bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
2 Kings 16
2 Kings 16
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 15
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 17 →
1
रमल्याहको छोरो पेकह इस्राएलका राजा भएको सत्रौं वर्षमा योतामका छोरा आहाज यहूदाका राजा भए।
2
उनको उमेर बीस वर्ष भएको थियो र उनले यरूशलेममा सोह्र वर्ष राज्य गरे। उनले आफ्ना पुर्खा दाऊदको असल चाल पछ्याएनन्; तर परमप्रभु आफ्ना परमेश्वरलाई अप्रसन्न गराउने काम गरेर
3
र इस्राएलका राजाहरूको चालमा चले। इस्राएलीहरू अघि बढेर आउँदा जुन मानिसहरूलाई परमप्रभुले त्यस देशबाट धपाउनुभएको थियो, तिनीहरूकै घिनलाग्दो चालमा चलेर उनले आफ्नै छोरालाई पनि बलि चढाए।
4
डाँडामाथि र झाँगिएका रूखमुनि मूर्तिपूजाका पूजा-स्थलहरूमा उनले बलि चढाउँथे र धूप बाल्थे।
5
अरामका राजा रसीन र इस्राएलका राजा पेकहले यरूशलेममा हमला गरे र घेरा हाले तर आहाजलाई हराउन सकेनन्।
6
(त्यही बेला एदोमका राजाले एलात सहर फेरि अधीनमा लिए र त्यहाँ बस्ने यहूदीहरूलाई धपाए। एदोमीहरू त्यहाँ बसोबास गर्न लागे र आजसम्म त्यहाँ छन्।)
7
आहाजले अश्शूरका राजा तिग्लत-पिलेसेरलाई यो खबर दिन मानिसहरू पठाए, “म तपाईंको विश्वासी सेवक हुँ। आएर मलाई अराम र इस्राएलका राजाहरूका हातबाट बचाउनुहोस्, तिनीहरूले मलाई हमला गर्दै छन्।”
8
आहाजले मन्दिर र राजमहलका भण्डारबाट सुन र चाँदी लिएर कोसेलीको रूपमा राजाकहाँ पठाए।
9
आहाजको बिन्तीअनुसार तिग्लत-पिलेसेर आफ्ना सेना लिएर दमस्कसमाथि आक्रमण गरी कब्जा गरे। तिनले रसीन राजालाई मारे र मानिसहरूलाई कैदी बनाई कीरमा लगे।
10
आहाज राजाले राजा तिग्लत-पिलेसेरसित भेट गर्न दमस्कसमा जाँदा त्यहाँ एउटा वेदी देखे र त्यहाँको एउटा नक्कल र पूर्ण वर्णन पूजाहारी उरियाहकहाँ पठाइदिए।
11
उरियाहले त्यस्तै एउटा वेदी बनाए र आहाज फर्किआइपुग्नुअघि त्यो सिध्याए।
12
दमस्कसबाट फर्केपछि आहाजले वेदी बनिसकिएको देखे
13
र तिनले त्यसमा होमबलि र अन्नबलिहरू चढाए र मद्यबलि र मेलबलिको रगत खन्याए।
14
परमप्रभुलाई अर्पण गरेका काँसाको वेदीचाहिँ त्यो नयाँ वेदी र मन्दिरका माझमा थियो र आहाजले काँसाको वेदी नयाँ वेदीको उत्तरपट्टि सारे।
15
त्यसपछि तिनले उरियाहलाई आज्ञा गरे, “यो मेरो ठूलो नयाँ वेदीमा बिहानको होमबलि र साँझको अन्नबलि, राजा र प्रजाले चढाएका होमबलि र अन्नबलि र मानिसहरूका मद्यबलिहरू चढाउने गर। त्यसमा बलि चढाएका सबै पशुहरूको रगत खन्याऊ। तर काँसाको वेदीचाहिँ मलाई जोखना हेर्न राखिदेऊ।”
16
उरियाहले राजाको आज्ञापालन गरे।
17
आहाज राजाले मन्दिरमा चलाउने काँसाका गाडीहरू अलग-अलग गरेर टुक्रा पारे र तिनमा राखिएका भाँडाहरू हटाए। उनले काँसाका बाह्र वटा साँढेहरूको ढाडमाथि राखिएका काँसाको पानीट्याङ्की पनि लिएर ढुङ्गाको जगमाथि राखे
18
र अश्शूरका राजालाई खुसी पार्न आहाजले मन्दिरबाट राजकीय सिंहासन राख्ने मञ्च हटाए र मन्दिरमा पस्ने राजाको निजी ढोका बन्द गरे।
19
आहाज राजाले गरेका अरू सबै कामहरू यहूदाका राजाको इतिहासमा लेखिएको छ।
20
आहाज मरे र दाऊदको सहरमा राजाहरू गाडिने चिहानमा गाडिए र तिनका छोरा हिजकिया राजा भए।
← Chapter 15
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 17 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25