bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Ezekiel 48
Ezekiel 48
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 47
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
1
“नाउँ-नाउँको सूचीअनुसार कुलहरू यी नै हुन्: उत्तरको सिमानामा दानको एक भाग हुनेछ। त्यो हेतलोनको बाटो भएर लेबो-हमाततिर जानेछ। हसर-एनान र हमातको छेउमा भएको दमस्कसको उत्तरी सिमानाचाहिँ त्यसको सिमानाको पूर्वदेखि पश्चिमतिर एक भाग हुनेछ।
2
“पूर्वदेखि पश्चिमतिर दानको सिमानासम्मै छोएको आशेरको एक भाग।
3
“पूर्वदेखि पश्चिमतिर आशेरको सिमानासम्मै छोएको नप्तालीको एक भाग।
4
“पूर्वदेखि पश्चिमतिर नप्तालीको सिमानासम्मै छोएको मनश्शेको एक भाग।
5
“पूर्वदेखि पश्चिमतिर मनश्शेको सिमानासम्मै छोएको एफ्राइमको एक भाग।
6
“पूर्वदेखि पश्चिमतिर एफ्राइमको सिमानासम्मै छोएको रूबेनको एक भाग।
7
“पूर्वदेखि पश्चिमतिर रूबेनको सिमानासम्मै छोएको यहूदाको एक भाग।
8
“पूर्वदेखि पश्चिमतिर यहूदाको सिमानासम्मै छोएको तिमीहरूले छुट्ट्याएको एक विशेष भाग उपहार स्वरूप तिमीहरूले दिनुपर्छ। त्यसको चौड़ाइ २५,००० हात हुनेछ, र त्यसको लमाइ पूर्वदेखि पश्चिमसम्म अरू कुललाई दिएको भागजत्तिकै हुनेछ। पवित्रस्थानचाहिँ त्यसको बीचमा हुनेछ।
9
“परमप्रभुलाई तिमीहरूले दिने विशेष भागचाहिँ २५,००० हात लामो र १०,००० हात चौड़ा हुनेछ।
10
योचाहिँ पूजाहारीहरूका निम्ति एउटा पवित्र भाग हुनेछ। यो भाग उत्तरपट्टि २५,००० हात, पश्चिमपट्टि १०,००० हात, पूर्वपट्टि १०,००० हात र दक्षिणपट्टि २५,००० हात हुनेछ। परमप्रभुको पवित्रस्थानचाहिँ त्यसको बीचमा हुनेछ।
11
त्योचाहिँ अर्पण गरिएका पूजाहारीहरूका निम्ति हुनेछ, अर्थात् सादोकीहरू, जसले ईमानदारीपूर्वक मेरो सेवा गरे, इस्राएलीहरू बरालिएर जाँदा जब लेवीहरू पनि बरालिएका थिए, तब ती पूजाहारीहरू तिनीहरूसित बरालिएनन्।
12
देशको पवित्र भागबाट, लेवीहरूको इलाका छोएको अति पवित्र भाग तिनीहरूका निम्ति एउटा विशेष उपहार हुनेछ।
13
“पूजाहारीहरूका सिमानाको छेउमा लेवीहरूको भाग हुनेछ। त्यो २५,००० हात लामो र १०,००० हात चौड़ा हुनेछ। त्यसको जम्मा लमाइ २५,००० हात र त्यसको चौड़ाइ १०,००० हात हुनेछ।
14
तिनीहरूले त्यो बेच्नु अथवा साट्नुहुँदैन। देशको यो सबैभन्दा असल जग्गा हो, र यो कसैलाई दिनुहुँदैन, किनभने यो परमप्रभुको निम्ति पवित्र छ।
15
“जग्गाको बाँकी भाग, ५,००० हात चौड़ा र २५,००० हात लामोचाहिँ, सहरका जुनसुकै कामको लागि, घरहरू र चरनहरूका लागि पनि हुनेछ। सहर त्यसको बीचमा हुनेछ।
16
त्यो जग्गाको लमाइ र चौड़ाइ यस्ता हुनेछन्: उत्तरपट्टि ४,५०० हात, दक्षिणपट्टि ४,५०० हात पूर्वपट्टि ४,५०० हात र पश्चिमपट्टि ४,५०० हात।
17
सहरको चरनको निम्ति उत्तरपट्टि २५० हात, दक्षिणपट्टि २५० हात, पूर्वपट्टि २५० हात र पश्चिमपट्टि २५० हात हुनेछ।
18
पवित्र भागको सिमाना छोएको बाँकी क्षेत्रचाहिँ पूर्वपट्टि १०,००० हात र पश्चिमपट्टि १०,००० हात हुनेछ।
19
त्यहाँ खनजोत गर्न सहरबाट आउने ज्यामीहरू इस्राएलका सबै कुलबाट आउनेछन्।
20
त्यो जम्मै भाग चौतर्फनै २५,००० हात भएको वर्गाकार हुनेछ। सहरका जग्गाको साथ त्यस पवित्र भाग विशेष उपहार ठानेर अलग्गै राख्नू।
21
“पवित्र भाग र सहरको जग्गाबाट बनिएको क्षेत्रका दुवैपट्टिको बाँकी रहेको भागचाहिँ राजकुमारको हुनेछ। त्यो भाग पूर्वपट्टि पवित्र भागको २५,००० हात पूर्वीय सिमानातिर र पश्चिमपट्टि २५,००० हात पश्चिमी सिमानातिर फैलिनेछ। यी दुवै क्षेत्र लमाइमा कुलहरूका भाग जत्रा हुनेछन्, र ती राजकुमारका हुनेछन्। मन्दिरको पवित्रस्थानसँगै पवित्र भाग तिनका बीचमा हुनेछ।
22
यसरी राजकुमारका क्षेत्रको बीचमा लेवीहरूको जग्गा र सहरको जग्गा हुनेछन्। राजकुमारको क्षेत्रचाहिँ यहूदा र बेन्यामीनका सिमानाका बीचमा हुनेछ।
23
“बाँकी कुलहरूका निम्ति चाहिँ: पूर्वदेखि पश्चिमसम्म फैलिएको बेन्यामीनको एक भाग।
24
“पूर्वदेखि पश्चिमतिर बेन्यामीनको सिमानासम्मै छोएको शिमियोनको एक भाग।
25
“पूर्वदेखि पश्चिमतिर शिमियोनको सिमानासम्मै छोएको इस्साखारको एक भाग।
26
“पूर्वदेखि पश्चिमतिर इस्साखारको सिमानासम्मै छोएको जबूलूनको एक भाग।
27
“पूर्वदेखि पश्चिमतिर जबूलूनको सिमानासम्मै छोएको गादको एक भाग।
28
“गादको दक्षिण सिमाना तामारदेखि मेरीबा-कादेशका पानीहरूसम्म र मिश्रको खोलाका छेउ-छेउ भएर महासमुद्रसम्मै हुनेछ।
29
“यही देश हो, जो तिमीहरूले इस्राएलका कुल-कुललाई तिनीहरूका उत्तराधिकारको रूपमा बाँड़िदिनुपर्छ, र यी नै तिनीहरूका भाग हुनेछन्,” परमप्रभु परमेश्वर भन्नुहुन्छ।
30
“सहरबाट बाहिर निस्कने ठाउँहरू यी नै हुनेछन्: उत्तरपट्टिबाट सुरु गरेर, जुन भाग ४,५०० हात लामो छ,
31
सहरका मूल ढोकाहरूका नाउँ इस्राएलका कुलहरूका नाउँजस्तै हुनेछन्। उत्तरपट्टिका तीन वटा मूल ढोकाहरू रूबेनको ढोका, यहूदाको ढोका र लेवीको ढोका हुनेछन्।
32
“पूर्वपट्टि, जो ४,५०० हात लामो छ, तीन वटा मूल ढोका हुनेछन्: योसेफको ढोका, बेन्यामीनको ढोका र दानको ढोका।
33
“दक्षिणपट्टि, जो ४,५०० हात नापको छ, तीन वटा मूल ढोका हुनेछन्: शिमियोनको ढोका, इस्साखारको ढोका र जबूलूनको ढोका।
34
“पश्चिमपट्टि, जो ४,५०० हात लामो छ, तीन वटा मूल ढोका हुनेछन्: गादको ढोका, आशेरको ढोका र नप्तालीको ढोका।
35
“चारैतिरको घेरा १८,००० हात हुनेछ। “त्यस समयदेखि उसो त्यस सहरको नाउँ हुनेछ: परमप्रभु त्यहाँ हुनुहुन्छ।”
← Chapter 47
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48