bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
2 Kings 10
2 Kings 10
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 9
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 11 →
1
सत्तरी जना आहाबका सन्तान सामरिया सहरमा बास गर्थे। येहूले एउटा चिठी लेखेर सहरका शासकहरू, ठूला-ठालुहरू र आहाबका सन्तानको रेखदेख गर्ने मानिसहरूकहाँ पठाए। चिठीमा यस्तो लेखिएको थियो,
2
“राजाका सन्तान तिमीहरूका जिम्मामा छन् र तिम्रा हातमा रथ, घोडा, हातहतियार र सुरक्षित सहरहरू छन्। यसकारण यो चिठी पाउनेबित्तिकै
3
राजाका सन्तानबाट सबैभन्दा योग्य व्यक्तिलाई छानेर राजा बनाउनू र उनको बचाउको लागि लड्नू।”
4
सामरियाका शासकहरू डराए। तिनीहरूले भने, “हामी कसरी येहूको सामना गर्न सक्छौं? योराम राजा वा अहज्याह राजाले त सकेनन्!”
5
यसकारण राजमहलका सहरका अधिकारी र ठूला-ठालुहरू र राज-सन्तानका रेखदेख गर्नेहरू मिलेर येहूलाई यस्तो उत्तर पठाए, “हामी हजुरका सेवक हौं, “हामी तपाईंले भनेका आज्ञा मान्न तयार छौं। तर हामी कसैलाई राजा बनाउनेछैनौं। जे असल ठान्नुहुन्छ त्यही गर्नुहोस्।”
6
येहूले तिनीहरूलाई अर्को चिठी लेखे, “यदि तिमीहरू मपट्टि छौ र मेरा आज्ञा मान्न तयार छौ भने आहाब राजाका सन्तानका टाउका काटेर भोलि यस घडीसम्ममा मकहाँ ल्याइपुर्याउनू।” आहाब राजाका सत्तरी जना सन्तान सामरियाका ठूला-ठालुहरूका रेखदेखमा थिए र ती मानिसहरूले तिनीहरूको पालन-पोषण गर्दै थिए।
7
येहूको चिठी पाएपछि सामरियाका अगुवाहरूले सत्तरी जना आहाबका सन्तान सबैलाई मारे, उनका टाउकाहरू डोकोमा हाले र यिजरेलमा येहूकहाँ पठाइदिए।
8
आहाबका सन्तानका टाउकाहरू ल्याइपुर्याएको खबर येहूले पाए। उनले ती टाउकाहरू दुई थुप्रो गरेर सहरको मूल-ढोकामा थाक लाउनू र भोलि बिहानसम्म त्यत्तिकै छोडिराख्नू भनी आज्ञा दिए।
9
बिहान उनी मूल-ढोकामा गएर त्यहाँ जम्मा भएका मानिसहरूलाई भने, “योराम राजालाई जाल गरेर मार्ने म हुँ, त्यसको लागि तिमीहरू दोषी छैनौ। तर यिनीहरू सबैलाई कसले मार्यो?
10
यसले यही प्रमाण हुन्छ कि परमप्रभुले आहाबका सन्तानबारे भन्नुभएको हरेक कुरा पूरा हुनेछ। आफ्ना अगमवक्ता एलियाद्वारा परमप्रभुले गर्नुभएका प्रतिज्ञा उहाँले पूरा गर्नुभएको हो।”
11
त्यसपछि येहूले यिजरेलमा बास गर्ने आहाबका अरू जम्मै सन्तान, अधिकृत, नजिकका साथीहरू र पूजाहारीहरू सबैलाई मारे। एउटै पनि जिउँदो रहेन।
12
येहू सामरिया जान यिजरेलबाट बिदा भए। बाटोमा ‘गोठालाहरूको छाउनी’ भन्ने ठाउँमा
13
यहूदाका मरेका राजा अहज्याहका केही कुटुम्बहरूलाई उनले भेटे र सोधे, “तिमीहरू को हौ?” तिनीहरूले उत्तर दिए, “हामीहरू अहज्याहका कुटुम्बहरू हौं भनी ईजेबेलका बाल-बच्चा र राजकीय परिवारका अरूहरूलाई आदर गर्न हामी यिजरेल जाँदै छौं।”
14
येहूले आफ्ना मानिसहरूलाई आज्ञा दिए, “यिनीहरूलाई जिउँदै पक्र!” उनीहरूले तिनीहरूलाई पक्रे र त्यहाँ एउटा खाल्टोछेउ उनले तिनीहरूलाई मारे। त्यहाँ जम्मा बयालीस जना थिए र एक जना पनि जिउँदो छोडिएन।
15
येहू त्यहाँबाट हिंडे र बाटोमा रेकाबको छोरो यहोनादाबले उनलाई भेटे। येहूले उनलाई अभिवादन गरेर भने, “के हाम्रो मन एउटै छ? तिमी कोपट्टि छौ?” “म तपाईंपट्टि छु,” यहोनादाबले जवाफ दिए। येहूले भने, “त्यसो भए मलाई तिम्रो हात देऊ।” ती दुईले हात मिलाए र येहूले यसो भन्दै उनलाई रथमा चढाए,
16
“मसित आऊ र म परमप्रभुको कस्तो भक्त छु, सो हेर।” तिनीहरू सामरियासम्म एकसाथ रथमा गए।
17
त्यहाँ पुगेर येहूले आहाबका सबै कुटुम्बलाई एउटै पनि नछोडी मारे। यस्तै हुनेछ भनी परमप्रभुले एलियालाई भन्नुभएको थियो।
18
सामरियाका मानिसहरूलाई एकसाथ बोलाएर येहूले भने, “आहाब राजाले बाल-देवताको सेवा थोरै गरे; तर म ज्यादै उनको सेवा गर्नेछु।
19
बालका सबै अगमवक्ता, भक्त र पूजाहारीहरूलाई भेला गर, एक जना पनि नछुटोस्। म बाललाई एउटा ठूलो बलिदान चढाउनेछु। जो आउँदैन, त्यो मारिनेछ।” (बाललाई पुज्नेहरू सबैलाई मार्न यो येहूको चलाकी थियो।)
20
त्यसपछि येहूले आज्ञा गरे, “बालको आदरमा पूजा गर्ने एक दिनको घोषणा गर्!” त्यस्तै घोषणा गरियो।
21
येहूले सारा इस्राएल देशमा त्यो खबर पठाए। बाललाई पुज्नेहरू सबै आए, एक जना पनि छुटेको थिएन। तिनीहरू सबै बालका मन्दिरमा गए र मन्दिर एक छेउदेखि अर्को छेउसम्म भरियो।
22
त्यसपछि येहूले पूजाका जिम्मेवारलाई वस्त्रहरू ल्याएर ती भक्तहरूलाई दिने आज्ञा दिए।
23
त्यसपछि येहू रेकाबका छोरा यहोनादाबसँग नै मन्दिरमा गए र मानिसहरूलाई भने, “बाललाई पुज्नेहरू मात्र यहाँ छन्, परमप्रभुका भक्तहरू यहाँ पसेका छैनन् भनी ठीकसित हेर।”
24
तब तिनी यहोनादाबसित बाललाई बलिदान र होमबलि चढाउन भित्र पसे। उनले असी जनालाई मन्दिरबाहिर राखेर यस्तो आदेश दिएका थिए, “तिमीहरूले यिनीहरू सबैलाई मार्नू, एउटैलाई पनि कसैले भाग्न दियो भने त्यसको ज्यान जानेछ!”
25
बलिदान चढाउनेबित्तिकै येहूले पहरादार र अधिकृतहरूलाई भने, “भित्र गएर तिनीहरू सबैलाई मार, कसैलाई उम्किन नदेओ!” तिनीहरू म्यानबाट तरवार झिकी भित्र पसे र तिनीहरू सबैलाई मारेर तिनका लाश बाहिर निकाले। त्यसपछि तिनीहरू मन्दिरका भित्री कोठामा पसे र
26
त्यहाँबाट पूजाको थाम निकाली त्यसलाई जलाइदिए।
27
यसरी तिनीहरूले पूजाको थाम र मन्दिर ध्वंस पारे र मन्दिरलाई चर्पी बनाइदिए, जो आजसम्म छँदैछ।
28
यसरी येहूले इस्राएलबाट बालको पूजा मेटिदिए।
29
तर उनले यारोबाम राजाले इस्राएललाई गर्न लाएको पाप आफैंले पनि गरिरहे र बेथेल र दानमा चलेका सुनका बाछाहरूको पूजा गर्ने चलन हटाएनन्।
30
परमप्रभुले येहूलाई भन्नुभयो, “तैँले आहाबका सन्तानलाई मैले गर्नू भनेका सबै कुरा गरिस्। म तँसित प्रतिज्ञा गर्दछु कि तेरा सन्तानले चौँथो पुस्तासम्म इस्राएलमा राज गर्नेछ।”
31
तर परमप्रभु इस्राएलको परमेश्वरका नियम येहूले सम्पूर्ण हृदयले पालन गरेनन् बरु उनले इस्राएललाई पाप गर्न लाउने यारोबामका पापहरू त्यागेनन्।
32
त्यस बेला परमप्रभुले इस्राएल देशको इलाका घटाउन थाल्नुभयो। अरामका राजा हजाएलले
33
यर्दनको पूर्वपट्टिका सारा इस्राएली भूमि जिते, जो दक्षिणमा अर्नोन नदीको किनारका अरोएर सहरसम्म पुग्दथ्यो। यसरी अरामले लिएको इलाकाभित्र गाद, रूबेन र पूर्व मनश्शेका कुलहरूले बास गरेका गिलाद र बाशान पनि पर्दथे।
34
येहूले गरेका अरू सबै काम, उनका साहसी कामसमेत इस्राएलका राजाको इतिहासमा लेखिएको छ।
35
उनी मरे र सामरियामा गाडिए अनि उनका छोरो यहोआहाज राजा भए।
36
येहूले इस्राएलका राजा भई अठ्ठाईस वर्ष सामरियामा राज्य गरे।
← Chapter 9
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 11 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25