bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
2 Kings 21
2 Kings 21
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 20
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 22 →
1
मनश्शे यहूदाका राजा हुँदा बाह्र वर्षका थिए र उनले यरूशलेममा पचपन्न वर्ष राज्य गरे। उनकी आमा हेप्सीबा थिइन्।
2
आफ्ना प्रजा अघि बढेर आउँदा जुन-जुन जातिलाई परमप्रभुले धपाउनुभएको थियो, तिनीहरूकै घिनलाग्दा चालहरू सिकेर मनश्शेले परमप्रभुको विरुद्धमा पाप गरे।
3
उनले आफ्ना बुबा हिजकियाले नाश पारेका मूर्तिपूजकहरूका पूजा-स्थलहरू फेरि बनाइदिए। इस्राएलका राजा आहाबले झैँ उनले बाल-देवताको पूजा गर्ने वेदीहरू, अशेरा देवीको एउटा मूर्ति बनाए। मनश्शेले पनि ताराहरूको पूजा गर्थे।
4
परमप्रभुले यस ठाउँमा मेरो आराधना गरिनुपर्छ भन्नुभएको मन्दिरमा पनि उनले मूर्तिपूजा गर्ने वेदीहरू बनाए।
5
मन्दिरका दुई चोकमा उनले ताराहरू पुज्ने वेदीहरू बनाए।
6
उनले आफ्नै छोरोलाई होमबलि चढाए। तिनले जोखना हेराउँथे, जादूगरी चलाउँथे र ज्योतिषी र मरेका आत्मा खेलाउनेहरूको सल्लाह लिन्थे। उनले परमप्रभुको विरुद्धमा अति धेरै पाप गरे र उहाँको क्रोध दन्काए।
7
उनले अशेरा देवीको खम्बा मन्दिरमा राखे, जुन मन्दिरबारे परमप्रभुले दाऊद र उनको छोरो सोलोमनलाई यसो भन्नुभएको थियो, “यहाँ यरूशलेमको यस मन्दिरमा त्यो स्थान छ, जुन मैले इस्राएलका बाह्रै कुलका जम्मै भूभागबाट मेरो आराधना गरिनलाई आराधना-स्थल छानेको छु।
8
अनि इस्राएलका मानिसहरूले मेरा सबै आज्ञाहरू पालन गरे र मेरो सेवक मोशाले दिएका सम्पूर्ण नियमहरू माने भने म तिनीहरूका पिता-पुर्खालाई दिएको देशबाट तिनीहरूलाई धपाइन दिनेछैनँ।”
9
तर यहूदाका मानिसहरूले परमप्रभुको आज्ञा मानेनन् र मनश्शेले तिनीहरूलाई ठूल्ठूला पापहरू गर्न लाए। तिनीहरूका पाप परमप्रभुले जुन-जुन जातिलाई आफ्ना प्रजा अघि बढेर आएका बेलामा त्यस देशबाट धपाउनुभएको थियो, ती जातिहरूले गरेका पापभन्दा ठूला थिए।
10
परमप्रभुले आफ्ना सेवक अगमवक्ताहरूद्वारा भन्नुभयो,
11
“मनश्शे राजाले यी घिनलाग्दा कुराहरूले कनानीहरूले गरेको भन्दा धेरै खराब पाप गरेको छ र आफूले बनाएका मूर्तिहरूद्वारा यहूदाका मानिसहरूलाई पाप गर्न लाएको छ।
12
यसकारण म परमप्रभु इस्राएलका परमेश्वरले यस्तो विपत्ति यरूशलेम र यहूदामाथि ल्याउनेछु कि त्यसको बारेमा सुन्ने हरेक व्यक्तिको कानमा गुञ्जिरहनेछ।
13
सामरिया, इस्राएलका राजा आहाब र उनका सन्तानलाई झैँ म यरूशलेमलाई दण्ड दिनेछु। जसरी एउटा थाल सफा गरी घोप्ट्याएर राखिन्छ, त्यसरी नै म यरूशलेमलाई सफा गरिदिनेछु।
14
नमरी बाँच्नेहरूलाई म त्याग्नेछु र उनीहरूका शत्रुहरूका हातमा दिनेछु। शत्रुहरूले उनीहरूमाथि विजय गर्नेछन् र उनीहरूको देश लुट्नेछन्।
15
आफ्ना पिता-पुर्खाहरू मिश्रबाट निस्केर आएदेखि आजसम्म नै मेरो प्रजाले मेरो विरुद्धमा पाप गरेको र मेरो क्रोध जगाएको हुनाले म उनीहरूलाई त्यसो गर्नेछु।”
16
मनश्शेले यति धरै निर्दोष मानिसहरूलाई मारे कि यरूशलेमका बाटामा रगतका खोला बग्थे। यहूदाका मानिसहरूलाई उनले परमेश्वरको विरुद्धमा मूर्तिपूजा गरी पाप गर्न त लाए नै, त्यसमाथि उनले यसरी रगतका खोला पनि बगाएका थिए।
17
मनश्शेले गरेका अरू सबै कुरा, उनले गरेका पाप कर्महरू पनि यहूदाका राजाको इतिहासमा लेखिएको छ।
18
मनश्शे मरे र राजाहरूको बगैँचामा गाडिए, जसलाई उज्जाको बगैँचा भनिन्थ्यो र त्यसपछि उनका छोरा आमोन राजा भए।
19
आमोन यहूदाका राजा हुँदा बाईस वर्षका थिए र उनले यरूशलेममा दुई वर्ष राज्य गरे। उनकी आमा योत्बा सहरका हारूसकी छोरी मशुल्लेमेत थिइन्।
20
आफ्ना बुबा मनश्शेले झैँ उनले परमप्रभुको विरुद्धमा पाप गरे।
21
उनी आफ्ना बुबाको चालमा चले र बुबाले पुजेका मूर्तिहरू उनले पनि पुजे।
22
आफ्ना पुर्खाका परमेश्वरलाई उनले इन्कार गरे र उहाँका आज्ञाहरू पालन गरेनन्।
23
आमोनका भारदारहरूले उनको विरुद्धमा षडयन्त्र रचे र उनलाई राजमहलमा हत्या गरे।
24
यहूदाका मानिसहरूले उनको हत्याराहरूलाई मारे र उनका छोरा योशियाहलाई राजा बनाए।
25
आमोनले गरेका अरू सबै काम यहूदाका राजाको इतिहासमा लेखिएको छ।
26
आमोन उज्जाको बगैँचाको चिहानमा गाडिए र उनका छोरा योशियाह राजा भए।
← Chapter 20
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 22 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25