bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Deuteronomy 10
Deuteronomy 10
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 9
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 11 →
1
“तब परमप्रभुले मलाई भन्नुभयो, ‘पहिलेको जस्तो एक जोर ढुङ्गाका पाटी काटेर बना अनि ती राख्नलाई एउटा काठको सन्दुक बना। मकहाँ पर्वतमाथि आइज
2
र अघि तैँले फुटाएका पाटीमा जे लेखेको थिएँ, त्यही म ती पाटीमा लेखिदिनेछु। त्यसपछि तिनलाई सन्दुकमा हाल्नू।’
3
“यसकारण मैले बबूल-काठको एउटा सन्दुक बनाएँ र पहिलेको जस्तो एक जोर ढुङ्गाको पाटी काटें अनि ती लिएर पर्वतमाथि गएँ।
4
तब पहिलोपल्ट लेख्नुभएको वचन नै परमप्रभुले ती पाटीमा लेख्नुभयो। उहाँले तिमीहरू पर्वतमा भेला भएको दिन आगोबाट बोल्नुहुँदा दिनुभएका दश आज्ञा ती पाटीमा लेख्नुभयो। परमप्रभुले ती पाटीहरू मलाई दिनुभयो
5
र म फर्केर पर्वतबाट तल झरें। त्यसपछि परमप्रभुले भन्नुभएअनुसार मैले पाटीहरू आफूले बनाएको सन्दुकमा हालें र त्यस दिनदेखि सधैँ ती त्यहीँ छँदैछन्।”
6
(याकानबासीहरूका इनारहरू भएका ठाउँबाट इस्राएलीहरू हिँडे र मोसेरामा आए। त्यहाँ हारून मरे र गाडिए अनि तिनका छोरा एलाजार तिनको स्थानमा पूजाहारी भए।
7
त्यहाँबाट तिनीहरू गुदगुदामा गए र त्यहाँबाट प्रशस्त पानी भएको ठाउँ योतबातामा गए।
8
पर्वतमा परमप्रभुले लेवी कुलका पुरुषहरूलाई करारका सन्दुकको जिम्मा लिन र पूजाहारी भई उहाँको सेवा गर्न र उहाँको नाममा आशीर्वाद दिन खटाउनुभयो। आजसम्म तिनीहरूका काम ती नै हुन्।
9
यसैकारण लेवी कुलले अरू कुलहरूले जस्तो जमिन पाएन। परमप्रभु तिम्रा परमेश्वरले प्रतिज्ञा गर्नुभएअनुसार तिनीहरूले परमप्रभुका पूजाहारीहरू हुने विशेष अधिकार पाए।)
10
“पहिलोपल्टझैँ म पर्वतमा चालीस दिन र चालीस रात बसें। परमप्रभुले अरू एकपल्ट मेरो बिन्ती सुन्नुभयो र तिमीहरूलाई नाश नगर्न राजी हुनुभयो।
11
तब उहाँले तिम्रा पिता-पुर्खाहरूलाई दिन्छु भनी प्रतिज्ञा गर्नुभएको देश तिमीहरूले आफ्ना अधीनमा लिन सकून् भन्ने विचारले उहाँले मलाई आएर तिनीहरूको अगुवाइ गर्नू भनी आज्ञा गर्नुभयो।
12
“हे इस्राएलका मानिसहरू हो! परमप्रभु तिम्रा परमेश्वरले तिमीहरूबाट के चाहनुहुन्छ, त्यो अब सुन। परमप्रभुको आराधना गर र उहाँका सबै आज्ञाहरू पालन गर। उहाँलाई प्रेम गर र आफ्नो पूरा हृदयले सेवा गर।
13
र उहाँका सबै नियमहरू पालन गर। तिमीहरूको भलाइको निम्ति म आज ती नियमहरू तिमीहरूलाई दिँदछु।
14
सबैभन्दा अग्लो आकाश मण्डल परमप्रभुकै हो। पृथ्वी र त्यसमा भएका हरथोक पनि उहाँकै हुन्।
15
तर तिम्रा पुर्खाहरूमाथि भएको परमप्रभुको प्रेम यति बलियो थियो कि उहाँले अरू जातिका सट्टामा तिमीहरूलाई चुन्नुभयो र अझसम्म तिमीहरू उहाँका चुनिएका जन हौ।
16
अब उसो परमप्रभुका आज्ञाकारी बन र ढिट नहोओ।
17
परमप्रभु तिमीहरूका परमेश्वर सबै देवता र राजशक्तिहरूभन्दा सर्वोच्च हुनुहुन्छ। उहाँ महान् र प्रतापी हुनुहुन्छ अनि उहाँको भय मान्नुपर्छ। उहाँले पक्षपात गर्नुहुन्न अनि घुस लिनुहुन्न।
18
टुहुराटुहुरी र विधवासित उहाँले न्यायपूर्ण व्यवहार गर्न लाउनुहुन्छ। हाम्रा मानिसहरूसँग बास गर्ने विदेशीहरूलाई उहाँले प्रेम गर्नुहुन्छ र तिनीहरूलाई भोजन र वस्त्र दिनुहुन्छ।
19
अब ती विदेशीहरूप्रति प्रेम देखाओ किनभने एक समय तिमीहरू आफैं पनि मिश्रमा विदेशी थियौ।
20
परमप्रभु आफ्ना परमेश्वरका आज्ञापालन गर र उहाँलाई मात्र पूज। उहाँसँग विश्वासी भइरहो र आफ्ना प्रतिज्ञाहरू उहाँको नाममा मात्र गर।
21
उहाँको प्रशंसा गर— उहाँ तिम्रा परमेश्वर हुनुहुन्छ र उहाँले तिम्रो निम्ति गर्नुभएको महान् र अचम्मका कामहरू तिमीहरूले आफ्नै आँखाले देखेका छौ।
22
तिम्रा पुर्खा मिश्रमा गएका बेलामा तिनीहरू सत्तरी जना मात्र थिए। तर अहिले परमप्रभु तिम्रा परमेश्वरले तिमीहरूलाई आकाशका ताराझैँ अनगन्ती पार्नुभएको छ।’
← Chapter 9
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 11 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34