bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
2 Kings 7
2 Kings 7
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 6
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 8 →
1
एलीशाले उत्तर दिए, “परमप्रभु के भन्नुहुन्छ, त्यो सुन्नुहोस्। भोलि यस घडीसम्ममा तपाईं सामरियामा चाँदीको एक टुक्राले तीन किलोग्राम सबैभन्दा असल गहुँ वा छ किलोग्राम जौ किन्न सक्नुहुनेछ।”
2
राजाका एक निजी अधिकृतले एलीशालाई भने, “त्यो हुन सक्दैन, परमप्रभु आफैंले स्वर्गका झ्यालहरू खोलिदिनुभयो भने पनि त्यो हुन सक्दैन!” “त्यो भएको तिमीले देख्नेछौ तर त्यो खाना तिमीले छुन पनि पाउनेछैनौ,” एलीशाले उत्तर दिए।
3
सामरियाको मूल-ढोकाबाहिर चार जना कुष्ठरोग लागेका मानिसहरू थिए। तिनीहरूले आपसमा भने, “किन हामी नमरेसम्म यहाँ पर्खिबस्नू?
4
सहर पस्नु पनि व्यर्थ छ, त्यहाँ हामी भोकै मर्नेछौं; तर यहाँ बस्यौं भने पनि हामी मर्ने नै छौं। बरु हामी अरामीहरूका छाउनीमा जाऔं, तिनीहरूले खुबै गरे, मार्नेछन् तर तिनीहरूले हाम्रा प्राण छोडि पनि देलान्।”
5
रात पर्दैथ्यो, तिनीहरू अरामी छाउनीमा गए। छाउनीमा पुग्दा त्यहाँ कोही पनि थिएन।
6
एउटा ठूलो सैन्य दल, घोडा र रथहरू साथ लिएर अघि बढ्दैआएको जस्तो आवाज अरामीहरूले सुने। परमेश्वरले नै त्यसो गराउनुभएको थियो। अरामीहरूले सोचे कि इस्राएलका राजाले हित्ती र मिश्री राजा र तिनका सेना लिएर हामीमाथि हमला गर्दै छन्।
7
त्यसकारण त्यस बेलुका अरामीहरू आफ्ना प्राण बचाउन तम्बु, घोडा, गधा र छाउनी जस्ताको तस्तै छोडेर भागेका थिए।
8
ती चार जना छाउनीको छेउमा पुगेर एउटा तम्बुमा पसे, त्यहाँ भएका थोक खाए, पिए, भेटेका सुन, चाँदी र कपडाहरू लिए र गएर ती लुकाइराखे। त्यसपछि फर्केर तिनीहरू अर्को तम्बुमा पसे र त्यसै गरे।
9
तर त्यसपछि तिनीहरूले आपसमा कुरा गरे, “हामीले यसो गर्नुहुन्न! हामीसँग खुसीको खबर छ। यो लुकाइराखेर हुँदैन। भोलि बिहानसम्म यो कसैलाई भनेनौं भने हामीलाई अवश्य नै दण्ड हुनेछ। झट्टै गएर राजाका भारदारहरूलाई यो खबर सुनाऔं।”
10
तिनीहरू अरामी छाउनी छोडी सामरियामा फर्के र मूल-ढोकाका पहरादारहरूलाई भन्न लागे, “हामी अरामी छाउनीमा गएका थियौं, त्यहाँ हामीले कसैलाई देखेनौं, केही सुनेनौं। घोडा र गधाहरू बाँधेकै छन् र तम्बुहरू जस्ताको तस्तै छोडिएका छन्।”
11
पहरादारहरूले त्यो खबर कराएर सुनाए र त्यो खबर राजमहलमा पुग्यो।
12
त्यस बेला अँध्यारै थियो; तर राजा ओछ्यानबाट उठे र भारदारहरूलाई भने, “अरामीहरूले के गर्न लागेका छन्, त्यो म तिमीहरूलाई भन्छु। तिनीहरू यहाँको अनिकालबारे जान्दछन् र आफ्नो छाउनी त्यागी गाउँ-बस्तीमा गई लुकेका छन्। हामी खानेकुरा खोज्दै सहरबाट निस्कनेछौं र हामीलाई जिउँदै पक्री सहर कब्जा गर्ने तिनीहरूको विचार छ।”
13
एउटाचाहिँ भारदारले भने, “जसो भए पनि यस सहरका मानिसहरू नाश हुनेछन्। जो-जो मरिसके, त्यही तरिकाले यिनीहरू पनि मर्नेछन्। यसर्थ हामी बरु बाँचेका घोडाबाट पाँच वटा दिएर केही मानिसहरू पठाऔं र के भएको रहेछ, सो पत्ता लगाऔं।”
14
तिनीहरूले केही मानिसहरूलाई छाने र राजाले अरामी सेनालाई के भयो, त्यो पत्ता लाउन ती मानिसहरूलाई आदेश दिएर दुई वटा रथमा पठाए।
15
ती मानिसहरू यर्दनसम्म गए र सारा बाटामा अरामीहरू भागेर जाँदा छोडिराखेका लत्ताकपडा र हात-हतियार देखे। तिनीहरूले फर्केर आई राजालाई सबै कुरा बताए।
16
सामरियाका मानिसहरू हतार-हतार दगुरेर गए र अरामीहरूको छाउनी लुटे। परमप्रभुले भन्नुभएअनुसार चाँदीको एक टुक्रामा तीन किलोग्राम गहुँ वा छ किलोग्राम जौ बेचिन थाल्यो।
17
इस्राएलका राजाले सहरको मूल-ढोका जुन अधिकृतको जिम्मामा दिएका थिए, ती राजाका निजी अधिकृत थिए। ती अधिकृतलाई त्यही ठाउँमा मानिसहरूले खुट्टाले कुल्चेर मारे। राजाले आफूलाई भेट्न आउँदा एलीशाले अघिबाटै भनेअनुसार तिनको मृत्यु भएको थियो।
18
भोलि पल्ट त्यो घडीसम्ममा सामरियामा चाँदीको एक टुक्रामा तीन किलोग्राम गहुँ वा छ किलोग्राम जौ बेचिनेछ भनी एलीशाले राजालाई भनेका थिए
19
र त्यसका उत्तरमा ती अधिकृतले “त्यो हुन सक्दैन, परमप्रभु आफैंले तुरुन्तै वर्षा पठाउनुभयो भने पनि त्यो हुन सक्दैन,” भनेका थिए। एलीशाले तिनलाई “त्यो भएको तिमीले देख्नेछौ; तर त्यो खाना तिमीले छुन पनि पाउनेछैनौ” भनी उत्तर दिएका थिए।
20
अनि तिनलाई त्यस्तै भएको थियो। मानिसहरूले तिनलाई सहरको मूल-ढोकामा कुल्चेर मारे। त्यसरी तिनी मरे।
← Chapter 6
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 8 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25