bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Ezekiel 38
Ezekiel 38
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 37
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 39 →
1
परमप्रभुको यो वचन मकहाँ आयो:
2
“हे मानिसको छोरा, मागोग देशको गोग, मेशेक र तूबलको प्रमुख शासकतिर तेरो मुख फर्काएर त्यसको विरुद्धमा अगमवाणी गर्,
3
र त्यसलाई भन्: परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: हे मेशेक र तूबलको प्रमुख शासक गोग, म तेरो विरुद्धमा छु।
4
म तँलाई फनक्क घुमाउनेछु। तेरो मुखमा म बल्छी लगाउनेछु। म तँलाई र तेरा जम्मै सेनालाई निकालेर ल्याउनेछु— तेरा घोड़ाहरू र घोड़चढ़ीहरू, लड़ाइँका हतियारले सम्पूर्ण सुसज्जित भएका, ठूलो र सानो ढाल लिएको, तरवार चलाइरहेको एक ठूलो सैन्य-दल।
5
फारस, कूश र पूतका मानिसहरू उनीहरूसित हुनेछन्, र ती सबैले ढाल र जङ्गी टोप लाएका हुनेछन्।
6
गोमेर र त्यसका समस्त सेना र उत्तरको पल्लो छेउदेखिका बेथ-तोगर्मा र त्यसका सारा सेना पनि— तँसित भएका ती जाति-जातिहरू— सबै उनीहरूसित हुनेछन्।
7
“‘तयार हो, तँ र तँसित मिल्नलाई जम्मा भएका सबै सैन्य-दलहरूलाई तयार राख्, र उनीहरूका फौजको जिम्मा लिएर तयार बस्।
8
धेरै दिनपछि युद्धको लागि तिमीहरूलाई आह्वान हुनेछ। भविष्यमा युद्धबाट ध्वंस भएर पुनर्निर्मित भएको देशलाई तिमीहरूले आक्रमण गर्नेछौ, जुन देशका मानिसहरू धेरै जाति-जातिहरूबाट यतिञ्जेल उजाड़ भएका इस्राएलका पहाड़हरूमा भेला भएका थिए। तिनीहरू जाति-जातिहरूबाट ल्याइएका थिए, र अब तिनीहरू सबै सुरक्षित बस्दछन्।
9
तँचाहिँ तूफानझैँ वेगसित अगि बढ्नेछस्, तँ र तेरा सबै सेना, र तँसँग हुने धेरै जाति-जातिहरू बादलझैँ माथि जानेछौ, र तँचाहिँ देशलाई ढाक्ने बादलझैँ हुनेछस्।
10
“‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: त्यस दिन केही विचारहरू तेरो मनमा आउनेछन्, र तैंले एउटा खराब युक्ति रच्नेछस्।
11
तैंले भन्नेछस्, “पर्खालविनाका गाउँहरू भएको देशलाई म आक्रमण गर्नेछु। पर्खालहरू र मूल ढोकाहरू नभएका र गजबारहरू नभएका शान्तिसित बस्ने र शङ्का नगर्ने जातिलाई म आक्रमण गर्नेछु।
12
ती ध्वंस भएका ठाउँहरूमा अहिले फेरि जाति-जातिहरूबाट भेला भएका मानिसहरू, जो गाईबस्तु र सम्पत्ति प्राप्त गरेर देशको केन्द्रमा बस्दैछन्— ती आबादीहरू र मानिसहरूलाई लुटेर र सखाप पारेर म ध्वंस पार्नेछु।
13
शेबा र ददान तर्शीशका व्यापारीहरू र त्यसका सबै गाउँहरूले तँलाई भन्नेछन्, “के तँ लुट्नलाई आएको होस्? के लूटका माल हात पार्न, सुनचाँदी लैजान, गाईबस्तु, मालसामान जफत गर्न, दामी-दामी लूटका सामान जम्मा गर्न के तैंले आफ्ना सैन्य-दलहरू भेला गरेको होस्’?”
14
“यसकारण हे मानिसको छोरो, अगमवाणी कहेर गोगलाई भन्: ‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: त्यस दिन, जब मेरो प्रजा सुरक्षासाथ बसिरहेको हुन्छ, तब के त्यसको ख्याल गर्नेछैनस्?
15
घोड़ाहरूमा सवार भएर एक ठूलो सैन्य-दल, एक शक्तिशाली सेनाको साथ, तँ र तँसित धेरै जातिहरू टाढ़ा उत्तर देशदेखि आउनेछन्।
16
मेरो प्रजा इस्राएलको विरुद्धमा देशलाई ढाक्ने बादलझैँ तँ अगि बढ्नेछस्। हे गोग, आउने दिनहरूमा म तँलाई मेरो देशको विरुद्धमा ल्याउनेछु, ताकि म उनीहरूकै आँखाका अगि तँद्वारा म आफैलाई पवित्र प्रकट गर्दा ती जाति-जातिहरूले मलाई चिनून्।
17
“‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: अघि-अघिका दिनहरूमा मेरा दास इस्राएलका अगमवक्ताहरूद्वारा मैले बताएको व्यक्ति तँ नै होइनस् र? त्यस बेला तिनीहरूले वर्षैभरि अगमवाणी भने, कि म तँलाई तिनीहरूका विरुद्धमा ल्याउनेछु।
18
त्यस दिन यसो हुनेछ: जब गोगले इस्राएल देशलाई आक्रमण गर्छ, तब मेरो तातो रीस दन्कनेछ, परमप्रभु परमेश्वर भन्नुहुन्छ।
19
मेरो जोश र दन्केको क्रोधमा म यो भन्दछु, कि इस्राएल देशमा त्यस दिन एउटा ठूलो भूकम्प हुनेछ।
20
समुद्रका माछाहरू, आकाशका पक्षीहरू, वनका जनावरहरू, जमिनमा घस्रने सबै जन्तुहरू, र पृथ्वीका सबै मानिसहरू मेरो सामुन्ने काँप्नेछन्। पहाड़हरू पल्टिजानेछन्, भीरहरू भत्किनेछन्, र प्रत्येक पर्खाल जमिनमा ढल्नेछ।
21
मेरा सबै पहाड़हरूमा म गोगको विरुद्धमा एउटा तरवार पठाउनेछु, परमप्रभु परमेश्वर भन्नुहुन्छ। हरेक मानिसको तरवार उसकै दाजुभाइको विरुद्धमा उठ्नेछ।
22
रूढ़ी र रक्तपातद्वारा म त्यसको इन्साफ गर्नेछु। म त्यसमाथि, त्यसका सेनाहरूमाथि र त्यससँग भएका जाति-जातिका भीड़हरूमाथि घनघोर वर्षा, असिना, र जलिरहेको गन्धक बर्साउनेछु।
23
यसरी मेरो महानता र पवित्रता म देखाउनेछु, र धेरै जातिहरूको दृष्टिमा म आफैलाई प्रकट गर्नेछु। तब उनीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछन्’।”
← Chapter 37
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 39 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48