bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Ezekiel 11
Ezekiel 11
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 10
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 12 →
1
तब आत्माले मलाई उठाएर परमप्रभुका भवनको पूर्वतिरको प्रवेशद्वारमा ल्याउनुभयो। त्यहाँ प्रवेशद्वारको मुखैमा पच्चीस जना मानिसहरू थिए। तिनीहरूमध्ये मैले मानिसहरूका अगुवाहरू, अज्जूरका छोरा याजन्याह र बनायाहका छोरा पलत्याहलाई देखें।
2
तब परमप्रभुले मलाई भन्नुभयो, “हे मानिसको छोरो, यी ती नै मानिसहरू हुन्, जसले यस सहरमा दुष्ट्याइँ गर्न षड्यन्त्र रच्दछन् र दुष्ट सल्लाह दिँदछन्।
3
तिनीहरू भन्छन्, ‘घरहरू निर्माण गर्ने समय चाँड़ै आउँदैन र? यो सहर कराही हो, हामीहरूचाहिँ मासु हौं’।
4
यसैकारण हे मानिसको छोरो, तिनीहरूका विरुद्धमा अगमवाणी भन्, अगमवाणी भन्!”
5
तब परमप्रभुका आत्मा ममाथि आउनुभयो, र उहाँले मलाई यसो भन्न लाउनुभयो: “परमप्रभु यसो भन्नुहुन्छ: हे इस्राएलका घराना, तिमीहरू त त्यस्तै छौ भनी भन्दैछौ, तर तिमीहरूका मनमा आउने विचारहरू म जान्दछु।
6
तिमीहरूले यस सहरमा धेरै मानिसहरूलाई मारेका छौ, र यसका गल्लीहरू मारिएका मानिसहरूका लाशले भरिदिएका छौ।
7
“यसकारण परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: तिमीहरूले मारेर त्यहाँ फ्याँकेका शरीरहरू मासु हुन्, र यो सहरचाहिँ कराही हो। तर तिमीहरूलाई यसका बीचबाट म बाहिर खेदिपठाउनेछु।
8
तिमीहरू तरवारदेखि डराउँछौ, तर म तिमीहरूका विरुद्धमा तरवार ल्याउनेछु, परमप्रभु परमेश्वर भन्नुहुन्छ।
9
म सहरको बीचबाट तिमीहरूलाई खेदेर बाहिर निकाल्नेछु, र तिमीहरूलाई विदेशीहरूका हातमा सुम्पिदिनेछु र तिमीहरूलाई दण्ड दिनेछु।
10
तिमीहरू तरवारले ढल्नेछौ, अनि इस्राएलको सिमानामा म तिमीहरूको न्याय गर्नेछु। तब म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्नेछौ।
11
यो सहर तिमीहरूका लागि एउटा कराही हुनेछैन, न त तिमीहरू त्यसभित्र मासु हुनेछौ। म तिमीहरूको न्याय इस्राएलको सिमानामा गर्नेछु।
12
अनि म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्नेछौ, किनकि तिमीहरू मेरा विधिहरूमा हिँड़ेका छैनौ, न त मेरा नियमहरू तिमीहरूले पालन गरेका छौ, तर तिमीहरूका वरिपरि भएका जाति-जातिहरूका चालबमोजिम तिमीहरू चलेका छौ।”
13
जब मैले अगमवाणी भनिरहेको थिएँ, तब बनायाहका छोरा पलत्याह मरे, तब घोप्टो परेर मैले चर्को सोरमा कराएर भनें, “हाय, परमप्रभु परमेश्वर! के इस्राएलका बचेकाहरूलाई तपाईंले सम्पूर्ण रूपले सर्वनाश गर्नुहुन्छ?”
14
त्यसपछि परमप्रभुको यो वचन मकहाँ आयो:
15
“हे मानिसको छोरो, तेरा दाजुभाइहरू— तेरा दाजुभाइहरू जो तेरा रगतका आफन्तहरू र इस्राएलका सारा घराना— यी सबै ती नै हुन्, जसका विषयमा यरूशलेमका बासिन्दाहरूले यसो भनेका थिए, ‘यिनीहरू परमप्रभुदेखि टाढ़ा भएका छन्। यो देश हामीलाई अधिकार गर्न दिइएको थियो’।
16
“यसकारण यसो भन्, ‘परमप्रभु परमेश्वर भन्नुहुन्छ: यद्यपि मैले तिनीहरूलाई जाति-जातिहरूका बीचमा टाढ़ा पठाएँ र तिनीहरूलाई देश-देशमा तितरबितर पारें, तिनीहरू गएका देशमा केही समयको निम्ति म तिनीहरूको शरणस्थान भएको छु’।
17
“यसकारण भन्, ‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: जाति-जातिहरूबाट म तिमीहरूलाई जम्मा गर्नेछु। जहाँ-जहाँ तिमीहरू तितरबितर भएका छौ, ती देशहरूबाट म तिमीहरूलाई फर्काएर इस्राएलको देश दिनेछु’।
18
“तिनीहरू त्यहाँ फर्किआउनेछन् र तिनीहरूले त्यहाँबाट त्यसका सबै घृणित प्रतिमाहरू र घिनलाग्दा मूर्तिहरू हटाउनेछन्।
19
अनि म तिनीहरूलाई विभक्त नहुने हृदय दिनेछु, र तिनीहरूमा एउटा नयाँ आत्मा हालिदिनेछु। म तिनीहरूबाट ढुङ्गाको हृदय निकालेर मासुको हृदय हालिदिनेछु।
20
तब तिनीहरू मेरा विधिहरूमा चल्नेछन्, र मेरा नियमहरू पालन गर्न होशियार हुनेछन्, र तिनीहरू मेरा प्रजा हुनेछन्, अनि म तिनीहरूका परमेश्वर हुनेछु।
21
तर आफ्ना घृणित प्रतिमाहरू र घिनलाग्दा मूर्तिहरूलाई भक्ति गर्ने हृदय भएकाहरूलाई चाहिँ म तिनीहरूका कामहरूको प्रतिफल तिनीहरूकै शिरमा खन्याइदिनेछु, परमप्रभु परमेश्वर भन्नुहुन्छ।”
22
तब छेउमा पाङ्ग्राहरू भएका ती करूबहरूले आफ्ना पखेटा फैलाए। अनि इस्राएलका परमेश्वरको महिमा तिनीहरूका मास्तिर थियो।
23
सहरको बीचबाट परमप्रभुको महिमा उँभो गयो, र पर्वतमाथि त्यो अड़ियो, जो सहरको पूर्वपट्टि थियो।
24
तब आत्माले मलाई माथि उठाउनुभयो, र परमेश्वरका आत्माद्वारा दिइएको दर्शनमा बेबिलोनियामा निर्वासित भएकाहरूकहाँ उहाँले मलाई ल्याउनुभयो। तब मैले देखेको त्यो दर्शन मबाट मास्तिर गइहाल्यो।
25
अनि परमप्रभुले मलाई देखाउनुभएका सबै कुरा मैले निर्वासित भएकाहरूलाई बताएँ।
← Chapter 10
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 12 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48