bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Deuteronomy 11
Deuteronomy 11
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 10
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 12 →
1
“परमप्रभु आफ्ना परमेश्वरलाई प्रेम गर र उहाँका नियमहरू सधैँ पालन गर।
2
परमप्रभुका साथमा तिमीहरूले उहाँका बारेमा के-के सिक्यौ र बुझ्यौ, सो आज याद गर। तिमीहरूका छोरा-छोरीले होइन तर तिमीहरू आफैंले नै यी कुराहरू चाल पाएका छौ। तिमीहरूले परमप्रभुको महान्ता, शक्ति, प्रताप
3
र उदेकका कामहरू देख्यौ। मिश्रका सम्पूर्ण राज्यलाई र राजालाई उहाँले के गर्नुभयो, त्यो तिमीहरूले देख्यौ।
4
तिमीहरूलाई खेद्दै आउँदा उहाँले कसरी मिश्री सेनालाई तिनका घोडा र रथहरूसमेत लालसमुद्रमा डुबाएर मार्नुभयो, त्यो तिमीहरूले देख्यौ।
5
यहाँ तिमीहरू आइपुग्नुभन्दा अघि उजाड-स्थानमा परमप्रभुले तिम्रा लागि के गर्नुभयो, सो जान्दछौ।
6
रूबेन कुलका एलीआबका छोराहरू दातान र अबीरामलाई उहाँले के गर्नुभयो, तिमीहरू याद गर्न सक्छौ। सबैले हेर्दाहेर्दै पृथ्वी फाट्यो र तिनीहरूलाई तिनका परिवार, पालहरू, नोकर-चाकर र जीव-जन्तुसहित निल्यो।
7
अँ, परमप्रभुले गर्नुभएका यी सबै महान् कार्यहरू देख्ने तिमीहरू नै हौ।
8
“आज मैले दिएका सबै नियमहरू मान। त्यसो भए तिमीहरू नदी पार गरी आफूले पस्न लागेको देश अधीनमा लिनेछौ।
9
अनि तिमीहरू धेरै दिनसम्म परमप्रभुले तिम्रा पुर्खाहरू र तिनका सन्तानलाई प्रतिज्ञा गर्नुभएको मलिलो र धनी देशमा बास गर्नेछौ।
10
तिमीहरूले अधीन गर्न लागेको देश मिश्रदेशजस्तो छैन, जहाँ तिमीहरू अघि बास गर्दथ्यौ। त्यहाँ बिउ छरेपछि खेतबारी भिजाउनलाई तिमीहरूले कडा मेहनत गर्नुपर्दथ्यो।
11
तर तिमीहरू पस्न लागेको देश पहाड र बेसीहरूले भरिएको छ, जसलाई वर्षाको पानीले भिजाउँछ।
12
परमप्रभु तिम्रा परमेश्वरले त्यस देशको हिफाजत गर्नुहुन्छ र वर्षभरि त्यसको रखवाली गर्नुहुन्छ।
13
“यसर्थ अब मैले तिमीहरूलाई आज दिएका आज्ञाहरू मान। परमप्रभु आफ्ना परमेश्वरलाई प्रेम गर र आफ्नो पूरा हृदयले उहाँको सेवा गर।
14
त्यसो गर्यौ भने चाहिएको बेलामा शरद् र वसन्त ऋतुमा उहाँले तिम्रा देशमा वर्षा पठाइदिनुहुनेछ र तिम्रा लागि अन्न, मद्य र जैतुनको तेल उब्जनेछन्
15
र तिम्रा गाई-वस्तुको लागि घाँस पाइनेछ। तिमीहरूलाई चाहिएका सबै भोजन तिमीहरू पाउनेछौ।
16
अरू देवताहरूलाई पुज्न र सेवा गर्नलाई तिमीहरू आफ्ना परमप्रभुदेखि टाढा नहोओ।
17
त्यसो गर्यौ भने परमप्रभु तिमीहरूसित रिसाउनुहुनेछ। उहाँले वर्षा रोकिदिनुहुनेछ र तिमीहरूका जमिन सुख्खा हुनेछ र त्यहाँ केही अन्न उम्रनेछैन। तब उहाँले तिमीहरूलाई दिन लाग्नुभएको देश असल भए तापनि त्यहाँ तिमीहरू चाँडै मर्नुपर्नेछ।
18
“यी आज्ञाहरूलाई याद राख र प्रेम गर। सम्झनाको लागि तिनलाई आफ्ना पाखुरामा बाँध र निधारमा लगाओ।
19
ती तिम्रा छोरा-छोरीहरूलाई सिकाओ। घरमा बस्दा वा टाढा जाँदा, विश्राम गर्दा वा काम गर्दा तिनका बारेमा चर्चा गर।
20
तिम्रा घरको ढोकाको चौकोस र मूल-ढोकाहरूमा तिनलाई लेख।
21
तब तिमीहरू र तिम्रा छोरा-छोरीहरू परमप्रभु तिम्रा परमेश्वरले तिम्रा पुर्खाहरूलाई दिन्छु भनी प्रतिज्ञा गर्नुभएको देशमा धेरै दिनसम्म बाँचिरहनेछौ। जबसम्म पृथ्वीमाथि आकाश रहनेछ, तबसम्म तिमीहरू बाँचिरहनेछौ।
22
“मैले दिएका सबै नियमहरू विश्वासयोग्यसाथ मान। परमप्रभु आफ्ना परमेश्वरलाई प्रेम गर। उहाँले आज्ञा गरेका सबै कुरा गर, उहाँप्रति विश्वासी रहो।
23
तब तिमीहरू अघि बढ्दा उहाँले ती सबै जातिहरूलाई धपाउनुहुनेछ र तिमीहरूभन्दा ठूला र बलिया जातिहरूका देश तिमीहरूले आफ्ना अधीनमा लिनेछौ।
24
तिमीहरूले पाइला हालेका सारा जमिन तिम्रा हुनेछन्। तिम्रो देश दक्षिणमा उजाड-स्थानदेखि उत्तरमा लेबनानका पहाडहरूसम्म अनि पूर्वमा यूफ्रेटिस नदीदेखि पश्चिममा भूमध्य सागरसम्म फैलिनेछ।
25
त्यस देशमा तिमीहरू जहाँ-जहाँ जाऔला, परमप्रभु परमेश्वरले आफ्नो प्रतिज्ञाअनुसार त्यहाँका मानिसहरूका मनमा तिमीहरूको डर हालिदिनुहुनेछ र कसैले तिमीहरूलाई रोक्न सक्नेछैन।
26
“आज म तिमीहरूलाई आशिष् वा सराप चुन्ने मौका दिँदछु–
27
मैले आज तिमीहरूलाई दिँदैगरेका परमप्रभु तिम्रा परमेश्वरका आज्ञाहरू मान्यौ भने तिमीहरूले आशिष् पाउँछौ;
28
तर ती आज्ञाहरू मानेनौ र तिमीहरूले अघि कहिल्यै नपुजेका अरू देवताहरूलाई पूज्न मन फर्कायौ भने सराप पाउँछौ।
29
जब तिमीहरूले अधीनमा लिन आँटेका देशमा परमप्रभुले तिमीहरूलाई पुर्याउनुहुन्छ, तब तिमीहरूले ठूलो सोरले गीरीज्जीम पहाडबाट आशिष् र एबाल पहाडबाट चाहिँ सराप सुनाउनू।
30
(यी डाँडाहरू यर्दन नदीका पश्चिमपट्टि यर्दन बेसीमा बास गर्ने कनानीहरूका देशमा पर्छन्। ती डाँडाहरू गिलगाल सहरका छेउमा भएका मोरे गाउँका पवित्र रूखहरूका नजिकै पश्चिमपट्टि छन्।)
31
तिमीहरूले यर्दन नदी तरी परमप्रभु तिम्रा परमेश्वरले दिन लाग्नुभएको देश आफ्ना अधीनमा लिन आँटेका छौ। जब त्यसलाई अधीन गरी त्यहाँ बास गर्न थाल्नेछौ,
32
तब यी मैले आज दिँदैगरेका नियमहरू तिमीहरूले निश्चय मान्नेछौ भनी सङ्कल्प गर।
← Chapter 10
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 12 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34