bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Ezekiel 40
Ezekiel 40
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 39
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 41 →
1
हामी निर्वासित भएको पच्चीसौँ वर्षको सुरुमा, महिनाको दशौँ दिनमा, यरूशलेम सहरको पतन भएको चौधौँ वर्षपछि त्यही दिन परमप्रभुको हात ममाथि पर्यो, र उहाँले मलाई त्यहाँ लानुभयो।
2
परमेश्वरको दर्शनमा उहाँले मलाई यरूशलेममा लानुभयो, र एउटा अति अल्गो पर्वतमा मलाई राख्नुभयो। त्यसको दक्षिणपट्टि सहरका केही घरहरूजस्तै देखिन्थे।
3
उहाँले मलाई त्यहाँ लानुभयो, र एक जना मानिसलाई त्यहाँ मैले देखें, जसको अनुहार काँसाजस्तै थियो। तिनको हातमा एउटा सूती डोरी र नाप्ने टाँगो लिएर तिनी मूल ढोकामा उभिरहेका मैले देखें।
4
तिनले मलाई भने, “ए मानिसको छोरा, तेरो आँखाले हेर्, र कानले सुन्। म जे-जे तँलाई देखाउँछु सो ध्यानसित मनमा राख्, किनकि यसैको निम्ति तँ यहाँ ल्याइएको होस्। तैंले जे देख्छस्, ती सबै इस्राएलको घरानालाई बता।”
5
मन्दिरका क्षेत्रको पूरै बाहिर चारैतिर घेरेको एउटा पर्खाल मैले देखें। ती मानिसको हातमा भएको नाप्ने टाँगोको लमाइ छ हात लामो थियो, अर्थात् प्रत्येक हात एक हात र चार अङ्गुलको चौड़ाइ थियो। तिनले त्यो पर्खाल नापे। त्यो एक नाप्ने टाँगो मोटो र एक टाँगो अल्गो थियो।
6
तब तिनी पूर्वतिर फर्केको मूल ढोकामा गए। त्यसका खुट्किलाबाट उक्लेर ढोकाको सँघार तिनले नापे। तिनले त्यो एक टाँगो गहिरो भेट्टाए।
7
गारदहरू बस्ने कोठाहरू एक टाँगो लामो र एक टाँगो चौड़ा थिए। कोठाहरूका बीचबीचमा गारो पाँच-पाँच हात बाक्लो थियो। मन्दिरतिर फर्केको दलानको छेउमा भएको ढोकाको सँघार एक टाँगो थियो।
8
तिनले मूल ढोकाको दलान नापे।
9
त्यो आठ हात गहिरो थियो। त्यसका थामहरू दुई-दुई हात बाक्ला थिए। ढोकाको दलानचाहिँ मन्दिरतिर फर्केको थियो।
10
पूर्वपट्टिको मूल ढोकाभित्र हरेक भित्तामा तीन-तीन वटा भित्री कोठाहरू थिए। ती तीनै वटा एउटै नापका थिए। तिनका हरेक गाराहरू एकै नापका थिए।
11
तब तिनले प्रवेशद्वारको चौड़ाइ नापे। त्यसको चौड़ाइ दश हात थियो, र त्यसको लमाइ तेह्र हात थियो।
12
हरेक कोठाको अगाड़िपट्टि एक-एक हात अग्लो होचो गारो थियो। प्रत्येक कोठा छ हात वर्गाकारको थियो।
13
तब तिनले प्रवेशद्वार हरेक कोठाका पछाड़िको भित्ताको टुप्पादेखि त्यसैको विपरीत टुप्पासम्म नापे। कौसीका बारको एक झ्यालदेखि त्यसको विपरीत झ्यालसम्म पच्चीस हात थियो।
14
तिनले प्रवेशद्वारको भित्रपट्टिका गाराहरू चारैतिर नापे, र ती साठी हात थिए। यो नापचाहिँ चोकतिर फर्केको दलानसम्म थियो।
15
प्रवेशद्वारदेखि त्यसको दलानको पल्लो छेउसम्म पचास हात थियो।
16
प्रवेशद्वारभित्रका कोठाहरू र गाराहरूका मास्तिर झ्यालहरू चारैतिर थिए, र दलानमा पनि त्यस्ता झ्यालहरू थिए। ती गाराहरूमा खजूरका बोटका चित्रहरू बनाइएका थिए।
17
तब तिनले मलाई बाहिरी चोकमा ल्याए। मैले त्यहाँ चोकका चारैतिर केही कोठाहरू र ढुङ्गा छापेको एउटा भूइँ देखें। यो छापेको भूइँमा तीस वटा कोठाहरू थिए।
18
ढुङ्गा ओछ्याएको भूइँ प्रवेशद्वारको छेउसम्मै निस्केको थियो। भूइँको चौड़ाइ र प्रवेशद्वारको लमाइ बराबर थियो। योचाहिँ तल्लो पिँड़ी थियो।
19
तब तिनले तल्लो प्रवेशद्वारको भित्रपट्टिदेखि भित्री चोकको बाहिरसम्म नापे। त्यो पूर्व र उत्तरपट्टि पनि एक सय हात थियो।
20
तब बाहिरी चोकमा पुर्याउने उत्तरतिर फर्केको मूल ढोकाको लमाइ र चौड़ाइ तिनले नापे।
21
त्यसका हरेक भित्तामा भएका तीन-तीन वटा ससाना कोठाहरू र साथै त्यसका गाराहरू र दलानका नापहरूचाहिँ पहिलेको ढोकाका नापहरूजत्रै थिए। त्यो पचास हात लामो र पच्चीस हात चौड़ा थियो।
22
त्यसका झ्यालहरू र त्यसको दलान र त्यसका खजूरका बोटहरूले सिँगारेका चित्रका नापहरू पनि पूर्वतिर फर्केको ढोकाका नापहरूजत्रै थिए। त्यहाँ जानलाई सात वटा खुट्किला थिए, र त्यसको दलानचाहिँ खुट्किलाको विपरीत थियो।
23
पूर्वमा भएजस्तै उत्तरका ढोकाको सामुन्ने भित्री चोकमा पुर्याउने एउटा ढोका थियो। तिनले एउटा ढोकादेखि अर्को ढोकासम्म नापे। त्यो एक सय हात थियो।
24
तब तिनले मलाई दक्षिणतिर लगे, र मैले दक्षिणतिर फर्केको एउटा मूल ढोका देखें।
25
तिनले त्यसका थामहरू र त्यसको दलान नापे, र ती पनि अरूजस्तै एकै नापका थिए। प्रवेशद्वार र त्यसको दलानका चारैतिरका झ्यालहरू अरूजस्तै थिए। त्यो पचास हात लामो र पच्चीस हात चौड़ा थियो।
26
त्यहाँ जानलाई सात वटा खुट्किला थिए। त्यसको दलानचाहिँ तिनको विपरीत थियो। गाराहरूमा खजूरका बोटका चित्रहरू हरेक भित्तामा बनाइएका थिए।
27
भित्री चोकको पनि एउटा दक्षिणतिर फर्केको मूल ढोका थियो। तिनले यस ढोकादेखि दक्षिणतिरको बाहिरी ढोकासम्म नापे। त्यो एक सय हात थियो।
28
तब तिनले मलाई दक्षिणको मूल ढोकाबाट भएर भित्री चोकमा ल्याए। तिनले दक्षिणको ढोका नापे र त्यसको नाप पनि अरूहरूजस्तै थियो।
29
त्यसका कोठाहरू, गाराहरू र दलान अरूहरूजस्तै एकै नापका थिए। प्रवेशद्वार र त्यसको दलानका चारैतिर झ्यालहरू थिए। त्यो पचास हात लामो र पच्चीस हात चौड़ा थियो।
30
(भित्री चोकका चारैतिरका प्रवेशद्वारहरूका दलानहरूचाहिँ पच्चीस हात चौड़ा र पाँच हात गहिरा थिए।)
31
त्यसको दलान बाहिरी चोकतिर फर्केको थियो। त्यसका थामहरूमा खजूरका बोटका चित्रहरू बनाइएका थिए। त्यहाँ जानलाई आठ वटा खुट्किला थिए।
32
तब तिनले मलाई पूर्वतिरको भित्री चोकमा ल्याए, र त्यसको प्रवेशद्वार नापे, र ती अरूजस्तै एकै नापको थियो।
33
त्यसका कोठाहरू, गाराहरू र दलान पनि अरूहरूजस्तै एकै नापका थिए। प्रवेशद्वार र त्यसको दलानका चारैतिर झ्यालहरू थिए। त्यो पचास हात लामो र पच्चीस हात चौड़ा थियो।
34
त्यसको दलान बाहिरी चोकतिर फर्केको थियो, र त्यसका थामहरूमा खजूरका बोटका चित्रहरू एक-एकतिर बनाइएका थिए। त्यहाँ जानलाई आठ वटा खुट्किला थिए।
35
तब तिनले मलाई उत्तरको ढोकामा ल्याए, र त्यो नापे। त्यो पनि अरूजस्तै एकै नापको थियो।
36
त्यसका कोठाहरू, गाराहरू र दलान त्यस्तै थिए। त्यसका चारैतिर झ्यालहरू थिए। त्यो पचास हात लामो र पच्चीस हात चौड़ा थियो।
37
त्यसको दलान बाहिरी चोकतिर फर्केको थियो। त्यसका थामहरू खजूरका बोटहरूका चित्रहरू एक-एकतिर बनाइएका थिए, र त्यहाँ जानलाई आठ वटा खुट्किला थिए।
38
हरेक भित्री प्रवेशद्वारको दलाननेर ढोका भएको एउटा कोठा थियो, जहाँ होमबलि धोइन्थे।
39
होमबलि, पापबलि र दोषबलि मार्नलाई प्रवेशद्वारको दलानका दुवैपट्टि दुई-दुई वटा टेबिल थिए।
40
प्रवेशद्वारका दलानको बाहिरी भित्तानेर, उत्तरको मूल ढोकामा जाने खुट्किला नजिकै दुई वटा टेबिल थिए, र खुट्किलाको अर्कोतिर पनि दुई वटा टेबिल थिए।
41
यसरी प्रवेशद्वारको एकातिर चार वटा टेबिल र अर्कोतिर पनि चार वटा— सबै जम्मा आठ वटा टेबिल थिए। त्यसैमा बलिदानहरू मारिन्थे।
42
होमबलिका निम्ति काटेका ढुङ्गाका चार वटा टेबिल थिए। प्रत्येक टेबिल डेढ़ हात लामो, डेढ़ हात चौड़ा र एक हात अल्गो थियो। तीमाथि नै होमबलि र अरू बलिदानहरूका निम्ति चलाइने भाँड़ाकुँड़ा राखिन्थे।
43
अनि दुई चुच्चा भएका अङ्कुसेहरू— प्रत्येक चार अङ्गुल चौड़ा— भित्ताका चारैतिर झुण्ड्याइएका थिए। टेबिलहरूचाहिँ भेटीको मासु राखिनलाई थिए।
44
भित्री मूल ढोकाको बाहिरपट्टि, भित्री चोकभित्र दुई वटा कोठा थिए। एउटा कोठा उत्तरको मूल ढोकानेर दक्षिणतिर फर्केको, र अर्कोचाहिँ दक्षिणको मूल ढोकानेर उत्तरतिर फर्केको थियो।
45
तिनले मलाई भने, “यो दक्षिणतिर फर्केको कोठा ती पूजाहारीहरूका निम्ति हो, जसका जिम्मामा मन्दिर छ।
46
र उत्तरतिर फर्केको कोठाचाहिँ ती पूजाहारीहरूका निम्ति हो, जसका जिम्मामा वेदी छ। यी सादोकका छोराहरू हुन्, र लेवीहरूमा ती मात्रै परमप्रभुको सामुन्ने सेवा गर्नलाई उहाँको नजिक आउन सक्छन्।
47
तब तिनले चोक नापे। त्यो वर्गाकार थियो— एक सय हात लामो र एक सय हात चौड़ा। वेदीचाहिँ मन्दिरको अगि अवस्थित थियो।
48
तब तिनले मलाई मन्दिरको दलानमा ल्याए, र दलानका थामहरू तिनले नापे। ती दुवैपट्टि पाँच-पाँच हात चौड़ा थिए। प्रवेशद्वारको चौड़ाइ चौध हात थियो, र त्यसका गाराहरू एक-एकतिर तीन-तीन हात चौड़ा थिए।
49
दलानको चौड़ाइ बीस हात थियो, र त्यसको अगाड़िपट्टिदेखि पछाड़िपट्टिसम्म बाह्र हात थियो। त्यसका उक्लिने दश वटा खुट्किलाहरू थिए, र थामहरूका दुवैपट्टि खम्बाहरू थिए।
← Chapter 39
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 41 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48