bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Ezekiel 16
Ezekiel 16
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 15
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 17 →
1
परमप्रभुको यो वचन मकहाँ आयो:
2
“हे मानिसको छोरो, यरूशलेमलाई त्यसका घिनलाग्दा व्यवहारहरू जनाइदे,
3
र त्यसलाई भन्, ‘यरूशलेमलाई परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: तेरो पुर्ख्यौली र तेरो जन्म कनानीहरूको देशमा भएको हो। तेरो बुबा एक एमोरी थियो, र तेरी आमाचाहिँ हित्तीनी थिई।
4
जन्मँदा कसैले पनि तेरो नाभि काटेन, न त तँलाई सफा गर्नलाई पानीले नुहाइदियो। कसैले तेरो शरीर नूनले दलेन। कसैले तँलाई लुगाले बेह्रेन।
5
यी सबै काम गर्न कसैले तँमाथि टिठ्याएर दया देखाएन। बरु तँ जन्मँदा घृणित वस्तुझैँ तँ बाहिर मैदानमा फालिइस्।
6
“‘तब म तेरो छेउबाट भएर जाँदा मैले तँलाई तेरो रगतमा लट्पटिरहेको देखें, र रगतमा लट्पटिएकै अवस्थामा मैले तँलाई भनें, “तँ बाँच्।”
7
“मैदानको बोटजस्तै मैले तँलाई बढ्न लगाएँ। अनि तँ बढ़ेर ठूलो भइस्, र सबैभन्दा सुन्दर रत्न भएर तँ तरुणी भइस्। तेरा स्तन पनि बनिए, र तेरो कपाल लामो भयो, तँ, जो अघि नाङ्गै र वस्त्रविहीन थिइस्।
8
“‘त्यसपछि म तेरो छेउबाट भएर जाँदा मैले तँलाई प्रेम गर्ने अवस्थामा पुगेकी देखें। तब मैले मेरो वस्त्रको छेउ तँमाथि ओढ़ाएर तेरो नग्नता ढाकिदिएँ। मैले तँसित बाचा बाँधें र करार पनि गरें, र तँ मेरो भइस्, परमप्रभु परमेश्वर भन्नुहुन्छ।
9
“‘मैले तँलाई पानीले नुहाएर तेरो रगत धोइदिएँ, र तँलाई मलहम लगाइदिएँ।
10
त्यसपछि तँलाई बुट्टादार वस्त्र पहिराइदिएँ, र तेरो खुट्टामा छालाका जुत्ता लगाइदिएँ। मैले तँलाई मलमलको कपड़ा पहिराइदिएँ, र दामी-दामी लुगाले तँलाई ढाकें।
11
मैले तँलाई गरगहनाले आभूषित गरें, तेरा हातमा चुरा लगाइदिएँ, तेरो गलामा सिक्री पहिराइदिएँ।
12
मैले तेरो नाकमा नत्थ लगाइदिएँ र कानमा लुर्का लगाइदिएँ, तेरो शिरमा सुन्दर शिरपेच लगाइदिएँ।
13
यसरी तँ सुन र चाँदीले आभूषित भइस्, अनि तेरा वस्त्र मलमलको कपड़ा, र दामी बुट्टादार कपड़ाका भए। तेरो खानेकुरो मसिनो पीठो, मह र भद्राक्षको तेल थिए। तँ अत्यन्तै सुन्दरी भएर बढ़िस्, र रानी हुने योग्यकी तँ भइस्।
14
तेरो सौन्दर्यले गर्दा तेरो ख्याति जाति-जातिहरूका बीचमा फैलियो, किनभने मैले तँलाई दिएको गौरवको कारण तेरो सौन्दर्य कलङ्करहित थियो, परमप्रभु परमेश्वर भन्नुहुन्छ।
15
“‘तर तैंले आफ्नो सौन्दर्यमा भरोसा राखिस् र तेरो ख्याति फिँजाएर तँ एक वेश्या भइस्। तेरो छेउबाट भएर जाने जोसुकैलाई पनि तैंले आफ्नो निगाह राखिस् र तेरो सौन्दर्य त्यसैको भयो।
16
आफ्नो केही वस्त्र लिएर तैंले राम्ररी सिङ्गारिएका डाँड़ाका थानहरू बनाइस्, र त्यहीँ नै तैंले आफ्नो वेश्यावृत्ति गर्न लागिस्। त्यस्तो त अघि कहिल्यै हुनु नपर्ने न त पछि हुनुपर्नेथियो।
17
मैले तँलाई दिएको सुनचाँदीको तेरो सुन्दर-सुन्दर रत्नहरूबाट तैंले आफ्नो निम्ति पुरुष-मूर्तिहरू बनाएर तीसित वेश्यावृत्ति गरिस्।
18
तैंले आफ्ना बुट्टादार कपड़ाहरू तिनीहरूलाई ढाक्न लगिस्, र मेरो तेल र धूप तिनीहरूका अगि चढ़ाइस्।
19
मैले तँलाई खानेकुरा पनि जुटाइदिएँ— मसिनो पीठो, मह र भद्राक्षको तेल तँलाई खानलाई दिएँ, तर तैंले ती तिनीहरूका अगि सुगन्धित बास्ना हुनलाई चढ़ाइस्। त्यसै नै भयो, परमप्रभु परमेश्वर भन्नुहुन्छ।
20
“‘अनि तैंले मेरो निम्ति जन्माएका तेरो छोराछोरीहरूलाई लगेर मूर्तिहरूका लागि खानेकुरा स्वरूप बलिदान चढ़ाइस्। के तेरो वेश्यावृत्ति नै यथेष्ट थिएन र?
21
तैंले मेरा छोराछोरीहरूलाई मारेर ती मूर्तिहरूका निम्ति बलि चढ़ाइस्।
22
तेरा यी सबै घृणित काम र वेश्यावृत्तिमा तैंले आफ्नो युवावस्थाका दिनहरू सम्झिनस्— तब तँ नाङ्गो, वस्त्रहीन र आफ्नो रगतमा लट्पटिएकी थिइस्।
23
“‘धिक्कार! धिक्कार तँलाई! परमप्रभु परमेश्वर भन्नुहुन्छ। तेरा यी सबै दुष्टतासँगसँगै
24
तैंले आफ्नो निम्ति ढिस्को बनाइस् र हरेक चोकमा आफ्नो निम्ति एउटा अल्गो देवता-थान बनाइस्।
25
हरेक गल्लीको मोड़मा तैंले आफ्ना देवता-थानहरू निर्माण गरिस्, र त्यहाँबाट जाने कसैलाई पनि आफ्नो शरीर सुम्पँदै तैंले आफ्नो वेश्यावृत्ति बढ़ाइस् र तेरो सौन्दर्यलाई भ्रष्ट पारिस्।
26
तेरा कामाशक्त मिश्री छिमेकीहरूसित पनि तैंले वेश्यावृत्ति गरिस्, र आफ्नो वेश्यावृत्ति बढ़ाएर मलाई रीस उठाइस्।
27
यसैले मैले मेरो हात तेरो विरुद्धमा पसारें र तेरो इलाका हटाइदिएँ। मैले तँलाई तेरा शत्रुहरू, भ्रष्टाचरण भएका पलिश्तीहरूका लोभको शिकार हुनलाई सुम्पिदिएँ। उनीहरू पनि तेरो भ्रष्टाचरण देखेर छक्क परे।
28
तैंले अश्शूरीहरूसित पनि वेश्यावृत्ति गरिस्, किनभने तँ अतृप्त थिइस्। त्यसपछि पनि तँ सन्तुष्ट भइनस्।
29
व्यापार गर्ने देश बेबिलोनियामा पनि तैंले तेरो वेश्यावृत्ति बढ़ाइस्, तर यसले पनि त सन्तुष्ट भइनस्।
30
“‘यसैले परमप्रभु परमेश्वर भन्नुहुन्छ: तँ कस्तो कमजोर हृदयकी छेस्, जब तँ यी सबै काम— एक निर्लज्ज वेश्याका कामजस्तै गर्छेस्।
31
हरेक गल्लीको मोड़मा आफ्ना ढिस्का र हरेक चोकमा आफ्ना देवता-थानहरू तैंले निर्माण गरिस्, तँ वेश्याजस्तै थिइनस्, किनभने तैंले ज्यालालाई घृणा गरिस्।
32
“‘तँ व्यभिचारी पत्नी, आफ्नो पतिको सट्टामा बिरानाहरूलाई रुचाउँछेस्!
33
मानिसहरूले त सबै वेश्याहरूलाई ज्याला दिन्छन्, तर तैंले चाहिँ उल्टो आफ्ना सबै नाठाहरूलाई पो उपहार दिन्छेस्। तिनीहरू चारैतिरबाट आएर तँसित व्यभिचार गर्नलाई घूस पो दिन्छेस्।
34
यसैले आफ्नो वेश्यावृत्तिमा अरू स्त्रीहरूभन्दा तँचाहिँ भिन्दै भइस्। तेरो निगाहको लागि कोही तेरो पछि लाग्दैन। तँ त एकदमै उल्टो पो भइस्, किनकि तँ ज्याला दिन्छेस्, तर कसैले तँलाई ज्याला दिँदैन।
35
“‘यसकारण हे वेश्या, परमप्रभुको वचन सुन्।
36
परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: तैंले तेरो धन-सम्पत्ति खर्च गरेर आफ्ना प्रेमीहरूसित लाज र नग्नता खुला पारेको कारण, र तेरा सबै घिनलाग्दा मूर्तिहरूको कारण, र तैंले तिनीहरूलाई तेरा छोराछोरीहरूको रगत चढ़ाएको कारण,
37
तँलाई मन परेका र मन नपरेका तेरा सबै प्रेमीहरू, जससँग तैंले चैन गरिस्, ती सबैलाई म भेला गर्नेछु। तेरा चारैतिर तेरो विरुद्धमा म तिनीहरूलाई भेला गर्नेछु र म तिनीहरूका अगाड़ि तेरो नग्नता उघारिदिनेछु, र तिनीहरूले तेरो नग्नता देख्नेछन्।
38
ती स्त्रीहरू जसले व्यभिचार गर्छन् र हत्या गर्छन्, तिनीहरूलाई दिने दण्ड म तँलाई दिनेछु। मेरो क्रोध र डाहको रीसको बदला तँमाथि खन्याउनेछु।
39
तब म तँलाई तेरा प्रेमीहरूका हातमा सुम्पिदिनेछु, र तिनीहरूले तेरा ढिस्काहरू भत्काउनेछन् र तेरा अल्गा देवता-थानहरू सर्वनाश पारिदिनेछन्। तिनीहरूले तेरा वस्त्रहरू फुकाएर तँलाई नाङ्गो पार्नेछन्। तिनीहरूले तेरा सुन्दर-सुन्दर गरगहनाहरू लैजानेछन्, र तँलाई नाङ्गो पारेर छोड़िदिनेछन्।
40
तिनीहरूले तेरो विरुद्धमा हूलदङ्गा गर्ने भीड़ ल्याउनेछन्, र ढुङ्गा हान्नेछन्, र तँलाई तरवारले टुक्रै-टुक्रा पार्नेछन्।
41
तिनीहरूले तेरा घरहरू जलाइदिनेछन्, र धेरै स्त्रीहरूकै नजरमा तँलाई दण्ड दिनेछन्। म तँलाई तेरो वेश्यावृत्तिदेखि रोक्नेछु, र तैंले आफ्ना नाठाहरूलाई कहिल्यै ज्याला दिनेछैनस्।
42
तब तेरो विरुद्धमा भएको मेरो क्रोध कम हुनेछ, र मेरो डाहको रीस पर हट्नेछ। म शान्त हुनेछु, र अझै रिसाउनेछैनँ।
43
“‘तैंले आफ्नो युवावस्थाका दिनलाई सम्झिनस्, तर यी सबै कामहरूद्वारा मलाई रीस उठाइस्, यसैकारण म तेरा कामहरूको प्रतिफल तेरै शिरमा खन्याइदिनेछु, परमप्रभु परमेश्वर भन्नुहुन्छ। के तेरा सबै अरू घिनलाग्दा व्यवहारहरूबाहेक तैंले आफ्नो चरित्र भ्रष्ट पारेर तेरो काम थपिनस्?
44
“‘उखान कहने हरेकले तेरो विषयमा यो उखान कहनेछ: “जस्तो आमा उस्तै छोरी।”
45
तँ आफ्नी आमाकी साँचो छोरी होस्, जसले आफ्नै पति र छोराछोरीहरूलाई घृणा गरिस्। अनि तँ तेरा दिदीहरूकी बहिनी पनि होस्, जसले आ-आफ्ना पतिहरू र छोराछोरीहरूलाई घृणा गरे। तेरी आमा एउटी हित्तीनी थिई, र तेरा बुबा एक जना एमोरी थियो।
46
तेरी दिदी सामरिया थिई, जो तेरो उत्तर दिशामा आफ्ना छोरीहरूसित बस्थी। तेरी बहिनीचाहिँ सदोम थिई, जो तेरो दक्षिणमा आफ्ना छोरीहरूसित बस्थी।
47
तँ तिनीहरूका चालमा मात्र चलिनस् र तिनीहरूका घिनलाग्दा व्यवहारहरू मात्र गरिनस् तर तँचाहिँ त थोरै समयमा नै आफ्ना सबै चालमा तिनीहरूभन्दा पनि अझ भ्रष्ट भइस्।
48
जस्तो म जीवित छु, परमप्रभु परमेश्वर भन्नुहुन्छ, तैंले र तेरा छोरीहरूले गरेझैँ त तेरी बहिनी सदोम र त्यसका छोरीहरूले कहिल्यै गरेका छैनन्।
49
“‘अब तेरी बहिनी सदोमको पापचाहिँ यही थियो: त्यो र त्यसका छोरीहरू हठी थिए, पेटभरि खान्थे र लापरवाहीमा बस्थे। तिनीहरूले दरिद्रहरूलाई सहायता गरेनन्।
50
तिनीहरू अहङ्कारी थिए, र मेरो सामुन्ने घिनलाग्दा काम गरे। यसकारण मैले तिनीहरूलाई सर्वनाश गरें— त्यो तैंले देखेकै छेस्।
51
सामरियाले त तैंले गरेको पापभन्दा आधा पनि गरिन। तिनीहरूले भन्दा तैंले ज्यादै घिनलाग्दा काम गरेकी छस्, र तैंले गरेका यी सबै कामहरूद्वारा तैंले तेरा दिदी-बहिनीहरूलाई धर्मी देखिने तुल्याएकी छस्।
52
तैंले तेरो आफ्नो बेइज्जत भोग्, किनभने तैंले तेरा दिदीबहिनीहरूलाई निर्दोष देखिने तुल्याइस्। तिनीहरूका पापभन्दा तेरा पाप झन् दूषित भएकाले तिनीहरू तँभन्दा अझ धर्मी देखिन्छन्। यसैले शरममा परेर आफ्नो बेइज्जत भोग्, किनकि तैंले तेरा दिदीबहिनीहरूलाई धर्मी देखिने तुल्याएकी छस्।
53
“‘तापनि म सदोम र त्यसका छोराछोरीहरूको सुख-शान्ति फर्काइदिनेछु, र तिनीहरूको साथै तेरो सुख-शान्ति पनि फर्काइदिनेछु,
54
ताकि तिनीहरूलाई सान्त्वना दिनलाई आफूले गरेका सबै कामका निम्ति तैंले आफ्नो शर्म भोग्नुपरोस्।
55
तेरा दिदी-बहिनीहरू, अर्थात् सदोम आफ्ना छोराछोरीहरूसमेत, र सामरिया आफ्ना छोराछोरीहरूसमेत आफ्नो पहिलेको अवस्थामा फर्कनेछन्, र तँ पनि तेरा छोरीहरूसमेत आफ्नो पहिलेको अवस्थामा फर्कनेछस्।
56
तेरो अहङ्कारको दिनमा तेरो दुष्ट्याइँ प्रकट हुन अघि तेरी बहिनी सदोमको नाउँ पनि तैंले उल्लेख गर्दिनथिस्।
57
त्यसो भए तापनि तँलाई तुच्छ ठान्ने तेरा चारैतिरका मानिसहरू— ती नै एदोमका छोरीहरू र त्यसका सबै छिमेकीहरू र पलिश्तीहरूका छोरीहरूले तँलाई गिल्ला गर्दैछन्।
58
तैंले व्यभिचार र घृणित व्यवहारको प्रतिफल पाउनेछस्, परमप्रभु भन्नुहुन्छ।
59
“‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: तैंले व्यवहार गरेअनुसार म तँसित व्यवहार गर्नेछु, किनभने तैंले करार भङ्ग गरेर मेरो भाकललाई तुच्छ ठानेकी छस्।
60
तापनि तेरो जवानीको दिनमा तँसित गरेको मेरो करारलाई सम्झेर म तँसित सदासर्वदाको करार बाँध्नेछु।
61
तब तैंले आफ्ना चालहरू सम्झनेछस् र लज्जित भएर तेरा दिदी-बहिनीहरू दुवैलाई ग्रहण गर्नेछस्। म तेरा छोराछोरीहरूलाई जस्तै म तिनीहरू तँलाई दिनेछु, तर तँसित बाँधेको करारको कारणले त होइन।
62
यसरी म तँसित मेरो करार बाँध्नेछु, र तैंले जान्नेछस् कि म नै परमप्रभु हुँ।
63
जब तैंले गरेका सबै कामका निम्ति म प्रायश्चित गर्छु, तब तैंले सम्झनेछस्, र तँ लज्जित हुनेछस्, अनि तेरो अपमानित अवस्थाको कारणले तैंले आफ्नो मुख फेरि कहिल्यै उघार्नेछैनस्, परमप्रभु परमेश्वर भन्नुहुन्छ।
← Chapter 15
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 17 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48