bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Deuteronomy 21
Deuteronomy 21
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 20
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 22 →
1
“परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुभएको देशमा कुनै मानिसको लाश मैदानमा पाइयो र तिमीहरूले हत्यारालाई चिनेनौ भने
2
तिम्रा अगुवाहरू र न्यायकर्ताहरूले गएर त्यो ठाउँदेखि छेउ-छाउका सहरहरू कति-कति टाढामा छन्, सो नापून्।
3
अनि सबैभन्दा नजिकका सहरका अगुवाहरूले कहिल्यै काममा नलगाएको गाईलाई छानून्।
4
त्यस गाईलाई तिनीहरूले कहिल्यै नसुक्ने खोलाछेउमा भएको कहिल्यै हलो नजोतेको तथा बिउ नछरिएको ठाउँमा लगेर, त्यसको घिच्रो भाँचिदेऊन्।
5
लेवी पूजाहारीहरू त्यहाँ जानेछन् किनभने हिँसा भएको हरेक कानुनी मुद्दामा तिनीहरूले छलफल गर्नेछन्। मेरो सेवा गरून् र मेरो नाममा आशीर्वाद देऊन् भनी परमप्रभु तिम्रा परमेश्वरले तिनीहरूलाई चुन्नुभएको हो।
6
त्यसपछि लाश पाइएका ठाउँदेखि सबैभन्दा नजिकमा भएका सहरका सबै अगुवाहरूले आ-आफ्ना हात गाईको लाशमाथि धुनेछन्
7
र यसो भन्नेछन्, ‘हामीले यस मानिसको हत्या गरेनौं अनि त्यसका हत्यारा चिन्दैनौं।
8
परमप्रभु आफूले मिश्रदेखि निकाली ल्याउनुभएको इस्राएलीहरूलाई क्षमा गर्नुहोस्। हामीलाई क्षमा गर्नुहोस् र यो निर्दोष मानिसको हत्याको जिम्मेवार हामीलाई नबनाउनुहोस्।’
9
यसरी परमप्रभुले आज्ञा गर्नुभएअनुसार गरेपछि तिमीहरू त्यस हत्याको जिम्मेवार हुनेछैनौ।
10
“जब परमप्रभु तिम्रा परमेश्वरले लडाइँमा विजय दिनुहुन्छ र तिमीहरू कैदीहरू लिन्छौ,
11
तिनका बीचमा एउटी सुन्दरी स्त्री देखेर त्यसलाई मन पराई तिमीहरू विवाह गर्ने इच्छा गर्न सक्छौ।
12
त्यसलाई आफ्नो घरमा लैजाऊ। त्यहाँ त्यसले आफ्नो कपाल खौरन्छे। त्यसका औँलाका नङ् काटिदिनू।
13
त्यसलाई नयाँ लुगा लगाइदिनू। तिम्रा घरमा बसेर त्यसले एक महिनासम्म आफ्ना आमा-बुबाका निम्ति शोक-विलाप गर्छे। त्यसपछि त्यसलाई विवाह गर्न सक्छौ।
14
पछिबाट त्यसलाई चाहँदैनौ भने त्यसलाई स्वतन्त्र छोडिदिनू। तिमीले त्यसलाई बेच्नुहुँदैन वा त्यसलाई कमारीलाई जस्तै व्यवहार गर्नुहुँदैन किनकि तिमीले त्यसको सतीत्व नष्ट पारेका छौ।
15
“कुनै मानिसका दुईवटी स्त्रीहरू छन् र ती दुवैले छोरा जन्माउँदा जेठोचाहिँ उसकी प्रिय स्वास्नीले जन्माएको होइन भने
16
त्यस मानिसले आफ्नो सम्पत्ति छोरा-छोरीहरूको माझमा बन्डा लाउने निर्णय गर्दा पक्षपात गरेर आफ्नी प्रिय स्वास्नीका छोरालाई जेठा छोराको हिस्सा दिनुहुँदैन।
17
आफ्नी प्रिय स्वास्नीपट्टिको नभए तापनि उसले जेठोचाहिँ छोरालाई आफ्नो सम्पत्तिबाट दोब्बर हिस्सा दिनुपर्नेछ। कुनै पनि मानिसले आफ्नो जेठो छोरालाई मान्यता दिनुपर्छ र उसको अधिकारअनुसार पाउने हिस्सा उसलाई दिनुपर्नेछ।
18
“कुनै मानिसको ढिट र विद्रोही छोरो छ र सजायँ दिँदा पनि त्यसले आमा-बुबाका आज्ञा मान्दैन भने
19
त्यसका आमा-बुबाले त्यो बसेको सहरका अगुवाहरूको अघि त्यसलाई लगेर त्यसको जाँचबुझ गराउनेछन्।
20
तिनीहरूले भन्नेछन्, ‘हाम्रो छोरो ढिट र विद्रोही छ र हाम्रो आज्ञा मान्दैन। त्यो खन्चुवा र मताहा छ।’
21
तब सहरका मानिसहरूले त्यसलाई ढुङ्गाले हानेर मार्नेछन् र त्यसरी तिमीहरूले त्यो दुष्टलाई हटाउनेछौ। इस्राएलका सबैले यो कुरा सुन्नेछन् र डर मान्नेछन्।
22
“यदि कुनै मानिसलाई अपराध गरेको निम्ति मृत्युदण्ड दिइयो र त्यसलाई खाँबोमा झुन्ड्याइयो भने
23
त्यसलाई रातभरि त्यहाँ रहन नदिनू। त्यसलाई त्यहिँ दिन गाडिदिइहाल्नू किनभने खाँबोमा झुन्डिरहेको लाशले देशमा परमेश्वरको सराप ल्याउँदछ। लाश गाडिदिनू र यसरी तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरले तिमीहरूलाई दिनुभएको देशलाई अपवित्र गर्नेछैनौ।
← Chapter 20
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 22 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34