bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Deuteronomy 14
Deuteronomy 14
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 13
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 15 →
1
“तिमीहरू परमप्रभु आफ्ना परमेश्वरका जन हौ। यसकारण तिमीहरू कोही मर्दा शोक मनाउनेछौ भने अरूहरूले झैँ आफैंलाई चोट नलाउनू अथवा टाउकाको अघिल्तिर नखौरनू।
2
तिमीहरू परमप्रभु आफ्ना परमेश्वरका जन हौ। पृथ्वीमा बास गर्ने सबै जातिहरूका माझबाट तिमीहरूलाई उहाँका आफ्ना निज प्रजा चुन्नुभयो।
3
“परमप्रभुले अशुद्ध भनी भन्नुभएको कुनै थोक नखाओ।
4
तिमीहरूले यी पशुहरू खान सक्छौ— गाईवस्तु भेडा, बाख्रा,
5
मृग, जङ्गली भेडा-बाख्रा वा हरिणहरू–
6
खुर चिरिएका र उग्राउने सबै जन्तुहरू।
7
तर खुर नचिरिएका र नउग्राउने पशुहरू खाँदै नखानू। ऊँट, खरायो र भीर खन्ने खरायो नखानू। तिनीहरूलाई अशुद्ध ठान्नू। तिनीहरू उग्राउन त उग्राउँछन्; तर तिनका खुर चिरिएका हुँदैनन्।
8
सुँगुर नखानू। तिनलाई अशुद्ध ठान्नुपर्छ। तिनीहरूका खुर त चिरिएका हुन्छन् तर तिनीहरू उग्राउँदैनन्। यी कुनै जन्तु नखानू, तिनका सिनु पनि नछुनू।
9
“पखेटा र कत्ला भएका हरथरिका माछा तिमीहरू खान सक्छौ;
10
तर पखेटा र कत्ला नभएका जलमा बस्ने कुनै पनि जन्तु नखानू। तिनलाई अशुद्ध ठान्नुपर्छ।
11
“कुनै पनि शुद्ध चरो तिमीहरू खान सक्छौ।
12
[12-18] तर यस प्रकारका चराहरूचाहिँ नखानू— चिल, लाटोकोसेरो, गरुड, बाज, बेसारा, गिद्ध, काग, शुतुरमुर्ग, समुद्री हाँस, बकुल्ला, सारस, ठूलो चुच्चो भएको सामुद्रिक चरो, पानी धनेस, फाप्रेचरो र चमेराहरू।
19
“पखेटा भएका सबै किराहरू अशुद्ध हुन्, ती नखानू।
20
कुनै पनि शुद्ध किरा खान सक्छौ।
21
“आफैं मरेको पशु नखानू। तिम्रा बीचमा बास गर्ने विदेशीलाई त्यो खान दिन सक्छौ कि त अरू विदेशीहरूलाई बेचिदिन सक्छौ। तर तिमीहरूचाहिँ परमप्रभु परमेश्वरका हौ, तिमीहरू उहाँका जनहरू हौ। “भेडा वा बाख्राका पाठालाई त्यसको माउको दूधमा नपकाउनू।
22
“दशौँ भाग— तिम्रा खेतबारीमा हरसाल उब्जनी भएका कुराको दश भागबाट एक भाग अलग छुट्ट्याएर राख।
23
तर परमप्रभु तिम्रा परमेश्वरले चुन्नुभएको त्यो एक मात्र आराधना-स्थलमा जाओ अनि त्यहाँ परमप्रभुको सामुन्ने आफ्ना अन्न, मद्य र जैतुन तेलको दशौँ भाग र गाई-वस्तु र भेडाका पहिला बाछा वा पाठाहरू खाओ। परमप्रभु आफ्ना परमेश्वरलाई सधैँ आदर गर्न सिक्नलाई यसो गर्ने गर।
24
यदि त्यस्तो आराधना-स्थल तिम्रा घरदेखि धेरै टाढा छ र परमप्रभुले तिमीहरूलाई आशिष् दिनुभएको उब्जनीको दशौँ भाग त्यहाँ पुर्याउन गाह्रो भयो भने तिमीहरूले यसो गर–
25
आफ्नो उब्जनी बेच र पाएको दाम त्यस एक मात्र आराधना-स्थलमा लिएर जाओ।
26
तिमीहरू साँढे, भेडाको थुमा, मद्य तथा अरूमद्य जे चाहन्छौ, त्यो सो पैसाले किन र त्यहाँ परमप्रभु परमेश्वरको अघि तिमीहरू र तिम्रा परिवारहरूले त्यो खाएर आनन्द मनाओ।
27
“तिम्रा सहरहरूमा बास गर्ने लेवीहरूको वास्ता गर्न नछोड। तिनीहरूको आफ्नो सम्पत्ति छैन।
28
हरेक तेस्रो वर्षको अन्तमा तिम्रा सारा उब्जनीका दशौँ हिस्सा बटुली ल्याओ र आफ्ना सहरहरूमा जम्मा गर।
29
त्यो तिम्रा सहरहरूमा बास गर्ने लेवीहरू, जसका आफ्नो सम्पत्ति छैन, विदेशीहरू, टुहुरा-टुहुरी र विधवाहरूको लागि हो। तिनीहरू आएर आफूलाई चाहिएको जति चीज लिएर जानेछन्। त्यसो गर र परमप्रभु तिम्रा परमेश्वरले तिमीहरूले गरेको हरेक काममा आशिष् दिनुहुनेछ।
← Chapter 13
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 15 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34