bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Deuteronomy 7
Deuteronomy 7
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 6
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 8 →
1
“परमप्रभु तिम्रा परमेश्वरले तिमीहरूले अधीनमा लिन आँटेका देशमा तिमीहरूलाई पुर्याउनुहुनेछ। त्यहाँबाट उहाँले धेरै जातिहरूलाई धपाउनुहुनेछ। जसै तिमीहरू अघि बढ्छौ, उहाँले तिमीहरूभन्दा ठूला र शक्तिशाली यी सात जातिहरूलाई धपाउनुहुनेछ— हित्ती, गिर्गाशी, एमोरी, कनानी, परिज्जी, हिव्वी र यबूसीहरू।
2
जब परमप्रभु तिम्रा परमेश्वरले ती जातिहरूलाई तिम्रा हातमा पार्नुहुनेछ र तिमीहरूले तिनीहरूलाई जित्नेछौ, तिनीहरू सबैलाई तिमीहरूले नाश गर्नू। तिनीहरूसित मित्रता र दयामाया नगर्नू।
3
तिनीहरूमध्ये कसैलाई बिहे नगर्नू र तिम्रा छोरा-छोरीलाई पनि तिनीहरूमध्येको कसैलाई बिहे गर्न नदिनू
4
किनभने अरू देवताहरूको पूजा गर्न लाउनलाई तिनीहरूले तिम्रा छोरा-छोरीहरूलाई परमप्रभुदेखि टाढा पार्नेछन्। त्यसो भयो भने परमप्रभु तिमीहरूसित रिसाउनुहुनेछ र तुरुन्तै तिमीहरूलाई नाश गर्नुहुनेछ।
5
यसकारण तिमीहरूले तिनीहरूका वेदीहरू ढालिदिनू, पवित्र ढुङ्गाका खम्बाहरू टुक्रा-टुक्रा पारेर भाँचिदिनू, अशेरा देवीका मूर्तिहरू काटी ढालिदिनू र अरू मूर्तिहरू जलाइदिनू।
6
तिमीहरूले त्यसो गर्नु नै पर्छ किनभने तिमीहरू परमप्रभु तिम्रा परमेश्वरका जन हौ। संसारका सबै जातिहरूका माझबाट आफ्नो निजी अनि विशेष जन बनाई उहाँले तिमीहरूलाई चुन्नुभयो।
7
“तिमीहरू सङ्ख्यामा अरू जातिहरूभन्दा धेरै भएका हुनाले उहाँले तिमीहरूलाई प्रेम गर्नु वा चुन्नुभएको होइन। पृथ्वीमा तिमीहरू सबैभन्दा कम सङ्ख्या भएका जाति थियौ।
8
तर परमप्रभुले तिमीहरूलाई प्रेम गर्नुभयो र तिम्रा पुर्खासित गर्नुभएको उहाँको प्रतिज्ञा पूरा गर्न चाहनुहुन्थ्यो। त्यसैकारण आफ्नो महान् शक्तिले उहाँले तिमीहरूलाई बचाउनुभयो र मिश्रको राजाको दासत्वदेखि छुटकारा दिनुभयो।
9
यो याद राख, परमप्रभु तिमीहरूका परमेश्वर एक मात्र परमेश्वर हुनुहुन्छ अनि उहाँ विश्वासयोग्य हुनुहुन्छ। उहाँले आफ्नो करार राख्नुहुनेछ र उहाँलाई प्रेम गर्ने र उहाँका आज्ञा मान्नेहरूका हजारौँ पुस्ताहरूलाई अटुट प्रेम गर्नुहुनेछ।
10
तर उहाँलाई घिन गर्नेहरूलाई सजायँ दिन उहाँले सङ्कोच मान्नुहुन्न।
11
अब जे कुरा तिमीहरूलाई सिकाइएको छ, त्यो मान; आज मैले तिमीहरूलाई दिएका सबै नियमहरू पालन गर।
12
“यदि तिमीहरूले यी आज्ञाहरू सुन्यौ र विश्वासी भई मान्यौ भने परमप्रभु तिम्रा परमेश्वरले आफ्नो करार तिमीहरूसित राखिराख्नुहुनेछ र तिम्रा पुर्खाहरूसित प्रतिज्ञा गरेअनुसार तिमीहरूलाई आफ्नो अटुट प्रेम देखाउनुहुनेछ,
13
उहाँले तिमीहरूलाई प्रेम गर्नु र आशिष् दिनुहुनेछ र तिमीहरूका धेरै छोरा-छोरीहरू हुनेछन् र तिमीहरूको सङ्ख्या बढ्नेछ। उहाँले तिमीहरूका खेतबारीहरूमा आशिष् दिनुहुनेछ र तिमीहरूले अन्न, दाखमद्य र जैतुनको तेल पाउनेछौ। धेरै गाई-वस्तु र भेडाहरू दिएर उहाँले तिमीहरूलाई आशिष् दिनुहुनेछ। तिमीहरूका पुर्खाहरूलाई उहाँले दिन्छु भनी प्रतिज्ञा गर्नुभएको देशमा यी सबै आशिष्हरू तिमीहरूलाई दिनुहुनेछ।
14
संसारमा अरू कुनै जातिले तिमीहरूले झैँ प्रचुर आशिष् पाउनेछैन। तिमीहरू कोही पनि अपुताली हुनेछैनौ। तिमीहरूका गाई-वस्तु कुनै पनि थारा हुनेछैनन्।
15
सबै रोगदेखि परमप्रभुले तिमीहरूको रक्षा गर्नुहुनेछ। तिमीहरूले मिश्रमा देखेका डरलाग्दा रोगहरू उहाँले तिमीहरूमाथि पर्न दिनुहुनेछैन तर ती रोगहरू उहाँले तिम्रा शत्रुहरूमाथि ल्याउनुहुनेछ।
16
परमप्रभु तिम्रा परमेश्वरले तिम्रा हातमा दिनुभएको हरेक जातिलाई नाश पार, तिनीहरूलाई केही दयामाया नदेखाओ। तिनीहरूका देवताहरूलाई नपूज, त्यसो गरेनौ भने मर्नेछौ।
17
“यी जातिहरूका सङ्ख्या हामीभन्दा बढी छ र हामी तिनीहरूलाई धपाउन सक्दैनौं भनी नभन।
18
तिनीहरूसित नडराओ। परमप्रभु तिम्रा परमेश्वरले मिश्रका राजा र तिनका प्रजालाई कसो गर्नुभयो, त्यो सम्झ।
19
तिमीहरूकै आँखाले देखेका डरलाग्दा महामारी, उदेक र अचम्मका कामहरू र महान् शक्ति र बलले परमप्रभु तिम्रा परमेश्वरले तिमीहरूलाई छुटकारा दिनुभएको सम्झ। जसरी उहाँले मिश्रीहरूलाई नाश गर्नुभयो, त्यसरी नै यी जातिहरूलाई उहाँले नाश गर्नुहुनेछ, जससँग अहिले तिमीहरू डराएका छौ।
20
उहाँले तिनीहरूका माझमा आतङ्क पनि फैलाउनुहुनेछ र भागेर लुकी हिँड्नेहरूलाई पनि नाश पार्नुहुनेछ।
21
यसकारण यी जातिहरूसित नडराओ। परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरूसँग हुनुहुन्छ— उहाँ महान् परमेश्वर हुनुहुन्छ र उहाँको डर मान्नुपर्छ।
22
जसै तिमीहरू अघि बढ्दछौ, अलि-अलि गर्दै उहाँले यी जातिहरूलाई धपाउनुहुनेछ। तिमीहरूले तिनीहरूलाई एकैपल्टमा नाश गर्न सक्नेछैनौ किनभने त्यसो गर्नाले जङ्गली जन्तुको सङ्ख्या बढेर तिमीहरूलाई खतरा हुनेछ।
23
परमप्रभुले तिम्रा शत्रुहरू तिम्रा हातमा पारिदिनु हुनेछ र तिनीहरू नाश नहुञ्जेल तिनीहरूलाई आतङ्कित पार्नुहुनेछ।
24
तिनका राजाहरूलाई उहाँले तिम्रा हातमा दिनुहुनेछ। तिमीहरूले तिनलाई मार्नेछौ र तिनीहरूका नामनिशाना मेटिएर जानेछ। कसैले तिमीहरूलाई रोक्न सक्नेछैन। तिमीहरूले सबैलाई नाश पार्नेछौ,
25
तिनीहरूका मूर्तिहरू जलाइदेओ। तिनीहरूमा भएका सुन वा चाँदीका लालच नगर, ती आफ्नै लागि तिमीहरूले नलैजाओ। त्यसो गर्यौ भने तिमीहरू मर्नेछौ किनभने परमप्रभुले मूर्तिपूजा घिन गर्नुहुन्छ।
26
कुनै यस्ता मूर्ति आफ्ना घरमा नल्याउनू, नत्र तिनमा परेको सराप तिमीहरूमा पनि पर्नेछ। तिमीहरूले यी मूर्तिहरूलाई घिन गरेर तुच्छ ठान्नू किनभने तिनमा परमप्रभुको सराप परेको छ।
← Chapter 6
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 8 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34