bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Ezekiel 22
Ezekiel 22
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 21
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 23 →
1
परमप्रभुको यो वचन मकहाँ आयो:
2
“हे मानिसको छोरो, के तँ त्यसको न्याय गर्छस्? के तँ यस खूनी सहरको न्याय गर्छस्? त्यसो भए त्यसका सबै घृणित व्यवहारहरूसँग त्यसको सामना गर्,
3
र भन्: ‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: ‘आफ्नै अन्त्यको समय ल्याउन, आफ्नै बीचमा रगत बगाउने र आफूलाई बिटुलो पार्नलाई मूर्तिहरू बनाउने तँ सहर!
4
तैंले बगाएको रगतको कारण तँ दोषी भएको छस्। तैंले बनाएका मूर्तिहरूद्वारा तँ बिटुलो भएको छस्। तैंले आफ्ना दिनहरूको अन्त्य गरेको छस्, र तेरा वर्षहरूको अन्त्य गरेको छस्। यसैकारण मैले तँलाई जाति-जातिहरूका बीचमा गिल्ला र सबै देशहरूमा ठट्टाको पात्र बनाउनेछु।
5
तेरो नजिक र टाढ़ा हुनेहरूले तेरो ठट्टा गर्नेछन्, ए नीच र उपद्रवले भरिएको सहर!
6
“‘हेर्, तँमा भएका इस्राएलका राजकुमारहरू हरेकले आफ्नो शक्तिअनुसार रगत बगाउने व्यवहार गर्छ।
7
तँमा नै तिनीहरूले माता-पितासँग निन्दाजनक व्यवहार गरेका छन्। तँमा नै तिनीहरूले विदेशीहरूमाथि अत्याचार गरेका छन्, र टुहुरा-टुहुरी र विधवाहरूलाई दुर्व्यवहार गरेका छन्।
8
तैंले मेरा पवित्र चीजहरूलाई तुच्छ ठानेको छस् र मेरा शबाथहरू अपवित्र गरेको छस्।
9
रगत बगाउनलाई निन्दाजनक बदख्वाइँ गर्ने मानिसहरू तँमा तयार रहन्छन्। अनि यस्ता मानिसहरू पनि तँमा छन्, जसले डाँड़ाका थानहरूमा प्रसाद खान्छन् र कुकर्म गर्छन्।
10
तँभित्रै मानिसहरूले आफ्ना पिताको ओछ्यान भ्रष्ट पार्छन्। तँभित्रै मानिसहरूले रजस्वला भएकी स्त्रीसँग अशुद्ध सम्भोग गर्छन्।
11
तँभित्रै कसैले आफ्नो छिमेकीकी पत्नीसँग घिनलाग्दा अपराध गर्छ, अर्कोले आफ्नी बुहारीलाई लज्जापूर्वक अशुद्ध पार्छ, अर्कोले आफ्नै बुबाकी छोरी, आफ्नी बहिनीसित कुकर्म गर्छ।
12
तँमा नै मानिसहरूले हत्या गर्नलाई घूस लिन्छन्। तैंले ब्याजमा बढ़ी ब्याज लिन्छस्, आफ्नो छिमेकीलाई अन्याय गरेर जबरदस्ती गरी नाफा लिन्छस्। अनि तैंले मलाई बिर्सेको छस्, परमप्रभु परमेश्वर भन्नुहुन्छ।
13
“‘तैंले अन्यायसित नाफा गरेको र तेरो बीचमा भएको हत्याको कारण म निश्चय नै ताली बजाउनेछु।
14
जुन दिन म तँसित व्यवहार गरुँला के त्यस बेला तेरो साहस स्थिर रहला र? अथवा के तेरो हात दह्रिलो होला त? म परमप्रभुले यो भनेको छु, र यसै गर्नेछु।
15
म तँलाई जाति-जातिहरूका बीचमा यत्रतत्र पार्नेछु, र देश-देशमा तँलाई छरपष्ट पार्नेछु, र तँमा भएको अशुद्धता म खतम गर्नेछु।
16
जब जाति-जातिहरूको दृष्टिमा तँ बिटुलो भएको हुनेछस्, तब म परमप्रभु हुँ भनी तैंले जान्नेछस्’।”
17
तब परमप्रभुको यो वचन मकहाँ आयो:
18
“ए मानिसको छोरो, इस्राएलको घराना त मेरो दृष्टिमा थिग्रो भएको छ। तिनीहरू सबै भट्टीमा भएका तामा, जस्ता, फलाम र सीसाका थिग्रा भएका छन्।” तिनीहरू चाँदीका थिग्रा मात्र छन्।
19
यसकारण परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: ‘तिमीहरू सबै थिग्रा भएका हुनाले, म तिमीहरूलाई यरूशलेमभित्रै जम्मा गर्नेछु।
20
आगो हुरुरुरु पारेर गलाउनलाई जसरी मानिसहरू चाँदी, तामा, फलाम, सीसा र जस्ता भट्टीमा जम्मा गर्दछन्, त्यसरी नै म पनि मेरो रीस र मेरो क्रोधमा तिमीहरूलाई जम्मा गर्नेछु, र तिमीहरूलाई त्यहाँ सहरभित्रै हालेर गाल्नेछु।
21
म तिमीहरूलाई भेला गर्नेछु, र मेरो क्रोधको अग्निज्वाला तिमीहरूमाथि फुक्नेछु, र तिमीहरू त्यसैभित्र गल्नेछौ।
22
जसरी भट्टीमा चाँदी गल्छ, त्यसरी नै त्यसैभित्र तिमीहरू गल्नेछौ, र म परमप्रभुले नै तिमीहरूमाथि आफ्नो क्रोध खन्याएको हुँ भनी तिमीहरूले जान्नेछौ’।”
23
फेरि परमप्रभुको यो वचन मकहाँ आयो:
24
“हे मानिसको छोरो, यस देशलाई भन्, ‘क्रोधको दिनमा वृष्टि नभएको र झरी नभेटेको भूमिझैँ तँ भएको होस्।’
25
त्यसमा भएका त्यसका राजकुमारहरू गजंर्दै शिकार फहराउने सिंहझैँ एउटा षड्यन्त्र रच्दैछन्। तिनीहरूले मानिसहरूलाई निल्छन्, तिनीहरूले धन-सम्पत्ति र बहुमूल्य पदार्थहरू लुट्छन्, र त्यसको बीचमा धेरैलाई विधवा बनाउँछन्।
26
त्यसका पूजाहारीहरूले मेरो व्यवस्था भङ्ग गर्छन् र मेरो पवित्र चीजहरू अपवित्र पार्छन्। पवित्र र साधारण चीजको तिनीहरूलाई केही विचारै छैन, तिनीहरूले शुद्ध र अशुद्धको बीचमा केही भिन्नता छैन भनी सिकाएका छन्। तिनीहरूले मेरा शबाथहरू मान्नलाई आँखा चिम्म गरेका छन्, फलस्वरूप तिनीहरूका बीचमा म अपमानित हुन्छु।
27
त्यसमा भएका त्यसका अधिकारीहरू आफ्नो शिकार फहराउने ब्वाँसाहरूजस्ता छन्। तिनीहरूले बेईमानीसित नाफा कमाउनलाई रगत बगाएर मानिसहरूलाई मार्छन्।
28
त्यसका अगमवक्ताहरूले असत्य दर्शन देखेर र झूटा जोखना हेरेर ती कुकर्महरूलाई चूनले पोतेझैँ छोप्छन्। परमप्रभुले केही भन्नु नहुँदा पनि ‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ’ भनी तिनीहरू भन्छन्।
29
देशका मानिसहरूचाहिँ जबरजस्तीसँग लिने र चोरी गर्ने गर्छन्। तिनीहरूले गरीब र दरिद्रहरूमाथि थिचोमिचो गर्छन्, र न्यायलाई इन्कार गरेर विदेशीहरूसँग दुर्व्यवहार गर्छन्।
30
“पर्खाल निर्माण गरिदिने र देश मद्वारा नष्ट नहोस् भनी देशको लागि मेरो सामुन्ने धाँदोमा उभिदिने एक जना मानिस तिनीहरूका बीचमा मैले हेरें, तर मैले कोही पनि पाइनँ।
31
त्यसकारण तिनीहरूले गरेका सबै काम तिनीहरूकै थाप्लोमा ल्याएर मेरो जल्दो रीसले म तिनीहरूलाई भस्म पार्नेछु, परमप्रभु परमेश्वर भन्नुहुन्छ।”
← Chapter 21
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 23 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48