bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Deuteronomy 16
Deuteronomy 16
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 15
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 17 →
1
“आबीब महिनामा निस्तारचाड मनाएर परमप्रभु आफ्ना परमेश्वरलाई आदर गर। त्यही महिनाको एक रात उहाँले तिमीहरूलाई मिश्रदेखि उद्धार गर्नुभएको थियो।
2
त्यो एक मात्र आराधना-स्थलमा गएर परमप्रभु आफ्ना परमेश्वरको आदरमा गरिने निस्तारचाडको भोजको लागि आफ्नो एउटा गोरु वा भेडा काट।
3
जब तिमीहरू यो भोज खान्छौ, खमिरसित बनाएको रोटी नखानू। तिमीहरूले मिश्रदेश हतार-हतार छोडेर आउँदा जसरी गरेका थियौ, त्यसरी नै सात दिनसम्म अखमिरी रोटी खानू। त्यो रोटीको नाम दु:खको रोटी राखिनेछ। त्यो खाँदा तिमी बाँचुञ्जेल तिमीहरूले आफू त्यो दु:ख-कष्टको देश मिश्रबाट निस्किआएका दिनलाई सम्झना गर्नेछौ।
4
सात दिनसम्म तिम्रा देशमा कसैले खमिर आफ्ना घरमा राख्नेछैनौ अनि पहिलो दिन बेलुका काटेको पशुको मासु त्यही रात खाइसक्नुपर्नेछ।
5
[5-6] “त्यस निस्तार-चाडका पशुलाई एक मात्र त्यो आराधना-स्थलमा काट्नू, त्यसलाई परमप्रभु तिम्रा परमेश्वरले दिनुहुने देशको कुनै अर्को ठाउँमा नकाट्नू। बेलुका घाम अस्ताउँदा जुन समयमा तिमीहरूले मिश्र छोडेका थियौ, त्यही समयमा त्यसलाई काट्नू।
7
मासु उमालेर त्यही एक मात्र आराधना-स्थलमा खानू र भोलिपल्ट बिहानै घर फर्कनू।
8
त्यसपछि अरू ६ दिनसम्म तिमीहरूले बिनाखमिर बनाएको रोटी खानुपर्नेछ अनि सातौँ दिनमा परमप्रभु आफ्ना परमेश्वरलाई पूज्नको लागि भेला हुनू र त्यो दिन केही काम नगर्नू।
9
“बाली काट्न थालेपछि सात हप्ता गन्नू
10
र परमप्रभु आफ्ना परमेश्वरलाई आदर गर्न कटनी चाड मनाउनू। त्यस बेला उहाँले तिमीहरूलाई दिनुभएको आशिष्अनुसार स्वेच्छाले चढाउने भेटी उहाँकहाँ लिई आउनू।
11
आफ्ना छोरा-छोरी, नोकर-चाकर र तिम्रा सहरमा बास गर्ने लेवी, विदेशी, टुहुरा-टुहुरी र विधवाहरूसहित परमप्रभुको सामुन्ने आनन्द मनाउनू। त्यो एक मात्र आराधना-स्थलमा त्यसो गर्नू।
12
यी आज्ञाहरू मान्नलाई निश्चय गर। तिमीहरू मिश्रमा कमारा-कमारी थियौ भन्ने कुरा नभुल।
13
“तिमीहरूले आफ्ना सारा अन्न बटुलिसकेपछि र दाख कोलमा पेलिसकेपछि छाप्रोको चाड सात दिनसम्म मनाउनू।
14
तिम्रा छोरा-छोरी, कमारा-कमारी, लेवीहरू र तिम्रा सहरहरूमा बास गर्ने विदेशी, टुहुरा-टुहुरी र विधवाहरूसित चाडमा आनन्द मनाउनू।
15
त्यो एक मात्र आराधना-स्थलमा सात दिनसम्म त्यो चाड मनाएर परमप्रभु आफ्ना परमेश्वरको आदर गर। रमाहट गर किनभने परमप्रभुले तिम्रा अन्नबाली र कामकाजमा आशिष् दिनुभएको छ।
16
[16-17] “तिम्रा जातिका सबै पुरुषहरू वर्षमा तीनचोटि निस्तार-चाड, कटनी-चाड र छाप्रो-चाडका समयमा त्यो एक मात्र आराधना-स्थलमा परमप्रभुलाई पूज्न आउनुपर्नेछ। हरेकले आफूले सकेअनुसार र परमप्रभु आफ्ना परमेश्वरले दिएका आशिष्अनुसार भेटी लिएर आउनुपर्छ।
18
“परमप्रभु तिम्रा परमेश्वरले दिनुहुने हरेक सहरमा न्यायकर्ता र अन्य हाकिमहरू खटाओ। यिनीहरूले पनपच्छे नगरी न्याय गरून्।
19
तिनीहरूले पनपच्छे गर्नुहुन्न अनि घुस लिनुहुन्न किनभने घुस लिनाले बुद्धिमान् र इमानदार मानिसहरू पनि अन्धा हुन्छन् र गलत निर्णय दिने हुन्छन्।
20
सधैँ ठीक न्याय गर र परमप्रभु तिम्रा परमेश्वरले दिनुहुने देशमा आफ्नो अधीन गरी तिमीहरू त्यहाँ बास गरिरहनेछौ।
21
“तिमीहरू जब परमप्रभु आफ्ना परमेश्वरको निम्ति वेदी बनाउँछौ, त्यसका छेउमा अशेरा देवीका काठका मूर्ति नराख्नू।
22
अनि मूर्तिपूजा गर्नलाई ढुङ्गाका खम्बाहरू नबनाउनू, परमप्रभुले तिनलाई घिन गर्नुहुन्छ।
← Chapter 15
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 17 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34