bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
2 Kings 6
2 Kings 6
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 7 →
1
एक दिन एलीशाका जिम्मामा रहेका अगमवक्ताहरूका दलले तिनलाई यसरी दु:ख पोखाए, “हामी बसेको ठाउँ साह्रै सानो छ।
2
हामीलाई यर्दनमा गई केही रूख काट्ने अनुमति दिनुहोस्। हामीले बस्नको लागि एउटा घर बनाउनेछौं।” “हुन्छ,” एलीशाले उत्तर दिए।
3
तीमध्ये एक जनाले उनलाई पनि जाऊँ भने र उनी राजी भए।
4
तिनीहरू एकसाथ गए। यर्दन नदीमा पुगेर तिनीहरूले काम गर्न थाले।
5
एउटाले रूख काट्दैगर्दा अचानक बन्चरो बिँडबाट फुत्केर पानीमा खस्यो। “हजुर, अब म कसो गरूँ? त्यो मैले अर्कासँग मागेर ल्याएको बन्चरो पो थियो,” उनले भने।
6
“बन्चरो कहाँ खस्यो?” एलीशाले सोधे। उनले बन्चरो खसेको ठाउँ देखाइदिए। एलीशाले एउटा लौरो काटेर पानीमा फालिदिए र बन्चरो पानीमाथि तैरन थाल्यो।
7
“बन्चरो निकाल,” एलीशाले आज्ञा गरे। ती मानिसहरूले निहुरेर पानीबाट बन्चरो निकाले।
8
अरामका राजा र इस्राएलका बीचमा लडाइँ चल्दै थियो। आफ्ना अधिकृतहरूसित सल्लाह गरेर उनले एउटा छाउनी हाल्ने ठाउँ छाने।
9
तर एलीशाले इस्राएलका राजालाई अरामीहरू बाटो ढुकेर बसेको कारण त्यस ठाउँको छेउमा नजान चेतावनी दिएर खबर पठाए।
10
इस्राएलका राजाले त्यस ठाउँमा बस्ने आफ्ना मानिसहरूलाई खबर पठाए र तिनीहरू होशियार भए। यस्तो धेरै पटक भयो।
11
त्यो देखेर अरामका राजा औधी बेचैन भए। उनले आफ्ना अधिकृतहरूलाई बोलाएर भने, “तिमीहरूमध्ये को इस्राएलका राजापट्टि लागेका छौ?”
12
एउटाले भने, “राजन्, हामी कोही पनि उतापट्टि लागेका छैनौं। हजुरले आफ्नो कोठामा एकान्तमा भनेका कुरा पनि एलीशा अगमवक्ताले इस्राएलका राजालाई बताइदिन्छन्।”
13
राजाले आज्ञा गरे, “त्यो कहाँ बस्छ, पत्तो लगाऊ। म त्यसलाई कैद गर्नेछु।” एलीशा दोतानमा छन् भनी राजालाई खबर भयो।
14
उनले घोडा र रथहरूका साथ एउटा ठूलो सैन्य दल त्यहाँ पठाए। सैन्य दल राती सहरमा पुगेर त्यसलाई घेरे।
15
भोलिपल्ट बिहानै एलीशाको चाकर उठेर घरबाट निस्क्यो र घोडा र रथहरूसहित अरामी सेनाले सहर घेरिराखेको त्यसले देख्यो। त्यो फर्केर एलीशाकहाँ आयो र कराएर भन्यो, “हजुर, हामी नाश भयौं! अब कसो गर्नू?”
16
एलीशाले उत्तर दिए, “नडरा। तिनीहरूपट्टि भन्दा हामीपट्टि धेरै जना छन्।”
17
तब उनले प्रार्थना गरे, “हे परमप्रभु, त्यसका आँखा खोलिदिनुहोस् र त्यसले देख्न सकोस्!” परमप्रभुले प्रार्थनाको उत्तर दिनुभयो। त्यस चाकरले फेरि हेर्दा एलीशाका चारैपट्टि आगोका घोडा र रथहरूले डाँडा भरिएको देख्यो।
18
अरामीहरूले हमला गर्दा एलीशाले प्रार्थना गरे, “हे परमेश्वर, यी मानिसहरूलाई अन्धा बनाइदिनुहोस्।” परमप्रभुले प्रार्थनाको उत्तर दिनुभयो र ती मानिसहरू अन्धा भए।
19
तब एलीशाले तिनीहरूका छेउमा गएर भने, “तिमीहरूले बाटो बिराएछौ। यो तिमीहरूले खोजेको सहर होइन। मलाई पछ्याएर आओ र म तिमीहरूलाई तिमीहरूले खोजेको मानिसकहाँ पुर्याइदिनेछु।” अनि उनले तिनीहरूलाई सामरियामा लगे।
20
तिनीहरू त्यस सहरमा पस्नेबित्तिकै एलीशाले यो प्रार्थना गरे, “हे परमप्रभु, यिनीहरूका आँखा खोलिदिनुहोस् र यिनीहरूले देख्न सकून्।” परमप्रभुले प्रार्थनाको उत्तर दिनुभयो र तिनीहरूका आँखा खोलिदिनुभयो। हामी सामरियामा पो पुगेका रहेछौं भनी तिनीहरूले देखे।
21
इस्राएलका राजाले अरामीहरूलाई देखेर एलीशालाई सोधे, “म यिनीहरूलाई मारूँ कि कसो, हे मेरा पिता! के यिनीहरूलाई मारूँ?”
22
उनले जवाफ दिए, “होइन, त्यसो नगर्नुहोस्। तपाईंले लडाइँमा कैद गरेका सिपाहीहरूलाई पनि मार्नुहुन्न। तिनीहरूलाई केही खानपिन दिएर तिनका राजाकहाँ फर्किजान दिनुहोस्।”
23
यसकारण इस्राएलका राजाले तिनीहरूका निम्ति एउटा ठूलो भोज लाए र तिनीहरूले खाइपिइसकेपछि उनका राजाकहाँ फर्काइदिए। त्यसपछि अरामीहरूले इस्राएल देशमाथि हमला गर्न छोडे।
24
केही समयपछि अरामका राजा बेन-हददले आफ्ना सारा सेना लिएर इस्राएलमाथि हमला गरे र सामरिया सहरलाई घेरामा हाले।
25
त्यसो हुँदा सहरमा यस्तो अन्नको सङ्कट भयो कि गधाका टाउकाको दाम चाँदीका असी टुक्रा र दुई सय ग्राम परेवाको सुलीको दाम चाँदीका पाँच टुक्रा पर्थ्यो।
26
इस्राएलका राजा सहरका पर्खालमाथि टहलिरहेका बेला एउटी नारीले चिच्च्याएर भनी, “राजा, मेरो सहायता गर्नुहोस्!”
27
राजाले भने, “परमप्रभुले नै सहायता गर्नुहुन्न भने म के सहायता दिन सकूँला र? मसँग गहुँ वा दाखरस केही पनि छैन।
28
तिमीलाई के पीर पर्यो?” त्यसले उत्तर दिई, “अस्तिका दिन यस आइमाईले पहिले तिम्रो बालक खाऊँ र त्यसपछि मेरो बालक खाउँला भनी।
29
हामीले मेरो बालक पकाएर खायौं। भोलिपल्ट यसको बालक खाने दिन थियो तर यसले आफ्नो छोरो लुकाइछ!”
30
त्यो सुनेर हतास भई राजाले आफ्नो वस्त्र च्याते। पर्खालको छेउमा भएका मानिसहरूले राजाले आफ्नो वस्त्रमुनि भाङ्ग्रा लाएका देखे।
31
राजाले जोडसित भने, “आज घाम डुब्नुअघि शाफातको छोरा एलीशाको टाउको काट्न सकिनँ भने परमेश्वरले मलाई मारून्!”
32
उनले एलीशालाई पक्रन एक जना मानिस पठाए। त्यस बेला एलीशा आफूसँग भेट गर्न आएका केही बुढापाकाहरूसित घरैमा थिए। राजाको मानिस आइपुग्नुभन्दा अघि एलीशाले ती बुढापाकाहरूलाई भने, “त्यस हत्याराले मेरो टाउको काट्न एक जना मानिस पठाउँदै छ। त्यो मानिस यहाँ आइपुग्दा ढोका थुनेर त्यसलाई भित्र पस्न नदिनुहोला। त्यसको पछिपछि राजा आइपुग्नेछन्।”
33
उनले त्यति भनि नसक्दै राजा त्यहाँ आए र भने, “परमप्रभुले नै यो कष्ट हामीमाथि खन्याउनुभएको हो। उहाँले हाम्रो सहायता गर्नुहुन्छ भनेर मैले अब किन धेरै बेर बाटो हेरिरहनू?”
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 7 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25