bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Ezekiel 43
Ezekiel 43
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 42
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 44 →
1
तब मलाई ती मानिसले पूर्वतर्फ फर्केको मूल ढोकामा ल्याए,
2
अनि मैले इस्राएलका परमेश्वरको महिमा पूर्वबाट आइरहेको देखें। उहाँको सोर उर्लेर आएका पानीहरूको गर्जनजस्तो थियो, र देश उहाँको महिमाले चम्क्यो।
3
मैले देखेको दर्शन त्यही दर्शनजस्तो थियो, जो उहाँ सहरलाई सर्वनाश गर्न आउनुहुँदा मैले देखेको थिएँ, र जुन दर्शनहरू कबार नदीको किनारमा मैले देखेको थिएँ, र म भूइँमा घोप्टो परें।
4
परमप्रभुको महिमा पूर्वपट्टि फर्केको मूल ढोकाबाट मन्दिरभित्र पस्यो।
5
तब आत्माले मलाई उचाल्नुभयो र मलाई भित्री चोकमा ल्याउनुभयो, र परमप्रभुको महिमाले मन्दिर भरियो।
6
ती मानिसचाहिँ मेरो छेउमा उभिरहँदा, मन्दिरबाट कोही बोलिरहेको मैले सुनें।
7
उहाँले मलाई भन्नुभयो, “हे मानिसको छोरो, यो त मेरो सिंहासनको ठाउँ हो, र यो ठाउँ मेरा पाउका पैतालाका निम्ति पनि हो। यहाँ म इस्राएलीहरूसित सदासर्वदै बस्नेछु। इस्राएलका घरानाले र तिनीहरूका राजाहरूले आफ्नो वेश्यावृत्तिद्वारा र अल्गा ठाउँहरूमा भएका आफ्ना राजाहरूका निर्जीव मूर्तिहरूद्वारा फेरि कहिल्यै मेरो पवित्र नाउँलाई बिटुलो पार्नेछैनन्।
8
जब तिनीहरूले आफ्नो सँघार मेरो सँघार नजिक र आफ्नो ढोकाका खामाहरू मेरा ढोकाका खामाहरूनजिक बनाए, र मेरो र तिनीहरूको बीच एउटा भित्ता मात्र राखे, तब तिनीहरूका घिनलाग्दा व्यवहारद्वारा तिनीहरूले मेरो पवित्र नाउँलाई अपवित्र पारे। यसैले मेरो क्रोधमा मैले तिनीहरूलाई नाश गरें।
9
अब तिनीहरूले आफ्नो वेश्यावृत्तिलाई त्यागून् र तिनीहरूका राजाहरूका निर्जीव मूर्तिहरूलाई मेरो सामुन्नेबाट हटाऊन्, र म तिनीहरूका बीचमा सदासर्वदा रहनेछु।
10
“हे मानिसको छोरा, इस्राएलका मानिसहरूलाई यस मन्दिरको विषयमा भन्, ताकि तिनीहरू आफ्ना पापहरूका निम्ति लज्जित होऊन्। तिनीहरूले यस मन्दिरको बनोटलाई विचार गरून्,
11
र यदि तिनीहरूले जे गरेका छन्, ती सबैका निम्ति लज्जित भए भने तैंले तिनीहरूलाई यस मन्दिर र त्यसका सबै बन्दोबस्तहरू, त्यसका बाहिर जाने र भित्र पस्ने प्रवेशद्वारहरू, त्यसका सारा नमूना र त्यसका सबै विधिहरू सम्पूर्ण तिनीहरूलाई बताइदे। तिनीहरूका सामु यी लेख्, ताकि त्यसका ढाँचाप्रति तिनीहरू ईमानदार होऊन्, र त्यसका विधिहरू पालन गरून्।
12
“मन्दिरको नियम यही हो: पर्वतको टाकुराका चारैतिरको क्षेत्र अति पवित्र हुनेछ। मन्दिरको नियम यही नै हो।
13
“वेदीका नापहरू लामो हातको नापअनुसार यस्ता हुन्— लामो हातको नाप एक हात र चार अङ्गुलको चौड़ाइ हो। त्यसको नाल एक हात गहिरो र एक हात चौड़ा छ। त्यसलाई घेरेको बिटको नाप एक बित्ता हो। वेदीको उचाइ यस्तो छ:
14
भूइँमा भएको नालदेखि तल्लो तहको किनारसम्म वेदी दुई हात अल्गो र एक हात चौड़ा छ। सानो बिटदेखि ठूलो बिटसम्म त्यो चार हात अल्गो र एक हात चौड़ा छ।
15
वेदीको अगेनो चार हात अल्गो छ, र चार वटा सिंहहरू त्यसका चारै कुनामा मास्तिर निस्केका छन्।
16
अगेनोचाहिँ बाह्र हात लामो र बाह्र हात चौड़ा भएको ठीक वर्गाकार हो।
17
वेदीको माथिल्लो बिट पनि वर्गाकार हो, चौध हात लामो र चौध हात चौड़ा। बिट एक हात बाक्लो छ, र त्यसका चारैतिर आधा हात गहिरो नाल छ। वेदीका खुट्किलाहरू पूर्वतिर फर्केका छन्।”
18
तब तिनले मलाई भने, “हे मानिसको छोरो, परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: वेदी बनाइसकेपछि होमबलि चढ़ाउन र वेदीमा रगत छर्कनलाई विधिहरू यी नै हुन्:
19
तिमीहरूले पूजाहारीहरूलाई पापबलिको निम्ति एउटा बाछो खटाइदिनुपर्छ, जुन पूजाहारीहरू सादोकको परिवारका लेवी हुन्, जो मेरो सेवा गर्न मेरो नजिक आउँछन्, परमप्रभु परमेश्वर भन्नुहुन्छ।
20
त्यसको रगतबाट केही लिएर तिनीहरूले वेदीका चारै सीङहरू, माथिल्लो बिटका चारै कुना र त्यसका चारैतिर लगाओ। यसरी तिमीहरूले वेदी शुद्ध पार्नेछौ, र त्यसको निम्ति प्रायश्चित गर्नेछौ।
21
त्यसपछि पापबलिको बाछो लिएर पवित्रस्थानको बाहिरपट्टि तोकिएको ठाउँमा तिमीहरूले त्यो आगोमा पोल।
22
“दोस्रो दिन तिमीहरूले एउटा निष्खोट बोको पापबलिको निम्ति चढ़ाओ। तिमीहरूले बाछाले वेदी शुद्ध पारेझैँ यसले पनि वेदी शुद्ध होस्।
23
जब तिमीहरूले वेदीलाई पूरै शुद्ध पारेका हुनेछौ, तब बगालबाट एउटा निष्खोट बाछा र एउटा निष्खोट भेड़ा चढ़ाओ।
24
तिमीहरूले तिनलाई परमप्रभुको सामुन्ने चढ़ाओ। पूजाहारीहरूले तिनमा नून छर्केर परमप्रभुको सामुन्ने होमबलिको रूपमा ती चढ़ाउनुपर्छ।
25
“तिमीहरूले सात दिनसम्म पापबलिको निम्ति दिनहुँ एउटा बोको जुटाउनुपर्छ। तिमीहरूले बगालबाट एउटा निष्खोट बाछा र एउटा निष्खोट भेड़ा चढ़ाउने गर।
26
सात दिनसम्म तिनीहरूले वेदीलाई प्रायश्चित गरेर त्यसलाई शुद्ध पार्नुपर्छ। यसरी तिनीहरूले त्यसलाई अर्पण गर्नेछन्।
27
जब ती दिनहरू पूरा हुन्छन्, अर्थात् आठौँ दिनमा र त्यस उप्रान्त पनि पूजाहारीहरूले वेदीमा तिमीहरूका होमबलि र मेलबलि चढ़ाउने गरून्। तब म तिमीहरूलाई ग्रहण गर्नेछु, परमप्रभु परमेश्वर भन्नुहुन्छ।
← Chapter 42
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 44 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48