bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Deuteronomy 12
Deuteronomy 12
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 11
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 13 →
1
“जुन देश परमप्रभु तिम्रा पुर्खाहरूका परमेश्वरले तिमीहरूलाई दिँदैहुनुहुन्छ, त्यहाँ बसोबास गरून्जेल तिमीहरूले जुन नियमहरू मान्नुपर्छ, ती नियमहरू सुन!
2
तिमीहरूले अधीनमा लिन लागेका देशमा त्यहाँका मानिसहरूले आफ्ना देवताहरू पूज्न अग्ला पहाड, डाँडा र हरिया रूखहरूमुनि बनाएका पूजास्थलहरू सबै ध्वस्त पारिदिनू।
3
तिनका वेदीहरू तोडी फालिदिनू र तिनका पवित्र ढुङ्गाका खम्बाहरू टुक्रा-टुक्रा पारी भत्काइदिनू। अशेरा देवीका मूर्ति आगोमा भस्म पारिदिनू र अरू मूर्तिहरू काटेर ढालिदिनू र ती ठाउँहरूमा कहिल्यै फेरि तिनका पूजा नगरिऊन्।
4
“जसरी ती मानिसहरूले आफ्ना देवताहरूलाई पुज्छन्, त्यसरी तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरको पूजा नगर्नू।
5
तिम्रा कुलहरूलाई दिइएका ठाउँहरूबाट कुनै एउटा स्थान परमप्रभुले चुन्नुहुनेछ, जहाँ मानिसहरू उहाँका सामुन्ने आएर उहाँको आराधना गर्नेछन्।
6
त्यहाँ तिमीहरूले आफ्ना होमबलि तथा अरू बलिहरू, तिम्रा भेटीहरूका दशौँ हिस्सा र दानहरू, परमप्रभुलाई भाकल गरेका भेटीहरू तथा स्वेच्छाका भेटीहरू अनि आफ्ना गाई-वस्तुका पहिला बाछा र पाठाहरू चढाउनू।
7
त्यहाँ तिमीहरूलाई आशिष् दिनुहुने परमप्रभु आफ्ना परमेश्वरको सामुन्ने तिमीहरू र तिम्रा परिवारहरूले तिमीहरूले परिश्रम गरी कमाएका असल कुराहरू खानेछौ र तिनमा आनन्द लिनेछौ।
8
“जब त्यो समय आउँछ, तिमीहरूले अहिलेसम्म गरेजस्तो त्यति बेला नगर्नू। अहिलेसम्म तिमीहरूले मनपरी पूजा गरिरहेका छौ
9
किनभने तिमीहरू परमप्रभु तिम्रा परमेश्वरले दिन लाग्नुभएको देशमा पसेका छैनौ, जहाँ तिमीहरू शान्तिसित बास गर्नेछौ।
10
तिमीहरूले यर्दन नदी पार गरेपछि परमप्रभुले तिमीहरूलाई त्यो देश लिन र त्यसमा बास गर्न दिनुहुनेछ। उहाँले तिमीहरूलाई तिमीहरूका सबै शत्रुहरूबाट सुरक्षित राख्नुहुनेछ र तिमीहरू शान्तिसित रहनेछौ।
11
परमप्रभुले उहाँको आराधना गर्नलाई एउटा विशेष स्थान रोज्नुहुनेछ र त्यहाँ मैले आज्ञा गरेका सबै कुराहरू तिमीहरूले ल्याउनुपर्नेछ, अर्थात् तिम्रा होमबलि र अन्य बलिहरू, दशौँ हिस्सा र दानहरू तथा परमप्रभुलाई भाकल गरेका विशेष भेटीहरू ल्याउनू।
12
तिम्रा छोरा-छोरीहरू, नोकर-चाकरहरू र तिम्रा सहरमा बस्ने लेवीहरूका साथ त्यहाँ तिमीहरूले परमप्रभुको उपस्थितिमा आनन्द मनाउनेछौ। लेवीहरूको आफ्नै जमिन हुनेछैन भन्ने कुरा याद राख।
13
जहाँ मन पर्यो, त्यहाँ तिमीहरूले आफ्ना बलिदानहरू नचढाउनू।
14
परमप्रभुले तिम्रा कुलबाट एउटाका इलाकामा जुन विशेष स्थान चुन्नुहुन्छ, त्यहीँ मात्र आफ्ना बलिदानहरू चढाउनू। त्यहीँ मात्र तिमीहरूका होमबलिहरू चढाउनू र मैले आज्ञा गरेका अरू सबै कुरा गर्नू।
15
“तिमीहरू जहाँ बसेका छौ, त्यहीँ आफूलाई मन परेको पशु मारी खान सक्छौ। परमप्रभुले जुन-जुन पशु तिमीहरूलाई दिनुहुन्छ, ती खान सक्छौ। विधिअनुसार तिमीहरू शुद्ध वा अशुद्ध भए तापनि जसरी मृग वा हरिणका मासु खान्छौ, त्यसरी तिनका मासु पनि खान सक्छौ।
16
तर तिमीहरूले तिनका रगत खानुहुन्न, रगतलाई पानीजस्तो गरेर माटोमा पोखाइदिनू।
17
जे कुरो परमप्रभुलाई चढाउनेछौ, त्योचाहिँ आफू बसेको ठाउँमा खानुहुन्न। तिमीहरूका अन्नका दशौँ हिस्सा वा मद्य, जैतुनको तेल वा तिम्रा गाईवस्तु र भेडाहरूका पहिला बाछा वा पाठा, तिमीहरूले परमप्रभुलाई भाकल गरेका भेटीहरू वा तिम्रा स्वेच्छा भेटीहरू तथा अन्य बलिदानहरू केही पनि खानुहुन्न।
18
यी बलिदानहरू परमप्रभुले रोज्नुभएको त्यो एक मात्र आराधना-स्थलमा तिमीहरू र तिम्रा छोरा-छोरीहरूले आफ्ना नोकर-चाकर र सहरमा बस्ने लेवीहरूका साथ परमेश्वरको सामुन्ने खानुपर्छ। अनि त्यहाँ आफूले गरेको हरेक काममा तिमीहरू खुसी हुनुपर्छ।
19
जबसम्म तिमीहरू त्यस देशमा बास गर्नेछौ, लेवीहरूलाई वास्ता गर्नेछौ भनी सङ्कल्प गर।
20
“जब परमप्रभु तिम्रा परमेश्वरले आफ्नो प्रतिज्ञाअनुसार तिम्रो देशको सिमाना बढाइदिनुहुनेछ, तिमीहरूलाई जति बेला इच्छा हुन्छ, त्यति बेला मासु खान सक्नेछौ।
21
त्यो एक मात्र आराधना-स्थल टाढा छ भने तिमीहरूलाई इच्छा लाग्दा मैले भनेअनुसार परमप्रभुले तिमीहरूलाई दिनुभएको गाई-वस्तु वा भेडा मारेर घरमा मासु खान सक्नेछौ।
22
विधिअनुसार तिमीहरू शुद्ध वा अशुद्ध भए तापनि जसरी हरिण वा मृगका मासु खान्छौ, त्यसरी नै त्यो मासु खान सक्छौ।
23
केवल आलो रगतसँग यसको मासु नखाओ किनभने रगतमा प्राण रहन्छ र तिमीहरूले मासुसित प्राण खानुहुन्न।
24
रगत भोजनमा नचलाउनू, बरु त्यसलाई पानीजस्तो गरेर माटोमा पोखाइदिनू।
25
यो आज्ञा तिमीहरूले मान्यौ भने परमप्रभु खुसी हुनुहुनेछ अनि तिमीहरू र तिम्रा सन्तानलाई सबै कुरामा भलो हुनेछ।
26
त्यो एउटै आराधना-स्थलमा आफ्ना भेटीहरू र भाकल गरेका बलिदानहरू लैजाओ।
27
परमप्रभुको वेदीमा पूरा गरी जलाउनुपर्ने बलिहरू त्यही स्थलमा चढाओ। जुन बलि चढाउँदा मासुचाहिँ तिमीहरू खान्छौ र रगत वेदीमा खन्याइदिन्छौ, ती पनि त्यहीँ चढाओ।
28
मैले आज्ञा गरेको हरेक कुरो विश्वासयोग्य भई पालन गर र सबै कुरामा तिमीहरू र तिम्रा सन्तानको भलाइ सदाको लागि हुनेछ किनभने त्यसो गर्दा तिमीहरूले ठीक कुरा र परमप्रभु तिम्रा परमेश्वरलाई खुसी पार्ने काम गर्छौ।
29
“जुन जातिका देश तिमीहरू हमला गर्नेछौ, तिनीहरूलाई परमप्रभुले नाश गर्नुहुनेछ र ती ठाउँहरू अधीन गरी तिमीहरू त्यहाँ बास गर्नेछौ।
30
ती जातिहरूलाई परमप्रभुले नाश पारिसक्नुभएपछि तिनका धार्मिक रीतिथितिहरू पालन नगर्ने निश्चय गर नत्र तिमीहरू मर्नेछौ। तिनीहरूले आफ्ना देवताहरूलाई कसरी पुज्छन्, त्यो बुझिरहने र त्यही किसिमले आफ्नो पूजा गर्ने काम नगर्नू।
31
आफ्ना देवताहरू पूज्दा तिनीहरूले घिनलाग्दा कुराहरू गर्छन्, जुन परमप्रभुले घिन गर्नुहुन्छ, यसर्थ तिमीहरूले त्यस किसिमले परमप्रभु आफ्ना परमेश्वरलाई नपुज्नू। तिनीहरूले आफ्नै छोरा-छोरीहरूलाई पनि आगोको वेदीमा बलि चढाउँछन्।
32
“मैले आज्ञा गरेका हरेक कुरा पूरा गर, त्यसमा केही कुरा नथप न त केही कुरा त्यसबाट घटाओ।
← Chapter 11
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 13 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34