bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Deuteronomy 25
Deuteronomy 25
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 24
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 26 →
1
“दुई जना इस्राएलीहरू झगडा छिनाफाना गर्नलाई अदालतमा जान्छन् र एक जना दोषी र अर्को निर्दोषी ठहरिन्छ।
2
दोषीलाई कुटाइ खाने सजायँ भयो भने न्यायकर्ताले त्यसलाई घोप्टो पारेर सुत्न लाएर कोर्रा हान्न लाउनेछन्। कति कोर्रा लाउनुपर्छ, त्यो त्यसको दोषमाथि निर्भर हुनेछ।
3
त्यसलाई चालीस चोटिसम्म कोर्रा लाए हुन्छ तर त्योभन्दा बढ्ता होइन। त्योभन्दा बढ्ता कोर्रा लगाए जनसाधारणको सामुन्ने त्यसको बेइज्जत हुनेछ।
4
“अन्न दाइँ गर्दा गोरुको मुखमा मोहोला नलाउनू।
5
“एउटै घर परिवारमा दुई दाजुभाइ बास गर्छन् र एक भाइको छोरो नभई मर्यो भने त्यसकी विधवालाई परिवारदेखि बाहिर कसैसित विवाह गर्न नदिनू। त्यो विधवालाई विवाह गर्नु बाँच्ने भाइको कर्तव्य हुनेछ।
6
तिनीहरूबाट जन्मेको पहिलो छोरो मर्नेचाहिँको छोरो मानिनेछ र त्यसका सन्तान इस्राएलमा रहिरहनेछ।
7
तर बाँच्ने भाइचाहिँले विधवालाई विवाह गर्न चाहँदैन भने त्यस स्त्रीले सहरका अगुवाहरू अघि गई यसो भन्नेछ, ‘मेरो लोग्नेको बाँच्ने भाइले आफ्नो कर्तव्य गर्न मान्दैन, उसले इस्राएलीहरूका बीच आफ्ना दाजुभाइका सन्तान खडा गर्न अस्वीकार गरेको छ।’
8
तब सहरका अगुवाहरूले त्यस भाइलाई बोलाएर कुरा गर्नेछन्। तरै पनि त्यसले विधवालाई विवाह गर्न इन्कार गर्छ भने ती अगुवाहरूका सामुन्नेमा
9
त्यो स्त्रीले अघि गई त्यस पुरुषको एउटा चप्पल उठाई त्यसको मुखमा थुकी यसो भन्नेछ, ‘जसले आफ्नो दाइ वा भाइको वंश खडा गर्न इन्कार गर्छ, त्यसलाई यस्तै हुन्छ।’
10
इस्राएलमा त्यो मानिसको घरानालाई ‘चप्पल खोसिएको मानिसको घराना’ भनी मानिनेछ।
11
“दुई जना झगडा गर्दै छन् र एउटाकी स्वास्नीले अर्काको गुप्ताङ्ग अँठ्याएर आफ्नो लोग्नेलाई मद्दत गर्ने चेष्टा गरी भने
12
त्यस स्त्रीमाथि केही दया नदेखाउनू। त्यसको हात काटिदिनू।
13
[13-14] “नापजोख गर्दा कसैलाई नठग्नू।
15
ठीक तौल र परिणामका ढक-तराजु अनि माना-पाथी वा नाप्ने यन्त्र चलाउने गर्नु अनि परमप्रभु तिम्रा परमेश्वरले तिमीहरूलाई दिन लाग्नुभएको देशमा तिम्रो आयु लामो हुनेछ।
16
ठगलाई परमप्रभुले घिन गर्नुहुन्छ।
17
“तिमीहरू मिश्रबाट आउँदैगर्दा अमालेकीहरूले तिमीहरूलाई के गरे, सो याद राख।
18
तिनीहरूले परमेश्वरको भय मान्दैनथे र तिमीहरू थाकेर लखतरान भएका बेलामा तिनीहरूले पछाडिपट्टिबाट हमला गरे र दलबाट छुट्टिएर पछि परेकाहरू जम्मैलाई मारिदिए।
19
यसर्थ जब परमप्रभु तिम्रा परमेश्वरले तिमीहरूलाई त्यो देश दिनुभएको हुन्छ र चारैपट्टिका तिम्रा शत्रुहरूदेखि तिमीहरू सुरक्षित हुन्छौ, अमालेकीहरूलाई मार्ने काम पक्का गर र तिनीहरूको नाउँ-निशाना नै नरहोस्। यो कुरा नभुल्नू!
← Chapter 24
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 26 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34