bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Ezekiel 14
Ezekiel 14
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 13
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 15 →
1
इस्राएलका कति जना धर्म-गुरुहरू मकहाँ आएर मेरो सामुन्ने बसे।
2
तब परमप्रभुको यो वचन मकहाँ आयो:
3
“हे मानिसको छोरो, यी मानिसहरूले मूर्तिहरूलाई आफ्ना हृदयमा राखेका छन्, र आफ्नो अधर्मका ठक्कर लाग्ने ढुङ्गा आफ्नै अनुहारको सामु राखेका छन्। के तिनीहरूलाई मेरो विषयमा सोध्न मैले दिनुपर्छ र?
4
यसकारण तिनीहरूसित कुरा गरेर तिनीहरूलाई भन्, ‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: जब इस्राएलका घरानाको कुनै पनि मानिसले आफ्नो हृदयमा मूर्तिहरू राख्दछ, र आफ्नो अधर्मको ठक्कर लाग्ने ढुङ्गा आफ्नो अनुहारको सामुन्ने राख्तछ, र पनि अगमवक्ताकहाँ जान्छ, तब त्यसको मूर्तिपूजाअनुसार म परमप्रभु आफै त्यसलाई जवाफ दिनेछु।
5
तिनीहरूका मूर्तिहरूको कारण मलाई त्याग्ने इस्राएलको घरानाका हृदयलाई म फेरि फसाउनलाई यसो गर्नेछु’।
6
“यसकारण इस्राएलको घरानालाई भन्, ‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: पश्चात्ताप गर! आफ्ना मूर्तिहरूदेखि फर्किआओ, र आफ्ना सबै घिनलाग्दा व्यवहारहरू परित्याग गर!
7
“‘जब इस्राएलका घरानाको कोही पनि अथवा इस्राएलमा प्रवास गर्ने कुनै पनि प्रवासी मबाट अलग्गै गएर आफ्नो हृदयमा मूर्तिहरू राख्छ र आफ्नो अधर्मको ठक्कर लाग्ने ढुङ्गा आफ्नो अनुहारको सामुन्ने राख्तछ, र पनि मबाट जवाफ सोध्नलाई कुनै अगमवक्ताकहाँ जान्छ, तब म परमप्रभु आफै त्यसलाई जवाफ दिनेछु।
8
म त्यस मानिसदेखि मुख फर्काउनेछु, र म त्यसलाई एउटा नमूना र गिल्लाको पात्र तुल्याउनेछु। त्यसलाई मेरो प्रजाको बीचदेखि बहिष्कार गर्नेछु। तब म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्नेछौ।
9
“‘अनि यदि अगमवक्ताले केही अगमवाणी उच्चारण गर्नलाई फस्यो भनेदेखि, म परमप्रभुले त्यस अगमवक्तालाई फसाएको हुँ र म मेरो हात त्यसको विरुद्धमा पसार्नेछु, र मेरो प्रजा इस्राएलको बीचदेखि त्यसलाई नाश गर्नेछु।
10
तिनीहरू दुवैले आ-आफ्नो अपराधको दोष भोग्नेछन्— अगमवक्ताको दोष र सल्लाह लिनेको दोष बराबर हुनेछन्।
11
तब इस्राएलका मानिसहरू मदेखि फेरि कहिल्यै बरालिनेछैनन् र तिनीहरूले आफ्ना सबै पापहरूले फेरि कहिल्यै आफैलाई अपवित्र पार्नेछैनन्। तिनीहरू मेरा प्रजा हुनेछन् र म तिनीहरूका परमेश्वर हुनेछु, परमप्रभु परमेश्वर भन्नुहुन्छ’।”
12
परमप्रभुको यो वचन मकहाँ आयो:
13
हे मानिसको छोरो, यदि कुनै देशले विश्वासघात गरेर मेरो विरुद्धमा पाप गर्छ, र त्यसको विरुद्धमा आफ्नो हात पसारेर त्यसको खाद्य भण्डार म नाश गरिदिउँला, र त्यहाँ अनिकाल ल्याइदिउँला र मानिस र पशु दुवैलाई म नाश गरिदिउँला भने,
14
अनि नोआ, दानिएल र अय्यूब, यी तीन जना मानिसहरू त्यहाँ भए भने पनि तिनीहरूले आफ्नो धार्मिकताद्वारा आफ्नै प्राण मात्र बचाउन सक्नेथिए, परमप्रभु परमेश्वर भन्नुहुन्छ।
15
“अथवा यदि मैले त्यस देशमा जङ्गली जनावरहरू पठाइदिएँ, र तिनीहरूले त्यसलाई निर्वंश तुल्याइदिए र त्यो देश उजाड़ भयो, र ती पशुहरूले गर्दा कुनै पनि मानिस त्यताबाट जान सकेन भने,
16
यदि यी तीन जना मानिस त्यहाँ भए भने पनि, जस्तो म जीवित छु, परमप्रभु परमेश्वर भन्नुहुन्छ, तिनीहरूले आफ्ना छोराछोरीहरूलाई बचाउन सक्नेथिएनन्। तिनीहरू आफै मात्र बाँच्नेथिए, तर देशचाहिँ उजाड़ हुनेथियो।”
17
“अथवा यदि मैले त्यस देशको विरुद्धमा तरवार ल्याएँ र ‘देशका चारैतिर तरवार चलोस्’ भनी भनें, र मैले त्यस देशका मानिसहरू र पशुहरूलाई नाश गरें भने,
18
अनि यी तीन जना मानिस त्यहाँ भए भने पनि, जस्तो म जीवित छु, परमप्रभु परमेश्वर भन्नुहुन्छ, तिनीहरूले आफ्ना छोराछोरीहरूलाई बचाउन सक्नेथिएनन्। तिनीहरू आफै मात्र बाँच्नेथिए।
19
“अथवा यदि मैले देशमा रूढ़ी पठाएँ र रगत बगाई त्यसका मानिसहरू र पशुहरूलाई मारेर मैले मेरो क्रोध पोखाएँ भने,
20
यदि नोआ, दानिएल र अय्यूब त्यहाँ भए भने पनि, जस्तो म जीवित छु, परमप्रभु परमेश्वर भन्नुहुन्छ, तिनीहरूले आफ्ना छोराछोरीहरूलाई बचाउन सक्नेथिएनन्। तिनीहरूले आफ्नो धार्मिकताद्वारा आफ्नै प्राण मात्र बचाउन सक्नेथिए।
21
“किनकि परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: मैले यरूशलेममा मेरा चार भयानक दण्डहरू— तरवार, अनिकाल, जङ्गली जनावरहरू र रूढ़ी त्यहाँका मानिसहरू र पशुहरूलाई मार्न पठाएँ भने, झन् कस्तो खराब हुन्छ होला!
22
तापनि मानिसहरूमध्ये कोही बाँचेका हुनेछन्— छोराहरू र छोरीहरू त्यहाँबाट बाहिर निस्केर आउनेछन्। अनि तिनीहरू तिमीहरूकहाँ आउनेछन्, र जब तिमीहरूले तिनीहरूका चालचलन र क्रियाकलाप देख्छौ, तब मैले यरूशलेममाथि ल्याएका ती सर्वनाशको विषयमा तिमीहरूले सान्त्वना पाउनेछौ— त्यसमाथि मैले ल्याएको प्रत्येक सर्वनाश।
23
तिनीहरूका चाल र क्रियाकलाप देखेर तिमीहरूले सान्त्वना पाउनेछौ, किनकि मैले त्यहाँ जे-जे गरें, ती मैले कारणविना गरिनँ भनी तिमीहरूले जान्नेछौ, परमप्रभु परमेश्वर भन्नुहुन्छ।”
← Chapter 13
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 15 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48