bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Ezekiel 12
Ezekiel 12
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 11
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 13 →
1
परमप्रभुको यो वचन मकहाँ आयो:
2
“हे मानिसको छोरो, तँ एउटा बागी घरानाको बीचमा बस्दैछस्, जसका हेर्ने आँखा त छन् तर देख्दैनन्, जसका सुन्ने कान त छन् तर सुन्दैनन्। किनभने तिनीहरू बागी मानिसहरू हुन्।”
3
“यसकारण हे मानिसको छोरो, निर्वासित भएको व्यक्तिझैँ तेरो झिटीमिटी पोको पार्, र दिउँसै तिनीहरूका आँखाकै सामुन्ने तँ बसेको ठाउँबाट अर्को ठाउँमा गइहाल्। तिनीहरू बागी घराना भए तापनि शायद तिनीहरूले बुझ्लान्।
4
निर्वासनको लागि तेरो झिटीमिटी लिएर दिउँसै तिनीहरूका आँखाकै सामुन्ने तेरो झिटीमिटी बाँध्, र तिनीहरूका आँखाकै सामुन्ने बेलुकी निर्वासनमा जानेजस्तै गरी जा।
5
तिनीहरूले देख्ने गरी पर्खालमा प्वाल पार्, र तेरो झिटीमिटी त्यतैबाट निकाल्।
6
तिनीहरूले हेरिरहँदा तैंले आफ्नो सामान काँधमा उठा, र साँझ पर्दा बोकेर लैजा। तैंले आफ्नो मुख छोप्, र यसरी भूइँ देख्न नपाएस्। किनभने इस्राएलका घरानाको निम्ति मैले तँलाई एउटा चिन्ह बनाएको छु।
7
यसैले मलाई आज्ञा गरेबमोजिम मैले गरें। निर्वासनको लागि मैले मेरो झिटीमिटी दिउँसो बाहिर पोको पारेर निकालें। अनि बेलुका आफ्नै हातले पर्खालमा प्वाल पारें, र साँझमा तिनीहरूले हेर्दाहेर्दै मैले मेरो झिटीमिटी काँधमा बोकेर गइहालें।
8
बिहान परमप्रभुको यो वचन मकहाँ आयो:
9
“हे मानिसको छोरो, के इस्राएलको त्यो बागी घरानाले यसो भनेर तँलाई सोधेन, ‘तिमी के गर्दैछौ?’
10
तिनीहरूलाई भन्, ‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ। “यो ईश्वरवाणी यरूशलेममा भएका राजकुमार र सारा इस्राएलका घरानाको विषयमा हो’।
11
तिनीहरूलाई भन्, ‘म तिमीहरूका निम्ति एउटा चिन्ह हुँ’। “मैले जसो गरेको छु, त्यसरी नै तिनीहरूलाई गरिनेछ। तिनीहरू देशबाट कैदीहरूजस्तै निर्वासित हुनेछन्।
12
“तिनीहरूका बीचमा हुने राजकुमारले साँझमा आफ्नो काँधमा सामान बोकेर लैजानेछ, र पर्खाल फोरेर बाहिर जानलाई त्यसको निम्ति एउटा प्वाल बनाउनेछ, र आफ्नो आँखाले भूइँ देख्नु नपरोस् भनेर त्यसले आफ्नो मुख छोप्नेछ।
13
म आफ्नो जाल त्यसमाथि फिँजाउनेछु, र त्यो मेरो पासोमा पर्नेछ। म त्यसलाई कल्दीहरूको देश बेबिलोनियामा ल्याउनेछु, तर त्यसले त्यो देख्नेछैन, र त्यो त्यहीँ मर्नेछ।
14
त्यसका चारैतिर हुने त्यसका कर्मचारीहरू र त्यसका फौजलाई म हावामा तितरबितर पार्नेछु, र तरवार थुतेर तिनीहरूलाई खेद्नेछु।
15
“जब जाति-जातिहरूका बीचमा म तिनीहरूलाई यत्रतत्र पार्नेछु र देश-देशमा तितरबितर पार्नेछु, तब म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्नेछन्।
16
तर म तिनीहरूमध्येका थोरैलाई तरवार, अनिकाल र रूढ़ीबाट छोड़िदिनेछु, ताकि जहाँ तिनीहरू जानेछन्, त्यहाँका जाति-जातिहरूका बीचमा आफ्ना घिनलाग्दा व्यवहारहरू तिनीहरूले स्वीकार गरून्। तब म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्नेछन्।”
17
फेरि परमप्रभुको यो वचन मकहाँ आयो:
18
“हे मानिसको छोरो, तैंले आफ्नो भोजन खाँदा काम्, र आफ्नो पानी पिउँदा डरले थरथरा।
19
देशका मानिसहरूलाई भन्: ‘यरूशलेम र इस्राएलको देशमा बस्नेहरूका बारे परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: तिनीहरूले आफ्नो भोजन डर मानेर खानेछन्, र नैराश्यमा तिनीहरूले आफ्नो पानी पिउनेछन्, किनकि त्यहाँ बस्नेहरूका उपद्रवको कारणले त्यसमा भएका सबै कुराहरूसमेत तिनीहरूको देश उजाड़ पारिनेछ।
20
मानिसहरू बसेका नगरहरू भत्काइनेछन्, र देश नष्ट हुनेछ। तब म नै परमप्रभु हुँ भन्ने तिमीहरूले जान्नेछौ’।”
21
फेरि परमप्रभुको यो वचन मकहाँ आयो:
22
“हे मानिसको छोरो, ‘दिन बित्दैजान्छ, र पनि दर्शन भने कुनै पूरा हुँदैन’ भन्ने तिमीहरूको देश इस्राएलमा चल्दैआएको यो उखान के हो?
23
यसकारण तिनीहरूलाई भन्, ‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: म यस उखानको अन्त गरिदिनेछु, र तिनीहरूले इस्राएलमा फेरि कहिल्यै यो उखान प्रयोग गर्नेछैनन्।’ तिनीहरूलाई भन्, ‘दिनहरू नजिकै छन्, जब हरेक दर्शन पूरा हुनेछ।
24
किनकि अब फेरि कहिल्यै इस्राएलका मानिसहरूका बीचमा झूटा दर्शन र जोखना हेर्ने हुनेछैनन्।
25
तर मैले भन्ने कुरा म, परमप्रभु आफैले नै भन्नेछु, र त्यो ढिलो नभई पूरा हुनेछ। किनकि हे बागी घराना, तिमीहरूका दिनमा नै मैले भनेको कुरा म पूरा गर्नेछु, परमप्रभु परमेश्वर भन्नुहुन्छ’।”
26
तब परमप्रभुको यो वचन मकहाँ आयो:
27
“हे मानिसको छोरो, इस्राएलका घराना यसो भन्दैछ, ‘त्यसले देखेको दर्शन धेरै वर्षपछि मात्र पूरा हुनेछ, र त्यसले धेरै समयपछिका कुराहरूको अगमवचन कहन्छ।”
28
“यसैकारण तिनीहरूलाई भन्, ‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: मैले भनेको एउटै कुरा पनि अब ढिलो हुनेछैन, तर जे कुरा म भन्दछु, सो पूरा हुने नै छ, परमप्रभु परमेश्वर भन्नुहुन्छ।
← Chapter 11
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 13 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48