bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Ezekiel 3
Ezekiel 3
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 4 →
1
अनि उहाँले मलाई भन्नुभयो, “हे मानिसको छोरो, तेरो सामुन्ने भएको कुरा खा, यो मुट्ठो खा। तब गएर इस्राएलको घरानालाई भन्।”
2
यसैले मैले मेरो मुख खोलें, र उहाँले यो मुट्ठो मलाई खानलाई दिनुभयो।
3
त्यसपछि उहाँले मलाई भन्नुभयो, “हे मानिसको छोरो, मैले तँलाई दिएको यो मुट्ठो खा र यसले तेरो पेट भर।” यसैले मैले यो खाएँ, र यो मेरो मुखमा महझैँ गुलियो भयो।
4
तब उहाँले मलाई भन्नुभयो, “हे मानिसको छोरो, इस्राएलको घरानाकहाँ जा, र तिनीहरूलाई मेरो कुरा भन्।
5
तँ कुनै अनौठो बोली र कठिन भाषा बोल्ने मानिसहरूकहाँ पठाइएको छैनस्, तर इस्राएलको घरानाकहाँ—
6
अनौठो बोली र कठिन भाषा बोल्ने मानिसहरूकहाँ होइन, जसको भाषा तैंले बुझ्दैनस्। यदि मैले तँलाई त्यस्ताहरूकहाँ पठाएको भए, उनीहरूले निश्चय नै तेरा कुरा सुन्नेथिए।
7
तर इस्राएलका घरानाले त तेरो कुरा सुन्न चाहँदैनन्, किनभने मेरो कुरा सुन्न तिनीहरू इच्छा गर्दैनन्, किनकि इस्राएलका सारा घराना नै अटेरी र कठोर हृदयका छन्।
8
तर म तिनीहरूजस्तै तँलाई जिद्दीवाल र हठी तुल्याउनेछु।
9
म तेरो निधार चकमकभन्दा कड़ा पत्थरतुल्य पारिदिनेछु। तिनीहरू बागी घराना भए तापनि तिनीहरूदेखि नडरा, न त तिनीहरूको अनुहार देखेर भयभीत हो।”
10
अनि उहाँले मलाई भन्नुभयो, “हे मानिसको छोरो, मैले तँलाई भनेका सबै कुरा होशियारसित सुन् र मनमा राख्।
11
ती तेरा निर्वासित मानिसहरूकहाँ अब जा, र चाहे तिनीहरूले ध्यानसित सुनून् चाहे नसुनून्, तिनीहरूलाई भन्, ‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ’।”
12
तब आत्माले मलाई माथि उठाउनुभयो, र मैले मेरो पछिल्तिर एउटा गुड़गुड़ गरेको आवाज सुनें— परमप्रभुको महिमा आफ्नो वासस्थानमा प्रशंसा होस्—
13
त्यो आवाज ती जीवित जीवातहरूका पखेटाले एउटाले अर्कालाई छुँदा निस्केको र तिनीहरूका छेउका ती पाङ्ग्राहरूको आवाज थियो, एउटा भुइँचालोको गुड़गुड़ आवाज।
14
तब आत्माले मलाई उठाएर लानुभयो, र तीतो मन भएर आफ्नो आत्माको क्रोधमा म गएँ, र परमप्रभुको बलिष्ठ बाहुली ममाथि थियो।
15
तब म कबार नदीको नजिक बस्ने ती देशनिकालाहरूकहाँ तेल-अबीबमा आएँ। अनि सात दिनसम्म तिनीहरू बसेको ठाउँमा म अवाक् भएर बसिरहें।
16
सात दिनको अन्त्यमा परमप्रभुको वचन मकहाँ आयो:
17
“हे मानिसको छोरो, मैले तँलाई इस्राएलका घरानाको पहरादार तुल्याएको छु। यसैले मैले भनेको कुरा सुन् अनि तिनीहरूलाई मबाट चेताउनी तैंले दे।
18
जब म एक जना दुष्ट मानिसलाई ‘तँ निश्चय नै मर्नेछस्’ भनी भन्छु, तर त्यसको प्राण बचाउनलाई तैंले त्यसलाई चेताउनी दिइनस्, वा त्यसको दुष्ट चालको लागि त्यसको विरुद्ध सल्लाह दिइनस् भनेदेखि, त्यो मानिस पापको कारण मर्नेछ, र त्यसको रगतको लेखा म तँबाटै लिनेछु।
19
तर यदि तैंले त्यस दुष्ट मानिसलाई चेताउनी दिइस् र त्यो आफ्नो दुष्ट्याइँ अथवा आफ्नो खराब चालदेखि फर्कंदैन भने, त्यो आफ्नो अधर्ममा नै मर्नेछ, तर तैंले चाहिँ आफ्नो प्राण बचाएको हुनेछस्।
20
“फेरि जब कुनै एक जना धर्मी मानिस आफ्नो धार्मिकताबाट फर्केर दुष्ट्याइँ गर्छ, त्यसको लागि ठक्कर खाने ढुङ्गो मैले राखें भने त्यो मर्नेछ। तैंले त्यसलाई चेताउनी नदिएकोले त्यो आफ्नै पापको कारण मर्नेछ। त्यसले गरेका धर्म कार्यहरूको केही सम्झना हुनेछैन। त्यसका रगतको लेखा म तँबाट लिनेछु।
21
तर यदि त्यस धर्मी मानिसलाई पाप नगर् भनी तैंले चेताउनी दिइस् र त्यसले पाप गरेन भने, त्यो निश्चय नै बाँच्नेछ, किनभने त्यसले चेताउनी ग्रहण गर्यो, र तैंले आफ्नो प्राण बचाएको हुनेछस्।”
22
परमप्रभुको हात त्यहाँ ममाथि थियो र उहाँले मलाई भन्नुभयो, “उठ्, मैदानमा जा, र त्यहाँ म तँसित कुरा गर्नेछु।”
23
यसैले म उठेर मैदानमा गएँ, र कबार नदीको किनारमा मैले देखेको जस्तो परमप्रभुको महिमा त्यहाँ पनि खड़ा थियो, र म भूइँमा घोप्टो परें।
24
तब आत्मा ममा आउनुभयो, र मलाई खुट्टामा उभ्याउनुभयो। उहाँले मसित कुरा गर्नुभयो, र भन्नुभयो, “जा, आफ्नो घरभित्र ढोका थुनेर बस्।
25
अनि हे मानिसको छोरो, तिनीहरूले तँलाई डोरीले बाँध्नेछन्, र तँ बाँधिनेछस्, ताकि तँ मानिसहरूका बीचमा जान नपाएस्।
26
म तेरो जिब्रो तेरो तालुमा टँसाइराख्नेछु, र तँ गूँगो हुनेछस्, अनि तिनीहरूलाई हप्काउन सक्नेछैनस्, यद्यपि तिनीहरू बागी घरानाका हुन्।
27
तर जब म तँसित कुरा गर्छु, तब म तेरो मुख खोलिदिनेछु, र तैंले तिनीहरूलाई भन्नेछस्, ‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ’। सुन्न चाहनेले ध्यानसित सुनोस्, इन्कार गर्नेले इन्कार गरोस्। किनकि तिनीहरू बागी घरानाका हुन्।”
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 4 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48