bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Deuteronomy 17
Deuteronomy 17
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 16
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 18 →
1
“परमप्रभु तिम्रा परमेश्वरलाई कुनै खोट लागेको गाई-गोरु वा भेडा बलि नचढाउनू, परमप्रभुले तिनलाई घिन गर्नुहुन्छ।
2
[2-3] “कुनै पनि सहरमा कोही पुरुष वा स्त्रीले अरू देवताहरू वा घाम, जून वा ताराहरूको पूजा र सेवा गरेर आफ्नो करार तोडी परमप्रभुको आज्ञाको विरुद्धमा पाप गरेको छ भनी तिमीहरूले सुन्यौ भने
4
त्यसको पूरा जाँच गर्नू। इस्राएलमा त्यस्तो दुष्ट कुरो भएको रहेछ भने
5
त्यस व्यक्तिलाई सहरबाहिर लगि ढुङ्गाले हानेर मार्नू।
6
तथापि दुई वा त्योभन्दा बढ्ता मानिसहरूले त्यसको विरुद्धमा गवाही दिए भने मात्र त्यसलाई मार्नू, एउटै मात्र साक्षी भए त्यसलाई नमार्नू।
7
गवाहहरूले पहिले ढुङ्गाले हान्नेछन् र त्यसपछि अरू बाँकी मानिसहरूले त्यस मानिसलाई ढुङ्गाले हान्नेछन्। यस प्रकार तिमीहरूले त्यस दुष्ट्याइँलाई हटाउनू।
8
“अरू कतिवटा मुद्दामा स्थानीय न्यायकर्तालाई निर्णय दिन असाध्यै गाह्रो पर्ला। कुटपिट, हत्या, नर-हत्या, तथा सम्पत्तिको मुद्दा जटिल भए तिमीहरू त्यो एक मात्र आराधना-स्थलमा जानू, जुन परमप्रभु तिम्रा परमेश्वरले चुन्नुभएको छ।
9
अनि त्यहाँ लेवी पूजाहारी र त्यस बेलाका न्यायकर्ताको अघि त्यो मुद्दा चलाउनू र तिनीहरूले त्यस मुद्दामा फैसला देऊन्।
10
तिनीहरूले आफ्ना फैसला दिनेछन् अनि तिमीहरूले त्यसअनुसार काम गर्नुपर्छ।
11
तिनीहरूको निर्णय मानिलिनू र तिनीहरूका आदेश एक-एक गरी पालन गर्नू।
12
जसले न्यायकर्ता वा पूजाहारी पदमा रहेको लेवीको निर्णय नमान्ने साहस गर्छ, त्यो मारिनुपर्छ। यस प्रकार तिमीहरूले यस दुष्ट्याइँलाई इस्राएलबाट हटाउनुपर्नेछ।
13
तब सबैले त्यसबारे सुनी डराउनेछन् र त्यस्तो काम गर्न साहस गर्नेछैनन्।
14
“परमप्रभु तिम्रा परमेश्वरले दिन लाग्नुभएको देश तिमीहरूले अधीनमा लिएर त्यहाँ बसोबास गरिसकेपछि तिमीहरूले आफ्ना चारैपट्टिका जातिहरूको जस्तै हामीलाई पनि राजाको आवश्यक छ भनी निर्णय गर्नेछौ।
15
जुन मानिसलाई तिमी राजा चुन्नेछौ, तिनलाई परमप्रभुले पनि चुन्नुभएको हो भनी पहिल्यै पक्का गरी बुझिलिनू। तिनी तिम्रा आफ्नै जातिका मानिस हुनुपर्छ। कुनै विदेशीलाई आफ्ना राजा नबनाउनू।
16
राजाले आफ्ना सेनाका लागि धेरै सङ्ख्यामा घोडाहरू राख्नुहुन्न अनि घोडा किन्नलाई मानिसहरू मिश्रमा पठाउनुहुन्न किनभने मेरा जन त्यहाँ कहिल्यै फर्कनेछैनन् भनी परमप्रभुले भन्नुभएको छ।
17
राजाका धेरै स्वास्नीहरू हुनुहुन्न किनभने त्यसले तिनलाई परमप्रभुबाट टाढा पार्नेछ। अनि तिनले आफैंलाई सुन र चाँदीले धनी बनाउनुहुन्न।
18
तिनी राजा भएपछि तिनले परमेश्वरका नियम र शिक्षाहरूको पुस्तकको एउटा नक्कल आफूसँग राख्नुपर्छ, जसको सक्कल प्रति लेवी पूजाहारीहरूसँग रहन्छ।
19
त्यो पुस्तक तिनले आफ्ना छेउमा राखेर आफ्नो जीवनभरि त्यहाँबाट पढ्नेछन् अनि त्यसरी तिनले परमप्रभुलाई आदर गर्न र उहाँले आज्ञा गर्नुभएको हरकुरो विश्वासयोग्यसाथ पालन गर्न सिक्नेछन्।
20
त्यस पुस्तकले तिनलाई अरू इस्राएलीभन्दा आफू असल छु भनी विचार गर्ने र परमप्रभुका आज्ञापालन नगर्नदेखि रोक्नेछ। तब तिनले धेरै वर्षसम्म राज गर्नेछन् अनि तिनका छोरा-नातिहरूले इस्राएलमा पुस्ता-पुस्ता राज गर्नेछन्।
← Chapter 16
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 18 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34