bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
2 Kings 14
2 Kings 14
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 13
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 15 →
1
यहोआहाजको छोरो येहोआश इस्राएलका राजा भएपछि दोस्रो वर्षमा योआशको छोरो अमस्याह यहूदाका राजा भए।
2
त्यस बेला उनको उमेर पच्चीस वर्ष थियो र उनले यरूशलेममा उनन्तीस वर्ष राज्य गरे। उनकी आमा यहोअदीन यरूशलेमकी थिइन्।
3
उनले परमप्रभुलाई खुसी तुल्याउने काम गरे; तर उनी आफ्ना पुर्खा दाऊद राजाजस्तो थिएनन्। बरु उनले आफ्ना बुबा योआशले गरेझैँ गरे।
4
उनले मूर्तिपूजकहरूको पूजा-स्थलहरू भत्काएर ढालिदिएनन् र मानिसहरूले त्यहाँ बलि चढाउन र धूप बाल्न छोडेनन्।
5
सारा राज्य आफ्नो हातमा पक्का गरी लिइसक्नेबित्तिकै अमस्याहले आफ्ना बुबालाई मार्ने अधिकारीहरूलाई मारे।
6
तापनि उनले बुबाका हत्याराहरूका सन्तानलाई मारेनन्; तर परमप्रभुले मोशाका नियममा दिएका यो आज्ञाअनुसार नै गरे, “छोरा-छोरीहरूले गरेका अपराधको निम्ति आमा-बुबाहरू अनि आमा-बुबाले गरेका अपराधको निम्ति छोरा-छोरीहरू मारिनुहुन्न। आफैंले गरेको पापको निम्ति मात्र मानिस मारिनेछ।”
7
अमस्याहले नुनको बेसीमा दश हजार एदोमी सिपाहीहरूलाई मारे। उनले लडाइँमा सेला सहर कब्जा गरे र त्यसको नाम योक्तेल राखे। अझसम्म त्यसको त्यही नाम चलेको छ।
8
त्यसपछि अमस्याहले इस्राएलका राजा येहोआशलाई लडाइँ गर्ने चुनौति दिएर खबर पठाए।
9
तर येहोआश राजाले यस्तो जवाफ पठाए, “एक चोटि लेबनानको डाँडाको एउटा काँढे पोथ्राले एउटा देवदारुको रूखलाई यस्तो खबर पठाएछ, ‘मेरो छोरोसित विवाह गर्न तिम्री छोरी देऊ।’ एउटा जङ्गली जनावर त्यो पोथ्राको नजिक आई कुल्चेर गएछ।
10
हेर अमस्याह, तिमीले एदोमीहरूलाई हराएका छौ र घमण्डले भरिएका छौ। आफ्नो कीर्तिमा सन्तोष गर र घरै बस। आफू र आफ्ना प्रजामाथि आपत ल्याउन किन उपद्रव गर्छौ?”
11
तर अमस्याहले त्यो कुरा सुनेनन्। यसकारण इस्राएलका राजा येहोआश सेना लिएर अघि बढे अनि तिनीसित यहूदाको बेथ-शेमेशमा लडाइँ गरे।
12
अमस्याहको सेना हार्यो र उनका सिपाहीहरू सबै भागेर आ-आफ्ना घर गए।
13
येहोआशले अमस्याहलाई कैदी बनाए, यरूशलेममाथि आक्रमण गरे र सहरको पर्खाल एफ्राइम ढोकाबाट कुने ढोकासम्म भत्काइदिए। ती ढोकाका बीचको अन्तर प्राय: दुई सय मिटर थियो।
14
भेटेका सबै सुन र चाँदी, मन्दिरका सामान र महलका धन-सम्पत्ति उनले बटुले र सामरियामा नै लिएर गए। उनले जमानीको रूपमा कैदीहरू पनि सँगै लिएर गए।
15
येहोआहाजले गरेका अरू सबै कुराहरू, यहूदाका राजा अमस्याहका विरुद्धमा लडाइँ गर्दा उनले गरेका बहादुरीका कामसमेत इस्राएलका राजाहरूका इतिहासमा लेखिएका छन्।
16
येहोआश मरे र सामरियाका राजाहरू गाडिने चिहानमा गाडिए। त्यसपछि उनको छोरो यारोबाम राजा भए।
17
इस्राएलका राजा येहोआशको मृत्युपछि पन्ध्र वर्षसम्म यहूदाका राजा अमस्याह बाँचे।
18
अमस्याहले गरेका सबै कुरा यहूदाका राजाको इतिहासमा लेखिएको छ।
19
यरूशलेममा अमस्याहलाई मार्ने षड्यन्त्र गरियो। त्यसले गर्दा अमस्याह लाकीश सहरमा भागेर गए; तर शत्रुहरूले तिनलाई पछ्याएर गए र मारे।
20
तिनको लाश घोडामा बोकाएर यरूशलेम फर्काइल्याइयो र दाऊदको सहरको राजाहरू गाडिने चिहानमा गाडियो।
21
त्यसपछि यहूदाका मानिसहरूले तिनको सोह्र-वर्षे छोरो अजर्याहलाई राजा बनाए।
22
अजर्याहले बुबाको मृत्युपछि एलात सहर जितेर फिर्ता लिए र त्यसलाई फेरि बसाले।
23
योआशको छोरो अमस्याह यहूदाका राजा भएको पन्ध्रौं वर्षमा योआशको छोरो यारोबाम इस्राएलका राजा भए र तिनले सामरियामा एकचालीस वर्ष राज्य गरे।
24
उनीभन्दा अघिका यारोबाम राजा, जो नबातको छोरो थिए र जसले इस्राएललाई पाप गर्न लाएका थिए, तिनको दुष्ट चालमा तिनी चले र तिनले परमप्रभुको विरुद्धमा पाप गरे।
25
तिनले अघि इस्राएलका अधीनमा भएका सारा भूमि उत्तरमा हमात घाटीदेखि दक्षिणमा नुन सागरसम्म जितेर फिर्ता लिए। परमप्रभु इस्राएलका परमेश्वरले आफ्ना सेवक गात-हेपेरका अमित्तैको छोरो योना अगमवक्ताद्वारा यो करार गर्नुभएको थियो।
26
परमप्रभुले इस्राएलीहरूले भोगेका कठोर कष्ट देख्नुभयो। तिनीहरूलाई सहायता गर्ने कोही पनि थिएन।
27
तर इस्राएललाई सदाकालको निम्ति पूरै ध्वंस पार्ने परमप्रभुको इच्छा थिएन। यसकारण उहाँले राजा यारोबामद्वारा तिनीहरूको उद्धार गर्नुभयो।
28
यारोबामले गरेका अरू सबै कामहरू, तिनले वीरतासँग लडेका लडाइँ अनि कसरी दमस्कस र हमात सहर तिनले इस्राएलमा फर्काइल्याए, यी सबै इस्राएलका राजाको इतिहासमा लेखिएको छ।
29
यारोबाम मरे र राजा गाडिने चिहानमा गाडिए अनि तिनका छोरा जकरिया राजा भए।
← Chapter 13
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 15 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25