bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
2 Kings 23
2 Kings 23
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 22
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 24 →
1
योशियाह राजाले यहूदा र यरूशलेमका सबै अगुवाहरूलाई बोलाउन पठाए
2
र एकसाथ तिनीहरू मन्दिरमा गए। पूजाहारी, अगमवक्ता र बाँकी सबै मानिसहरू धनी र गरीब सबै तिनीहरूसँग गए। राजाले तिनीहरू सबैका अघि मन्दिरमा पाइएको करारको सबै पुस्तक उच्च सोरमा पढे।
3
उनी मन्दिरका स्तम्भछेउ उभिएका थिए र म परमप्रभुका आज्ञा मान्नेछु, उहाँका नियम र आज्ञाहरू पूरा मन र हृदयले पालन गर्नेछु र पुस्तकमा लेखिएको करारअनुसार चाहिएको कुरा पूरा गर्नेछु भनी उनले करार बाँधे। सबै मानिसहरूले करार पूरा गर्ने प्रतिज्ञा गरे।
4
त्यसपछि योशियाहले मुख्य पूजाहारी हिल्कियाह, उनका सहायक पूजाहारी र मन्दिरको मूल-ढोकामा पहरा दिने सिपाहीहरूलाई बाल-देवता, अशेरा-देवी र ताराहरूको पूजामा प्रयोग गर्ने सामानहरू मन्दिरबाट बाहिर निकाल्ने आज्ञा दिए। राजाले ती सबै सामानहरू सहरबाहिर किद्रोनको बेसी-छेउमा जलाए र खरानीचाहिँ बेथेलमा पुर्याउन लाए।
5
यहूदाका राजाहरूले यहूदाका सहरहरू र यरूशलेमछेउ ठाउँ-ठाउँमा वेदीहरूमा बलि चढाउन खटाइएका पूजाहारीहरू अथवा बाल-देवता, घाम, जून, ग्रह र नक्षत्रहरूलाई बलि चढाउने पूजाहारी सबैलाई उनका कामबाट योशियाहले खारेज गरे।
6
उनले मन्दिरबाट अशेरा देवीको खम्बा हटाएर सहरबाहिर किद्रोनको बेसीमा लगे र त्यहाँ त्यसलाई जलाएर भस्म पारे र त्यसको खरानीलाई अझै पिसेर धुलोपीठो पारे अनि धुलो जनसाधारणका चिहानमा छरिदिए।
7
उनले पुरुष वेश्याहरूका बस्ने घरहरू भत्काइदिए, जो परमप्रभुको मन्दिरभित्र थियो र (जहाँ स्त्रीहरूले अशेराको पूजा गर्दा चलाउने लुगा बुन्ने गर्थे।)
8
यहूदाका सहर-सहरमा भएका पूजाहारीहरूलाई उनले यरूशलेममा ल्याए र सारा देशभरि तिनीहरूले बलि चढाउने गरेका वेदीहरू अपवित्र गरिदिए। सहरका मूल-ढोकाको बायाँपट्टि त्यस सहरका बडा-हाकिम यहोशूले बनाएको ढोकाछेउ भएका पशु देवताका नाममा अर्पण गरिएका वेदीहरू पनि उनले भत्काइदिए।
9
ती पूजाहारीहरूलाई मन्दिरमा सेवा गर्न मनाइ गरियो तर उनका पूजाहारी साथीहरूले खाने अखमिरी रोटी तिनीहरूले पनि खान सक्थे।
10
योशियाह राजाले बेन-हिन्नोमको बेसीमा भएका मूर्तिपूजकहरूको तोपेत भनिने पूजा-स्थल त्यहाँ कसैले आफ्ना छोरा वा छोरीलाई मोलेख देवताको लागि होमबलि चढाउन नसकोस् भनी अपवित्र गरिदिए।
11
सूर्यको पूजा गर्न यहूदाका राजाहरूले अर्पण गरेका घोडाका मूर्तिहरू पनि उनले हटाइदिए र त्यस पूजामा प्रयोग गरिने रथहरू जलाइदिए। (ती रथ र घोडाहरू मन्दिरको आँगनमा मूल-ढोकाछेउ नातान-मेलेक भन्ने ठूला अधिकारी बास गर्ने कोठाको नजिकमा राखिन्थ्यो।)
12
यहूदाका राजाहरूले महलको कौसीमा आहाज राजा बास गर्ने कोठाहरूमाथि बनाएका वेदीहरू योशियाह राजाले भत्काइदिए। मनश्शे राजाले मन्दिरका दुई आँगनमा बनाएका वेदीहरू पनि उनले भत्काइदिए। ती वेदीहरूलाई उनले धुलोपीठो गरेर चुर पारे र किद्रोन-बेसीमा फ्याँकिदिए।
13
जैतुन डाँडा अथवा विनाशको डाँडाको दक्षिणमा यरूशलेमको पूर्वपट्टि सोलोमन राजाले सीदोनीहरूकी देवी अश्तोरेत, मोआबीहरूको देवता कमोश र अम्मोनीहरूका देवता मोलेखका पूजाका निम्ति बनाएका घिनलाग्दा मूर्तिहरूलाई योशियाहले अपवित्र गरिदिए।
14
योशियाह राजाले ढुङ्गाका खामाहरू टुक्रा-टुक्रा पारिदिए, अशेरा देवीको मूर्तिलाई अर्पण गरेका मूर्तिहरू काटी ढालिदिए, ती राखिएका जमिन मानिसहरूका हड्डीले भरिदिए।
15
इस्राएललाई पाप गर्न लाउने नबातको छोरो यारोबाम राजाले बेथेलमा बनाएका पूजा-स्थल पनि योशियाहले ढालिदिए। योशियाहले वेदी ढालिदिए, ढुङ्गाहरू टुक्रा-टुक्रा र धुलोपीठो पारिदिए। उनले अशेराको खम्बा पनि आगोले भस्म गरिदिए।
16
त्यसपछि योशियाहले चारैपट्टि हेरे र डाँडामाथिका कति वटा चिहानहरू देखे र चिहानबाट हड्डीहरू निकाल्न लाएर वेदीमाथि जलाएर भस्म गर्न लाए। यस प्रकारले धेरैअघि चाडका दिनमा यारोबाम वेदीका छेउमा उभिएका बेलामा अगमवक्ताले भनेअनुसार उनले वेदी अपवित्र गराइदिए। योशियाह राजाले फेरि चारैपट्टि हेरे र त्यो अगमवाणी गर्ने अगमवक्ताको चिहान देखे।
17
“त्यो कसको चिहान हो?” उनले सोधे। बेथेलवासीहरूले उत्तर दिए, “यो यहूदाबाट आएका ती अगमवक्ताका चिहान हो, जसले यस वेदीमाथि तपाईंबाट भएका यी कामबारे अगमवाणी गरेका थिए।”
18
“त्यसलाई जस्ताको त्यस्तै छोडिदेऊ,” योशियाहले आज्ञा दिए, “तिनका हड्डी नहटाउनू।” र उनका हड्डी हटाइएनन्। सामरियाबाट आएका अगमवक्ताका हड्डीहरू पनि हटाइएनन्।
19
इस्राएलका हरेक सहरमा योशियाह राजाले ती सबै मूर्तिपूजकहरूका पूजा-स्थलहरू भत्काइदिए, जुन इस्राएलका राजाहरूले बनाएर परमप्रभुको क्रोध जगाएका थिए। उनले बेथेलमा जे गरेथे, त्यही ती वेदीहरूसित गरे।
20
उनले सबै मूर्तिपूजा गर्ने पूजाहारीहरूलाई तिनीहरूले पुजेका वेदीमाथि मारे र प्रत्येक वेदीमा मानिसका हड्डीहरू जलाए। त्यसपछि उनी यरूशलेम फर्के।
21
योशियाह राजाले करारको पुस्तकमा लेखेअनुसार परमप्रभु आफ्ना परमेश्वरको सम्मानमा निस्तार-चाड मनाउन मानिसहरूलाई आज्ञा गरे।
22
न्यायकर्ताहरूको शासनकालउप्रान्त कुनै यहूदा वा इस्राएलका राजाले यस्तो प्रकारले निस्तार-चाड मनाएका थिएनन्।
23
योशियाहका राज्यकालको अठारौं वर्षमा यरूशलेममा निस्तार-चाड मनाइयो।
24
हिजकिया मुख्य पूजाहारीले मन्दिरमा पाएका पुस्तकमा लेखिएका नियमहरू पालन गराउन योशियाह राजाले यरूशलेम र यहूदा देशका अरू भागबाट सबै मरेका आत्मा खेलाउने र ज्योतिषीहरू र सबै घरेलु देवता, मूर्ति र अरू मूर्तिपूजाका वस्तुहरू हटाए।
25
उनीजस्ता राजा अघि कहिल्यै भएका थिएनन्, जसले आफ्ना पूरा हृदय, मन र शक्तिले परमप्रभुको सेवा गर्थे र मोशाका सबै नियमहरू मान्थे। त्यस्ता राजा पछि पनि भएनन्।
26
तर मनश्शे राजाका कामले गर्दा परमप्रभुको भयानक क्रोध यहूदाको विरुद्धमा जागेको थियो र त्यो अहिलेसम्म पनि मरेन।
27
परमप्रभुले भन्नुभयो, “मैले इस्राएललाई जे गरें, त्यही यहूदालाई पनि गर्नेछु। यहूदाका मानिसहरूलाई म मेरो नजरबाट धपाउनेछु। यरूशलेम, जुन सहरलाई मैले छानें र यो मन्दिर, जहाँ मेरो आराधना गरिनुपर्छ भनी मैले भनेको थिएँ, ती दुवैलाई इन्कार गर्नेछु।”
28
योशियाह राजाले गरेका अन्य सबै काम यहूदाका राजाको इतिहासमा लेखिएको छ।
29
योशियाह राजा हुँदा मिश्रका राजा नेकोले अश्शूरका राजाको मद्दत गर्न सेना लिएर यूफ्रेटिस नदीसम्म गए। योशियाहले मिश्री सेनालाई मगिद्दोमा रोक्ने चेष्टा गरे र लडाइँमा मारिए।
30
उनका भारदारहरूले उनको लाश रथमा राखे र यरूशलेममा फर्काइल्याए। त्यहाँ राजाहरू गाडिने चिहानमा उनलाई गाडे। यहूदाका मानिसहरूले योशियाहको छोरो यहोआहाजलाई छानेर राजा अभिषेक गरे।
31
यहोआहाज यहूदाका राजा हुँदा तेईस वर्षका थिए र उनले यरूशलेममा तीन महिना राज्य गरे। उनकी आमा लिब्ना सहरका यर्मियाकी छोरी हमुतल थिइन्।
32
आफ्ना पुर्खाहरूका चालमा चलेर यहोआहाजले परमप्रभुको विरुद्धमा पाप गरे।
33
मिश्रका राजा नेकोले तिनलाई कैद गरी हमात देशको रिब्लामा र यहूदा देशबाट ३,४०० किलोग्राम चाँदी र चौँतीस किलोग्राम सुन करको रूपमा लिए। त्यसपछि यहोआहाजको राज्यकालको अन्त्य भयो।
34
नेको राजाले योशियाहपछि योशियाहको छोरो एल्याकीमलाई यहूदाका राजा बनाए र उनको नाम यहोयाकीम राखिदिए। यहोआहाजलाई नेको राजाले मिश्रमा लगे र उनी त्यहीँ मरे।
35
यहोयाकीम राजाले प्रजाबाट तिनीहरूको सम्पत्तिअनुसार कर लिन्थे। त्यसरी बटुलेको धन मिश्रका राजाले मागेको कर तिर्न चाहिन्थ्यो।
36
यहोयाकीम यहूदाका राजा हुँदा पच्चीस वर्षका थिए र उनले यरूशलेममा एघार वर्ष राज्य गरे। रूमा सहरका पदायाहकी छोरी जबीदा उनकी आमा थिइन्।
37
आफ्ना पुर्खाहरूका चालमा चलेर उनले परमप्रभुको विरुद्धमा पाप गरे।
← Chapter 22
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 24 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25