bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Deuteronomy 31
Deuteronomy 31
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 30
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 32 →
1
मोशा इस्राएलका मानिसहरूसँग अझै बोलिरहे र
2
यसो भने, “म अब एक सय बीस वर्ष पुगें र तिमीहरूका अगुवा रहन सक्दिनँ। त्यसबाहेक परमप्रभुले मलाई भन्नुभएको छ कि म यर्दनपारि जान सक्नेछैनँ।
3
परमप्रभु तिमीहरूका परमेश्वर आफैं तिम्रा अघि-अघि जानुहुनेछ र त्यहाँ बास गर्ने जातिहरूलाई नष्ट पार्नुहुनेछ अनि तिमीहरूले तिनका देश कब्जा गर्नेछौ। परमप्रभुले भन्नुभएअनुसार यहोशू तिम्रा अगुवा हुनेछन्।
4
एमोरीहरूका राजा सीहोन र ओगको हार गराएर तिनका देशहरू नाश पारेझैँ परमप्रभुले ती जातिहरूलाई नाश पार्नुहुनेछ।
5
परमप्रभुले तिमीहरूलाई तिनीहरूमाथि विजय दिनुहुनेछ र तिनीहरूसित तिमीहरूले ठीक मैले भनेअनुसार व्यवहार गर्नू।
6
साहस गर अनि बलियो बन। तिनीहरूको डर नमान। तिम्रा परमेश्वर परमप्रभु आफैं तिमीहरूसँग रहनुहुनेछ। उहाँले तिमीहरूलाई धोका दिनुहुन्न र त्याग्नुहुन्न।”
7
तब मोशाले यहोशूलाई बोलाएर इस्राएलका सबै मानिसहरूका सामुन्नेमा भने, “साहस गर अनि बलियो बन। परमप्रभुले तिनका पुर्खाहरूलाई प्रतिज्ञा गर्नुभएको देश कब्जा गर्न यी मानिसहरूलाई अगुवाइ गर्ने मानिस तिमी नै हौ।
8
परमप्रभु आफैं तिमीसँग रहनुहुनेछ र तिम्रो अगुवाइ गर्नुहुनेछ। उहाँले तिमीलाई धोका दिनु वा त्याग्नुहुन्न। यसकारण साहस नहराऊ र डर नमान।”
9
यसकारण मोशाले परमेश्वरको नियम लेखे अनि परमप्रभुका करारको सन्दुक आफ्नो जिम्मा लिएका लेवी पूजाहारीहरू र इस्राएलका अगुवाहरूलाई दिए।
10
उनले तिनीहरूलाई यस्तो आज्ञा दिए, “सात-सात वर्षमा जब ऋण मिनहा गरिदिने वर्ष आउँदछ, छाप्रो-बासको चाडमा यो पुस्तक उच्च सोरले पढ्ने गर्नू।
11
एक मात्र आराधना-स्थलमा इस्राएलीहरू परमप्रभु आफ्ना परमेश्वरलाई पुज्न आउँदा यो तिनीहरूलाई पढी सुनाउनू।
12
सबै पुरुष, स्त्री, केटा-केटी र तिम्रा सहरहरूमा बास गर्ने विदेशीहरूलाई एकसाथ बोलाउनू अनि सबैले यो सुनेर परमप्रभु तिम्रा परमेश्वरलाई आदर गर्न र विश्वासयोग्यसाथ उहाँका शिक्षाहरू पालन गर्न सिकून्।
13
यसरी परमप्रभु तिमीहरूका परमेश्वरको नियमबारे कहिल्यै नसुन्ने तिम्रा सन्तानले पनि यसबारे सुन्नेछन्। अनि तिमीहरूले यर्दनपारि अधीन गर्न आँटेका देशमा बास गरून्जेल तिनीहरूले उहाँको वचन पालन गर्न सिक्नेछन्।”
14
तब परमप्रभुले मोशालाई भन्नुभयो, “अब तँ धेरै दिन बाँच्नेछैनस्। यहोशूलाई बोलाएर पवित्र पालमा लिएर आइज र म त्यसलाई आदेश दिनेछु।” मोशा र यहोशू पवित्र पालमा गए
15
र त्यहाँ पवित्र पालको ढोकानिर बादलको खम्बामा परमप्रभुले तिनीहरूलाई दर्शन दिनुभयो।
16
परमप्रभुले मोशालाई भन्नुभयो, “तँ अब चाँडै मर्नेछस्। तँ मरेपछि मानिसहरू मप्रति अविश्वासी हुनेछन् र मैले तिनीहरूसित बाँधेको करार तोड्नेछन्। तिनीहरूले मलाई त्याग्नेछन् र तिनीहरू पस्न लागेका देशका देवदेवताहरूलाई पुज्नेछन्।
17
जब त्यसो हुनेछ, म तिनीहरूसित रिसाउनेछु, तिनीहरूलाई त्याग्नेछु र तिनीहरू नाश भएर जानेछन्, धेरै डरलाग्दा विपत्तिहरू तिनीहरूमाथि आउनेछन् र म तिनीहरूका परमेश्वर तिनीहरूका साथमा नभएकाले नै यी सबै कुराहरू हुँदै छन् भनी तिनीहरूले थाहा पाउनेछन्।
18
तिनीहरूले दुष्ट काम गरेका र अन्य देव-देवता पुजेका हुनाले म त्यस बेला तिनीहरूलाई मद्दत गर्न इन्कार गर्नेछु।
19
“अब यो गीत लेख् र इस्राएलीहरूलाई सिका अनि यो तिनीहरूका विरुद्धमा एउटा साक्षीको रूपमा रहनेछ।
20
तिनीहरूका पुर्खालाई मैले प्रतिज्ञा गरेअनुसार म तिनीहरूलाई त्यस धनी र मलिलो देशमा लैजानेछु। त्यहाँ तिनीहरूले चाहेजति सबै खानेकुरा पाउनेछन् र सुख सुबिस्तामा बास गर्नेछन्। तर तिनीहरू फर्की गएर अन्य देव-देवता पुज्नेछन्। तिनीहरूले मलाई अस्वीकार गर्नेछन् र मेरो करार तोड्नेछन्
21
अनि धेरै डरलाग्दा विपत्तिहरू तिनीहरूमाथि आउनेछन्। तर यो गीत गाउनुपर्नेछ र तिनका विरुद्धमा यो गीत एउटा साक्षीको रूपमा रहनेछ। अहिले नै मैले दिन्छु भनी प्रतिज्ञा गरेको देशमा तिनीहरूलाई पुर्याउनुभन्दा अघि नै तिनीहरू के सोचिरहेका छन्, सो म जान्दछु।”
22
त्यही दिन मोशाले त्यो गीत लेखे र इस्राएलका मानिसहरूलाई सिकाए।
23
त्यसपछि परमप्रभुले नूनको छोरो यहोशूसित बोल्नुभयो र तिनलाई भन्नुभयो, “साहस गर् र बलियो बन्। इस्राएलीहरूलाई तैँले नै अगुवाइ गरी मैले प्रतिज्ञा गरेको देशमा पुर्याउनेछस् अनि म तँसित रहनेछु।”
24
मोशाले होशियारीसाथ केही कुरा नछोडी परमेश्वरको नियम एउटा पुस्तकमा लेखे।
25
लेखिसकेपछि तिनले परमप्रभुको करारको सन्दुकको जिम्मा लिइबसेका लेवी पूजाहारीहरूलाई भने,
26
“यो परमेश्वरको नियमको पुस्तक लिएर परमप्रभु हाम्रा परमेश्वरका करारको सन्दुकको छेउमा राख र यो पुस्तक यी मानिसहरूका अघि साक्षीको रूपमा रहनेछ।
27
म जान्दछु कि तिनीहरू कस्ता ढिट र विद्रोही छन्। म जिउँदो छँदै तिनीहरूले परमप्रभुको विरुद्धमा विद्रोह गरेका छन्, म मरेपछि अझ धेरै विद्रोह गर्लान्।
28
तिम्रा कुल-कुलका अगुवा र अधिकृतहरू सबैलाई मेरो सामु भेला गर र म तिनीहरूलाई यी कुरा भन्न सकूँ। तिनीहरूका विरुद्धमा म स्वर्ग र पृथ्वी साक्षी राख्दछु।
29
म जान्दछु कि म मरेपछि मानिसहरू दुष्ट बन्नेछन् र मैले सिकाएका कुराहरू त्याग्नेछन् अनि भविष्यमा तिनीहरूमाथि विपत्तिहरू आइपर्नेछन् किनभने परमप्रभुले मनाही गर्नुभएका कुराहरू गरेर तिनीहरूले उहाँलाई क्रोधित पार्नेछन्।”
30
तब मोशाले यो गीत पूरा सुनाए र इस्राएलका सबै मानिसहरूले सुने।
← Chapter 30
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 32 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34