bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Ezekiel 23
Ezekiel 23
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 22
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 24 →
1
परमप्रभुको यो वचन मकहाँ आयो:
2
“हे मानिसको छोरो, कुनै समय दुई स्त्रीहरू थिए— एउटै आमाका दुई छोरीहरू।
3
तिनीहरू मिश्रदेशमा वेश्या भए। तरुणी अवस्थामा हुँदै तिनीहरूले वेश्यावृत्ति गर्न लागे। त्यस देशमा तिनीहरूका स्तनमा हात लगाइए, र तिनीहरूको कुमारी अवस्थाको स्तन माड़िए।
4
तिनीहरूमा दिदीचाहिँको नाउँ ओहोला र बहिनीको नाउँ ओहोलिबा थियो। तिनीहरू मेरा थिए, र तिनीहरूले छोराछोरीहरू जन्माए। ओहोलाचाहिँ सामरिया र ओहोलिबाचाहिँ यरूशलेम हो।
5
“मेरी हुँदाहुँदै पनि ओहोलाले वेश्यावृत्ति गरी, र आफ्ना प्रेमी, अश्शूरीहरूसित त्यो मोहित भई—
6
नीलो वस्त्र लाउने योद्धाहरू, राज्यपालहरू र सेनापतिहरू, ती सबै सुन्दर-सुन्दर जवान मानिसहरू, घोड़ामा सवार हुने घोड़चढ़ीहरू थिए।
7
अश्शूरका चुनिएका सबै असल-असल मानिसहरूसित त्यसले व्यभिचार गरी, र त्यो मोहित भएर उनीहरू हरेकका मूर्तिहरूले त्यसले आफैलाई अशुद्ध पारी।
8
आफू मिश्रदेशमा छँदा, जुन बेला त्यसको युवावस्थामा मानिसहरू त्यससित सुते र त्यसको कुमारी अवस्थाको स्तनमा उनीहरूले हात लगाए र आफ्नो कामवासना त्यसमाथि पोखाए— त्यही बेलादेखि गरेको वेश्यावृत्ति त्यसले छोड़िन।
9
“यसैकारण मैले त्यसका प्रेमी, अश्शूरहरूका हातमा त्यसलाई सुम्पिदिएँ, जोसँग त्यो कामवासनाले मोहित भएकी थिई।
10
उनीहरूले त्यसलाई नाङ्गो पारे। उनीहरूले त्यसका छोराहरू र छोरीहरूलाई पक्रे, र त्यसलाई चाहिँ उनीहरूले तरवारले मारे। स्त्रीहरूमध्ये त्यो गिल्लाको पात्र भई, र त्यसलाई दण्ड दिइयो।
11
“त्यसकी बहिनी ओहोलिबाले यो देखी, तर पनि आफ्नो कामवासना र वेश्यावृत्तिमा त्यो आफ्नी दिदीभन्दा पनि झन् भ्रष्ट भई।
12
त्यो पनि अश्शूरीहरू— तिनका राज्यपाल र सेनापतिहरू, पूरा जङ्गी-पोशाक पहिरिएका योद्धाहरू, घोड़ामा सवार हुने घोड़चढ़ीहरू— ती सबै सुन्दर-सुन्दर जवान मानिसहरूसित कामवासनाले त्यो मोहित भई।
13
त्यो पनि अशुद्ध भएकी मैले देखें। ती दुवै एउटै चालमा हिँड़े।
14
“तर त्यसले त आफ्नो वेश्यावृत्ति झन् बढ़ाई। भित्तामा मानिसहरूका चित्र कोरिएका त्यसले देखी— रातो रङ्गले बनाइएका कल्दीहरूका चित्र,
15
कम्मरमा पटुका र शिरमा लट्कने फेटा बाँधेका सबै कल्दी रथ हाँक्ने अधिकृतहरूजस्ता— कल्दियाका देशवासीहरूजस्तै— ती देखिन्थे।
16
त्यसले उनीहरूलाई देख्ने बित्तिकै उनीहरूसित कामवासनाले त्यो मोहित भएर कल्दिया देशमा उनीहरूकहाँ त्यसले समाचारवाहकहरू पठाई।
17
तब बेबिलोनीहरू त्यसकहाँ त्यसको प्रणयशैयामा सम्भोग गर्न आए र आफ्नो कामवासनाले त्यसलाई अशुद्ध पारे। उनीहरूबाट त्यो अशुद्ध भएपछि वाक्क भएर त्यसको मन उनीहरूदेखि हट्यो।
18
जब त्यसले त्यसरी खुल्लमखुल्ला वेश्यावृत्ति गरेर आफ्नो नग्नता खुलस्त पारी, तब त्यसकी दिदीप्रति भएझैँ त्यसप्रति पनि वाक्क भएर मैले त्यसलाई घृणा गर्न लागें।
19
तापनि मिश्रदेशमा आफ्नो युवावस्थामा बितेको दिनलाई सम्झेर त्यसले आफ्नो वेश्यावृत्ति झन्-झन् बढ़ाउन लागी।
20
त्यहाँ त्यसका प्रेमीहरूसित त्यो मोहित भई, जसका लिङ्ग गधाहरूका जस्ता थिए, र वीर्यचाहिँ घोड़ाहरूको झैँ निस्कन्थ्यो।
21
यसरी मिश्रदेशमा तेरो छातीमा हात लगाएका, तेरा युवावस्थाका स्तन माड़ेका कुरा सम्झेर तैंले आफ्नो युवावस्थाको कामुकताको कुइच्छा गरिस्।
22
“यसैकारण हे ओहोलिबा, परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: तेरा प्रेमीहरूलाई, जसबाट तँ वाक्क भएकी थिईस्, उनीहरूलाई तेरो विरुद्धमा म उठाउनेछु,
23
अर्थात् बेबिलोनी सबै कल्दीहरू, र पकोद, शोअ र कोअका मानिसहरू, तिनीहरूसित सबै अश्शूरहरूलाई, जो सुन्दर जवान छन्, — ती सबै राज्यपालहरू, सेनापतिहरू, सबै अधिकृतहरू र उच्च दर्जाका मानिसहरूलाई, सबै घोड़ामा सवार हुनेहरूलाई चारैतिरबाट तेरो विरुद्धमा म ल्याउनेछु।
24
उनीहरू तेरो विरुद्धमा हतियारहरूसित उत्तरबाट रथहरू र गाड़ाहरू र मानिसहरूको भीड़का साथमा आउनेछन्। ठूला र साना ढालहरू लिएर र टोप लाएर उनीहरूले तँलाई घेरा हाल्नेछन्। म तँलाई उनीहरूका हातमा दण्डको लागि सुम्पिदिनेछु, र उनीहरूले आफ्नो चलनअनुसार तँलाई दण्ड दिनेछन्।
25
म मेरो डाहको रीस तँतिर फर्काउनेछु, र क्रोधमा उनीहरूले तँसित व्यवहार गर्नेछन्। उनीहरूले तेरा नाक र कान काट्नेछन्, र तेरा बाँचेकाहरू तरवारले ढल्नेछन्। उनीहरूले तेरा छोराछोरीहरूलाई पक्रेर लानेछन्, र तेरा बाँचेकाहरू आगोले भस्म हुनेछन्।
26
उनीहरूले तेरा वस्त्र उतारेर तँलाई नाङ्गै बनाउनेछन्, र तेरा राम्रा-राम्रा गहनाहरू लैजानेछन्।
27
यसरी तैंले मिश्रदेशमा सुरु गरेका तेरा वेश्यावृत्ति र भ्रष्टता म रोकिदिनेछु। तैंले यी कुराहरू तेरो कुइच्छाले हेर्नेछैनस् अथवा मिश्रदेशको सम्झना गर्नेछैनस्।
28
“किनभने परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: म तँलाई उनीहरूकै हातमा सुम्पिदिन लागेको छु, जसलाई तँ घृणा गर्दछस्, उनीहरूकै हातमा जसबाट तँ वाक्क भएर फर्केकी थिई।
29
उनीहरूले तँसित घृणापूर्वक व्यवहार गर्नेछन्, र तैंले काम गरेर पाएको हरेक कुराको फल लानेछन्। उनीहरूले तँलाई नाङ्गो भुतुङ्गो पारेर छोड्नेछन्, र तेरो वेश्यावृत्तिको लाज प्रकट हुनेछ। तेरो वेश्यावृत्तिले र भ्रष्टताले गर्दा,
30
तँमाथि यस्तो दशा ल्याइएको हो, किनभने तैंले जाति-जातिहरूसित कामवासनाले मोहित भएर वेश्यावृत्ति गरिस्, र उनीहरूका मूर्तिहरूबाट तैंले आफूलाई अशुद्ध पारिस्।
31
तेरी दिदीकै चालमा तँ हिँड़ेकी छस्। यसैकारण म त्यसको कचौरा तेरो हातमा दिनेछु।
32
“शक्तिशाली परमप्रभु यसो भन्नुहुन्छ: “तैंले तेरी दिदीको कचौरा पिउनेछस्, जो ठूलो र गहिरो छ। त्यसले गिल्ला र हाँसो ल्याउनेछ, किनकि त्यस कचौरामा धेरै अटाउँछ।
33
नशा र अफसोसले तँ पूर्ण हुनेछस् तेरी दिदी सामरियाको कचौरा। नाश र उजाड़को कचौरा त्यो हो।
34
रित्तो नभएसम्म तैंले त्यो पिउनेछस्, र तैंले त्यो कचौरा टुक्रा-टुक्रा गरी फोर्नेछस्, र तैंले आफ्नो स्तन चिथोर्नेछस्।” मैले नै यो कुरा बोलेको हुँ, परमप्रभु परमेश्वर भन्नुहुन्छ।”
35
“यसकारण परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: तैंले मलाई बिर्सिस् र तेरो पिठिउँ पछाड़ि मलाई राखिस्, यसैकारण तैंले आफ्नो कामवासना र भ्रष्टताको फल भोग्नुपर्नेछ।”
36
परमप्रभुले मलाई भन्नुभयो, “हे मानिसको छोरो, के तँ ओहोला र ओहोलिबाको न्याय गरिदिन्छस्? त्यसो भए तिनीहरूले गरेका घृणित व्यवहारहरूसँग तिनीहरूको सामना गर्,
37
किनकि तिनीहरूले व्यभिचार गरेका छन्, र तिनीहरूका हातमा रगत छ। तिनीहरूले आफ्ना मूर्तिहरूसित व्यभिचार गरे। मेरो लागि जन्माएका तिनीहरूका छोराछोरीहरूलाई तिनीहरूले ती मूर्तिहरूका निम्ति खानलाई बलि चढ़ाए।
38
तिनीहरूले मसित यसो पनि गरेका छन्: एकै समयमा तिनीहरूले मेरो पवित्रस्थानलाई बिटुलो र मेरा शबाथहरूलाई अपवित्र पारे।
39
जुन दिन तिनीहरूले आफ्ना छोराछोरीहरूलाई तिनीहरूका मूर्तिहरूका निम्ति बलि चढ़ाए, त्यही दिन तिनीहरू मेरो पवित्रस्थानभित्र पसे र त्यसलाई अपवित्र पारे। तिनीहरूले मेरो भवनमा यस्तै काम गरे।
40
“तिनीहरूले टाढ़ा-टाढ़ाका मानिसहरूलाई समाचारवाहकहरू पनि पठाएर बोलाए र उनीहरू आए। तैंले तिनीहरूका निम्ति नुहाइधुवाइ गरिस्, आँखामा गाजल लगाइस् र गरगहना लाएर आफैलाई सिँगारिस्।
41
तँ आफै सुन्दर पलङ्गमा बसिस्, र त्यसको अगाड़ि टेबिल राखेर मेरै धूप र तेल राखिस्।
42
“विलासीहरूका भीड़को हल्ला त्यसको चारैतिर थियो। यी साधारण श्रेणीका मानिसहरूबाहेक मरुभूमिबाट ल्याएका मतवाला मानिसहरू थिए। उनीहरूले त्यसकी र त्यसकी दिदीको हातमा चुरा र टाउकामा सुन्दर-सुन्दर मुकुट लगाइदिए।”
43
तब मानिसहरूले वेश्यागमन गर्दा दिक्क भएकी स्त्रीको विषयमा मैले यसो भनें, “अब त्यसलाई अरू सब वेश्यालाई झैँ उनीहरूले प्रयोग गरून्, किनकि त्यो त्यही मात्र हो’।
44
अनि उनीहरू त्यससित सुते। मानिसहरू एउटी वेश्यासित सुतेझैँ उनीहरू ती कामवासनाले मोहित भएका स्त्रीहरू, ओहोला र ओहोलिबासित सुते।
45
तर धार्मिक मानिसहरूले चाहिँ तिनीहरूलाई व्यभिचारिणी र हत्या गर्ने स्त्री भनी न्यायको दण्ड सुनाउनेछन्, किनभने तिनीहरू व्यभिचारिणी हुन् र तिनीहरूका हातमा हत्याको रगत छ।
46
“परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: तिनीहरूका विरुद्धमा एउटा हूलदङ्गा गर्ने भीड़ उठा, र तिनीहरूलाई त्रास र लूटको शिकार बना।
47
तब हूलदङ्गा गर्ने भीड़ले तिनीहरूलाई ढुङ्गाले हान्नेछन्, र उनीहरूका तरवारले तिनीहरूलाई खतम पार्नेछन्, र तिनीहरूका छोराछोरीहरूलाई उनीहरूले मार्नेछन् र तिनीहरूका घरहरू जलाइदिनेछन्।
48
“यसरी म देशमा कामवासना खतम गर्नेछु, र तेरो नकल नगरून् भनी सबै स्त्रीहरूको निम्ति यो चेताउनी हुनेछ।
49
तेरा कामवासनाको दण्ड तैंले भोग्नेछस्, र तैंले गरेको मूर्तिपूजाका पापको नतीजा तैंले भोग्नेछस्। तब म नै परमप्रभु परमेश्वर हुँ भनी तैंले जान्नेछस्।”
← Chapter 22
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 24 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48