bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
2 Kings 18
2 Kings 18
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 17
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 19 →
1
एलाहको छोरो होशिया इस्राएलका राजा भएको तेस्रो वर्षमा आहाजको छोरो हिजकिया यहूदाका राजा भए।
2
उनको उमेर पच्चीस वर्ष थियो र तिनले यरूशलेममा उनन्तीस वर्ष राज्य गरे। उनकी आमा जकरियाकी छोरी अबिया थिइन्।
3
आफ्ना पुर्खा दाऊदको चालमा चलेर उनले परमप्रभुलाई खुसी पार्ने काम गरे।
4
उनले मूर्तिपूजकहरूका पूजा-स्थलहरू ध्वंस गरे, ढुङ्गाका खामाहरू भत्काइदिए र अशेरा देवीका मूर्तिहरू काटी ढालिदिए। मोशाले बनाएका नहूश्तान भनिने काँसाको साँप पनि उनले टुक्रा-टुक्रा पारिदिए। त्यस बेलासम्म इस्राएलका मानिसहरूले त्यसलाई आदर गरी धूप बाल्दथे।
5
हिजकिया परमप्रभु इस्राएलका परमेश्वरमा भरोसा राख्दथे। यहूदामा अर्को राजा उनीजस्ता उनको समयअघि वा पछि कहिल्यै भएनन्।
6
उनी परमप्रभुप्रति विश्वासयोग्य थिए र कहिल्यै उहाँका आज्ञा भङ्ग गरेनन्; तर उनले विश्वाससाथ परमप्रभुले मोशालाई दिनुभएका आज्ञाहरू पालन गर्थे।
7
यसकारण परमप्रभु उनीसित हुनुहुन्थ्यो र आफूले हात लाएका सबै काममा उनी सफल हुन्थे। उनले अश्शूरका राजाको विरुद्धमा विद्रोह गरे र उनको अघि शिर निहुराउन इन्कार गरे।
8
उनले पलिश्तीहरूलाई जिते। तिनीहरू बसेका ठाउँहरूमा छापा मारेर सानोभन्दा सानो गाउँदेखि ठूलाभन्दा ठूला सहर, गाजा र त्यसका छिमेकीका देशहरूमा समेत उनले तिनीहरूलाई जिते।
9
हिजकियाको शासनकालको चौथो वर्ष, जुन वर्ष होशिया राजाले इस्राएलमाथि राज्य गरेको सात वर्ष भएको थियो, अश्शूरका राजा शलमनेशेरले इस्राएलमाथि आक्रमण गरे र सामरियालाई घेरामा पारे।
10
घेरा हालेको तेस्रो वर्ष सामरियाको हार भयो। त्यो वर्ष हिजकियाले राज्य गरेको छ वर्ष र होशियाले राज्य गरेको नौ वर्ष भएको थियो।
11
अश्शूरका राजाले इस्राएलीहरूलाई कैदी बनाई आफ्नो देशमा लगे र कतिलाई हलह सहरमा कतिलाई गोजान जिल्लाको हाबोर नदीछेउ र कतिलाई मादीका सहरहरूमा बसाले।
12
इस्राएलीहरूले परमप्रभु आफ्ना परमेश्वरका आज्ञापालन गरेनन् तर उहाँले तिनीहरूसित बाँध्नुभएको करार तोडे र परमप्रभुका सेवक मोशाले दिएका सबै नियमहरू भङ्ग गरे। त्यसैकारण सामरियाको हार भयो। तिनीहरूले ती कुराहरू सुनेनन् र पालन पनि गरेनन्।
13
हिजकिया राजाको शासनकालको चौधौँ वर्षमा अश्शूरका राजा सनहेरीबले यहूदाका सुरक्षित सहरहरूमाथि हमला गरी आफ्नो अधीन गरे।
14
सनहेरीब लाकीशमा थिए, त्यहाँ तिनलाई हिजकियाले यस्तो खबर पठाए, “मैले भुल गरें। कृपा गरी हमला बन्द गर्नुहोस्। म तपाईंका सबै मागहरू पूरा गर्नेछु।” जवाफमा राजाले हिजकियालाई दश हजार किलोग्राम चाँदी र एक हजार किलोग्राम सुन मागे।
15
हिजकियाले मन्दिर र राजमहलका भण्डारमा भएका सारा चाँदी पठाइदिए।
16
तिनले मन्दिरका ढोकाबाट पनि सुन निकाले, आफैंले मन्दिरका खामामा मोहोर्न लाएका सुनसमेत उतार्न लाए र ती सबै सनहेरीबकहाँ पठाइदिए।
17
अश्शूरी राजाले लाकीशबाट एउटा ठूलो सेना यरूशलेममाथि हमला गर्न पठाए। तिनका तीन जना सबैभन्दा ठूला अधिकृतहरू त्यस सेनाका सेनापति थिए। यरूशलेम आइपुगेर तिनीहरू धोबीले काम गर्ने ठाउँको बाटोमा उभिए। त्यो बाटो माथिल्लो पोखरीबाट तलतिर पानी झर्ने कुलोको छेउमा थियो।
18
तब तिनीहरूले हिजकिया राजालाई बोलाउन पठाए। तिनीहरूसित भेट गर्न राजाका तीन जना अधिकृतहरू गए। ती अधिकृत राजमहलका अधिकारी हिल्कियाहको छोरो एल्याकीम, दरबारका सचिव शेब्ना र कागज पत्र राख्ने अधिकारी आसापको छोरो योआ थिए।
19
के कुराले हिजकिया राजालाई बल र भरोसा दियो, राजाले त्यो जान्न चाहन्छन् भनी एक जना अश्शूरी अधिकृतले तिनीहरूलाई भने।
20
उनले सोधे, “के मुखले मात्रै लडाइँ जित्न सकिन्छ भनी तिमीहरू ठान्छौ? कसले तिमीहरूलाई अश्शूरका विरुद्धमा विद्रोह गर्न मद्दत गर्छ भनी तिमीहरू ठान्छौ?
21
मिश्रले तिमीहरूलाई मद्दत गर्छ कि भनी तिमीहरू आशा गर्छौ। त्यो त भाँचिएको निगालाको लट्ठी टेकेजस्तो मात्रै हुन्छ। त्यो तिमीहरूकै हातमा भासिनेछ। कसैले मिश्रका राजामा भर पर्छ भने मिश्रका राजा त्यस्तै हुन्।”
22
अश्शूरी अधिकृतले कुरा अघि बढाए, “कि तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरमा भर परेका छौ भनी मलाई भन्छौ? हिजकियाले यरूशलेमका वेदीमा मात्र पूजा गर्नू भनी यहूदा र यरूशलेमका मानिसहरूलाई भनेको बेलामा के तिनले परमप्रभुकै आराधना-स्थल र वेदीहरू नाश पारेका थिएनन्?
23
राजाको नाममा म तिमीहरूसित एउटा बाजी लाउँछु। तिमीहरूलाई म दुई हजार घोडाहरू दिनेछु तर तिमीहरूले पनि तीमाथि सवार हुन त्यति नै पुरुषहरू निकाल्न सक्नुपर्नेछ।
24
तिमीहरू कसैले सबैभन्दा तल्लो दर्जाको अश्शूरी अधिकृतको दाँजो पुर्याउन सक्दैनौ। मिश्रीहरूले तिमीहरूलाई रथ र घोडचढी सेना पठाइदिन्छन् भनी आशा गरिबस्छौ!
25
के मैले परमप्रभुको सहायताबिना नै तिम्रो देशमाथि हमला गरी त्यसलाई नाश पारेको हो भनी तिमीहरू सोच्दछौ? परमप्रभु आफैंले तिम्रो देशलाई हमला गरी नाश गर्न मलाई आज्ञा गर्नुभएको हो।”
26
तब एल्याकीम, शेब्ना र योआले अधिकृतलाई भने, “हजुर, हामीसित आरमेइक भाषामा बोल्नुहोस्। हामी आरमेइक बुझ्छौं। हिब्रू भाषामा नबोल्नुहोस्। पर्खालमा भएका सबै मानिसहरूले हाम्रा कुरा सुन्दै छन्।”
27
तिनले जवाफ दिए, “तिमीहरू यो सोच्दछौ कि राजाले मलाई यी कुरा राजा र तिमीहरूलाई मात्र भन्न पठाएका हुन्? अँहँ, होइन, पर्खालमा भएका मानिसहरूसँग पनि म यो कुरा भन्दै छु। तिनीहरूले पनि तिमीहरूले जस्तै आफ्नै मल खानू र आफ्नै मूत्र पिउनुपर्नेछ।”
28
तब ती अश्शूरी अधिकृत उभिएर हिब्रूमा जोडले भने, “अश्शूरका राजाले तिमीहरूलाई के भन्दै छन्, त्यो तिमीहरूले सुन!
29
तिमीहरू हिजकियाको छलमा नपर्नू भनी राजाले चेतावनी दिंदै छन्। हिजकियाले तिमीहरूलाई बचाउन सक्दैन।
30
परमप्रभुमा भर पर्नुपर्छ भन्ने तिनको कुरा पनि नपत्याओ। परमप्रभुले हामीहरूलाई बचाउनुहुनेछ र अश्शूरी सेनालाई हाम्रो सहर कब्जा गर्न दिनुहुनेछैन भनी तिमीहरू नसोच।
31
हिजकियाका कुरा नसुन। सहरबाट निस्किआएर समर्पण गर्नू भनी अश्शूरका राजाले तिमीहरूलाई आज्ञा गरेका छन्। जबसम्म राजाले तिमीहरूलाई तिमीहरूकै जस्तै अर्को एउटा देशमा बसाल्नेछैनन्,
32
तबसम्म तिमीहरूले आफ्नै बारीका अङ्गुर र नेभारा खान र आफ्नै कुवामा पानी पिउन पाउनेछौ। त्यहाँ दाखमद्य दिने दाखबारी र रोटी बनाउन अन्न हुनेछ। त्यो जैतुन, जैतुनका तेल र महले भरिएको देश हुनेछ। तिमीहरूले उनको आज्ञापालन गर्यौ भने तिमीहरू मर्नेछैनौ तर बाँच्नेछौ। परमप्रभुले तिमीहरूलाई रक्षा गर्नुहुन्छ भनी हिजकियाले तिमीहरूलाई धोका नदेओस्।
33
के अरू कुनै देशका देवताहरूले ती देशलाई अश्शूरका राजाका हातबाट बचाए?
34
अहिले ती देवताहरू कहाँ छन्? हमात र अर्पादका देवताहरू खोइ? सपर्बेम, हेना र इव्वाका देवताहरू कता गए? के कसैले सामरियालाई बचायो?
35
यी सबै देशका कुनचाहिँ देवताहरूले कहिले यी देशहरूलाई हाम्रा राजाका हातबाट बचाए? तब तिम्रा परमप्रभुले यरूशलेमलाई बचाउनुहुन्छ भनी तिमीहरू कसरी सोच्न सक्छौ?”
36
मानिसहरू चुप भए। हिजकिया राजाले तिनीहरूलाई त्यसरी नै चुप रहन भनेका थिए। तिनीहरूले एउटै शब्द बोलेनन्।
37
त्यसपछि एल्याकीम, शेब्ना र योआले शोकले आफ्ना वस्त्र च्याते र अश्शूरी अधिकृतले भनेका कुरा राजाकहाँ गएर सुनाए।
← Chapter 17
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 19 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25