bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Ezekiel 1
Ezekiel 1
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 2 →
1
तीसौँ वर्षको चौथो महिनाको पाँचौँ दिनमा जब म निर्वासितहरूसँग कबार नदीको किनारमा थिएँ, तब स्वर्ग खोलियो र मैले परमेश्वरका दर्शनहरू देखें।
2
त्यस महिनाको पाँचौँ दिनमा— यहोयाकीन राजा कैद भएको यो पाँचौँ वर्ष थियो—
3
बेबिलोनीहरूको देशमा कबार नदीको किनारमा परमप्रभुको वचन बूजीको छोरो इजकिएल पूजाहारीकहाँ आयो। त्यहाँ परमप्रभुको हात तिनीमाथि थियो।
4
मैले हेरें, र आँधीबेहरी उत्तरबाट आइरहेको देखें— एउटा विशाल बादल, बिजुलीको चमकसमेत, जसको वरिपरि चहकिलो उज्यालो थियो। त्यस आगोको माझ जल्दो धातुझैँ देखिन्थ्यो,
5
र आगोमा चार जीवित जीवात भएजस्तो केही देखा पर्यो। तिनीहरूको आकृति हेर्दा एक जना मानिसको जस्तै देखिन्थ्यो,
6
तर हरेकका चार मोहड़ा र चार पखेटा थिए।
7
तिनीहरूका गोड़ा सीधा थिए, तिनीहरूका खुट्टा बाछाका खुरजस्ता थिए। ती टल्काइराखेका काँसाजस्तै टल्कन्थे।
8
तिनीहरूका पखेटामुनि चारैतिर मानिसको जस्ता हातहरू थिए। ती चारै जीवातका मोहड़ा र पखेटाहरू थिए,
9
र तिनीहरूका पखेटा एउटाले अर्कोलाई छोएको थियो। कतैतिर लाग्दा हरेक नै सोझै अगाड़ि हिँड्थ्यो। तिनीहरू यताउता फर्कंदैनथिए।
10
तिनीहरूको मोहड़ा यस्ता देखिन्थे: ती चारै जीवातको एउटा मोहड़ा मानिसको झैँ थियो। तिनीहरूको दाहिनेपट्टिको मोहड़ाचाहिँ सिंहको झैँ, देब्रेपट्टिको मोहड़ाचाहिँ गोरुको झैँ, र पछाडिपट्टिको मोहड़ाचाहिँ गरुडको झैँ थियो।
11
तिनीहरूका मोहड़ा यस्तै थिए। तिनीहरूका पखेटाचाहिँ बाहिर र मास्तिर फैलिएका थिए। हरेकका दुई पखेटाले चाहिँ एउटाले अर्काको पखेटालाई छोएका थिए, र अरू दुई पखेटाले आ-आफ्नो शरीर ढाकेका थिए।
12
तिनीहरू हरेक सोझै हिँड्थे। आत्मा जता-जता गयो त्यतै तिनीहरू जान्थे। तिनीहरू यताउता नफर्की हिँड्थे।
13
ती जीवित जीवातको आकृति जलिरहेको आगोको भुङ्ग्रो वा राँकोजस्तो थियो। आगो ती जीवातहरूका बीचमा केही यतादेखि उता र उतादेखि यता गइरहेको देखिन्थ्यो। आगो चहकिलो थियो, अनि त्यसबाट बिजुली निस्कन्थ्यो।
14
ती जीवातहरू बिजुली चम्केजस्तै यतादेखि उता र उतादेखि यता वेग हान्थे।
15
जब मैले ती जीवित जीवातहरूलाई हेरिरहेको थिएँ, तब ती चारै मोहड़ा भएका हरेक जीवातको छेउमा मैले जमिनमा पाङ्ग्रा देखें।
16
ती पाङ्ग्राहरूको आकार र बनावट यस्ता थिए— तिनीहरू पीतमणिजस्तै चम्कन्थे। ती चारै वटाको अनुहार एकै खालको देखिन्थ्यो। एउटा पाङ्ग्रोभित्र अर्को पाङ्ग्रो परस्पर वारपार गर्ने भएझैँ थियो।
17
तिनीहरू हलचल गर्दा तिनीहरूका चारैपट्टि कुनै पनि तर्फ हिँड्थे। ती जीवातहरू हिँड्दा ती पाङ्ग्राहरूचाहिँ यताउता घुम्दैनथे।
18
तिनीहरूका घेरा अल्गा र डरलाग्दा थिए, र ती चारै घेरा चारैतिर आँखाहरूले भरिएका थिए।
19
ती जीवित जीवातहरू चलहल गर्दा ती पाङ्ग्राहरू पनि साथसाथै हिँड्थे। ती जीवित जीवातहरू जमिनबाट उठ्दा ती पाङ्ग्राहरू पनि उठ्थे।
20
आत्मा जता गए तिनीहरू त्यतै जान्थे, र ती पाङ्ग्राहरू पनि तिनीहरूसँगै उठ्थे, किनभने ती जीवित जीवातहरूका आत्मा तिनै पाङ्ग्रामा थिए।
21
ती जीवातहरू चलहल गर्दा यी पनि चलहल गर्थे। ती ठिङ्ग उभिँदा यी पनि ठिङ्ग उभिन्थे। ती जमिनबाट उठ्दा यी पाङ्ग्रा पनि तिनीहरूसँगै उठेर जान्थे, किनभने ती जीवित जीवातहरूका आत्मा ती पाङ्ग्रामा नै थिए।
22
ती जीवित जीवातका शिरको मास्तिर विस्तृत क्षेत्रजस्तै देखिन्थ्यो, बरफझैँ चम्किरहेको र डरलाग्दो,
23
त्यस विस्तृत क्षेत्रमुन्तिर तिनीहरूका पखेटा, एउटाको पखेटाले अर्काको पखेटालाई छुने गरी सोझै फैलिएका थिए। हरेक जीवित जीवातका दुई-दुई पखेटाले आ-आफ्नो शरीर ढाकेका थिए।
24
तिनीहरू जाँदा तिनीहरूका पखेटाको आवाज धेरै पानीको गर्जन, सर्वशक्तिमान्को सोर, सेनाको खल्याङमल्याङको आवाज जस्तै मैले सुनें। तिनीहरू ठिङ्ग उभिँदा तिनीहरूले आफ्ना पखेटा तल झार्थे।
25
आफ्ना पखेटा तल झारेर तिनीहरू टक्क अडिँदा, तिनीहरूको शिरको मास्तिर भएको विस्तृत क्षेत्रबाट एउटा सोर निस्क्यो।
26
तिनीहरूका शिरमाथिको विस्तृत क्षेत्रमाथि एउटा सिंहासनजस्तो थियो। हेर्दा त्यो नीरजस्तै देखिन्थ्यो, र सिंहासनमा बस्नेको रूप मानिसको जस्तो थियो।
27
तिनको कम्मरदेखि मास्तिर तिनको अनुहार जल्दो धातुजस्तै भएको मैले देखें— चारैतिर आगोले भरिएको जस्तै। कम्मरदेखि मुन्तिर पनि तिनको अनुहार आगोजस्तै देखियो, र चहकिलो उज्यालोले तिनलाई घेरिराखेको थियो।
28
पानी परेको दिन बादलमा इन्द्रेनीको आकार देखिएझैँ तिनका चारैतिरको चमक त्यस्तै उज्ज्वल थियो। परमप्रभुका महिमाको प्रतिरूपको अनुहार यस्तै थियो। जब मैले त्यो देखें तब म घोप्टो परें, र कोही बोलिरहेको सोर मैले सुनें।
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 2 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48