bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Ezekiel 21
Ezekiel 21
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 20
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 22 →
1
परमप्रभुको यो वचन मकहाँ आयो:
2
“हे मानिसको छोरो, तेरो मोहड़ा यरूशलेमको विरुद्धमा फर्काएर पवित्रस्थानको विरुद्धमा प्रचार गर्। इस्राएल देशको विरुद्धमा अगमवाणी गर्,
3
र त्यसलाई भन्: ‘परमप्रभु यसो भन्नुहुन्छ: म तेरो विरुद्धमा छु। म मेरो तरवार म्यानबाट थुतेर तेरा धर्मी र दुष्ट दुवैलाई तिमीहरूबाट बहिष्कार गर्नेछु।
4
धर्मी र दुष्ट दुवैलाई म खतम गर्नेछु, यसैकारण दक्षिणदेखि उत्तरसम्म हरेकको विरुद्ध मेरो तरवार म्यानबाट निस्कनेछ।
5
तब सबैले थाहा पाउनेछन्, कि म परमप्रभुले नै मेरो तरवार म्यानबाट झिकेको छु, र त्यो फेरि म्यानमा हालिनेछैन’।
6
“यसकारण हे मानिसको छोरो, सुस्केरा हाल्। टुटेको हृदयमा साह्रै दु:खित हुँदै तिनीहरूका सामुन्ने सुस्केरा हाल्।
7
यदि तिनीहरूले तँलाई ‘तिमी किन सुस्केरा हाल्दैछौ?’ भनी सोधे भने, यस्तो जवाफ दे, ‘समाचार आइरहेको कारणले, हरेकको हृदय गलिजानेछ र हरेकको हात शिथिल हुनेछ, हरेकको आत्मा निरुत्साहित हुनेछ र हरेकको घुँड़ा पानीजस्तै कमजोर हुनेछ’। त्यो आउँदैछ! त्यो निश्चय नै पूरा हुनेछ, परमप्रभु परमेश्वर भन्नुहुन्छ।
8
परमप्रभुको यो वचन मकहाँ आयो:
9
“हे मानिसको छोरो, अगमवाणी कहेर भन्, ‘परमप्रभु यसो भन्नुहुन्छ: “‘एउटा तरवार, एउटा तरवार, सान लगाएको र टल्काइएको छ,
10
मार्नलाई सान लगाइएको छ, बिजुलीझैँ चम्कनलाई टल्काइएको छ। “‘के हामी यहूदा मेरो छोराको राजदण्डमा आनन्दित हुने र? तरवारले त त्यस्तो दण्डलाई घृणा गर्छ।
11
“‘तरवार टल्काउनलाई नियुक्त गरिएको छ, र हातले अँठ्याउनलाई। त्यसमा सान लगाइएको, त्यो टल्काइएको छ, मार्नेको हातको लागि त्यो तयार पारिएको छ।
12
हे मानिसको छोरो, करा र विलाप गर्, किनभने त्यो मेरो प्रजाको विरुद्धमा चल्नेछ, त्यो इस्राएलका सबै राजकुमारका विरुद्धमा चल्नेछ। मेरो प्रजासितै तिनीहरू पनि तरवारमा सुम्पिएका छन्। यसकारण तैंले आफ्नो छाती पिट्।
13
“‘जाँच निश्चय नै आउनेछ। अनि यदि यहूदाको राजदण्ड, जसलाई तरवारले तिरस्कार गर्छ, त्यो रहिरहेन भने? सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ’।
14
“यसकारण हे मानिसको छोरो, अगमवाणी भन्, ताली बजा। तरवारले दुई पल्ट, तीन पल्टसम्मै प्रहार गरोस्। यो तरवार ध्वंस गर्नका निम्ति हो— ठूलो ध्वंसको निम्ति, हरेक दिशाबाट त्यसले तिनीहरूलाई घेर्दैछ।
15
ताकि हृदयहरू गलिजाऊन्, र ढल्नेहरू धेरै होऊन्। तिनीहरूका सबै मूल ढोकाहरूमा रक्तपातको लागि मैले तरवार नियुक्त गरिदिएको छु। आओ! बिजुलीजस्तै चम्कनलाई त्यो बनाइएको छ, त्यो मार्नलाई समातिन्छ!
16
हे तरवार, तेरो धार जतातिर फर्काइन्छ, दाहिने र देब्रेतिर तेजसित काट्।
17
म पनि ताली बजाउनेछु, र मेरो क्रोध शान्त हुनेछ। म, परमप्रभुले नै भनेको हुँ।”
18
परमप्रभुको यो वचन मकहाँ आयो:
19
“हे मानिसको छोरो, बेबिलोनका राजाको तरवार लिनलाई एउटै देशबाट आएका दोबाटो पहिल्या। सहरतिर जाने दोबाटोको मुखमा बाटो देखाउने एउटा मार्ग-दर्शक बना।
20
अम्मोनीहरूको रब्बा सहरमा र यहूदा र किल्ला भएको यरूशलेम सहरमा आउनलाई त्यस तरवारको निम्ति एउटा बाटो देखा।
21
किनभने बेबिलोनका राजा जोखना हेर्नलाई दोबाटोमा, अर्थात् ती दुवै बाटोका मुखमा उभिनेछ, त्यसले काँड़हरूको चिट्ठा हाल्नेछ। त्यसले आफ्ना मूर्तिहरूसित सल्लाह लिनेछ, र कलेजो जाँच्नेछ।
22
भत्काउने मूढ़ा राख्नलाई, गला खोलेर ध्वंस गर्ने हुकुम दिनलाई, युद्ध-ध्वनिको पुकारा दिनलाई, मूल ढोका भत्काउने ठूला-ठूला मूढ़ाहरू लाउनलाई, घेरा-मचान खड़ा गर्नलाई त्यसको दाहिने हातमा यरूशलेमको चिट्ठा पर्नेछ।
23
युद्धको निम्ति राजासित मित्रताको शपथ खानेहरूलाई त्यो झूटो जोखना हेरेजस्तो देखिनेछ, तर त्यसले तिनीहरूको दोषको सम्झना गराइदिनेछ, र तिनीहरूलाई कैद गर्नेछ।
24
“यसकारण परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: ‘तिमीहरूको खुलस्त बागीपनद्वारा तिमीहरूले आफ्नो दोष मलाई सम्झना गराएकाले, र तिमीहरूका पाप सबै काममा प्रकट गरेका हुनाले— तिमीहरूले यो गरेका हुनाले, तिमीहरू कैदमा पर्नेछौ।
25
“‘हे अपवित्र र दुष्ट जन, इस्राएलको राजकुमार हो, जसको दिन आइपुगेको छ, जसको आखिरी दण्डको सजाय आइपुगेको छ,
26
परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: फेटा उतार् र मुकुट उतारिदे, त्यो भएजस्तो अब हुनेछैन। जो विनम्र छ त्यो उच्च पारिनेछ, र जो उच्च छ त्यो तल खसालिनेछ।
27
भग्नावशेष! भग्नावशेष!! म त्यसलाई भग्नावशेष बनाउनेछु। जसको त्यसमाथि न्यायपूर्ण अधिकार छ, जसलाई म यो सुम्पिदिनेछु, ऊ नआउञ्जेल त्यो फेरि पुनर्निर्माण गरिनेछैन’।
28
“हे मानिसको छोरो, तैंले चाहिँ अगमवाणी कहेर भन्, ‘अम्मोनीहरू र उनीहरूले गरेको निन्दाको विषयमा परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: “‘एउटा तरवार, एउटा तरवार, मार्नलाई एउटा तरवार थुतिएको छ, बिजुलीजस्तै चम्कनलाई त्यो टल्काइएको छ!
29
तेरो विषयमा झूटो दर्शन देखे तापनि— तेरो लागि झूटो जोखना हेरे तापनि ती दुष्टहरू, जो मारिनैपर्छ जसको दिन आइपुगेको छ, जसको आखिरी दण्डको समय आइपुगेको छ, तिनीहरूका घिच्रामा हान्नलाई त्यो तरवार निकालिनेछ।
30
त्यो तरवार म्यानमा हाल्। तँ सृजना गरिएकै ठाउँमा, तेरा पिता-पुर्खाहरूकै देशमा म तेरो इन्साफ गर्नेछु।
31
म मेरो क्रोध तँमाथि खन्याउनेछु, र तेरो विरुद्धमा दन्केको मेरो रीस आगोझैँ तँमाथि फुकिदिनेछु। म तँलाई नाश गर्नलाई सिपालु, क्रूर मानिसहरूका हातमा सुम्पिदिनेछु।
32
तँ आगोको लागि दाउरा हुनेछस्। तेरो रगत तेरै देशमा बग्नेछ। तेरो सम्झना फेरि कहिल्यै हुनेछैन, किनकि म परमप्रभुले नै यो भनेको हुँ’।”
← Chapter 20
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 22 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48