bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Deuteronomy 2
Deuteronomy 2
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 3 →
1
“त्यसपछि हामी अन्तमा फर्केर परमप्रभुको आज्ञाअनुसार लाल-समुद्रको बाटो भएर उजाड-स्थानमा गयौं र धेरै दिनसम्म एदोमका डाँडाहरूमा डुलिहिँड्यौं।
2
“तब परमप्रभुले मलाई भन्नुभयो
3
कि ती पहाडहरूमा डुलिहिँडेर हामीले धेरै समय बिताइसकेका थियौं र अब हामी उत्तरतिर लाग्नुपर्नेछ।
4
मलाई उहाँले तिमीहरूलाई यसो भन्ने आदेश दिनुभयो, ‘तिमीहरूका टाढाका नातेदारहरू एसावका सन्तानको देश एदोमका डाँडाहरूबाट भएर तिमीहरू जान आँटेका छौ। तिनीहरू तिमीहरूसित डराउनेछन्,
5
तर तिमीहरूले तिनीहरूसित लडाइँ सुरु नगर्नू किनभने म तिमीहरूलाई तिनीहरूका देशको एक बित्ता जमिन पनि दिनेछैनँ। एदोम मैले एसावका सन्तानलाई दिएको छु।
6
तिमीहरूले तिनीहरूबाट खानेकुरा किन्न सक्नेछौ।’
7
“याद राख, परमप्रभु तिमीहरूका परमेश्वरले कसरी तिमीहरूले गरेका हरेक काममा आशीर्वाद दिनुभएको छ। ठूलो उजाड-स्थानमा डुलिहिँड्दा उहाँले तिमीहरूको हेरविचार गर्नुभयो। यी बितेका चालीस वर्षभरि उहाँ तिमीहरूसित रहनुभएको छ र आफूलाई चाहिएको हरथोक तिमीहरूले पाएका छौ।
8
“र हामीहरू हिँड्यौं र एलात र एस्योन-गेबेरबाट मृत सागरतिर जाने बाटो छोडेर उत्तर-पूर्वको मोआबतर्फ लाग्यौं।
9
परमप्रभुले मलाई भन्नुभयो, ‘लोतका सन्तान मोआबका मानिसहरूलाई नचलाउनू, तिनीहरूसित लडाइँ सुरु नगर्नू। आर सहर मैले तिनीहरूलाई दिएको छु र तिनीहरूको कुनै पनि जग्गा-जमिन म तिमीहरूलाई दिनेछैनँ’।”
10
(एमी भनिने एउटा शक्तिशाली अग्ला वंश आरमा बस्थे। अर्को अग्ला वंश अनाकीहरूजस्तै तिनीहरू अग्ला-अग्ला थिए।
11
अनाकीजस्तै तिनीहरूलाई रपाई पनि भनिन्थ्यो तर मोआबीहरूले तिनीहरूलाई एमी भन्दथे।
12
होरीहरू एदोममा बस्ने गर्थे तर एसावको पुर्खाहरूले तिनीहरूलाई खेदे, तिनीहरूका जातिलाई नाश पारे र आफैं त्यहाँ बसोबास गर्न लागे। ठीक त्यसरी नै पछिबाट इस्राएलीहरूले परमप्रभुले तिनीहरूलाई दिनुभएको देशबाट आफ्ना शत्रुहरूलाई खेदे।)
13
“त्यसपछि हामीलाई परमप्रभुले भन्नुभएअनुसार हामीले जेरेद नदी पार गर्यौं।
14
हामीले कादेश-बर्ने छोडेको अठ्तीस वर्षपछि यो भएको हो। परमप्रभुले भन्नुभएअनुसार त्यस पुस्ताका सबै लडाकू मानिसहरू मरिसकेका थिए।
15
तिनीहरू सबै नाश नभइञ्जेल परमप्रभुको हात तिनीहरूका विरुद्धमा उठेको थियो।
16
“तिनीहरू सबै मरिसकेपछि
17
परमप्रभुले हामीलाई भन्नुभयो,
18
‘आज तिमीहरू मोआब देशको बीचबाट आर सहर भएर जानुपर्नेछ।
19
तब तिमीहरू लोतका सन्तान अम्मोनीहरूका देशको छेउमा पुग्नेछौ। तिमीहरूले तिनीहरूलाई नचलाउनू वा तिनीहरूसित लडाइँ सुरु नगर्नू किनभने मैले तिनीहरूलाई दिएको कुनै पनि जग्गा-जमिन म तिमीहरूलाई दिनेछैनँ’।”
20
(यो देशलाई रपाईहरूको देश पनि भनिन्थ्यो। त्यहाँका बासिन्दाहरूको नामै रपाई थियो। अम्मोनीहरूले तिनीहरूलाई जमजुम्मी भन्दथे।
21
तिनीहरू अनाकीहरूजस्तै अग्ला थिए। तिनीहरूको सङ्ख्या धेरै थियो र तिनीहरू एउटा शक्तिशाली जाति थिए। तर परमप्रभुले तिनीहरूलाई नाश पार्नुभयो र अम्मोनीहरूले तिनीहरूको देश जितेर त्यहाँ बसोबास गर्न लागे।
22
परमप्रभुले एदोमका डाँडाहरूमा बास गर्ने एसावका सन्तान एदोमीहरूलाई त्यसै गर्नुभएको थियो। उहाँले होरीहरूलाई नाश पार्नुभयो र तिनीहरूका देश एदोमीहरूले अधीन गरी त्यहाँ बसोबास गर्न लागे र अझसम्म तिनीहरू त्यहाँ बस्छन्।
23
क्रेट टापूबाट आएका मानिसहरूले भूमध्य सागरको किनारका प्रदेशहरूमा बसोबास गरे। त्यहाँ पहिलेदेखि नै बसोबास गरेर आउने अव्वीहरूलाई तिनीहरूले नाश पारे र तिनीहरूका सारा देश, दक्षिणमा गाजा सहरसम्म आफ्ना अधिकारमा लिए।)
24
“हामीले मोआब पार गरेपछि परमप्रभुले हामीहरूलाई भन्नुभयो, ‘अब हिँड र अर्नोन नदी पार गर। हेश्बोनको एमोरी राजा सीहोनलाई तिनको देशसमेत म तिमीहरूका हातमा दिनेछु। तिनलाई हमला गरी तिनको देश कब्जा गर्न थाल।
25
आजदेखि उसो म सबै ठाउँका मानिसहरूलाई तिमीहरूको डर मान्न लाउनेछु। तिमीहरूको नाम सुन्दा हरेक व्यक्ति डरले काम्नेछ।’
26
“तब मैले कदेमोतको उजाडस्थानदेखि हेश्बोनको राजा सीहोनकहाँ यो शान्तिको प्रस्तावसहित दूतहरू पठाएँ,
27
‘हामीलाई तपाईंको देशबाट भएर जान दिनुहोस्। हामी बाटो नछोडी सोझै निस्किजानेछौं।
28
हामीले खाने भोजन र पिउने पानीको निम्ति हामी दाम तिर्नेछौं। हामी खालि तपाईंको देशबाट भएर जान चाहन्छौं
29
र यर्दन नदी तरेर परमप्रभु हाम्रा परमेश्वरले हामीलाई दिनुहुने देशमा जानेछौं। एदोमबासी एसावका सन्तान र आरबासी मोआबीहरूले हामीलाई तिनीहरूका देशबाट भएर जानदिए।’
30
“तर सीहोन राजाले हामीलाई उनको देशबाट भएर जान दिएनन्। हामीले उनलाई जितेर उनको राज्य लिन सकौं भनी परमप्रभु तिमीहरूका परमेश्वरले उनलाई ढिट र कठोर बनाउनुभएको थियो। अझसम्म उनको राज्य हाम्रो अधीनमा छ।
31
“त्यसपछि परमप्रभुले मलाई भन्नुभयो, ‘हेर्, मैले सीहोन राजा र त्यसको राज्य तेरो सामुन्ने असहाय बनाएको छु। त्यसको राज्य लिएर आफ्नो अधीनमा पार्’।
32
सीहोन आफ्ना सारा सेना लिएर हामीसित लड्नलाई यहसा सहरका छेउमा आए।
33
तर परमप्रभु हाम्रा परमेश्वरले उनलाई हाम्रा हातमा दिनुभयो र हामीले उनलाई उनका छोराहरू र सबै मानिसहरूसमेत मार्यौं।
34
त्यही बेला हामीले प्रत्येक सहर कब्जा गरेर नाश गर्यौं र स्त्री, पुरुष र बालबच्चा सबैलाई मार्यौं। हामीले कसैलाई जिउँदो छोडेनौं।
35
हामीले गाई-वस्तु आफ्नो बनायौं र सहरहरू लुट्यौं।
36
परमप्रभु हाम्रा परमेश्वरले अर्नोन-बेसीको किनारमा भएको अरोएरदेखि लिएर गिलादसम्मका सहरहरू, बेसी बीचको सहरसमेत हाम्रो कब्जामा गराइदिनुभयो। कुनै सहरका पर्खालले हामीलाई रोक्न सकेन।
37
तर हामीहरू अम्मोनीहरूको देशको नजिक यब्बोक नदीका किनार तथा डाँडाका सहरहरूमा गएनौं। परमप्रभु हाम्रा परमेश्वरले नजानू भनी आज्ञा गर्नुभएको अरू कुनै ठाउँमा हामी गएनौं।
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 3 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34