bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Ezekiel 34
Ezekiel 34
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 33
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 35 →
1
परमप्रभुको यो वचन मकहाँ आयो:
2
“हे मानिसको छोरा, इस्राएलका गोठालाहरूका विरुद्धमा यो अगमवाणी तिनीहरूलाई कहेर भन्: परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: ‘धिक्कार, इस्राएलका गोठालाहरूलाई, जसले आफ्नै मात्र वास्ता गर्दछन्! के गोठालाले भेड़ाहरूको वास्ता गर्नुपर्ने होइन र?
3
तिमीहरू दही खान्छौ, ऊनको वस्त्र लगाउँछौ, मोटा-मोटा पशुहरू मार्छौ, तर बगाललाई चाहिँ तिमीहरू वास्तै गर्दैनौ।
4
तिमीहरूले दुर्बललाई बलिया पारेका छैनौ, बिरामीलाई निको पारेका छैनौ, घाइतेलाई मलहमपट्टी लगाइदिएका छैनौ। तिमीहरू बाटो बिराएकालाई बाटोमा ल्याएका छैनौ, हराएकालाई खोजेका छैनौ। तिमीहरूले तिनीहरूलाई निर्दयता र कठोरतासाथ शासन गरेका छौ।
5
यसैले तिनीहरू छरपष्ट भए, किनकि तिनीहरूको गोठालो नै थिएन। जब तिनीहरू छरपष्ट भए, तब तिनीहरू जङ्गली जनावरका शिकार भए।
6
मेरा भेड़ाहरू बाटो बिराएर पहाड़हरू र हरेक अल्गो डाँड़ामा गए। तिनीहरू सारा पृथ्वीभरि नै छरपष्ट भए, र कसैले तिनीहरूको खोजी अथवा सोधपूछ गरेन।
7
“‘यसकारण हे गोठालाहरू हो, परमप्रभुको वचन सुन:
8
परमप्रभु परमेश्वर भन्नुहुन्छ, जस्तो म जीवित छु, गोठाला नभएका कारण मेरो बगाल लुटिएर जङ्गली जनावरहरूको आहारा भएको छ। किनभने मेरा गोठालाहरूले मेरा बगालको खोजी गरेनन्, र भेड़ाहरूको त होइन, तर आफ्नै मात्र वास्ता गरे।
9
यसैकारण हे गोठालाहरू हो, परमप्रभुको वचन सुन:
10
परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: म गोठालाहरूका विरुद्धमा छु, र तिनीहरूले मेरो बगालको लेखा दिनुपर्नेछ। म ती गोठालाहरूलाई बगालको हेरचाह गर्नदेखि हटाइदिनेछु, ताकि गोठालाहरूले अब आफैलाई पोस्याउन नपाऊन्। म तिमीहरूका मुखबाट मेरा बगाललाई बचाउनेछु, र मेरा भेड़ाहरू तिनीहरूका निम्ति भोजन हुनेछैनन्।
11
“‘किनभने परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: अब म आफैले मेरा भेड़ाहरूको खोजी गरेर तिनीहरूको हेरचाह गर्नेछु।
12
जसरी आफ्नो बगाल यताउता छरपष्ट हुँदा गोठालाले भेड़ाहरूलाई खोज्न जान्छ, त्यसरी नै म मेरा भेड़ाहरूलाई खोज्नेछु। अँध्यारो धुम्मिएको दिनमा छरपष्ट भएका सबै ठाउँहरूबाट म तिनीहरूलाई बचाउनेछु।
13
म तिनीहरूलाई जाति-जातिहरूबाट निकालेर ल्याउनेछु, र देश-देशबाट भेला गर्नेछु। म तिनीहरूलाई तिनीहरूको आफ्नै देशमा ल्याउनेछु। म तिनीहरूलाई इस्राएलका पहाड़हरूमा, त्यसका खोल्साहरूमा र देशका सबै बस्तीहरूमा चराउनेछु।
14
म तिनीहरूलाई राम्रो चरनमा चराउनेछु, र इस्राएलका अल्गा-अल्गा पहाड़हरू तिनीहरूका खर्क हुनेछन्। त्यहाँ तिनीहरू असल खर्कमा पल्टिबस्नेछन्, र इस्राएलका पहाड़हरूमा असल चरनमा तिनीहरू चर्न पाउनेछन्।
15
म आफै मेरा भेड़ाहरूको हेरचाह गर्नेछु, र तिनीहरूलाई त्यहाँ सुताउनेछु, परमप्रभु परमेश्वर भन्नुहुन्छ।
16
हराएकालाई म खोज्नेछु, बाटो बिराएकालाई फेला पारेर म ल्याउनेछु। घाइतेलाई म मलहमपट्टी लगाइदिनेछु, निर्बललाई बलियो पार्नेछु। तर मोटा, ताजा र बलियाहरूलाई म नष्ट पार्नेछु। बगालको हेरचाह न्यायसित गर्ने गोठालो म हुनेछु।
17
“‘हे मेरो बगाल, तिमीहरूलाई चाहिँ परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: म एउटा भेड़ा र अर्को भेड़ाको बीचमा,
18
र भेड़ाहरू र बाख्राहरूका बीचमा न्याय गर्नेछु! के असल चरनमा चर्न पाएर पनि तिमीहरूलाई पुगेन? किन तिमीहरू बाँकी चरनलाई तिमीहरूका खुट्टाले कुल्चन्छौ? के स्वच्छ पानीले तिमीहरूलाई पुगेन? किन तिमीहरू अरू पानीलाई खुट्टाले हिलै-हिलो बनाउँछौ?
19
के मेरो बगालले तिमीहरूले कुल्चेको चरन चर्ने, र तिमीहरूले खुट्टाले हिलै-हिलो बनाएको पानी पिउने?
20
“‘यसकारण परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: ‘हेर, म आफै मोटा-मोटा र दुब्ला-दुब्ला भेड़ाहरूका बीचमा न्याय गर्नेछु।
21
किनभने तिमीहरूले त दुब्लाहरूलाई कुमले घचेट्दै, सीङले हान्दै, तिनीहरूलाई धपाइरहेछौ, र छरपष्ट पारिरहेछौ।
22
म मेरो छरपष्ट भएको बगाललाई बचाउनेछु, र तिनीहरू फेरि कहिल्यै लुटिनेछैनन्। म भेड़ा-भेड़ाको बीचमा न्याय गर्नेछु।
23
म तिनीहरूको एउटै गोठालो हुनलाई मेरो दास दाऊदलाई नियुक्त गर्नेछु। त्यसले तिनीहरूको हेरचाह गर्नेछ, त्यो तिनीहरूको गोठालो हुनेछ।
24
म परमप्रभु, तिमीहरूका परमेश्वर हुनेछु, र मेरो दास दाऊदचाहिँ तिनीहरूका माझमा राजकुमार हुनेछ। म परमप्रभुले यो भनेको हुँ।
25
“‘म तिनीहरूसित शान्तिको करार बाँध्नेछु, र देशलाई जङ्गली जनावरहरूबाट छुटाउनेछु, ताकि तिनीहरू निर्धक्क भएर मरुभूमिमा बस्न र वनमा सुत्न पाऊन्।
26
म तिनीहरूलाई र मेरो डाँड़ाको चारैतिरका ठाउँहरूलाई आशिष् दिनेछु। म ठीक ऋतुमा तिनीहरूका निम्ति झरी बर्साइदिनेछु। त्यहाँ आशिष्का झरीहरू हुनेछन्।
27
मैदानमा भएका रूखहरूले फल दिनेछन्, जमिनले आफ्नो फसल दिनेछ, र मानिसहरू देशमा सुरक्षित हुनेछन्। तिनीहरूका जुवाका काठ भाँचेर तिनीहरूलाई कमारा तुल्याउनेहरूबाट मुक्त गर्दा म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्नेछन्।
28
तिनीहरूलाई जाति-जातिहरूले कहिल्यै लूटपीट गर्नेछैनन्, न त जङ्गली जनावरहरूले तिनीहरूलाई निल्नेछन्। तिनीहरू सुरक्षितसाथ बस्नेछन्, र तिनीहरूलाई कसैले डर देखाउनेछैन।
29
म तिनीहरूलाई एउटा यस्तो देश दिनेछु, जो त्यसका अन्नको निम्ति प्रख्यात हुनेछ। तिनीहरू त्यस देशमा फेरि कहिल्यै अनिकालको शिकार हुनेछैनन्, अथवा जाति-जातिहरूको गिल्ला तिनीहरूले सहनुपर्नेछैन।
30
तब म परमप्रभु तिनीहरूका परमेश्वर तिनीहरूका साथमा छु, र इस्राएलको घरानाचाहिँ मेरो प्रजा हो भनी तिनीहरूले जान्नेछन्, परमप्रभु परमेश्वर भन्नुहुन्छ’। सर्वोच्च परमप्रभु घोषणा गर्नुहुन्छ।
31
तिमीहरू मेरा भेड़ाहरू हौ, मेरो खर्कका भेड़ाहरू, मेरै मानिसहरू हौ, र मचाहिँ तिमीहरूका परमेश्वर हुँ, परमप्रभु परमेश्वर भन्नुहुन्छ’।”
← Chapter 33
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 35 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48