bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
2 Kings 15
2 Kings 15
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 14
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 16 →
1
इस्राएलका राजा यारोबामका राज्यकालको सत्ताईसौँ वर्षमा अमस्याहको छोरो उज्जीयाह सोह्र वर्षको उमेरमा यहूदाका राजा भए
2
र तिनले यरूशलेममा बाउन्न वर्ष राज्य गरे। उनकी आमा यरूशलेमकी यकोल्याह थिइन्।
3
आफ्ना बुबाको चालमा चलेर उनले परमप्रभुलाई खुसी गराउने काम गरे।
4
तर मूर्तिपूजकहरूका पूजा-स्थलहरू ध्वंस गरेनन् अनि मानिसहरूले त्यहाँ बलि चढाउने र धूप बाल्ने काम गरिरहे।
5
परमप्रभुले उज्जियाहलाई पछिबाट डरलाग्दो कुष्ठरोगले नमरुञ्जेल पीडित पार्नुभयो। उनी एउटा घरमा एक्लै बस्थे, कुनै काम तिनले गर्नुपर्दैनथ्यो अनि उनका छोरा योतामले देशमा राज्य गर्दथे।
6
उज्जियाहले गरेका अरू सबै काम यहूदाका राजाको इतिहासमा लेखिएको छ।
7
उनी मरे र दाऊदको सहरका राजाहरू गाडिने चिहानमा गाडिए र उनीपछि उनका छोरा योताम राजा भए।
8
यहूदाका राजा उज्जियाहको शासनकालको अठतीसौं वर्षमा यारोबामका छोरा जकरिया इस्राएलका राजा भए र उनले सामरियामा छ महिना राज्य गरे।
9
तिनी अघिका राजाहरूले झैँ उनले परमप्रभुको विरुद्धमा पाप गरे। इस्राएललाई पाप गर्न लाउने नबातको छोरो यारोबामको दुष्ट चालमा उनी हिंडे।
10
याबेशको छोरो शल्लूमले उनको विरुद्धमा षड्यन्त्र गरे र उनलाई इबलियाममा मारे र आफैं राजा भए।
11
जकरियाले गरेका अरू सबै काम इस्राएलका राजाको इतिहासमा लेखिएको छ।
12
यसरी “तेरा सन्तान चौथो पुस्तासम्म इस्राएलका राजा हुनेछन्,” भनी परमप्रभुले येहू राजालाई दिनुभएको यो प्रतिज्ञा पूरा भयो।
13
यहूदाका राजा उज्जियाहको शासनकालको उनन्चालीसौं वर्षमा याबेशको छोरो शल्लूम इस्राएलका राजा भए र उनले सामरियामा एक महिना राज्य गरे।
14
गदीको छोरो मनहेम तिर्साबाट सामरिया गए, शल्लूमलाई मारे र उनी पछि राजा भए।
15
शल्लूमले गरेका अरू सबै काम उनको षड्यन्त्रको बयानसमेत इस्राएलका राजाको इतिहासमा लेखिएका छन्।
16
मनहेम तिर्साबाट जाँदा उनले तिफसा सहर र त्यसका बासिन्दाहरू र छेउछाउका इलाका पूरा नाश गरे किनभने त्यस सहरले उनको अघि समर्पण गरेन। उनले गर्भवती स्त्रीहरूका पेटसमेत चिरिदिए।
17
यहूदाका राजा उज्जियाहको शासनकालको उनन्चालीसौं वर्षमा गदीको छोरो मनहेम इस्राएलका राजा भए र उनले सामरियामा दश वर्ष राज्य गरे।
18
आफू नमरेसम्म इस्राएललाई पाप गराएर मनहेमले परमप्रभुको विरुद्धमा पाप गरे।
19
अश्शूरका राजा तिग्लत-पिलेसेरले इस्राएलमाथि हमला गरे र मनहेमले देशमा आफ्नो शक्ति बलियो बनाउन उनको मद्दत लिने विचारले उनलाई चौंतीस हजार किलोग्राम चाँदी दिए।
20
इस्राएलका धनी मानिसहरूलाई प्रत्येक चाँदीका पचास टुक्रा दिन कर लगाएर मनहेमले त्यो धन जगेडा गरे। तिग्लत-पिलेसेर आफ्नै देशमा फर्किगए।
21
मनहेमले गरेका अरू सबै काम इस्राएलका राजाहरूका इतिहासमा लेखिएका छन्।
22
उनी मरे र गाडिए र उनका छोरा पकहीया राजा भए।
23
यहूदाका राजा उज्जियाहको राज्यकालको पचासौँ वर्षमा मनहेमका छोरा पकहीया इस्राएलका राजा भए र उनले सामरियामा दुई वर्ष राज्य गरे।
24
इस्राएललाई पाप गर्न लाउने नबातको छोरो यारोबामको दुष्ट चालमा चलेर उनले परमप्रभुको विरुद्धमा पाप गरे।
25
पकहीयाका सेनाका एक जना अधिकृत अथवा रमल्याहको छोरो पेकहले गिलादका पचास जना मानिसहरूसँग मिलेर जाल रचे। उनले सामरियाको भित्री किल्लाभित्र पकहीयालाई मारे र आफू राजा भए।
26
पकहीयाले गरेका अरू सबै काम इस्राएलका राजाको इतिहासमा लेखिएको छ।
27
यहूदाका राजा उज्जियाहको शासनकालको बाउन्नौं वर्षमा रमल्याहको छोरो पेकह इस्राएलका राजा भए र उनले सामरियामा बीस वर्ष राज्य गरे।
28
इस्राएललाई पाप गर्न लाउने नबातको छोरो यारोबाम राजाको दुष्ट चालमा चलेर उनले परमप्रभुको विरुद्धमा पाप गरे।
29
पेकह राजा भएको बेलामा अश्शूरका राजा तिग्लत-पिलेसेरले इयोन, हाबिल-बेथ-माका, यानोह, केदेश, हासोर सहरहरू लिए, गिलाद, गालील र नप्तालीका इलाकाहरू कब्जा गरे र मानिसहरूलाई कैद गरी अश्शूरमा लगे।
30
उज्जियाहको छोरो अथवा यहूदाका राजा योतामको राजमहलको बीसौं वर्षमा एलाहको छोरो होशियाले पेकह राजाको विरुद्धमा षड्यन्त्र गरेर उनलाई मारे र उनको ठाउँमा राजा भए।
31
पेकहले गरेका अरू सबै कुराहरू इस्राएलका राजाको इतिहासमा लेखिएको छ।
32
रमल्याहको छोरो पेकह इस्राएलको राजा भएको दोस्रो वर्ष उज्जियाहको छोरो योताम
33
पच्चीस वर्षको उमेरमा यहूदाका राजा भए र उनले यरूशलेममा सोह्र वर्ष राज्य गरे। उनकी आमा सादोककी छोरी यरूशा थिइन्।
34
आफ्ना बुबा उज्जियाहको चालमा चलेर योतामले परमप्रभुलाई खुसी पार्ने काम गरे।
35
तर मूर्तिपूजकहरूका पूजा-स्थलहरू ध्वंस पारेनन् र मानिसहरूले ती ठाउँमा बलि चढाइरहे र धूप बालिरहे। मन्दिरको माथिल्लो उत्तरी ढोका बनाउने योताम नै थिए।
36
योतामले गरेका अरू सबै काम यहूदाका राजाको इतिहासमा लेखिएको छ।
37
उनी राजा छँदा परमप्रभुले पहिलो पटक अरामका राजा रसीन र इस्राएलका राजा पेकहलाई यहूदामाथि हमला गर्न पठाउनुभयो।
38
योताम मरे र दाऊदको सहरका राजाहरू गाडिने चिहानमा गाडिए। उनीपछि उनका छोरा आहाज राजा भए।
← Chapter 14
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 16 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25