bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Deuteronomy 15
Deuteronomy 15
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 14
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 16 →
1
“हरेक सातौँ वर्षको अन्तमा तिमीहरूले ती मानिसहरू जसले तिम्रा पैसा ऋण लिएका छन्, त्यस ऋणलाई माफी गरिदेओ।
2
त्यो यस प्रकारले गर्नू। ज-जसले आफ्ना सङ्गी इस्राएलीलाई पैसा ऋण दिएका छन्, तिनीहरूले ऋण छोडिदिनू, ती उठाउने काम नगर्नू। ती ऋण मेटिएका छन् भनी परमप्रभु आफैंले भन्नुभएको छ।
3
विदेशीले लिएको ऋण उठाउन सक्छौ तर आफ्नै दाजुभाइहरूले लिएका ऋण नउठाउनू।
4
“परमप्रभु तिम्रा परमेश्वरले तिमीहरूलाई दिन लाग्नुभएको देशमा तिमीहरूलाई आशिष् दिनुहुन्छ। तिमीहरूमध्ये कोही पनि गरीब हुनेछैन।
5
यदि तिमीहरूले उहाँका आज्ञा मान्यौ र मैले आज आज्ञा गरेका सबै कुराहरू होशियारीसाथ पालना गर्यौ भने तिमीहरूमध्ये कोही पनि गरीब हुनेछैन।
6
आफ्नो प्रतिज्ञाअनुसार परमप्रभुले तिमीहरूलाई आशिष् दिनुहुनेछ। तिमीहरूले धेरै जातिहरूलाई ऋण दिनेछौ तर कसैबाट ऋण लिनुपर्नेछैन। धेरै जातिहरूलाई तिमीहरूले आफ्ना वशमा ल्याउनेछौ तर तिमीहरूलाई कुनै जातिले वशमा पार्न सक्नेछैन।
7
“परमप्रभु तिम्रा परमेश्वरले दिन लाग्नुभएको देशका कुनै सहरमा एउटा सङ्गी इस्राएली अभावमा छ भने तिमीहरू स्वार्थी बनी उसलाई मद्दत गर्न इन्कार नगर।
8
त्यसको सट्टामा उदार-चित्तको भएर उसलाई चाहिएको जति ऋण देओ।
9
ऋण मेटिदिने साल नजिकै छ भनेर उसलाई ऋण दिन इन्कार नगर। यस्तो दुष्ट विचार तिम्रो मनमा पस्न नदेओ। तिमीहरूले ऋण दिन इन्कार गर्यौ भने उसले तिम्रा विरुद्धमा परमप्रभुकहाँ बिन्ती चढाउनेछ र तिमीहरू दोषी ठहरिनेछौ।
10
उसलाई खुल्ला हातले बिनास्वार्थ देओ र तिमीहरूले गरेको हरेक काममा परमप्रभुले तिमीहरूलाई आशिष् दिनुहुनेछ।
11
सधैँ कोही न कोही इस्राएली गरीब र अभावमा हुनेछ र तिनीहरूप्रति उदार-चित्तका होओ भनी म तिमीहरूलाई आज्ञा गर्दछु।
12
“यदि कुनै इस्राएली पुरुष र स्त्रीले आफैंलाई तिम्रा कमारा वा कमारीको रूपमा बेचे त्यसलाई तिमीले आफ्नो सेवा गरेको ६ वर्षपछि छोडिदिनुपर्नेछ। सातौँ वर्ष आउँदा त्यसलाई तिमीले स्वतन्त्र छोड्नुपर्छ।
13
त्यसलाई स्वतन्त्र गरिदिँदा रित्तै हात नपठाउनू।
14
तिमीलाई जुन कुराले परमप्रभुले आशिष् दिनुभएको छ— भेडा, अन्न र मद्य जे छ, त्यसबाट उदार हातले दिई पठाउनू।
15
याद राख कि तिमीहरू मिश्रमा कमारा-कमारी थियौ र परमप्रभुले तिमीहरूलाई छुटकारा दिनुभयो। यसैकारण म अहिले तिमीहरूलाई यो आज्ञा दिँदछु।
16
“तर तिम्रा कमारा वा कमारी जान नचाहे, त्यसले तिमी र तिम्रा परमेश्वरलाई प्रेम गरी तिमीहरूसँगै बस्न सन्तुष्ट भए
17
त्यसलाई आफ्नो घरका ढोकामा लगेर त्यसको कान छेडिदिनू। तब जीवनभरि त्यो तिम्रो कमारा रहनेछ। तिम्री कमारीलाई पनि त्यसै गर्नू।
18
जब तिमीले आफ्ना कमारा-कमारीलाई स्वतन्त्र भएर जान दिँन्छौ, मनमा अप्रसन्न नहोओ, जे भए पनि त्यसले ज्यालामा काम गर्ने चाकरले पाउने ज्यालाको आधा खर्चमा नै छ वर्षभरि तिम्रो सेवा गरेको छ। प्रसन्न भई त्यसलाई छोडिदेओ र तिम्रा परमेश्वरले तिमीहरूले गरेका सबै कुरामा तिमीहरूलाई आशिष् दिनुहुनेछ।
19
“तिम्रा गाई-वस्तु र भेडाका पहिला जन्मेका बाछा र पाठा परमप्रभु आफ्ना परमेश्वरको निम्ति छुट्ट्याउने गर। त्यस्ता गाई-वस्तुलाई काममा नलाउनू अनि भेडाको ऊन नकत्रनू।
20
तिनका मासु तिमी र तिम्रा परिवारले हरेक वर्ष परमप्रभुको सामुन्ने त्यो एक मात्र आराधना-स्थलमा खानू।
21
तर ती पशुहरूमा केही खोट छ तथा तिनीहरू लङ्गडा वा अन्धा छन् अथवा अरू केही दोष तिनीहरूमा छ भने तिनलाई परमप्रभु आफ्ना परमेश्वरकहाँ बलि नचढाउनू।
22
त्यस्ता पशु तिमीहरू घरमा खान सक्छौ। जसरी तिमीहरू हरिण वा मृग खान्छौ, त्यसरी नै तिमीहरू विधिअनुसार शुद्ध वा अशुद्ध व्यक्ति सबैले तिनलाई खान सक्नेछौ।
23
तर तिनका रगत भोजनमा नचलाउनू, बरु त्यसलाई पानीजस्तो गरी माटोमा बगाइदिनू।
← Chapter 14
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 16 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34