bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Ezekiel 36
Ezekiel 36
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 35
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 37 →
1
“हे मानिसको छोरा, इस्राएलका पहाड़हरूलाई यो अगमवाणी कहेर भन्, ‘हे इस्राएलका पहाड़हरू हो, परमप्रभुको वचन सुन।
2
परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: शत्रुले तिमीहरूका विषयमा भन्यो, “अहा! अब ती प्राचीन पहाड़हरूमा हाम्रै अधिकार भयो’।”
3
यसकारण अगमवाणी कहेर भन्, ‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: तिनीहरूले तिमीहरूलाई हरेक ठाउँबाट बरबाद गरेर कुकुरहरूले जस्तै खेदे, फलस्वरूप तिमीहरू अरू बाँकी जातिहरूको अधिकारमा परेर मानिसहरूका ईर्ष्या र निन्दाका पात्र भयौ।
4
यसैकारण हे इस्राएलका पहाड़हरू हो, परमप्रभु परमेश्वरको वचन सुन। पहाड़हरू र डाँड़ाहरू, खोल्साहरू र बेँसीहरू, उजाड़ भएका भग्नावशेषहरू र निर्जन सहरहरू, जसलाई तिमीहरूका चारैतिर भएका जातिहरूद्वारा हाँसोमा उड़ाएका थिए—
5
तिमीहरूलाई नै परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: मेरो दन्केको जोशमा मैले अरू बाँकी जातिहरू र एदोमका विरुद्धमा बोलेको छु, किनकि आफ्नो हृदयमा ईर्ष्या राखेर तिनीहरूले मेरो देशलाई आफ्नो अधिकार गरे, ताकि तिनीहरूले त्यसका खर्क लुट्न सकून्।’
6
यसकारण इस्राएल देशको विषयमा अगमवाणी भन्, र त्यसका पहाड़हरू र डाँड़ाहरू, खोल्साहरू र बेँसीहरूलाई भन्: ‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: तिमीहरूले जातिहरूका गिल्ला सहनुपरेको हुनाले मैले डाही गरेर मेरो रीसमा म भन्दछु।
7
यसकारण परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: तिमीहरूका चारैतिरका जाति-जातिहरूले पनि गिल्ला सहनुपर्नेछ। मेरो हात उठाएर म यो शपथ खान्छु।
8
“‘तर तिमीहरू हे इस्राएलका पहाड़हरू हो, तिमीहरूले चाहिँ आफ्ना हाँगाहरू पलाउनेछौ र मेरो प्रजा इस्राएलको लागि फलहरू फलाउनेछौ, किनकि तिनीहरू चाँड़ै घर फर्कनेछन्।
9
तिमीहरूको मलाई चिन्ता लागेको छ। म तिमीहरूलाई निगाहा गर्नेछु। म तिमीहरूलाई खनजोत गरेर बीउ छर्नेछु।
10
धेरै मानिसहरूको संख्याले म तिमीहरूलाई भरिभराउ पार्नेछु, अर्थात् इस्राएलका समस्त घरानालाई। सहरहरूमा फेरि मानिसहरू बास गर्नेछन्, र भग्नावशेष भएका भवनहरू फेरि निर्माण गरिनेछन्।
11
म तिमीहरूका मानिसहरू र पशुहरूको वृद्धि गरिदिनेछु, र तिनीहरू फलवन्त भएर धेरै हुनेछन्। अघिजस्तै तिमीहरूमा म मानिसहरू बसाल्नेछु, र पहिलेको भन्दा अझ बढ़ी तिमीहरूको उन्नति गराउनेछु। तब तिमीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछौ।
12
म मानिसहरू, मेरा मानिसहरू, अर्थात् इस्राएललाई तिमीहरूकै बाटाहरूमा हिँड्न लाउनेछु। तिनीहरूले तिमीहरूलाई अधिकार गर्नेछन्, र तिमीहरू तिनीहरूको उत्तराधिकार हुनेछौ। तिमीहरूले कहिल्यै तिनीहरूका छोराछोरीहरूलाई खोसेर लानेछैनौ।
13
“‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, ‘मानिसहरू तिमीहरूलाई भन्छन्, “तिमीहरू मानिसहरूलाई खान्छौ, र आफ्नो जातिलाई निर्वंश तुल्याउँछौ।”
14
यसैकारण तिमीहरूले अब फेरि कहिल्यै मानिसहरूलाई खानेछैनौ, अथवा आफ्नो जातिलाई निर्वंश तुल्याउनेछैनौ, परमप्रभु परमेश्वर भन्नुहुन्छ।
15
म तिमीहरूलाई जाति-जातिहरूका गिल्ला फेरि कहिल्यै सुन्न लाउनेछैनँ, न त तिमीहरूले मानिसहरूको निन्दा सहनुपर्नेछ, अथवा आफ्नो जातिको पतन हुन लाउनेछौ, परमप्रभु परमेश्वर भन्नुहुन्छ’।”
16
फेरि परमप्रभुको यो वचन मकहाँ आयो:
17
“हे मानिसको छोरा, जब इस्राएलीहरू आफ्नै देशमा बसेका थिए, तब तिनीहरूले त्यस देशलाई आफ्नो व्यवहार र कामहरूले बिटुलो पारे। तिनीहरूको व्यवहार मेरो दृष्टिमा एक स्त्रीको रजस्वलाको अशुद्धताजस्तै थियो।
18
तिनीहरूले देशमा रगत बगाएका र आफ्ना मूर्तिहरूद्वारा त्यो बिटुलो पारेका हुनाले मैले मेरो क्रोध तिनीहरूमाथि खन्याएँ।
19
मैले तिनीहरूलाई जाति-जातिहरूका बीचमा यत्रतत्र पारें, र तिनीहरू देश-देशमा छरपष्ट भएर छरिए। तिनीहरूका व्यवहार र कामहरूअनुसार मैले तिनीहरूको न्याय गरें।
20
अनि जब तिनीहरू ती जातिहरूका बीचमा गए, तब तिनीहरूले मेरो पवित्र नाउँलाई अपवित्र पारे, किनकि तिनीहरूका विषयमा यसो भनिएको थियो, ‘यिनीहरू त परमप्रभुको प्रजा हो, तापनि देशलाई तिनीहरूले छोड्नुपर्यो’।
21
मेरो पवित्र नाउँको चिन्ता मलाई लागेको थियो, जुन नाउँलाई तिनीहरू गएका जाति-जातिहरूका बीचमा इस्राएलको घरानाले अपवित्र पारे।
22
“यसैकारण इस्राएलका घरानालाई भन्, ‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: हे इस्राएलका घराना हो, तिमीहरूकै खातिर म यी कामहरू गर्नेछैनँ, तर मेरो पवित्र नाउँको खातिर यी गर्नेछु, जुन नाउँलाई तिमीहरू गएका जाति-जातिहरूका बीचमा अपवित्र पारेका छौ।
23
म मेरो महान् नाउँको पवित्रता देखाउनेछु, जो ती जातिहरूका बीचमा अपवित्र भएको छ, जुन नाउँ तिमीहरूले तिनीहरूका बीचमा अपवित्र पारेका छौ। जब म आफैलाई तिमीहरूद्वारा तिनीहरूका अगि पवित्र प्रकट गर्नेछु, तब जाति-जातिहरूले जान्नेछन्, कि म नै परमप्रभु हुँ, परमप्रभु परमेश्वर भन्नुहुन्छ।
24
“‘किनकि म जाति-जातिहरूबाट तिमीहरूलाई निकाल्नेछु, र सबै देशहरूबाट तिमीहरूलाई भेला गर्नेछु, र तिमीहरूलाई तिमीहरूको आफ्नै देशमा ल्याउनेछु।
25
म तिमीहरूमाथि शुद्ध पानी छर्किदिनेछु, र तिमीहरू शुद्ध हुनेछौ। तिमीहरूका सबै अशुद्धतादेखि र तिमीहरूका सबै मूर्तिहरूदेखि म तिमीहरूलाई शुद्ध तुल्याउनेछु।
26
म तिमीहरूलाई एउटा नयाँ हृदय दिनेछु, र तिमीहरूभित्र म नयाँ आत्मा हालिदिनेछु। तिमीहरूबाट ढुङ्गाको हृदय निकालेर म त्यसको सट्टामा तिमीहरूलाई मासुको हृदय दिनेछु।
27
अनि म मेरा आत्मा तिमीहरूमा हालिदिनेछु, र तिमीहरूलाई मेरा विधिहरू पालन गर्ने र मेरा नियमहरू होशियारीसाथ मान्ने तुल्याउनेछु।
28
मैले तिमीहरूका पिता-पुर्खाहरूलाई दिएको देशमा तिमीहरू रहनेछौ। तिमीहरू मेरा प्रजा हुनेछौ र म तिमीहरूका परमेश्वर हुनेछु।
29
तिमीहरूलाई अशुद्ध पार्ने सबै कुरादेखि म तिमीहरूलाई जोगाउनेछु। म आज्ञा दिनेछु, र अन्न प्रशस्त हुनेछ, र म तिमीहरूमाथि फेरि कहिल्यै अनिकाल पठाउनेछैनँ।
30
म रूखहरूका फललाई र खेतको अन्नलाई प्रशस्त तुल्याउनेछु, यतिसम्म कि अनिकालले गर्दा जातिहरूका बीचमा तिमीहरू फेरि कहिल्यै शर्ममा पर्नेछैनौ।
31
तब तिमीहरूले आफ्ना दुष्ट चाल र खराब कामहरूको सम्झना गर्नेछौ, र आफ्ना पापहरू र घिनलाग्दा चालहरूको कारण तिमीहरू आफैलाई घृणा गर्नेछौ।
32
तिमीहरूकै खातिर मैले यी काम गरिरहेको होइनँ भन्ने कुराचाहिँ तिमीहरूले बुझेको म चाहन्छु, परमप्रभु परमेश्वर भन्नुहुन्छ। हे इस्राएलका घराना हो, तिमीहरूका चालचलनको कारण तिमीहरू लज्जित र अपमानित होओ।
33
“‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: ‘मैले तिमीहरूलाई तिमीहरूका सबै पापहरूदेखि शुद्ध पारेको दिन म तिमीहरूका सहरहरूलाई फेरि आबाद तुल्याउनेछु, र भग्नावशेष भएका ठाउँहरू पुनर्निर्माण गर्नेछु।
34
आवतजावत गर्नेहरूको दृष्टिमा उजाड़ै रहनुको सट्टा उजाड़ भएको जमिन फेरि अन्न उमार्नलाई खनजोत गरिनेछ।
35
मानिसहरूले भन्नेछन्, “यो जमिन जो उजाड़ थियो, अब अदनको बगैँचाजस्तै भएछ। ती उजाड़, सर्वनाश, र ध्वंस भएका सहरहरू अब किल्लाहरू र मानिसहरूले भरिएका छन्।”
36
तब तिमीहरूका चारैतिर बाँकी रहेका जातिहरूले जान्नेछन्, कि नष्ट पारिएका सहरहरूलाई म परमप्रभुले फेरि बनाइदिएको छु, र उजाड़ भएको जमिनलाई फेरि उर्वरा भूमिमा परिवर्तित गरिदिएको छु। म परमप्रभुले भनेको हुँ, र म यो गर्ने नै छु’।
37
“‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: इस्राएलका घरानाको बिन्ती म स्वीकार गर्नेछु, र तिनीहरूका निम्ति यो काम गरिदिनेछु: म तिनीहरूका मानिसहरूलाई भेड़ाहरूजस्तै असंख्य तुल्याइदिनेछु।
38
म तिनीहरूलाई यरूशलेममा तोकिएका चाड़हरूमा भेटीहरू चढ़ाइने भेड़ाहरूका बगाल जत्तिकै असंख्य तुल्याउनेछु। यसरी भग्नावशेष बनेका सहरहरू मानिसहरूका भीड़ले भरिनेछन्। तब तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछन्।”
← Chapter 35
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 37 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48