bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Ezekiel 45
Ezekiel 45
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 44
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 46 →
1
“‘जब तिमीहरूले उत्तराधिकारको निम्ति देश बाँड़ेर दिन्छौ, तब तिमीहरूले त्यसबाट परमप्रभुको निम्ति २५,००० हात लामो र २०,००० हात चौड़ा भएको एक भाग पवित्र जिल्ला हुनलाई अलगै उपहार दिनू। त्यो जम्मै क्षेत्र पवित्र हुनेछ।
2
यसबाट लमाइ र चौड़ाइ दुवै ५०० हात भएको एउटा भाग पवित्रस्थानको निम्ति हुनेछ। त्यसका चारैतिर पचास हात चौड़ा एउटा खुला ठाउँ होस्।
3
त्यही पवित्र जिल्लामा २५,००० हात लामो र १०,००० हात चौड़ा एउटा ठाउँ नाप्नू। त्यहाँ पवित्रस्थान र महा-पवित्रस्थान हुनेछन्।
4
यो ठाउँचाहिँ पवित्रस्थानमा परमप्रभुको सेवा गर्दा परमप्रभुको नजिक आउने पूजाहारीहरूका निम्ति देशको एउटा पवित्र भाग होस्। यो तिनीहरूका घरहरूका निम्ति जग्गा र पवित्रस्थानको निम्ति पनि एउटा पवित्र ठाउँ हुनेछन्।
5
२५,००० हात लामो र १०,००० हात चौड़ा भएको एउटा क्षेत्र मन्दिरको सेवा गर्ने लेवीहरूको हुनेछ। त्यो तिनीहरू बस्ने नगरहरूका निम्ति एउटा निजी अधिकार हुनेछन्।
6
“‘तिमीहरूले ५,००० हात चौड़ा र २५,००० हात लामो भएको, र पवित्र भागको छेउमा भएको एउटा क्षेत्र सहरलाई त्यसको जग्गाजमिनको रूपमा दिनू। योचाहिँ इस्राएलको सारा घरानाको निम्ति हुनेछ।
7
पवित्र जिल्ला र सहरको जग्गाजमिनका हरेक किनारको जमिनचाहिँ राजकुमारको हुनेछ। त्यो पश्चिमपट्टिबाट पश्चिमतिरै र पूर्वपट्टिबाट पूर्वतिरै फैलेको हुनेछ। कुल-कुलका भागहरूमध्ये एउटाको समानान्तर भएर पश्चिम सिमानादेखि पूर्व सिमानासम्म फैलिएर गएको तिनको भाग हुनेछ।
8
यो जग्गाचाहिँ इस्राएलमा तिनको निजी अधिकार हुनेछ। अनि मेरा राजकुमारहरूले मेरो प्रजालाई फेरि कहिल्यै अत्याचार गर्नेछैनन्, तर तिनीहरूले इस्राएलका घरानालाई तिनीहरूका कुल-कुलअनुसार जग्गाजमिन अधिकार गर्नलाई अनुमति दिनेछन्।
9
“‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: हे इस्राएलका राजकुमार हो! बस, तिमीहरूले अति नै गर्यौ! तिमीहरूका उपद्रव र अत्याचार त्यागिदेओ, र जो न्यायसङ्गत र ठीक छ त्यही गर। आफ्नो अधिकारको ठाउँबाट मेरो प्रजालाई निष्कासन गर्न छोड़िदेओ, परमप्रभु परमेश्वर भन्नुहुन्छ।
10
तिमीहरूले ठीक-ठीक तौलका ढक र तराजू प्रयोग गर्नुपर्छ। तिमीहरूका एपा र बाथ पनि ठीक-ठीक नापका होऊन्।
11
एपा र बाथका नाप एकसमान होस्, अर्थात् होमेरको दशांश भाग। दुवैको लागि होमेरचाहिँ सैद्धान्तिक नाप होस्।
12
तिमीहरूका शेकेलको तौल बीस गेराको होस्। दश, पच्चीस र पन्ध्र शेकेल जोड़ेर तिमीहरूको मीना होस्।
13
“‘तिमीहरूले चढ़ाउनुपर्ने विशेष भेटी यही हो: गहूँ र जौको हरेक होमेरबाट एपाको छैटौँ भाग।
14
तेलको निम्ति तोकिएको हिस्साचाहिँ हरेक कोरबाट बाथको दशौँ भाग हो। (एक कोरमा दश बाथ, अर्थात् एक होमेर हुन्छ।)
15
इस्राएलका खर्कहरूमा राम्रो दाना-पानी पाएका हरेक दुई सय बगालबाट एउटा भेड़ो लिइओस्। मानिसहरूका लागि प्रायश्चित गर्नलाई अन्नबलि, होमबलि र मेलबलिको निम्ति यी प्रयोग गरून्, परमप्रभु परमेश्वर भन्नुहुन्छ।
16
इस्राएलमा राजकुमारले प्रयोग गरिने विशेष उपहारमा देशका सबै मानिसहरूले भाग लिनेछन्।
17
विभिन्न चाड़हरू, औंसीका चाड़हरू, शबाथ-दिनहरू— अर्थात् इस्राएलका घरानाका सबै तोकिएका चाड़हरूमा चढ़ाउनलाई होमबलि, अन्नबलि र अर्घ-बलि जुटाइदिने कर्तव्य राजकुमारको नै हुनेछ। इस्राएलका घरानाको निम्ति प्रायश्चित गर्नलाई चाहिने पापबलि, अन्नबलि, होमबलि र मेलबलिहरू तिनले नै जुटाउनुपर्नेछ।
18
“‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: ‘पहिलो महिनाको पहिलो दिनमा तिमीहरूले एउटा निष्खोट बाछो लिएर पवित्रस्थानलाई शुद्ध गर्नुपर्छ।
19
पूजाहारीले पापबलिको केही रगत लिएर मन्दिरका ढोकाका खामाहरू, वेदीको माथिल्लो बिटका चारै कुनाहरू र भित्री चोकका ढोकाका खामाहरूमा लगाउनुपर्छ।
20
कसैले विचार नगरीकन अथवा अजानमा पाप गरेको छ भने, महिनाको सातौँ दिनमा तिमीहरूले त्यसै गर्नुपर्छ। यसरी मन्दिरको निम्ति तिमीहरूले प्रायश्चित गर्नुपर्छ।
21
“‘पहिलो महिनाको चौधौँ दिनमा तिमीहरूले सात दिनसम्म मानिने निस्तार-चाड़ मान्नुपर्छ। त्यस बेला तिमीहरूले अखमिरी रोटी खानुपर्छ।
22
त्यस दिन राजकुमारले आफ्नो निम्ति र देशका सबै मानिसहरूका निम्ति पापबलिको लागि एउटा साँढ़े जुटाउनुपर्छ।
23
चाड़का सातै दिनसम्म तिनले दिनहुँ परमप्रभुको निम्ति सात वटा निष्खोट साँढ़े र सात वटा निष्खोट भेड़ा होमबलि गरी र दिनहुँ एउटा-एउटा बोका पापबलि गरी चढ़ाउनुपर्छ।
24
हरेक साँढ़े र भेड़ाको साथ तिनले एक एपा अन्नबलि स्वरूप चढ़ाउनुपर्छ, र हरेक एपाको साथ एक हीन तेल चढ़ाउनुपर्छ।
25
“‘सातौँ महिनाको पन्ध्रौँ दिनदेखि लिएर सात दिनसम्म तिनले पापबलि, होमबलि र अन्नबलिका निम्ति त्यही थोक जुटाउनुपर्छ’।”
← Chapter 44
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 46 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48