bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Deuteronomy 22
Deuteronomy 22
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 21
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 23 →
1
“यदि तिम्रा इस्राएली छिमेकीको गोरु वा भेडा खुला छुटेर दगुरिरहेको देख्यौ भने त्यसलाई नदेखेको जस्तो नगर। त्यसलाई त्यस छिमेकीकहाँ पुर्याइदेओ।
2
तर त्यसको मालिक टाढै बस्छ भने वा तिमीले तिनलाई चिन्दैनौ भने त्यसलाई आफ्नो घरमा लैजाऊ। त्यसको मालिक खोज्दै आउँदा त्यो त्यसलाई दिइहाल।
3
तिम्रा इस्राएली छिमेकीले हराएका गधा, एक टुक्रा लुगा वा अरू कुनै कुरा पायौ भने पनि त्यसै गर्नू।
4
“तिम्रा इस्राएली छिमेकीको गोरु वा गधा लडेको छ भने त्यसलाई नदेखेजस्तो नगर। त्यस पशु उठाउन उसलाई मद्दत गर।
5
“स्त्रीहरूले पुरुषको वस्त्र नलाऊन् अनि पुरुषहरूले स्त्रीको वस्त्र नपहिरून्। त्यसो गर्नेलाई परमप्रभु तिम्रा परमेश्वरले घिन गर्नुहुन्छ।
6
“यदि तिमीहरूले एउटा चराको गुँड रूख वा भूइँमा पायौ र त्यसमा माऊ चरी ओथारोमा वा बचेरोसित बसेकी छे भने माऊ चरीलाई तिमीहरूले नलैजानू।
7
तिमीहरूले बचेरो लैजान सक्छौ तर माऊ चरीलाई छोडिदिनू र तिमीहरूको आयु लामो र जीवन सफल हुनेछन्।
8
“जब तिमीहरू नयाँ घर बनाउँछौ, छानाका किनारमा चारैपट्टि घेरा लाउनू। तब कोही छानाबाट खसेर मर्यो भने तिमीहरूलाई केही दोष लाग्नेछैन।
9
“दाखबारीमा अर्को अन्न एकसाथ नरोप्नू। त्यसो गर्यौ भने दाख र अर्को अन्नको दुवैको उब्जनी चलाउनू मनाही छ।
10
“जमिन जोत्नलाई गोरु र गधालाई एकैसाथमा ननार्नू।
11
“ऊनी र सुती मिसाएर बुनेको कपडाको लुगा नलाउनू।
12
“तिम्रा लाउने लुगाका चारै कुनामा फुर्का लगाऊ।
13
“एक जना मानिसले एउटी केटीसित विवाह गर्छ र पछिबाट त्यसलाई आफूसित नराख्ने निश्चय गर्छ।
14
त्यस केटीको विरुद्धमा यो केटी विवाह हुँदा कन्ये थिइन भनेर झूटो दोष लगाउँछ भने।
15
केटीका आमा-बुबाले त्यो कन्ये केटी थिई भनी कुमारीत्वको प्रमाण लगेर अदालतमा सहरका अधिकारीहरूलाई देखाऊन्।
16
केटीका बुबाले तिनीहरूलाई यसो भन्नेछन्, ‘मैले मेरी छोरीको विवाह यस मानिससँग गरिदिएँ; तर अब यसले त्यसलाई चाहँदैन
17
र विवाह हुँदा यो केटी कन्ये थिइन भन्ने झूटो दोष लगाएको छ। तर मेरी छोरी कन्ये केटी थिई भन्ने कुमारीत्वको प्रमाण यहाँ छ।’
18
तब सहरको अधिकारीले लोग्नेचाहिँलाई लगेर चुटोस्।
19
तिनीहरूले त्यसलाई एक सय चाँदीका टुक्रा जरिमाना गरेर त्यो पैसा केटीका बुबालाई देऊन् किनभने त्यस मानिसले एउटी इस्राएली केटीको बदनाम गरेको छ। त्यसपछि पनि त्यो केटी त्यसकी स्वास्नी नै रहनेछ र त्यसको जीवनभरि त्यस केटीलाई त्याग्न पाउनेछैन।
20
“तर दोष साँचो हो र केटी कन्ये थिई भन्ने केही प्रमाण पाइएन भने
21
तिनीहरूले केटीलाई बुबाको घरको ढोकामा लगून् र त्यहीँनिर सहरका आफ्ना मानिसहरूले त्यसलाई ढुङ्गाले हिर्काएर मारून्। विवाह हुनुभन्दा अघि माइती घरमा छँदै पुरुषसित लागेर त्यसले हाम्रा जातिका बीचमा लाजमर्दो काम गरेकी छ। यस प्रकारले तिमीहरूले त्यस खराबीलाई हटाउनू।
22
“कुनै मानिसले अर्काकी स्वास्नीसित सम्भोग गर्दैगरेको फेला पार्यो भने ती दुवै मारिनुपर्छ। यस प्रकारले तिमीहरूले यस्तो खराबीलाई हटाउनू।
23
“कुनै सहरमा अर्कासँग विवाह हुनलाई मगनी भएकी केटीसित सम्भोग गर्दै गरेको कोही भेटियो भने
24
ती दुवैलाई सहरदेखि बाहिर लगेर ढुङ्गाले हानेर मार्नू। केटी मर्नुपर्छ किनभने त्यो सहरमा थिई, जहाँ त्यसको सोर सुन्न सकिन्थ्यो, तरै पनि त्यो सहायताको लागि कराइन। त्यो मानिसलाई मार्नुपर्छ किनभने त्यसले अर्कोसित मगनी भएकी केटीसित सम्भोग गर्यो। यस प्रकारले तिमीहरूले यस्तो खराबीलाई हटाउनू।
25
“कुनै मानिसले अर्कासित विवाह हुनलाई मगनी भएकी एउटी केटीलाई एकान्त स्थानमा बलात्कार गर्यो भने त्यो मानिस मात्र मारिनुपर्छ।
26
केटीलाई केही नगर्नू किनभने त्यसले मारिने लायक काम गरेकी छैन। यो कुरा पनि कसैले एउटा मानिसलाई हमला गरेर हत्या गरेको जस्तै हो।
27
त्यस मानिसले त्यो मगनी भएकी केटीलाई एकान्त स्थानमा बलात्कार गर्यो र केटी कराई तर पनि त्यसलाई मद्दत गर्ने कोही थिएन।
28
“कुनै मानिस एउटी मगनी नभएकी केटीलाई बलात्कार गर्दै गरेको फेला पार्यो भने
29
त्यसले केटीको बुबालाई बेहुलीको मोल पचासवटा चाँदीका टुक्रा तिर्नेछ। त्यो केटी त्यसकी स्वास्नी हुनेछे किनभने त्यसले केटीलाई आफूसित सम्भोग गर्न जबरजस्ती गर्यो। त्यसले जीवनभरि त्यस केटीलाई त्याग्न पाउनेछैन।
30
“आफ्ना बुबाको कुनै स्वास्नीसित सम्भोग गरेर कसैले बुबाको अपमान नगरोस्।
← Chapter 21
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 23 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34