bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Deuteronomy 33
Deuteronomy 33
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 32
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 34 →
1
मर्नुभन्दा अघि परमेश्वरका जन मोशाले इस्राएलका मानिसहरूलाई दिएका आशीर्वादका वचन यी हुन्:
2
परमप्रभु सीनै पर्वतबाट आउनुभयो, उहाँ सूर्य उदाएझैँ एदोममाथि उदाउनुभयो र पारान पहाडबाट आफ्ना प्रजामाथि चम्कनुभयो। दश हजार स्वर्गदूतहरू उहाँसित थिए, उहाँका दाहिने हातमा आगोको ज्वाला थियो।
3
परमप्रभुले आफ्ना प्रजालाई प्रेम गर्नुहुन्छ, अनि जो आफ्ना हुन्, तिनको रक्षा गर्नुहुन्छ। यसकारण हामी उहाँको चरणमा दण्डवत् गर्दछौं, र उहाँका आज्ञाहरू पालन गर्दछौं।
4
हाम्रा जातिको सबैभन्दा मूल्यवान् सम्पत्ति— मोशाले हामीलाई दिएका नियमहरू पालन गर्दछौं।
5
इस्राएलका कुलहरू र अगुवासहित एक ठाउँमा भेला भएका बेलामा परमप्रभु आफ्ना इस्राएली जनहरूका राजा हुनुभयो।
6
मोशाले रूबेनका कुलबारे भने: “त्यसका मानिसहरू थोरै भए तापनि रूबेन कहिल्यै नमरोस्!”
7
उनले यहूदा कुलबारे भने: “परमप्रभु! मद्दतको लागि तिनीहरूको पुकार सुन्नुहोस्, अरू कुलहरूसित तिनीहरूलाई फेरि एक पार्नुहोस्। परमप्रभु! तिनीहरूको निम्ति लडिदिनुहोस्, र तिनीहरूका शत्रुका विरुद्धमा मद्दत गर्नुहोस्।”
8
उनले लेवीका कुलबारे भने: “परमप्रभु! ऊरीम र तुम्मीमद्वारा आफ्नो इच्छा प्रकट गर्नुहोस्, आफ्नो विश्वासी सेवक लेवीहरूद्वारा त्यसो गर्नुहोस्। तपाईंले तिनीहरूलाई मस्साहमा जाँच्नुभयो, र मरीबाका पानीनिर तिनीहरू सच्चा छन् भनी प्रमाण गर्नुभयो।
9
तिनीहरूले आफ्ना आमा-बुबा, दाजुभाइ र छोरा-छोरीहरूप्रति भन्दा तपाईंप्रति झन् बढ्ता भक्ति देखाए, तिनीहरूले तपाईंका आज्ञाहरू पालन गरे र तपाईंका करारप्रति विश्वासयोग्य रहे।
10
तिनीहरूले आफ्ना प्रजालाई तपाईंका नियम मान्न सिकाउनेछन्; तिनीहरूले तपाईंको वेदीमा बलिहरू चढाउनेछन्।
11
हे परमप्रभु! तिनका कुललाई बलियो बन्न मद्दत गर्नुहोस्, तिनीहरूले जे गर्छन्, त्यसमा प्रसन्न हुनुहोस्। तिनका शत्रुहरूलाई चुर-चुर पारिदिनुहोस्, र तिनीहरू फेरि कहिल्यै उठ्न नसकून्।”
12
उनले बेन्यामीनको कुलबारे भने: “परमप्रभुले यही कुललाई प्रेम र रक्षा गर्नुहुन्छ, उहाँले तिनीहरूलाई रातभरि रखवाली गर्नुहुन्छ, र उहाँ तिनका माझमा बास गर्नुहुन्छ।”
13
उनले योसेफको कुलबारे भने: “परमप्रभुले आकाश र पृथ्वीका पानीद्वारा तिनीहरूका देशलाई आशिष् देऊन्।
14
तिनीहरूले घामले पाकेका फलफूलका आशिष् पाऊन्, र हरऋतुमा सबैभन्दा असल फलफूलले भरिऊन्।
15
तिनका प्राचीन डाँडाहरू मन पर्दा फलफूलले भरिऊन्।
16
बल्दै गरेको पोथ्राबाट बोल्नुहुने परमप्रभुको भलाइद्वारा आशिषित भएर तिनका देश सबै असल कुराहरूले भरिऊन्। यी आशिष् योसेफको कुलले पाओस् किनभने तिनी आफ्ना दाजुभाइका माझमा अगुवा थिए।
17
योसेफमा एउटा साँढेको बल र जङ्गली गोरुका सिङ छन्, मनश्शेका एक हजार र एफ्राइमका दश हजार पुरुषहरू नै तिनका सिङ हुन्। ती लिएर उनले जातिहरूलाई सिङले हान्नेछन्, र पृथ्वीका पल्लो छेउसम्म ठेली पठाउनेछन्।”
18
उनले जबूलून र इस्साखारका कुलबारे भने: “समुद्रका व्यापार-धन्दामा जबूलूनको फलिफाप होस्, र घरका व्यापार-धन्दामा इस्साखारको धन बढोस्।
19
तिनीहरूले विदेशीहरूलाई निम्तो दिई आफ्नो पहाडमा बोलाउनेछन्, र त्यहाँ उचित बलि चढाउनेछन्। तिनीहरूले समुद्र र त्यसका किनारका बालुवाबाट धन पाउनेछन्।”
20
उनले गादको कुलबारे भने: “परमेश्वरको प्रशंसा गर, जसले तिनको देश ठूलो बनाउनुभयो। कसैको पाखुरा वा तालु फार्न सिंहझैँ गादले पर्खन्छ।
21
तिनीहरूले आफ्ना लागि सबैभन्दा असल जमिन लिए, तिनीहरूलाई एउटा अगुवाको हिस्सा ठहराइदिए। जब इस्राएलका अगुवाहरू एक ठाउँमा भेला भएका थिए, तिनीहरूले परमप्रभुका आज्ञा र नियमहरू पालन गरे।”
22
उनले दानको कुलबारे भने: “दान एउटा जवान सिंह हो, ऊ बाशानबाट उफ्री आउँदछ।”
23
उनले नप्तालीको कुलबारे भने: “परमप्रभुको उत्तम कृपाले नप्ताली औधी नै आशिषित भएको छ। तिनको देश गालीलको तालको दक्षिणसम्म पुगेको छ।”
24
उनले आशेरको कुलबारे भने: “आशेरले अरू कुलहरूभन्दा धेरै आशिष् पाएको छ, त्यो आफ्ना दाजुभाइको भन्दा प्यारो होओस्। र त्यसका देशमा प्रशस्त जैतुनका रूख होऊन्।
25
फलामका ढोकाले त्यसका सहरहरूको रक्षा गरोस् र त्यो सदा सुरक्षामा बास गरोस्।”
26
हे इस्राएलका जन हो! तिमीहरूका परमेश्वरजस्ता अरू कुनै देवता छैनन्। उहाँ पराक्रमी शोभामा आकाशका बीचबाट भएर जानुहुन्छ, उहाँ बादलमा सवार भई तिम्रो मद्दत गर्नलाई आउनुहुन्छ।
27
परमेश्वरले सदा तिम्रो बचाउ गर्नुभएको छ, उहाँका अनन्त बाहुली तिम्रा सहारा हुन्। तिमीहरू अघि बढ्दा उहाँले तिम्रा शत्रुहरूलाई धपाउनुभयो, र ती सबैलाई नाश गर्नू भनी तिमीलाई भन्नुभयो।
28
यसकारण याकूबका सन्तानहरू शान्तिमा, अन्न र मद्यले पूर्ण देशमा, आकाशका शीतले भिजेको जमिनमा सुरक्षासाथ बस्दछन्।
29
हे इस्राएल! तँ कति खुसी छस्! तँजस्तो अरू कुनै जाति छैन, जुन जातिलाई परमप्रभुले बचाउनुभएको छ। परमप्रभु आफैं तेरो रक्षा गर्न र तँलाई विजय दिनको लागि तेरा ढाल र तरवार हुनुहुन्छ। तेरा शत्रुहरू दयाको लागि भिक्षा माग्दै आउनेछन् र तैँले तिनीहरूलाई कुल्चनेछस्।
← Chapter 32
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 34 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34