bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Ezekiel 30
Ezekiel 30
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 29
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 31 →
1
परमप्रभुको यो वचन मकहाँ आयो:
2
“हे मानिसको छोरो, यो अगमवाणी गरेर भन्: ‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: “‘विलाप गर्, र भन्, “हाय! त्यो दिन।”
3
किनकि त्यो दिन नजिकै छ, परमप्रभुको दिन नजिकै छ— बादल लागेको दिन, जाति-जातिहरूका अन्त्यको दिन त्यो हुनेछ।
4
मिश्रदेशमाथि एउटा तरवार आउनेछ, र कूश देशमा पनि सङ्कष्ट आइपर्नेछ। जब मिश्रदेशमा मारिएका मानिसहरू जमिनमा ढल्नेछन्, तब त्यसका धन-सम्पत्तिहरू लगिनेछन्, र त्यसका जगहरू भत्काइनेछन्।
5
कूश, पूत, लूद र सारा अरब देश, लिबिया, र करार गरिएका देशका मानिसहरू, मिश्रदेशसँगसँगै तरवारले ढालिनेछन्।
6
“‘परमप्रभु यसो भन्नुहुन्छ: “‘मिश्रदेशका मित्रराष्ट्रहरूचाहिँ पतन हुनेछन्, त्यसको घमण्डी शक्तिको पतन हुनेछ। मिग्दोलदेखि आश्वानसम्मै त्यसभित्र भएका सबै तरवारले ढालिनेछन्, परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ।
7
उजाड़ भएका देशहरूका माझमा तिनीहरू उजाड़ हुनेछन्, र त्यसका सहरहरू भग्नावशेष भएका सहरहरूका बीचमा पड़िरहनेछन्।
8
जब म मिश्रदेशमा आगो लगाइदिनेछु, र त्यसका सबै सहायकहरू चकनाचूर हुनेछन्, तब तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछन्।
9
“‘त्यस दिन सन्तुष्टसँग बसेका कूशीहरूलाई तर्साउने खबर दिनलाई मकहाँबाट समाचारवाहकहरू जानेछन्। मिश्रदेशको अन्त्यको दिनमा तिनीहरूलाई त्रास हुनेछ, किनभने त्यो निश्चय नै आइपर्नेछ।
10
“‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: “‘म बेबिलोनको राजा नबूकदनेसरको हातद्वारा मिश्रदेशका सैन्य-दलहरूलाई अन्त्य गरिदिनेछु।
11
त्यो र त्यसको सेना जाति-जातिहरूमा सबैभन्दा क्रूर तिनीहरू सर्वनाश गर्नलाई ल्याइनेछन्। तिनीहरूले आफ्ना तरवार मिश्रदेशको विरुद्धमा थुत्नेछन्, र तिनीहरूले मृतकहरूले देश भरिदिनेछन्।
12
म नील नदीका पानीहरू सुकाइदिनेछु, र म त्यस देशलाई दुष्ट मानिसहरूका हातमा बेचिदिनेछु। त्यो देश र त्यसमा भएका सारा थोकहरूलाई म विदेशीहरूका हातद्वारा उजाड़ पारिदिनेछु। म परमप्रभुले यो भनेको हुँ।
13
“‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: “‘म मूर्तिहरूको सर्वनाश गरिदिनेछु, र नोपमा भएका प्रतिमाहरूको अन्त्य गरिदिनेछु। मिश्रदेशमा फेरि कहिल्यै राजकुमार हुनेछैन, र यसरी म देशमा डर फैलाइदिनेछु।
14
माथिल्लो मिश्रलाई म उजाड़ पारिदिनेछु, सोअनमा आगो लगाइदिनेछु, नो सहरलाई म दण्ड दिनेछु।
15
म मिश्रदेशको किल्ला, पेलुसियममाथि मेरो क्रोध खन्याउनेछु, र नो सहरका सैन्य-दलहरूलाई नष्ट पार्नेछु।
16
म मिश्रदेशमा आगो लगाइदिनेछु, र पेलुसियम पीडाले छटपटिनेछ, नो सहरका पर्खालहरूमा धाँदा पारिनेछन्, नोपचाहिँ निरन्तर कष्टमा परिरहनेछ।
17
हेलीओपोलिस र बुबास्तीसका जवान मानिसहरू तरवारद्वारा मारिनेछन्, र सहरहरू स्वयम् कैदमा पर्नेछन्,
18
तहपनेसमा जब म मिश्रदेशको जुवा भाँचिदिनेछु, तब त्यो दिन अँध्यारो हुनेछ, र त्यसको घमण्डी शक्तिको अन्त्य हुनेछ। त्यो बादलहरूले ढाकिनेछ, र त्यसका गाउँहरू कैदमा पर्नेछन्।
19
यसरी म मिश्रदेशलाई दण्ड दिनेछु, र तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछन्’।”
20
एघारौँ वर्षको पहिलो महिनाको सातौँ दिनमा परमप्रभुको यो वचन मकहाँ आयो:
21
“हे मानिसको छोरा, मैले मिश्रदेशको राजा फारोको हात भाँचिदिएको छु। निको भई बलियो भएर फेरि तरवार चलाउनलाई मलहमपट्टीले त्यो बाँधिएको छैन।
22
यसकारण परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: म मिश्रदेशको राजा फारोको विरुद्धमा छु। म त्यसका हातहरू भाँचिदिनेछु, राम्रो र भाँचिएको दुवै, अनि म त्यसको तरवार त्यसको हातबाट खसाइदिनेछु।
23
म मिश्रीहरूलाई जाति-जातिहरूका बीचमा छरपष्ट पारिदिनेछु, र तिनीहरूलाई देश-देशमा तितरबितर पारिदिनेछु।
24
म बेबिलोनको राजाका हात शक्तिशाली बनाइदिनेछु, र मेरो तरवार त्यसको हातमा दिनेछु। तर म फारोका हात भाँचिदिनेछु, र त्योचाहिँ त्यसको अगि मरणान्त चोट लागेको मानिसझैँ पीडाले कराउनेछ।
25
म बेबिलोनको राजाका हात शक्तिशाली बनाइदिनेछु, तर फारोका हात निर्बल हुनेछन्। जब म बेबिलोनका राजाको हातमा मेरो तरवार दिनेछु, र त्यसले त्यो मिश्रदेशको विरुद्धमा चलाउनेछ, तब तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछन्।
26
म मिश्रीहरूलाई जाति-जातिहरूका बीचमा छरपष्ट पारिदिनेछु, र तिनीहरूलाई देश-देशहरूमा तितरबितर पारिदिनेछु। तब तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछन्।”
← Chapter 29
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 31 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48