bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
2 Kings 8
2 Kings 8
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 7
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 9 →
1
यस देशमा परमप्रभुले सात वर्षसम्मको अनिकाल पठाउँदै हुनुहुन्छ र तिम्रो परिवार लिएर अर्को कुनै ठाउँमा गई बस्नू भनी एलीशाले शूनेममा बास गर्ने ती स्त्रीलाई भनेका थिए। ती स्त्रीको मरेको छोरोलाई एलीशाले बौराइउठाएका थिए।
2
स्त्रीले उनको सल्लाह मानेकी थिइन् र परिवार लिएर पलिश्त देशमा गई त्यहाँ सात वर्ष बसेकी थिइन्।
3
सात वर्ष बितेपछि तिनी इस्राएलमा फर्केर आइन् अनि आफ्नो घर र जमिन फिर्ता पाऊँ भनी बिन्ती गर्न राजाकहाँ गइन्।
4
तिनले राजालाई एलीशाका चाकर गेहजीसित कुरा गरिरहेका भेटिन्। राजाले एलीशाका उदेकका कामबारे जान्न चाहेका थिए।
5
गेहजीले राजालाई एलीशाले कसरी एक जना मरेको व्यक्तिलाई बौराइउठाएका थिए भनेर सुनाइरहेको बेला स्त्रीले राजालाई बिन्ती चढाइन्। गेहजीले राजालाई भन्यो, “राजन्, एलीशाले बौराइउठाएको केटो र तिनकी आमा यी नै हुन्।”
6
राजाको प्रश्नको उत्तरमा तिनले गेहजीले भनेको कुरा साँचो हो भन्दै सबै कुरा बताइन्। राजाले एक जना भारदारलाई बोलाए र यस स्त्रीलाई उनका सबै कुरा फिर्ता दिनू र साथै उनी परदेशमा सात वर्ष रहेको बेलामा उनको जमिनबाट भएको सम्पूर्ण उब्जनीको दाम पनि भरिदिनू भनी आदेश दिए।
7
अरामका राजा बेन-हदद बिरामी भएको बेलामा एलीशा दमस्कसमा पुगे। एलीशा यहाँ आएका छन् भनी राजालाई खबर भयो।
8
राजाले आफ्नो भारदार हजाएललाई भने, “अगमवक्ताकहाँ एउटा कोसेली लिएर जाऊ र म निको हुने हो कि होइन, सो परमप्रभुसित बुझ्न लाऊ।”
9
हजाएलले दमस्कसका सबैभन्दा असल-असल थोक लिएर चालीस वटा ऊँटमा लादे र एलीशाकहाँ गए। उनलाई भेटेर हजाएलले भने, “तपाईंको सेवक बेन-हदद राजाले उनी आफ्नो रोगबाट निको हुने हुन् कि होइनन् भनी सोध्न मलाई तपाईंकहाँ पठाएका हुन्।”
10
एलीशाले जवाफ दिए, “राजा मर्नेछन् भनी परमप्रभुले मलाई देखाउनुभएको छ; तर तिमी गएर उनलाई निको हुनेछौ भन।”
11
त्यसपछि एलीशाले उनलाई एकोहोरो हेरिबसे र हजाएलले अप्ठ्यारो मान्न लागे। अचानक एलीशाले आँखाबाट आँसु झारे।
12
“किन रुँदै हुनुहुन्छ, हजुर!” हजाएलले सोधे। “किनभने तिमीले कस्ता डरलाग्दा कुराहरू इस्राएलका मानिसहरूका विरुद्धमा गर्नेछौ ती म जान्दछु,” एलीशाले जवाफ दिए, “तिनीहरूका किल्लामा तिमीले आगो लाइदिनेछौ, युवकहरूलाई संहार गर्नेछौ, बालकहरूलाई पछारेर मारिदिनेछौ र गर्भवती स्त्रीहरूको पेट फोरिदिनेछौ।”
13
“म कसरी त्यस्तो शक्तिशाली हुन सक्छु र?” हजाएलले सोधे, “म को हुँ र?” एलीशाले उत्तर दिए, “परमप्रभुले मलाई तिमी अरामका राजा हुनेछौ भनी देखाउनुभएको छ।”
14
हजाएल बेन-हददकहाँ फर्केर गए। राजाले सोधे, “एलीशाले के भने त?” हजाएलले जवाफ दिए, “तपाईं अवश्य निको हुनुहुनेछ भनी उनले भने।”
15
तर भोलिपल्ट हजाएलले एउटा कम्बल लिएर पानीमा भिजाए र त्यसले राजाको सास थुनेर मारिदिए। बेन-हददपछि हजाएल अरामका राजा भए।
16
इस्राएलका राजा आहाबको छोरो योरामको शासनकालको पाँचौं वर्षमा यहोशापातको छोरो यहोराम यहूदाका राजा भए।
17
उनको उमेर बत्तीस वर्ष भएको थियो र उनले यरूशलेममा आठ वर्ष राज्य गरे।
18
उनकी रानी आहाबकी छोरी थिइन् र आहाबका घरानाले जस्तै उनले इस्राएलका राजाका खराब चालहरू पछ्याए। उनले परमप्रभुको विरुद्धमा पाप गरे।
19
तर परमप्रभुले यहूदालाई नाश पार्न चाहनुहुन्थ्यो किनभने उहाँले आफ्नो सेवक दाऊदलाई तेरा सन्तानले राज्य गरिरहनेछ भनी प्रतिज्ञा गर्नुभएको थियो।
20
यहोरामका शासनकालमा एदोमले यहूदाको विरुद्धमा विद्रोह गर्यो र त्यो देश स्वतन्त्र भयो।
21
यहोराम आफ्ना सबै रथ लिएर जाईरतर्फ लागे तर त्यहाँ एदोमीहरूले तिनीहरूलाई घेरे। राती उनी र उनका रथ-सेनाका सेनापतिहरू उम्के र भागे र उनका सिपाहीहरू छरपष्ट भएर आ-आफ्ना घरतिर लागे।
22
त्यसपछि एदोम सदा यहूदाबाट स्वतन्त्र भई बसेको छ। यही समयमा लिब्ना सहरले पनि विद्रोह गर्यो।
23
यहोरामले गरेका अरू सबै कामहरू यहूदाका राजाको इतिहासमा लेखिएको छ।
24
यहोराम मरे र दाऊदको सहरका राजाहरू गाड्ने चिहानमा गाडिए र उनको छोरो अहज्याह राजा भए।
25
आहाबको छोरो योराम इस्राएलका राजा भएको बाह्र वर्ष हुँदा यहोरामको छोरो अहज्याह बाईस वर्षको उमेरमा यहूदाका राजा भए
26
र उनले एक वर्ष यरूशलेममा राज्य गरे। इस्राएलका राजा ओम्रीकी नातिनी र आहाबकी छोरी अतल्याह तिनकी आमा थिइन्।
27
आफ्नो विवाहको कारणले उनको आहाब राजासँग पारिवारिक सम्बन्ध थियो र आहाबका परिवारले झैँ उनले पनि परमप्रभुको विरुद्धमा पाप गरे।
28
अहज्याह राजाले इस्राएलका राजा योरामलाई अरामका राजा हजाएलसित लडाइँ गर्न साथ दिए। रामोत-गिलादमा उनका सेनाहरूको युद्ध भयो र लडाइँमा योराम घाइते भए।
29
घाउ निको पार्न उनी यिजरेल सहरमा फर्केर गए र अहज्याह उनलाई भेट्न त्यहाँ गए।
← Chapter 7
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 9 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25