bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Deuteronomy 30
Deuteronomy 30
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 29
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 31 →
1
“अब मैले आशिष् वा सरापमा एउटा चुन्ने मौका तिमीहरूलाई दिएको छु जब यी सबै कुराहरू भएर परमप्रभुले तिमीहरूलाई छरपष्ट पार्नुहुन्छ अनि तिमीहरू अरू जातिहरूका बीचमा बास गर्छौ, तब मैले दिएको यो चुन्ने मौका तिमीहरूले सम्झनेछौ।
2
तिमी र तिम्रा सन्तान परमप्रभुतिर फर्क्यौ र आफ्ना पूरा हृदयले आज मैले दिँदैगरेका उहाँका आज्ञाहरू पालन गर्यौ भने
3
परमप्रभु तिम्रा परमेश्वरले तिमीहरूमाथि कृपा गर्नुहुनेछ। जुन देशहरूमा तिमीहरू छरपष्ट भएर बसेका थियौ, त्यहाँबाट तिमीहरूलाई परमप्रभुले फर्काइल्याउनुहुनेछ र फेरि तिमीहरूको उन्नति गराउनुहुनेछ।
4
तिमीहरू पृथ्वीका सबैभन्दा टाढा-टाढा कुनामा छरिएका छौ भने पनि परमप्रभु तिम्रा परमेश्वरले तिमीहरूलाई एकसाथ बटुल्नुहुनेछ र भेला पार्नुहुनेछ
5
अनि तिमीहरू फेरि आफ्ना पुर्खाले एक समय बास गरेका देशलाई अधीनमा लिनेछौ। अनि उहाँले तिमीहरूलाई तिम्रा पुर्खाहरूभन्दा सङ्ख्यामा बढी र अरू धनी बनाउनुहुनेछ।
6
परमप्रभु तिम्रा परमेश्वरले तिमी र तिम्रा सन्तानलाई आज्ञाकारी हृदय दिनुहुनेछ र तिमीहरू आफ्ना पूरा हृदयले उहाँलाई प्रेम गर्नेछौ र त्यस देशमा बास गरिरहनेछौ।
7
उहाँले यी सबै सरापहरू तिमीहरूलाई घृणा र अत्याचार गर्ने तिम्रा शत्रुहरूमाथि खन्याइदिनुहुनेछ
8
अनि फेरि तिमीहरूले उहाँका वचन मान्नेछौ र आज मैले दिँदैगरेका उहाँका आज्ञाहरू पालन गर्नेछौ।
9
तिमीहरूले गरेका सबै काममा परमप्रभुले फलिफाप गराउनुहुन्छ। तिमीहरूका धेरै सन्तान र गाई-वस्तु हुनेछन् अनि तिम्रा जमिनहरूले धेरै अन्नबाली दिनेछन्। तिम्रा पिता-पुर्खाको फलिफाप गराउँदा परमप्रभुले जस्तो आनन्द पाउनुभएथ्यो, त्यस्तै आनन्द तिमीहरूको फलिफाप गराउनमा पनि उहाँले पाउनुहुनेछ।
10
तर तिमीहरूले उहाँका वचन मान्नुपर्नेछ र उहाँका शिक्षाको यस पुस्तकमा लेखिएका सबै नियमहरू पालन गर्नुपर्नेछ। अनि सम्पूर्ण हृदयले तिमीहरू उहाँतिर फर्कनुपर्नेछ।
11
“मैले आज दिएको आज्ञा साह्रै कठिन वा तिमीहरूले मान्न नसक्ने छैन।
12
त्यो आकाशमा राखिएको छैन। कसैले माथि गएर त्यसलाई झारिदेला र हामीले सुनेर पालन गर्नु?’ भनी तिमीहरूले सोधिरहनुपर्दैन।
13
अनि त्यो समुद्रपारि पनि छैन। कोही समुद्रपारि गएर त्यसलाई लिई आउँछ र हामीले सुनेर पालन गर्नु?’ भनी तिमीहरूले सोध्नुपर्दैन।
14
हो, त्यो यहीँ तिमीहरूसितै छ। त्यो तिमीहरू जान्दछौ र मुखले पनि भन्न सक्दछौ। अब त्यसको पालन गर।
15
“असल र खराब, जीवन र मृत्युमा के चुन्ने हो, सो मौका आज म तिमीहरूलाई दिँदै छु।
16
यदि तिमीहरूले आज मैले दिएका परमप्रभु तिम्रा परमेश्वरका आज्ञाहरू पालन गर्यौ र उहाँलाई प्रेम गर्यौ अनि उहाँका सबै नियमहरू मान्यौ भने तिमीहरूको फलिफाप हुनेछ। तब तिमीहरू एक असङ्ख्य मानिसहरूका जाति बन्नेछौ। तिमीहरूले अधिकार गर्न आँटेका देशमा परमप्रभु तिम्रा परमेश्वरले तिमीहरूलाई आशिष् दिनुहुनेछ।
17
तर तिमीहरूले ती मानेनौ र उहाँका वचन सुन्न इन्कार गर्यौ भने अनि अन्य देव-देवता पुज्नपट्टि लाग्यौ भने
18
तिमीहरू नाश हुनेछौ— म अहिले यहाँ तिमीहरूलाई यो चेतावनी दिँदछु। तिमीहरूले अधिकार गर्न आँटेको यर्दनपारिका देशमा तिमीहरू धेरै दिन बास गर्नेछैनौ।
19
म अहिले तिमीहरूलाई जीवन र मृत्यु, परमेश्वरका आशिष् अनि सरापमा एउटा चुन्ने मौका दिँदछु अनि तिमीहरू के चुन्छौ, त्यो हेर्नलाई स्वर्ग र पृथ्वीलाई साक्षी राख्दछु। जीवन नै रोज।
20
परमप्रभु आफ्ना परमेश्वरलाई प्रेम गर, उहाँका आज्ञा मान र उहाँप्रति विश्वासयोग्य रहो। तब उहाँले तिम्रा पुर्खा अब्राहाम, इसहाक र याकूबलाई दिने प्रतिज्ञा गर्नुभएको देशमा तिमी र तिम्रा सन्तान धेरै दिन बास गर्नेछौ।”
← Chapter 29
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 31 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34