bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Deuteronomy 8
Deuteronomy 8
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 7
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 9 →
1
“मैले आज तिमीहरूलाई दिएका सबै नियमहरू विश्वासयोग्यसाथ पालन गर र तिमीहरू बाँचिरहन सक्नेछौ, तिमीहरूको सङ्ख्या बढ्नेछ र परमप्रभुले तिम्रा पुर्खालाई प्रतिज्ञा गर्नुभएको देश तिमीहरूले अधीन गर्नेछौ।
2
बितेका चालीस वर्षभरि कसरी परमप्रभु तिम्रा परमेश्वरले यो लामो यात्रामा तिमीहरूलाई अगुवाइ गर्नुभयो, त्यो याद गर। तिमीहरूलाई जाँच्नलाई उहाँले कठिन समयहरू पनि पठाउनुभयो अनि तिमीहरूले के गर्न इच्छा गर्दछौ र उहाँका आज्ञाहरू पालन गर्छौ कि गर्दैनौ भनेर जान्न मन गर्नुभयो।
3
उहाँले तिमीहरूलाई भोका तुल्याउनुभयो र त्यसपछि खानलाई मन्न दिनुभयो, जुन भोजन तिमीहरू र तिम्रा पुर्खाहरूले अघि कहिल्यै खाएका थिएनन्। मानिसले बाँच्नलाई रोटीमा मात्र भर पर्नुहुन्न तर परमप्रभुको हरेक वचनमा भर पर्नुपर्छ भनी तिमीहरूलाई सिकाउन उहाँले त्यसो गर्नुभयो।
4
यी चालीस वर्षभरि तिमीहरूका कपडाहरू फाटेनन् अनि खुट्टा सुनिएनन्।
5
जसरी बुबाले आफ्ना छोराछोरीहरूलाई अनुशासन गर्छन्, त्यसरी नै परमेश्वरले तिमीहरूलाई सुधार्नुहुन्छ र सजायँ दिनुहुन्छ, सो याद राख।
6
अब परमप्रभुले दिनुभएको आज्ञापालन गर, उहाँका नियमअनुसार आफ्ना जीवन चलाओ र उहाँको डर मान।
7
परमप्रभु तिम्राहरूका परमेश्वरले तिमीहरूलाई एउटा मलिलो देशमा ल्याउँदै हुनुहुन्छ, जुन देशमा नदी र खोलाहरू छन् र जमिनमुनिका पानीका मूलहरू पहाड र बेसीहरूमा बही निस्कन्छन्।
8
त्यस देशमा गहुँ, जौ, अङ्गुर, नेभारा, दारिम र जैतुनको उब्जनी हुन्छ अनि मह पनि पाइन्छ।
9
“त्यहाँ तिमीहरू कहिल्यै भोकाउनेछैनौ र तिमीहरूलाई केही कुराको कमी हुनेछैन। त्यहाँका चट्टानमा फलाम छन् र पहाडहरूबाट तामा निकाल्नलाई खानि खन्न सक्छौ।
10
तिमीहरूले मन परेका सबै खानेकुरा पाउनेछौ र परमप्रभु तिम्रा परमेश्वरलाई उहाँले दिनुभएको त्यस मलिलो भूमिको लागि धन्यवाद दिनेछौ।
11
“परमप्रभु आफ्ना परमेश्वरलाई नभुल्ने निश्चय गर। मैले आज तिमीहरूलाई दिएका नियमहरू कुनै पनि मान्न नछोड।
12
जब तिमीहरूसित खान मन लागेका सबै कुरा हुन्छन् र बस्ने घरहरू बनाइसक्छौ,
13
अनि तिमीहरूका गाई-वस्तु, भेडा, सुन-चाँदी र अरू सबै सम्पत्तिहरू बढेर गएका हुन्छन्,
14
तब तिमीहरूले यो याद गर्नु कि तिमीहरू घमण्डी बन्नुहुन्न र तिमीहरू दास-दासी भई बसेका मिश्रबाट बचाई ल्याउनुहुने परमप्रभु आफ्ना परमेश्वरलाई भुल्नुहुन्न।
15
उहाँले तिमीहरूलाई विषालु साँप र बिच्छीहरू भएका ठूला र डरलाग्दा उजाड-स्थानदेखि डोर्याएर ल्याउनुभयो। त्यस सुख्खा र पानी नभएका देशमा उहाँले तिमीहरूको लागि कडा चट्टानबाट पानी निकाल्नुभयो।
16
उजाड-स्थानमा उहाँले तिमीहरूलाई खानलाई मन्न दिनुभयो, त्यो भोजन तिम्रा पुर्खाहरूले कहिल्यै खाएका थिएनन्। तिमीहरूलाई जाँच्न उहाँले तिमीहरूलाई दु:ख-कष्ट दिनुभयो र अन्तमा सबै असल कुराहरूले तिमीहरूलाई आशिषित तुल्याउनुभयो।
17
“यसैले हामीले आफ्नै शक्ति र बलले धन-सम्पत्ति कमाएका हौं भनी कहिल्यै तिमीहरूले नसोच्नू।
18
याद राख, परमप्रभु तिम्रा परमेश्वरले नै तिमीहरूलाई धनी बन्ने शक्ति दिनुहुन्छ। उहाँ आफैं तिम्रा पुर्खाहरूसित गर्नुभएको करारप्रति आजसम्म विश्वासी रहनुभएको हुनाले परमप्रभुले त्यसो गर्नुहुनेछ।
19
परमप्रभु आफ्ना परमेश्वरलाई कहिल्यै नभुल, अरू देवताहरूको पूजा र सेवा गर्नलाई तीपट्टि नलाग। म आज चेतावनी दिँदछु कि तिमीहरूले त्यसो गर्यौ भने तिमीहरू निश्चय नष्ट हुनेछौ।
20
तिमीहरू अघि बढेर जाँदा उहाँले जाति-जातिलाई नाश गर्नुहुनेछ। तिमीहरूले परमप्रभुको आज्ञा मानेनौ भने उहाँले तिमीहरूलाई त्यही प्रकारले नाश गर्नुहुनेछ।
← Chapter 7
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 9 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34