bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Ezekiel 18
Ezekiel 18
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 17
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 19 →
1
परमप्रभुको यो वचन मकहाँ आयो:
2
“इस्राएलका देशको विषयमा भनेको यो उखान दोहोर्याएको अर्थ के हो: “‘अमिलो अङ्गूर खाने बुबा अनि दाँत कुँड़िनेचाहिँ छोराछोरी’?”
3
“‘जस्तो म जीवित छु, परमप्रभु परमेश्वर भन्नुहुन्छ, तिमीहरू इस्राएलमा कहिल्यै यो उखान कहनेछैनौ।
4
किनकि हरेक जीवित प्राण मेरै हो— बुबा र छोरा दुवै एकैजस्तै मेरा हुन्। जुन प्राणले पाप गर्छ, त्यही मर्छ।
5
“मानौं, एक जना मानिस धर्मी छ, जो न्यायसङ्गत र ठीक काम गर्छ।
6
त्यसले डाँड़ाका देवता-थानमा खाँदैन, अथवा इस्राएलका घरानाका मूर्तिहरूतिर हेर्दैन। त्यसले आफ्नो छिमेकीकी पत्नीलाई अपवित्र पार्दैन, अथवा रजस्वलाको समयमा कुनै स्त्रीसँग सुत्दैन।
7
त्यसले कसैलाई थिचोमिचो गर्दैन, तर कर्जाको बन्धक फर्काइदिन्छ। त्यसले चोरी गर्दैन, तर भोकालाई आफ्नो खानेकुरा दिन्छ, र नाङ्गालाई लुगा पहिराइदिन्छ।
8
त्यसले ब्याजमा रुपियाँ दिँदैन, कुकर्म गर्नबाट आफ्नो हात परै राख्छ, मानिस-मानिसको बीचमा सत्यसित न्याय गर्छ।
9
त्यसले मेरा विधिहरू पालन गर्छ, र विश्वाससित मेरा नियमहरू पालन गर्छ। त्यही मानिस धर्मात्मा हो। त्यो निश्चय नै बाँच्नेछ, परमप्रभु परमेश्वर भन्नुहुन्छ।
10
“मानौं, त्यसको रिसाहा छोरो छ, जसले हत्या गर्छ अथवा यी माथि लेखिएका कामहरू गर्छ,
11
यद्यपि त्यसका बुबाले चाहिँ यी कामहरूमा एउटै पनि गरेको छैन: त्यसले डाँड़ाका देवता-थानहरूमा खान्छ, आफ्नो छिमेकीकी पत्नीलाई बिटुलो पार्छ,
12
त्यसले गरीब र दरिद्रमाथि थिचोमिचो गर्छ, त्यसले चोरी गर्छ, बन्धकमा राखेको चीज फर्काउँदैन, त्यसले मूर्तिहरूतिर हेर्छ, र घिनलाग्दा कामहरू गर्छ।
13
त्यसले ब्याजमा रुपियाँ दिन्छ र दिएको भन्दा बढ़ी लिन्छ। के यस्तो मानिस जीवित रहन्छ र? त्यो जीवित रहनेछैन। त्यसले यी सबै घिनलाग्दा कामहरू गरेको कारणले त्यो मारिनैपर्छ, र त्यसको रगत त्यसकै शिरमाथि पर्नेछ।
14
“तर मानौं, त्यस मानिसको एक जना यस्तो छोरो छ, जसले आफ्ना बुबाले गरेका सबै पापहरू देख्छ, तर त्यसले त्यस्ता काम गर्दैन:
15
“त्यसले डाँड़ाका देवता-थानहरूमा खाँदैन, अथवा इस्राएलका घरानाका मूर्तिहरूतिर हेर्दैन, त्यसले आफ्नो छिमेकीकी पत्नीलाई बिटुलो पार्दैन।
16
त्यसले कसैलाई थिचोमिचो गर्दैन, वा बन्धकमा ऋण लिँदैन। त्यसले चोरी गर्दैन, तर भोकालाई आफ्नो खानेकुरा दिन्छ, र नाङ्गालाई लुगा पहिराइदिन्छ।
17
त्यसले पापदेखि आफ्नो हात परै राख्छ, र ब्याजमा रुपियाँ दिँदैन वा दिएको भन्दा बढ़ी लिँदैन। मेरा नियमहरू मान्छ, र मेरा विधिहरू पालन गर्छ। त्यो आफ्नो बुबाका पापको कारण मर्नेछैन। त्यो निश्चय नै बाँच्नेछ।
18
तर त्यसको बुबाचाहिँ आफ्नो अधर्मको कारण मर्नेछ, किनभने त्यसले जबरदस्ती लिने गर्यो, आफ्नो भाइलाई डाँका मार्यो र आफ्ना मानिसहरूका बीचमा त्यसले नराम्रो काम गर्यो।
19
“तापनि तिमीहरू सोध्छौ, ‘छोराले बुबाको दोषको फल किन भोग्नुपर्दैन?’ छोराले न्यायसङ्गत र ठीक काम गरेको छ, र मेरा सबै विधिहरू होशियारीसित पालन गरेको कारणले, त्यो निश्चय नै बाँच्नेछ।
20
त्यो प्राण, जसले पाप गर्छ, त्यही मर्छ। छोराले बुबाको दोषको फल भोग्नेछैन, न त बुबाले छोराको दोषको फल भोग्नेछ। धर्मीले आफ्नो धार्मिकताको फल र दुष्टले आफ्नो दुष्ट्याइँको फल पाउनेछ।
21
“तर यदि कुनै दुष्ट मानिसले आफूले गरेका सबै पापहरू त्यागेर मेरा विधिहरू पालन गर्यो, र न्यायसङ्गत र ठीक काम गर्यो भने, त्यो निश्चय नै बाँच्नेछ। त्यो मर्नेछैन।
22
त्यसले गरेको कुनै पनि अपराध त्यसको विरुद्धमा फेरि सम्झना हुनेछैन। त्यसले गरेको धर्मको कारण त्यो बाँच्नेछ।
23
के दुष्टको मृत्युमा म खुशी हुन्छु र? परमप्रभु परमेश्वर भन्नुहुन्छ। बरु आफ्नो चाल छोड़ेर तिनीहरू बाँचेका म हेर्न चाहन्नँ र?
24
“तर धर्मी मानिसले आफ्नो धार्मिकतालाई त्यागेर पाप गर्छ, र दुष्ट मानिसले गरेका घिनलाग्दा कामहरू गर्छ भने, के त्यो बाँच्नेछ र? त्यसले अघि गरेको कुनै पनि धर्मको कामको सम्झना हुनेछैन। त्यसको अविश्वास र त्यसले गरेका पापको कारणले त्यो मर्नेछ।
25
“तापनि तिमीहरू भन्छौ, ‘परमप्रभुको चाल न्यायसङ्गत छैन’। हे इस्राएलका घराना, सुन: के मेरो चाल न्यायसङ्गत छैन? के तिमीहरूको चाल पो अन्यायी छैन र?
26
धर्मी मानिसले आफ्नो धार्मिकता त्यागेर पाप गर्यो भने, त्यसको लागि त्यो मर्नेछ। त्यसले गरेको पापको कारण नै त्यो मर्नेछ।
27
तर यदि दुष्ट मानिसले आफूले गरेको दुष्ट्याइँलाई त्यागेर ठीक काम गर्छ भने, त्यसले आफ्नो प्राण बचाउनेछ।
28
त्यसले विचार गर्छ र आफूले गरेका सबै अपराध सम्झन्छ र तीबाट फर्कन्छ। त्यसकारण त्यो निश्चय नै बाँच्नेछ, त्यो मर्नेछैन।
29
तापनि इस्राएलको घरानाले भन्छ, ‘परमप्रभुको चाल न्यायसङ्गत छैन’। हे इस्राएलको घराना, के मेरो चाल न्यायसङ्गत छैन र? के तिमीहरूको चाल अन्यायी छैन र?
30
“यसकारण हे इस्राएलका घराना, म तिमीहरू हरेकको न्याय त्यसको चालअनुसार गर्नेछु, परमप्रभु परमेश्वर भन्नुहुन्छ। पश्चात्ताप गर, आफ्ना सबै अपराधहरूदेखि फर्क! तब तिमीहरूको पाप आफ्नो पतनको कारण हुनेछैन।
31
तिमीहरूले गरेका सबै अपराधहरू त्याग, र नयाँ हृदय र नयाँ आत्मा लेओ। तिमीहरू किन मर्छौ, हे इस्राएलका घराना?
32
किनभने कसैको मृत्युमा म प्रसन्न हुन्न, परमप्रभु परमेश्वर भन्नुहुन्छ। पश्चात्ताप गर, र बाँच।
← Chapter 17
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 19 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48