bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Deuteronomy 9
Deuteronomy 9
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 8
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 10 →
1
“हे इस्राएलका मानिसहरू हो! सुन! आज तिमीहरूले यर्दन नदी पार गर्न आँटेका छौ र तिमीहरूभन्दा ठूला शक्तिशाली जातिहरूका देशलाई अधीनमा लिन आँटेका छौ। तिनीहरूका सहरहरू ठूला-ठूला र तिनमा लाएका अग्ला-अग्ला पर्खालहरू आकाश छुने छन्।
2
त्यहाँका मानिसहरू अग्ला र बलिया छन्, तिनीहरू दैँत्यजस्ता हुन् र तिनीहरूको अघि कोही खडा रहन सक्दैन भनी तिमीहरूले सुनेका छौ।
3
तर अब तिमीहरू आफैं देख्नेछौ, परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरूको अघि-अघि दन्कने आगोझैँ जानुहुनेछ। तिमीहरू अघि बढ्दैजाँदा उहाँले प्रतिज्ञा गर्नुभएझैँ तिनीहरूको हार गराउनुहुनेछ र तिमीहरूले तिनीहरूलाई धपाउनेछौ र चाँडै नाश पार्नेछौ।
4
“तिमीहरूका निम्ति परमप्रभु परमेश्वरले तिनीहरूलाई धपाइसक्नुभएपछि हामी योग्य थियौं र नै उहाँले हामीलाई यो देश अधीन गर्नलाई ल्याउनुभएको हो भनी आपसमा भनाभन् नगर। त्यसो होइन तर यी मानिसहरू दुष्ट छन् र नै परमप्रभुले यिनीहरूलाई धपाउन लाग्दै हुनुहुन्छ।
5
तिमीहरू असल छौ र जे ठीक छ सो गर्दछौ भनेर परमप्रभुले त्यो देश तिमीहरूलाई अधीन गर्न दिनुभएको होइन। तर तिनीहरू दुष्ट छन् र उहाँले तिम्रा पुर्खा अब्राहाम, इसहाक र याकूबसित गर्नुभएको प्रतिज्ञा पूरा गर्न चाहनुहुन्छ र नै तिनीहरूलाई धपाउनुहुनेछ।
6
तिमीहरूले यो निश्चय जान, तिमीहरू योग्य भएका हुनाले परमप्रभुले यो मलिलो भूमि तिमीहरूलाई दिनुभएको होइन। अँहँ, तिमीहरू त ढिट मानिसहरू हौ।
7
“तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई कसरी उजाड-स्थानमा रिस उठाएका थियौ, त्यो कहिल्यै नभुल। मिश्र छोडेको दिनदेखि यहाँ आइपुगेको दिनसम्म तिमीहरूले उहाँको विरुद्धमा विद्रोह गरेका छौ।
8
सीनै पर्वतमा पनि तिमीहरूले परमप्रभुलाई रिस उठायौ। उहाँ यति रिसाउनुहुन्थ्यो कि तिमीहरूलाई नाश पार्न चाहनुहुन्थ्यो।
9
परमप्रभुले तिमीहरूसित बाँध्नुभएको करार लेखिएका ढुङ्गाका पाटीहरू लिनलाई म पर्वतमाथि गएँ। म त्यहाँ चालीस दिन र चालीस रात बसें र केही खानपान गरिनँ।
10
तब परमप्रभुले मलाई ती दुईवटा ढुङ्गाका पाटीहरू दिनुभयो, जसमा उहाँले आफ्नै हातले त्यस दिन तिमीहरूलाई भन्नुभएका कुराहरू लेख्नुभएको थियो। त्यस दिन तिमीहरू पर्वतमा भेला भएका बेलामा उहाँले आगोबाट ती कुराहरू बोल्नुभएको थियो।
11
हो, चालीस दिन र चालीस रातपछि त्यो दिन परमप्रभुले मलाई दुईवटा ढुङ्गाका पाटीहरू दिनुभयो, जसमा उहाँले करार लेख्नुभएको थियो।
12
“तब परमप्रभुले मलाई भन्नुभयो, ‘झट्टै पर्वतबाट तल ओर्ली, तैँले मिश्रबाट डोर्याएका मानिसहरू भ्रष्ट भएका छन् र दुष्ट काम गरिरहेका छन्। मैले तिनीहरूलाई जे गर्नू भनी आज्ञा गरेको थिएँ, त्यो तिनीहरूले मानेनन् र आफ्नो लागि एउटा मूर्ति बनाइसकेका छन्।’
13
“परमप्रभुले मलाई यो पनि भन्नुभयो, ‘म जान्दछु कि यी मानिसहरू कस्ता ढिट छन्।
14
मलाई रोक्ने चेष्टा नगर्। म तिनीहरूलाई नाश गर्न चाहन्छु र अब उसो तिनीहरूको सम्झना मेटिनेछ र म तँलाई यिनीहरूभन्दा ठूलो र शक्तिशाली जातिको पिता बनाउनेछु।’
15
“यसकारण ती करार लेखिएका ढुङ्गाका दुईवटा पाटीहरू बोकेर म फेरि पर्वतबाट झरें। त्यस बेला पर्वतबाट आगोको ज्वाला निस्किरहेको थियो।
16
मैले देखें कि तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरले दिनुभएका आज्ञा तोडिसकेका रहेछौ र बाछोको रूपको एउटा धातुको मूर्ति आफ्नो निम्ति बनाएर उहाँको विरुद्धमा पाप गरिसकेका रहेछौ।
17
र त्यहाँ तिमीहरूका सामुन्ने मैले ती ढुङ्गाका पाटीहरू फ्याँकेर टुक्रा-टुक्रा पारिदिएँ।
18
तब फेरि एकचोटि म चालीस दिन र चालीस रातसम्म परमप्रभुको अघि आफ्नो शिर निहुराएर पस्रिएँ र केही खानपान गरिनँ। मैले त्यसो गरें किनभने तिमीहरूले परमप्रभुको विरुद्धमा पाप गरेर उहाँलाई रिस उठाइसकेका थियौ।
19
परमप्रभुको डरलाग्दो क्रोधले गर्दा म डराएँ किनभने उहाँ यति रिसाउनुभएको थियो कि तिमीहरूलाई नाश पार्न तयार हुनुहुन्थ्यो। तर फेरि एकपल्ट परमप्रभुले मेरो बिन्ती सुन्नुभयो।
20
परमप्रभु हारूनसित पनि पूरै रिसाउनुभएको थियो र उसलाई पनि मार्न सक्नुहुन्थ्यो। यसकारण मैले त्यस बेला हारूनको लागि पनि बिन्ती गरें।
21
तिनीहरूले बनाएको त्यो पापको वस्तु— धातुको बाछो— मैले लिएर आगोमा फ्याँकिदिएँ। त्यसपछि त्यसलाई मैले टुक्रा-टुक्रा पारेर फुटाएँ, पिंधेर धुलो पारें र पहाडबाट बहेर आएको खोलामा त्यो धुलो फालिदिएँ।
22
“तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई तबेरा, मस्साह र किब्रोथ-हत्तावामा पनि रिस उठायौ।
23
अनि उहाँले दिँदै गर्नुभएको देश अधीनमा लिनू भन्ने आज्ञा दिएर जब उहाँले तिमीहरूलाई कादेश-बर्नेबाट पठाउनुभयो, तिमीहरूले उहाँको विरुद्धमा विद्रोह गर्यौ, उहाँमाथि भरोसा गरेनौ र आज्ञा मानेनौ।
24
मैले तिमीहरूलाई चिनेको बेलादेखि यस्तो सधैँ तिमीहरूले परमप्रभुको विरोध गरेका छौ।
25
“यसकारण यी चालीस दिन र रातभरि म परमप्रभुको अघि आफ्नो शिर निहुराएर पस्रिबसें किनभने म जान्दथें कि उहाँले तिमीहरूलाई नाश गर्ने सङ्कल्प गरी सक्नुभएको थियो।
26
र मैले प्रार्थना गरें, ‘सार्वभौम पराक्रमी परमप्रभु! आफ्ना निज प्रजालाई नाश नपार्नुहोस्, जसलाई तपाईंले आफ्ना महान् शक्ति र बलले मिश्रदेखि निकाली ल्याउनुभयो।
27
आफ्ना सेवक अब्राहाम, इसहाक र याकूबलाई याद गर्नुहोस् र यी मानिसहरूका ढिटपना, दुष्टता र पापमा ध्यान नदिनुहोस्।
28
होइन भने तिनीहरूले भन्नेछन् कि तपाईंले आफ्ना प्रजालाई आफूले प्रतिज्ञा गरेको देशमा लैजान सक्नुभएन र तपाईंले आफ्ना मानिसहरूलाई उजाड-स्थानमा मार्न लैजानुभयो किनभने तपाईंले तिनीहरूलाई घिन गर्नुहुन्थ्यो।
29
जे भए तापनि तपाईंले आफ्ना निज प्रजा बनाउनलाई चुन्नुभएको जाति यो नै हो, जसलाई आफ्नो महान् शक्ति र बलले मिश्रबाट निकाली ल्याउनुभयो।’
← Chapter 8
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 10 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34