bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Deuteronomy 4
Deuteronomy 4
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 5 →
1
तब मोशाले मानिसहरूलाई भने, “मैले सिकाएका सबै नियमहरू मान्यौ भने तिमीहरू बाँच्नेछौ र परमप्रभु तिम्रा पुर्खाका परमेश्वरले तिमीहरूलाई दिन लाग्नुभएको देश अधीन गर्न सक्नेछौ।
2
मैले दिएका आज्ञाहरूमा केही पनि नथप, केही पनि नघटाओ। मैले तिमीहरूलाई दिएका परमप्रभुका आज्ञाहरू पालन गर।
3
परमप्रभुले पोर-पहाडमा के गर्नुभयो, त्यो तिमीहरू आफैंले देख्यौ। त्यहाँ बाल-देवतालाई पुज्ने हरेकलाई उहाँले नाश पार्नुभयो।
4
तर तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरप्रति विश्वासयोग्य रहेकाले आजसम्म जिउँदै छौ।
5
“परमप्रभु तेरा परमेश्वरले भन्नुभएअनुसार मैले सबै नियमहरू तिमीहरूलाई सिकाएको छु। जुन देशमाथि तिमीहरूले हमला गरी अधीन गर्न लागेका छौ, त्यहाँ ती नियमहरू पालन गर।
6
विश्वासी भई ती नियमहरू पालन गर र अरू जातिका मानिसहरूले तिमीहरू कति बुद्धिमान् रहेछौ भनी देख्नेछन्। यी सबै नियमहरू सुनेपछि तिनीहरूले भन्नेछन्, ‘यस महान् जातिसित कस्तो बुद्धि र समझशक्ति रहेछ!’
7
“खाँचो परेका बेलामा जसरी परमप्रभु हाम्रा परमेश्वर हाम्रा नजिक आउनुहुन्छ, त्यसरी नजिक आउने ईश्वर अरू जस्तै ठूलो जातिसँग पनि छैन। जहिले हामी उहाँलाई सहायताको लागि पुकार्छौं, उहाँले हामीलाई उत्तर दिनुहुन्छ।
8
अरू जत्तिकै ठूला जाति भए तापनि तिनीहरूसित आज मैले तिमीहरूलाई सिकाएजस्ता न्यायपूर्ण नियमहरू छैनन्।
9
[9-10] होशियार होओ! तिमीहरूले आफ्ना आँखाले जे देखेका छौ, त्यो आफू बाँचुञ्जेलसम्म नभुल्ने निश्चय गर। आफ्ना छोरा-छोरी र नाति-नातिनालाई सीनै पर्वतमा तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरको अघि उभिएका दिनको बारेमा भन। त्यो दिन उहाँले मलाई यसो भन्नुभएको थियो, ‘मानिसहरूलाई भेला गर्। म चाहन्छु कि तिनीहरूले मेरा कुरा सुनून् र तिनीहरू बाँचुञ्जेलसम्म मेरा आज्ञा मान्न सिकून् र आफ्ना सन्तानलाई मेरो डर मान्न सिकाऊन्।’
11
“तिम्रा छोरा-छोरीहरूलाई भन कि तिमीहरू कसरी कालो धुवाँको बादलले ढाकेको र आगो आकाशसम्म दन्किरहेको पर्वतको फेदमा गएर उभिएका थियौ।
12
तिनीहरूलाई भन कि कसरी परमप्रभु आगोबाट तिमीहरूसित बोल्नुभयो र तिमीहरूले उहाँको बोली त सुन्यौ; तर उहाँलाई कुनै किसिमको रूपमा पनि देख्न सकेनौ।
13
उहाँले तिमीहरूसित बाँध्नुभएको करार तिमीहरूले कसरी पूरा गर्नुपर्छ, सो उहाँले भन्नुभयो; अर्थात् उहाँले दुईवटा ढुङ्गाका पाटीमा लेख्नुभएका दश आज्ञाहरू नै तिमीहरूले मान्नुपर्छ।
14
तिमीहरूले हमला गरी आफ्ना अधीन गर्न लागेका देशमा पालना गर्नुपर्ने सबै नियमहरू तिमीहरूलाई सिकाउनू भनी परमप्रभुले मलाई आज्ञा गर्नुभयो।
15
“परमप्रभु सीनै पर्वतमा आगोबाट बोल्नुहुँदा तिमीहरूले कुनै रूप देखेनौ। यसकारण तिम्रा आफ्नै भलाइको निम्ति,
16
पुरुष वा स्त्री,
17
पशु वा चरा,
18
माछा वा घस्रने जन्तुको रूपमा कुनै प्रकारको मूर्ति बनाएर हामी पाप गर्नेछैनौं भन्ने निश्चय गर।
19
आकाशमा देखिने— घाम, जून र ताराहरूलाई पूजा वा सेवा गर्ने मोहमा नपर। परमप्रभु तिम्रा परमेश्वरले यी कुराचाहिँ अरू सबै जातिहरूलाई पुज्नको निम्ति दिनुभएको छ।
20
तर उहाँले दन्किरहेको भट्टीजस्तो मिश्रबाट उद्धार गर्नुभएको जाति तिमीहरू नै हौ। उहाँले तिमीहरूलाई आफ्नै प्रजा बनाउन त्यहाँबाट निकाली ल्याउनुभएको हो र तिमीहरू आज उहाँका प्रजा भएका छौ।
21
तिमीहरूले गर्दा परमप्रभु तिमीहरूका परमेश्वर मसित रिसाउनुभयो र उहाँले तिमीहरूलाई दिन लाग्नुभएको त्यस मलिलो देशमा जान मैले यर्दन नदी पार गर्न पाउने छैन भनी कठोर प्रण गर्नुभयो।
22
म नदी पार नगरी यही देशमा मर्नेछु तर तिमीहरूले चाहिँ त्यो पार गरी त्यस मलिलो देश आफ्नो अधीनमा पार्न आँटेका छौ।
23
परमप्रभु तिम्रा परमेश्वरले तिमीहरूसित बाँध्नुभएको करार भुल्दैनौ भन्ने निश्चय गर। कुनै किसिमको मूर्ति नबनाउनू भन्ने उहाँको आज्ञा पालन गर
24
किनभने परमप्रभु तिमीहरूका परमेश्वर दन्केको आगोजस्तो ज्वाला हुनुहुन्छ। उहाँले कुनै विरोधीलाई सहनुहुन्न।
25
“धेरै दिनसम्म त्यस देशमा बास गरिसकेर छोरा-छोरी, नाति-नातिनाका धनी हुँदा पनि आफ्नो लागि कुनै प्रकारको मूर्ति बनाउने पाप नगर। त्यसो गर्नु परमप्रभुको दृष्टिमा दुष्ट्याइँ हुन्छ र त्यसले गर्दा उहाँ रिसाउनुहुनेछ।
26
आज म स्वर्ग र पृथ्वीलाई तिमीहरूका विरुद्धमा साक्षी राख्दछु। तिमीहरूले मेरा कुरा मानेनौ भने तिमीहरू त्यस देशबाट लोप हुनेछौ। आफ्ना हातमा लिन लागेका देशमा पनि तिमीहरू धेरै दिनसम्म बास गर्न पाउनेछैनौ। तिमीहरू पूरै नाश हुनेछौ।
27
तिमीहरूलाई परमप्रभुले अरू जातिहरूका बीचमा छरपष्ट पार्नुहुनेछ र त्यहाँ तिमीहरू थोरै सङ्ख्यामा मात्र बाँच्नेछौ।
28
त्यहाँ तिमीहरूले मानिसका हातले बनाएका काठ र ढुङ्गाका देख्न, सुन्न, खान वा सुन्न नसक्ने देवताहरूको सेवा गर्नेछौ।
29
त्यहाँ तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरको खोजी गर्नेछौ र आफ्नो पूरा हृदयले उहाँको खोजी गर्यौ भने उहाँलाई भेट्टाउनेछौ।
30
जब तिमीहरू कष्टमा पर्छौ र यी सबै कुरा तिमीहरूमाथि आइपर्नेछन्, तब अन्तमा तिमीहरू परमप्रभुतिर फर्कनेछौ र उहाँको आज्ञा मान्नेछौ।
31
उहाँ कृपालु परमेश्वर हुनुहुन्छ। उहाँले तिमीहरूलाई त्याग्नु वा नाश गर्नुहुन्न र तिम्रा पुर्खाहरूसित बाँध्नुभएको करार उहाँले भुल्नुहुन्न।
32
“तिमीहरू जन्मनुभन्दा अघिका समय परमेश्वरले मानिस सृष्टि गर्नुभएको समयलाई पहिल्याएर हेर। सबै संसारमा खोजी गर। यत्रो महान् कुरो यसको अघि कहिल्यै भएको थियो र? यस्तो कुरा कसैले सुनेको छ र?
33
परमेश्वर आगोबाट बोल्नुभएको सुनेर पनि बाँचिरहेका तिमीहरूजस्ता अरू कुनै जाति छ?
34
तिमीहरूका परमेश्वर परमप्रभुले तिमीहरूलाई मिश्रमा गर्नुभएअनुसार के कुनै देवताको एउटा जातिलाई अर्को जातिका माझबाट निकालेर आफ्ना नीज प्रजा बनाएका छन्? तिमीहरूकै आँखाअघि उहाँले आफ्ना महान् शक्ति र बल प्रयोग गर्नुभयो। उहाँले महामारी र लडाइँ ल्याउनुभयो, उदेक र अचम्मका कामहरू गर्नुभयो र डरलाग्दा कुराहरू गराउनुभयो।
35
उहाँ मात्र परमेश्वर हुनुहुन्छ र उहाँजस्तो अर्को कोही छैन भनी तिमीहरूलाई प्रमाण दिनलाई परमप्रभुले यी सबै गर्नुभएको हो।
36
तिमीहरूलाई शिक्षा दिनलाई उहाँले स्वर्गबाट आफ्नो सोर तिमीहरूलाई सुनाउनुभयो, यहाँ पृथ्वीमा उहाँले आफ्नो पवित्र आगो देखाउनुभयो र त्यसबाट तिमीहरूसित बोल्नुभयो।
37
तिमीहरूका पुर्खालाई माया गर्नुभएको हुनाले उहाँले तिमीहरूलाई चुन्नुभयो र आफ्ना महान् शक्तिले मिश्रदेखि तिमीहरूलाई आफैंले निकाली ल्याउनुभयो।
38
तिमीहरू जब अघि बढ्यौ, तिमीहरूभन्दा ठूला र शक्तिमान् जातिहरूलाई उहाँले खेद्नुभयो। तिनीहरूको देश तिमीहरूलाई दिनलाई उहाँले त्यसो गर्नुभयो। त्यो देश अझसम्म तिमीहरूकै हातमा छ।
39
यसकारण उहाँको दिनलाई याद राख र कहिल्यै नभुल। परमप्रभु स्वर्ग र पृथ्वीका परमेश्वर हुनुहुन्छ। अर्को कुनै ईश्वर छैन।
40
मैले आज तिमीहरूलाई दिएका उहाँका सबै आज्ञाहरू पालन गर र तिमीहरू र तिम्रा सन्तानको भलो हुनेछ। परमप्रभु तिम्रा परमेश्वरले तिमीहरूलाई सधैँको निम्ति दिनुभएको देशमा तिमीहरू बास गर्नेछौ।”
41
तब मोशाले यर्दन नदीको पूर्वमा तीनवटा सहरहरू छुट्ट्याए।
42
कुनै ज्यानमारा, जसले अचानक दुर्घटनामा आफ्नो शत्रुबाहेक अरू कसैलाई मार्दछ, भागेर त्यहाँ गई सुरक्षित बस्न सक्दछ। त्यो यीमध्ये कुनै सहरमा भागी जान सक्छ र त्यहाँ मारिनेछैन।
43
रूबेन कुलको लागि उजाड-स्थानको अग्लो मरुभूमिको बेसेर सहर, गाद कुलको लागि गिलादी इलाकामा रामोत र मनश्शे कुलको लागि बाशानको इलाकामा गोलान सहरहरू राखिए।
44
मोशाले परमेश्वरका नियम र शिक्षाहरू इस्राएलका मानिसहरूलाई दिए।
45
[45-46] तिनीहरू मिश्र छाडेर आएपछि यर्दन नदीको पूर्वपट्टि बेथ-पोर सहरको सामुन्ने भएको बेसीमा तिनले यी नियमहरू तिनीहरूलाई दिए। हेश्बोनमा राज गर्ने एमोरी राजा सीहोनका देशमा यो कुरा भएको हो। मिश्रबाट निस्किआएपछि मोशा र इस्राएलका मानिसहरूले तिनलाई लडाइँमा जिते।
47
तिनीहरूले तिनको देश अधीन गरे। यर्दनको पूर्वमा बास गर्ने अर्को एमोरी राजा, बाशानको राजा ओगको देश पनि तिनीहरूले अधीनमा लिए।
48
यो देश अर्नोन नदीको किनारमा भएको अरोएर सहरदेखि उत्तरतिर सियोन पहाड अर्थात् हेर्मोन पहाडसम्म फैलिएर गएको
49
यर्दन नदीको पूर्वपट्टि दक्षिणमा मृत सागरसम्म र पृथ्वीमा पिसगा पहाडको फेदीसम्म फैलिएर गएको सारा भूभाग यस देशभित्र पर्दथ्यो।
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 5 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34