र कुकुरहरूले खानेछन्’।” त्यसो भनेर ती अगमवक्ता कोठाबाट निस्केर भागे।
11
येहू आफ्ना साथी अधिकृतहरूकहाँ गए। तिनीहरूले सोधे, “के सबै ठीक छ? त्यस बौलाहाले तिमीसित के माग्यो?” येहूले उत्तर दिए, “त्यसले के चाहन्थ्यो, सो त तिमीहरू जान्दछौ त।”
12
“हामी जान्दैनौं! त्यसले के भन्यो, हामीलाई भन,” तिनीहरूले जवाफ दिए। “त्यसले मलाई यसो भन्यो, ‘परमप्रभु भन्नुहुन्छ, म तँलाई इस्राएलका राजा अभिषेक गर्नेछु’।”
13
तुरुन्तै येहूका साथी अधिकृतहरूले सिँढीमाथि येहू उभिनलाई आफ्ना ओढ्नीहरू ओछ्याए र तुरही फुक्दै कराएर भने, “येहू राजा हुन्!”
14
[14-15] त्यसपछि येहूले योराम राजाको विरुद्ध जाल रच्न लागे। त्यस बेला योराम आफूलाई लागेको चोट निको पार्न यिजरेलमा बसेका थिए। ती चोट उनलाई अरामका राजा हजाएलसित रामोत-गिलादमा लडाइँ गर्दा लागेको थियो। येहूले आफ्ना अधिकृतहरूलाई भने, “तिमीहरू मपट्टि छौ भने केही रामोत-गिलादबाट फुत्केर यिजरेलका मानिसहरूलाई खबर दिन जान नपाओस्।”
16
त्यसपछि आफ्नो रथमा चढी उनी यिजरेलतर्फ गए। योराम अझसम्म निको भएका थिएनन् र यहूदाका राजा अहज्याह उनलाई भेट्न त्यहाँ आएका थिए।
17
यिजरेलको पहरे धरहरामा उभिएको पहरादारले येहू र उनका फौजलाई आइरहेको देखेर कराएर भन्यो, “म एक दल मानिसहरू रथ चढेर आइरहेको देख्दै छु।” योरामले उत्तर दिए, “तिनीहरू मित्रभावले आएका हुन् कि होइनन्, त्यो बुझ्न एउटा घोडचढी पठाऊ।”
18
घोडचढी येहूकहाँ गयो र उनलाई भन्यो, “तपाईं मित्रभावले आउनुभएको हो कि कसो? राजाले जान्न चाहनुहुन्छ।” येहूले जवाफ दिए, “त्योसित तँलाई के मतलब? तँ मेरो पछि लाग्।” धरहराको पहरादारले घोडचढी त्यस दलकहाँ त पुग्यो तर फर्केन भनी सूचना दियो।
19
अर्को घोडचढी पठाइयो। त्यसले गएर येहूलाई त्यही प्रश्न गर्यो। येहूले फेरि उत्तर दिए, “त्योसित तँलाई के मतलब? तँ मेरो पछि लाग्।”
20
फेरि पहरादारले घोडचढी त्यस दलकहाँ त पुग्यो तर फर्केन भनी सूचना दियो र त्यसले भन्यो, “दलका अगुवाले बौलाहाझैँ आफ्नो रथ हाँक्दै छ, त्यो त येहूजस्तो पो देखिंदै छ।”
21
“मेरो रथ तयार गर,” योराम राजाले आज्ञा दिए। रथ तयार गरियो। उनी र राजा अहज्याह आ-आफ्ना रथमा चढेर येहूलाई भेट्न गए। तिनीहरूले उनलाई नाबोतको खेतबारीमा भेटे।
22
“के तिमी मित्रभावले आएका हौ?” योरामले सोधे। “कसरी मिलाप हुन सक्छ?” येहूले जवाफ दिए, “तिम्री आमा ईजेबेलले सुरु गरेका बोक्सी-विद्या र मूर्तिपूजा हाम्रा बीचमा अझै छँदैछ!”
23
“अहज्याह! यो राजद्रोह हो!” योरामले जोडले भने र रथ फर्काएर भागे।
24
येहूले आफ्नो धनु निकाले र पूरा बलले एउटा काँड छोडे। काँड योरामको ढाडमा गाडियो र मुटु छेडिदियो। योराम मरे र रथमा नै लडे।
25
येहूले आफ्नो सारथी बिदकारलाई भने, “त्यसको लाश लिएर नाबोतको बारीमा फालिदेऊ। योराम राजाको बुबा आहाबसित तिमी र म घोडामा सवार भई जाँदा परमप्रभुले आहाबको विरुद्धमा भन्नुभएका यी शब्द याद गर,
26
‘हिजो मैले नाबोत र त्यसका छोराहरूको हत्या भएको देखें। यहाँ यही बारीमा म तँलाई दण्ड दिनेछु।’ यो मेरो प्रतिज्ञा हो। योरामको लाश उठाओ।” येहूले आफ्ना सहायकहरूलाई आज्ञा गरे, “त्यसलाई नाबोतको बारीमा फालिदेओ यसरी परमप्रभुको प्रतिज्ञा पूरा होस्।”
27
ती सबै देखेर अहज्याह राजा आफ्नो रथमा चढी बेथ-हागान सहरतिर भागे। येहूले उनलाई खेद्दै गए। येहूले आफ्ना मानिसहरूलाई आज्ञा दिए, “उनलाई पनि मार!” अहज्याह यिबलाम सहर छेउको गूरतिर जाने उकालो बाटोमा रथ हाँकेर गइरहेका बेलामा तिनीहरूले उनलाई घाइते बनाए। तर उनी कुनै प्रकारले मगिद्दो सहरसम्म पुगे र त्यहाँ मरे।
28
उनको लाश उनका अधिकृतहरूले रथमा लिएर यरूशलेममा पुर्याए र दाऊदको सहरमा राजाहरू गाडिने चिहानमा गाडे।
29
आहाबको छोरो योराम इस्राएलका राजा भएको एघारौँ वर्षमा अहज्याह यहूदाका राजा भएका थिए।
30
येहू यिजरेल आइपुगे। जे-जे भएको थियो, सो ईजेबेलले सुनेकी थिइन्। तिनले आँखामा गाजल लाइन्, केश कोरेर मिलाइन् र राजमहलको एउटा झ्यालबाट तल बाटोमा हेरेर उभिइन्।
31
येहू ढोकाको बीचबाट आउँदा तिनले जोडले भनिन्, “ए जिम्री, आफ्नै राजाको हत्यारा! यहाँ किन आइस्?”
32
येहूले उँभोतिर हेरेर जोडले कराएर भने, “मपट्टि लाग्ने त्यहाँ को छ?” दुई-तीन जना राजमहलका भारदारहरूले झ्यालबाट उनलाई हेरे।
33
येहूले तिनीहरूलाई भने, “तिनलाई झ्यालबाट फ्याँकिदेओ।” तिनीहरूले ईजेबेललाई तलतिर फ्याँकिदिए र तिनको रगत उछिट्टिएर भित्ता र घोडाहरूमा लाग्यो। येहूले आफ्ना घोडा र रथहरू तिनको जिउमाथि कुदाए।
34
उनी राजमहलमा पसे र त्यहाँ भोज गरे। त्यसपछि मात्र उनले भने, “त्यस श्रापित आइमाईलाई लगेर गाडिदेओ, कारण जे भए पनि त्यो राजाकी छोरी हो।”
35
तर तिनलाई गाड्न जाने मानिसहरूले तिनका खप्पर, हात र खुट्टाका हड्डीहरूबाहेक अरू केही पाएनन्।
36
तिनीहरूले त्यो येहूलाई सुनाए र उनले भने, “यस्तै हुनेछ भनी परमप्रभुले भन्नुभएको थियो। आफ्ना सेवक एलियाद्वारा उहाँले यसो भन्नुभएको थियो, ‘यिजरेलको सिमानाभित्र कुकुरहरूले ईजेबेलको लाश खानेछन्।
37
त्यसको लाश त्यहाँ गोबरझैँ यताउति छरिनेछ र त्यसलाई कसैले चिन्न सक्नेछैन’।”
← Chapter 8
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 10 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25