bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Deuteronomy 1
Deuteronomy 1
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 2 →
1
यर्दन नदीको पूर्वपट्टिको उजाडस्थानमा इस्राएलीहरूलाई मोशाले भनेका वचनहरू यस पुस्तकमा छन्। त्यस बेला तिनीहरू यर्दन बेसीमा सूपको छेउ एकापट्टि अराबामा पारान सहर र अर्कोपट्टि तोफेल, लाबान, हसेरोत र दीसाहाब सहरहरूका बीचमा थिए।
2
(एदोमको पहाडी भूमिबाट भएर सेइर पर्वतदेखि कादेश-बर्नेसम्म जानलाई एघार दिन लाग्छ)।
3
तिनीहरूले मिश्र छोडेको चालीसौँ वर्षको एघारौँ महिनाको पहिलो दिन परमप्रभुले उनलाई आज्ञा गर्नुभएअनुसार मोशाले सबै कुराहरू इस्राएलीहरूलाई भने।
4
हेश्बोन सहरमा राज गर्ने एमोरी राजा सीहोन अनि अस्तारोत र एद्रेई सहरहरूमा राज गर्ने बाशानका राजा ओगलाई परमप्रभुले जितेपछि यो कुरा भएको हो।
5
इस्राएलीहरू यर्दनको पूर्वपट्टि मोआब देशमा भएका बेलामा मोशाले परमेश्वरका व्यवस्था र शिक्षाहरू बुझाउन थाले। उनले भने,
6
“हामीहरू सीनै पर्वतमा छँदा परमप्रभु हाम्रा परमेश्वरले हामीलाई भन्नुभयो, ‘तिमीहरू यस पर्वतमा बसेको धेरै भयो।
7
अब छाउनी उठाओ र अघि बढ। तिमीहरू एमोरीहरूको पहाडी देश र त्यसका छेउछाउका यर्दन बेसी, त्यहाँका पहाडी प्रदेश र तराईहरू, दक्षिणतिरको भूभाग र भूमध्य सागरको किनारसम्म जाओ। तिमीहरू कनान देश र लेबनानका पर्वतहरूपारि, यूफ्रेटिस महानदी भएको ठाउँसम्म जाओ।
8
यी सबै ठाउँहरू परमप्रभुले तिमीहरूका पुर्खा अब्राहाम, इसहाक, याकूब र तिनका सन्तानहरूलाई दिन्छु भनी प्रतिज्ञा गरेको देशभित्र पर्छन्। गएर त्यो देश अधिकार गर’।”
9
मोशाले मानिसहरूलाई भने, “हामीहरू सीनै पर्वतमा छँदै मैले तिमीहरूलाई भनेको थिएँ, ‘तिमीहरूको अगुवाइ गर्ने जिम्मेवारी मेरो लागि अति गाह्रो छ। म एक्लै यो काम गर्न सक्दिनँ।
10
परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई आकाशका ताराझैँ अनगिन्ती बनाउनुभएको छ।
11
परमप्रभु तिमीहरूका पुर्खाका परमेश्वरले आफ्नो प्रतिज्ञाअनुसार तिमीहरूलाई हजार गुणा बढाऊन् र फलिफाप गराऊन्!
12
तर म एक्लैले कसरी तिमीहरूको झै-झगडा मिलाउने ठूलो जिम्मेवारी बोक्न सक्छु र?
13
हरेक कुलबाट बुद्धिमान्, समझदार र अनुभवी मानिसहरू छान र म तिनीहरूलाई तिमीहरूका अगुवा खटाउनेछु।’
14
त्यो गर्न असल हुन्छ भनी तिमीहरूले मानेका थियौ।
15
यसकारण तिमीहरूले आ-आफ्ना कुलबाट छानेका बुद्धिमान् र अनुभवी अगुवाहरूलाई लिएर मैले तिमीहरूको जिम्मा दिएँ। कसैले एक हजार मानिसको, कसैले एक सयको, कसैले पचासको र कसैले दश जनाको जिम्मा लिए। मैले कुल-कुलमा अरू हाकिमहरू पनि खटाएँ।
16
“त्यस बेला मैले तिनीहरूलाई यस्तो आदेश दिएको थिएँ, ‘तिम्रा मानिसहरूका बीचमा भएका झगडाहरूको बयान सुन। तिम्रा आफ्ना जात-भाइ होस् वा तिम्रा बीचमा बास गर्ने विदेशी होस्, सबैको झगडामा ठीक-ठीक न्याय गरिदेओ।
17
कसैपट्टि लागेर फैसला नदेओ। ठूला-साना सबैको एकै प्रकारले न्याय गर। कोही मानिससँग नडराओ किनभने तिमीहरूले दिएको फैसला परमेश्वरबाट आउँछ। तिमीहरूलाई कुनै झगडा मिलाउन गाह्रो पर्यो भने त्यो मकहाँ ल्याओ र म त्यसमा फैसला गर्नेछु।’
18
त्यही बेला तिमीहरूले गर्नुपर्ने अरू सबै कुराबारे मैले तिमीहरूलाई आदेश दिएको थिएँ।
19
“परमप्रभु हाम्रा परमेश्वरले जे आज्ञा गर्नुभएको थियो, त्यो हामीले पूरा गर्यौं। हामी सीनै पर्वतबाट हिँड्यौं अनि ठूलो र डरलाग्दो उजाड-स्थानका बीचबाट भएर एमोरीहरूका पहाडी देशमा पुग्यौं। हामी कादेश-बर्ने पुग्दा मैले भनें,
20
[20-21] ‘तिमीहरू अब एमोरीहरूका पहाडी देशमा आइपुग्यौ। यो देश, परमप्रभु हाम्रा परमेश्वर, हाम्रा पुर्खाका परमेश्वरले हामीलाई दिँदै हुनुहुन्छ। हेर, त्यो यहीँ छ। जाओ र उहाँले आज्ञा गर्नुभएअनुसार त्यसलाई कब्जा गर। नडराओ अनि सङ्कोच नमान।’
22
“तर मकहाँ आएर तिमीहरूले भन्यौ, ‘त्यस देशको भेद लिनलाई हामीहरू अघिबाट मानिसहरू पठाऔं र तिनीहरूले हामीलाई त्यहाँ जानलाई सबैभन्दा सजिलो बाटो र ती कस्ता प्रकारका सहर छन्, सो बताउन सक्नेछन्।’
23
“त्यसो गर्न असल देखियो र मैले प्रत्येक कुलबाट एक-एक जना गरेर बाह्र जना मानिसहरूलाई छानें।
24
तिनीहरूले पहाडी देशभित्र एश्कोलको बेसीसम्म गएर जाँचबुझ गरे।
25
तिनीहरूले त्यहाँ पाएका फलहरू ल्याए र परमप्रभु हाम्रा परमेश्वरले दिनुहुने त्यो देश खुबै मलिलो छ भनी सुनाए।
26
“तर तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको आज्ञाको विरोध गर्यौ र त्यस देशभित्र पसेनौ।
27
तिमीहरूले आपसमा गनगन गर्यौ र भन्यौ, ‘परमप्रभुले हामीलाई हेला गर्नुहुन्छ। एमोरीहरूले हामीलाई मारून् भनी तिनीहरूका हातमा पारिदिनलाई उहाँले हामीलाई मिश्रदेशबाट निकाली ल्याउनुभयो।
28
हामीहरू किन त्यहाँ जानु र? हामीलाई डर लाग्छ। हामीले पठाएका मानिसहरूले त्यहाँका मानिसहरू हामीहरूभन्दा बलिया र अग्ला छन् अनि तिनीहरू आकाश छुने पर्खालले घेरेका सहरहरूमा बास गर्छन् भन्ने समाचार ल्याए। त्यहाँ तिनीहरूले दैँत्यहरूजस्ता देखे रे!’
29
“तर मैले भनें, ‘ती मानिसहरूसित तिमीहरू नडराओ।
30
[30-31] परमप्रभु तिम्रा परमेश्वरले तिमीहरूको अगुवाइ गर्नुहुनेछ। तिमीहरूले मिश्रमा र उजाडस्थानमा देखेजस्तै उहाँले तिमीहरूको लागि फेरि लडाइँ गर्नुहुनेछ। बुबाले आफ्ना छोरालाई बोकेझैँ उहाँले तिमीहरूलाई यस ठाउँसम्म कसरी कुशलसाथ ल्याइपुर्याउनुभयो, त्यो तिमीहरूले देख्यौ।’
32
तर मैले त्यति भने तापनि तिमीहरूले चाहिँ परमप्रभुमा भरोसा गरेनौ।
33
परमप्रभु सधैँ तिम्रा अघिअघि गएर तिमीहरूका लागि पाल हाल्ने ठाउँ खोजी हिँड्नुहुन्थ्यो। तिमीहरूलाई बाटो देखाउनलाई उहाँ राती आगोको खाँबोमा र दिउँसो बादलको खाँबोमा तिम्रा अघि-अघि जानुहुन्थ्यो र पनि तिमीहरूले उहाँलाई विश्वास गरेनौ।
34
“तिमीहरूको गनगन सुनेर परमप्रभु रिसाउनुभयो र उहाँले गम्भीर वचन सुनाउनुभयो,
35
‘यो दुष्ट पुस्ताबाट तिमीहरूमध्ये एक जना पनि मैले तिम्रा पुर्खालाई प्रतिज्ञा गरेको त्यस मलिलो देशमा पस्नेछैनौ।
36
यपुन्नेको छोरो कालेब मात्र त्यहाँ पस्नेछ। त्यो मप्रति विश्वासी रहेको छ र त्यसले जाँचबुझ गरेको देश म त्यसलाई र त्यसका सन्तानलाई दिनेछु।’
37
तिमीहरूले गर्दा परमप्रभु मसित रिसाउनुभयो र भन्नुभयो, ‘मोशा, तँ पनि त्यस देशमा पस्नेछैनस्।
38
तर, तेरो सहायक नूनको छोरो यहोशूलाई उत्साह दिएर बलियो बना। त्यसले इस्राएलीहरूलाई त्यस देशको अधिकार गर्न अगुवाइ गर्नेछ।’
39
“तब परमप्रभुले हामी सबैलाई भन्नुभयो, ‘तिम्रा छोरा-छोरीहरू जो अझै स-साना छन् र असल र खराब छुट्ट्याउन सक्दैनन्, जसलाई तिम्रा शत्रुहरूले पक्रिलैजानेछन् भनी तिमीहरू भन्थ्यौ, तिनीहरू त्यस देशमा पस्नेछन्। म त्यो देश तिनीहरूलाई दिनेछु र तिनीहरूले त्यसलाई आफ्ना अधिकारमा लिनेछन्।
40
तर तिमीहरूचाहिँ लाल-समुद्रको बाटो भएर उजाडस्थानमा फर्केर जाओ।’
41
“तिमीहरूले जवाफ दियौ, ‘मोशा! हामीले परमप्रभुको विरुद्धमा पाप गरेका छौं। तर अब परमप्रभु हाम्रा परमेश्वरले हामीलाई आज्ञा गर्नुभएअनुसार हामी आक्रमण गर्नेछौं।’ अनि तिमीहरू एक-एक जनालाई पहाडी देशमाथि हमला गर्न सजिलो हुनेछ भन्ठानी लडाइँ गर्नलाई तयार भयौ।
42
“तर परमप्रभुले मलाई भन्नुभयो, ‘तिनीहरूलाई हमला नगर्नू भनी चेतावनी दे किनभने म तिनीहरूसित रहनेछैनँ र तिनीहरूका शत्रुहरूले तिनीहरूलाई नै हराउनेछन्।’
43
परमप्रभुले भन्नुभएको कुरा मैले तिमीहरूलाई सुनाएँ तर तिमीहरूले केही ध्यानै दिएनौ। तिमीहरूले उहाँको विरुद्धमा विद्रोह गर्यौ र आफ्ना अहङ्कारमा पहाडी देशमाथि हमला गर्यौ।
44
तब ती पहाडहरूमा बास गर्ने एमोरीहरू मौरीका हुलझैँ तिम्रा विरुद्धमा आइलागे। तिनीहरूले तिमीहरूलाई होर्मासम्म खेदे र त्यहाँ एदोमको डाँडामा तिमीहरूलाई जिते।
45
तिमीहरूले मद्दतको लागि परमप्रभुलाई पुकार्यौ तर उहाँले तिमीहरूको पुकार सुन्नुभएन, तिमीहरूमाथि केही ध्यानै दिनुभएन।’
46
“तर यसरी धेरै दिनसम्म तिमीहरू कादेशमा बास गर्यौ।”
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 2 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34