bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Deuteronomy 26
Deuteronomy 26
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 25
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 27 →
1
“परमप्रभु तिम्रा परमेश्वरले तिमीहरूलाई दिन लाग्नुभएको देश जितेर त्यहाँ बसोबास गर्न थालेपछि
2
तिमीहरू हरेकले आफूले काटेका अन्नको पहिलो हिस्सा एउटा डालोमा हालेर त्यो एकमात्र आराधना-स्थलमा लैजानू।
3
त्यस बेलाका पूजाहारीकहाँ गएर भन्नू, ‘म परमप्रभु मेरा परमेश्वरकहाँ अब यो स्वीकार गर्दछु कि उहाँले हाम्रा पिता-पुर्खालाई दिन्छु भनी प्रतिज्ञा गर्नुभएको देशमा म पसेको छु।’
4
“पूजाहारीले तिमीबाट डालो लिएर परमप्रभु तिमीहरूका परमेश्वरको वेदीमाथि राख्नेछन्।
5
त्यसपछि परमप्रभुको अघि तिमीले यी शब्द भन्नेछौ, ‘मेरा पुर्खा फिरन्ते घरबिनाका अरामी शरणार्थी थिए, जसले आफ्नो परिवार मिश्रमा बास गर्नलाई लिएर गए। त्यहाँ जाँदा तिनीहरूको सङ्ख्या थोरै थियो तर तिनीहरू असङ्ख्य र प्रतापी जाति भए।
6
मिश्रीहरूले हामीसित निष्ठुर व्यवहार गरे र हामीलाई कमाराझैँ काम गर्न कर लाए।
7
तब हामीले मद्दतको लागि परमप्रभु हाम्रा पुर्खाका परमेश्वरलाई पुकार्यौं। उहाँले हाम्रो बिन्ती सुन्नुभयो अनि हाम्रा पीर, कष्ट र दुर्गति देख्नुभयो।
8
उहाँले आफ्नो महान् शक्ति र बलले मिश्रदेखि हाम्रो उद्धार गर्नुभयो। उहाँले उदेकका काम र अचम्मका कुराहरू गर्नुभयो अनि डरलाग्दा घटनाहरू गराउनुभयो।
9
यहाँ ल्याएर यो धनी र मलिलो देश हामीलाई दिनुभयो।
10
यसकारण उहाँले मलाई दिनुभएको बालिको पहिलो हिस्सा म अब परमप्रभुकहाँ ल्याउँदछु।’ “त्यसपछि परमप्रभुको सामु डालो राख्नू र त्यहाँ उहाँलाई पुज्नू।
11
परमप्रभु तिम्रा परमेश्वरले तिमी र तिम्रा परिवारलाई दिनुभएको असल कुराहरूको निम्ति धन्यवादी होओ अनि तिम्रा बीचमा बास गर्ने लेवी र विदेशीहरूले त्यस उत्सवमा भाग लेऊन्।
12
“तीन-तीन वर्षमा आफ्ना उब्जनीको दशौँ अंश लेवी, विदेशी, टुहुरा-टुहुरी र विधवाहरूलाई दिनू र हरेक समुदायमा तिनीहरूलाई चाहिने खाने कुराहरू प्रशस्त होस्। त्यसो गरिसकेपछि
13
परमप्रभुलाई भन्नू, ‘पवित्र अंशको कुनै पनि भाग मेरो घरमा छोडिएको छैन। त्यो मैले लेवी, विदेशी, टुहुरा-टुहुरी र विधवाहरूलाई तपाईंले मलाई आज्ञा गर्नुभएअनुसार दिएको छु। तपाईंका आज्ञाहरू मैले कुनै पनि उल्लङ्घन् गरेको र बिर्सेको छैनँ।
14
शोकको बेलामा मैले पवित्र अंशबाट केही खाएको छैनँ। विधिअनुसार अशुद्ध हुँदा मैले घरमा त्यसबाट केही पनि निकालिनँ अनि त्यसको कुनै अंश मैले मरेकाहरूका लागि भेटीको रूपमा चढाएको छैनँ। हे परमप्रभु! मैले तपाईंको आज्ञा मानेको छु, पवित्र अंशबारे दिनुभएका तपाईंका सबै आज्ञाहरू मैले पालन गरेको छु।
15
स्वर्गको आफ्नो पवित्रस्थानबाट हेर्नुहोस् र आफ्नो प्रजा इस्राएललाई आशिष् दिनुहोस्। हाम्रा पुर्खालाई प्रतिज्ञा गर्नुभएअनुसार यो हामीलाई दिनुभएको धनी र मलिलो देशलाई पनि आशीर्वाद दिनुहोस्।’
16
“आज परमप्रभु तिम्रा परमेश्वरले आफ्ना सबै नियमहरू पालन गर्न तिमीहरूलाई आज्ञा गर्नुहुन्छ यसकारण विश्वासयोग्य भई हृदयले तिनको पालन गर।
17
आज तिमीहरूले परमप्रभुलाई आफ्ना परमेश्वर भनी ग्रहण गरेका छौ अनि उहाँको आज्ञापालन गर्ने, सबै नियम मान्ने र उहाँका आज्ञाअनुसार सबै काम पूरा गर्ने प्रतिज्ञा गरेका छौ।
18
आज परमप्रभुले आफ्नो प्रतिज्ञाअनुसार तिमीहरूलाई आफ्ना निजी प्रजा भनी ग्रहण गर्नुभएको छ र उहाँका सबै नियमहरू पालन गर्ने आज्ञा दिनुहुन्छ।
19
उहाँले तिमीहरूलाई आफूले सृष्टि गर्नुभएका सबै जातिभन्दा महान् बनाउनुहुनेछ र तिमीहरूले उहाँको नामलाई प्रशंसा र आदर दिनेछौ। उहाँका प्रतिज्ञाअनुसार तिमीहरू उहाँका निजी प्रजा हुनेछौ।”
← Chapter 25
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 27 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34