bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Deuteronomy 6
Deuteronomy 6
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 7 →
1
“परमप्रभु तिम्रा परमेश्वरले तिमीहरूलाई सिकाउन भनी मलाई आज्ञा गर्नुभएका सबै नियमहरू यी नै हुन्। जुन देशमा पसी त्यसलाई आफ्नो अधीन गर्नेछौ, त्यहाँ तिनको पालन गर्नू।
2
तिमीहरूको प्राण रहुञ्जेलसम्म तिमीहरूले र तिम्रा सन्तानले परमप्रभु आफ्ना परमेश्वरको आदर गर्नू र मैले तिमीहरूलाई दिँदैगरेका नियमहरू पालना गर्नू। त्यसो भए तिमीहरू त्यस देशमा धेरै दिनसम्म जिउन सक्नेछौ।
3
हे इस्राएलका मानिसहरू हो! ती नियमहरू सुन र मान। तब सबै कुरामा तिमीहरूको भलो हुनेछ र तिमीहरू एउटा प्रतापी जाति बन्नेछौ। परमप्रभु हाम्रा पुर्खाका परमेश्वरले प्रतिज्ञा गर्नुभएअनुसार तिमीहरू त्यस असल र मलिलो देशमा बास गर्नेछौ।
4
“हे इस्राएलीहरू हो, यो याद गर! परमप्रभु मात्र हाम्रा परमेश्वर हुनुहुन्छ।
5
परमप्रभु आफ्नो परमेश्वरलाई आफ्ना पूरा हृदय, पूरा प्राण र पूरा बलले प्रेम गर।
6
आज मैले तिमीहरूलाई दिएका यी आज्ञाहरू कहिल्यै नभुल।
7
ती तिम्रा छोरा-छोरीहरूलाई सिकाओ। तिमीहरू घरमा छँदा वा बाहिर टाढा जाँदा, बस्दा वा काम गर्दा तिनको घरीघरी चर्चा गर।
8
तिनलाई आफ्ना पाखुरामा बाँध। सम्झनाको लागि तिनलाई आफ्ना निधारमा लगाओ।
9
तिनलाई आफ्ना घरका ढोकाका चौकोसमा र मूल-ढोकाहरूमा लेख।
10
“तिम्रा पुर्खाहरू अब्राहाम, इसहाक र याकूबलाई परमप्रभु तिम्रा परमेश्वरले प्रतिज्ञा गर्नुभएअनुसार, तिमीहरू आफैंले नबनाएका ठूला-ठूला र धनाढ्य सहरहरू उहाँले तिमीहरूलाई दिनुहुनेछ।
11
घरहरू असल कुराहरूले भरिएका हुन्छन्, जुन तिमीहरूले राखेका होइनौ। त्यहाँ इनारहरू हुनेछन्, जो तिमीहरूले खनेका होइनौ अनि दाखबारी र जैतुनका बगैँचाहरू, जो तिमीहरूले रोपेका होइनौ। जब परमप्रभुले तिमीहरूलाई यस देशमा ल्याउनुहुन्छ, तब तिमीहरूको निम्ति प्रशस्त खानेकुरा हुनेछन्।
12
मिश्रदेशमा तिमीहरू कमारा-कमारी थियौ। त्यहाँबाट तिमीहरूलाई बचाई ल्याउनुहुने परमप्रभुलाई भुल्नेछैनौ भन्ने पक्का सङ्कल्प गर।
13
परमप्रभु आफ्ना परमेश्वरको भय मान, उहाँलाई मात्र पूज र उहाँको नाममा मात्रै आफ्नो प्रतिज्ञा गर।
14
अरू कुनै ईश्वर तथा तिम्रा चारैपट्टि भएका जातिका देवताहरूलाई नपूज।
15
यदि तिमीहरूले अरू देवताहरूलाई पुज्यौ भने परमप्रभुको क्रोध आगोजस्तो तिमीहरूमाथि पर्नेछ किनभने तिमीहरूसँग बास गर्नुहुने तिम्रा परमप्रभु परमेश्वरले कुनै पनि विरोधीहरूलाई सहनुहुन्न।
16
“तिमीहरूले मस्साहमा गरेझैँ परमप्रभु आफ्ना परमेश्वरको परीक्षा नगर्नू।
17
उहाँले दिनुभएका सबै नियमहरू पालन गर्ने निश्चय गर।
18
जे कुरा ठीक र भलो भनी परमप्रभुले भन्नुहुन्छ, त्यही गर र सबै कुरामा तिमीहरूको भलो हुनेछ। परमप्रभुले तिमीहरूका पुर्खाहरूलाई प्रतिज्ञा गर्नुभएको मलिलो देश तिमीहरूले आफ्ना अधिकारमा लिनेछौ।
19
अनि उहाँले प्रतिज्ञा गर्नुभएअनुसार आफ्ना शत्रुहरूलाई धपाउनेछौ।
20
“भविष्यका दिनहरूमा तिमीहरूका छोरा-छोरीहरूले तिमीहरूलाई सोध्नेछन्, ‘किन परमप्रभु हाम्रा परमेश्वरले यी सबै नियमहरू मान्ने आज्ञा हामीलाई दिनुभयो?’
21
तब तिनीहरूलाई यसो भन, ‘हामी मिश्रदेशको राजाका कमारा-कमारीहरू थियौं, परमप्रभुले आफ्नो महान् शक्तिले हामीलाई बचाइल्याउनुभयो।
22
उहाँले गर्नुभएका उदेकका कामहरू अनि मिश्रीहरू र तिनका राजा र भारदारहरूप्रति गर्नुभएका डरलाग्दा कामहरू हामीले आफ्नै आँखाले देख्यौं।
23
यो देश दिनलाई उहाँले मिश्रदेशबाट हामीलाई छुट्कारा दिएर ल्याउनुभयो। यस्तो प्रतिज्ञा उहाँले हाम्रा पुर्खालाई दिनुभएको थियो।
24
त्यसपछि परमप्रभु हाम्रा परमेश्वरले यी सबै नियमहरू पालन गर्नू र उहाँको डर मान्नू भनी आज्ञा हामीलाई दिनुभयो। हामीले त्यसो गर्यौं भने उहाँले सधैँ हाम्रो रखवाली गर्नुहुनेछ र हाम्रा जातिलाई सबै कुरामा उन्नति हुनेछ।
25
हामी विश्वासी भई उहाँले आज्ञा गर्नुभएका सबै कुरा मान्यौं भने उहाँ हामीसित खुसी हुनुहुनेछ’।”
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 7 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34